دَفْنُ المَوتَى فِي المَسَاجِدِ
मस्जिदहरूमा मृतकको दफन
لِسَمَاحَةِ الشَّيْخِ العَلَّامَةِ
عَبْدِ العَزِيزِ بْنِ عَبْدِ اللهِ بْنِ بَازٍ
رَحِمَهُ اللهُ
लेखः आदरणीय शैख
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज (रहिमहुल्लाह)
بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ
एघारौं पत्र:
मस्जिदहरूमा मृतकको दफन
अल्लाहको नामबाट सुरु गर्दछु, सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि हुन्, अल्लाहका रसूल, उहाँका परिवार र उहाँको मार्गदर्शनलाई अनुसरण गर्ने सबैमाथि दरुद र सलाम (शान्ति र कृपा) अवतरित होस्, तत्पश्चातः
मैले १७/४/१४१५ हिजरी मा प्रकाशित ‘खर्तुम’ पत्रिकामा सय्यद मुहम्मद अल-हसन अल-इदरिसीलाई उम्म-दरमान शहरमा रहेको मस्जिदमा आफ्नो बुबाको छेउमा दफन गरिएको विज्ञप्ति प्रकाशित भएको पाएँ...।
मुस्लिमलाई उपदेश (नसिहत) दिनु र नकारात्मक कामको विरोध गर्नु अल्लाहले अनिवार्य गर्नुभएकोले मैले यो चेतावनी दिन उपयुक्त ठानेँ, मस्जिदहरूमा मृतकलाई दफन गर्नु स्वीकार्य छैन, बरु यो 'शिर्क' (बहुदेववाद) को माध्यम र यहूदी तथा ईसाईहरूको ती अभ्यासहरू मध्ये एक हो जसले गर्दा अल्लाहले उनीहरूको निन्दा गर्नुभयो र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई श्रापित गर्नुभयो। बुखारी र मुस्लिममा आइशा (रजियल्लाहु अन्हा) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
«لَعَنَ اللَّهُ الْيَهُودَ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ».
अर्थ: "अल्लाहले यहुदी र ईसाईहरूलाई श्राप देउन्, किनकि उनीहरूले आफ्ना पैगम्बरहरूको चिहानलाई पूजास्थल बनाएका छन्।" सही मुस्लिममा जुन्दुब बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
«أَلَا وَإِنَّ مَنْ كَانَ قَبْلَكُمْ كَانُوا يَتَّخِذُونَ قُبُورَ أَنْبِيَائِهِمْ وَصَالِحِيهِمْ مَسَاجِدَ، أَلَا فَلَا تَتَّخِذُوا الْقُبُورَ مَسَاجِدَ؛ فَإِنِّي أَنْهَاكُمْ عَنْ ذَلِكَ».
अर्थ: "तिमीहरू भन्दा पहिलेका मानिसहरूले आफ्ना सन्देष्टा र धर्मी मानिसहरूको चिहानलाई पूजास्थलको रूपमा लिने गर्थे। चिहानहरूलाई पूजास्थलको रूपमा नलिनुहोस्, किनकि म तिमीहरूलाई त्यसो गर्न निषेध गर्दछु।" यस विषयमा धेरै हदीसहरू छन्।
विश्वभरका समस्त मुस्लिमले चाहे ऊ शासक होस् वा सर्वसाधारण; सबैले अल्लाहसँग डराउनुपर्छ र उहाँले निषेध गर्नुभएको कुराबाट बच्नुपर्छ। आफ्नो मृतकलाई मस्जिद बाहिर दफन गर्नुहोस् जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका सहाबाहरू (रदियल्लाहु अन्हुम) र उहाँका निष्ठावान् अनुयायीहरूले मस्जिद बाहिर मृतकहरूलाई गाड्ने गर्थे।
जहाँसम्म नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथी; अबु बकर र उमर (रदियल्लाहु अन्हुमा) को चिहान मस्जिद परिसरमा हो, यो मृतकलाई मस्जिदमा गाड्ने कुनै प्रमाण होइन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आइशा (रदियल्लाहु अन्हा) को घरमा दफन गरिएको थियो र पछि उहाँका दुई साथीहरूलाई पनि उहाँकै छेउमा दफन गरियो।
तर जब वालिद बिन अब्दुल-मलिकले हिज्री सम्वतको पहिलो शताब्दीको सुरुवातमा मस्जिद विस्तार गरे तब उनले उनको घरलाई मस्जिदभित्र समावेश गराए। त्यस कार्यलाई विद्वानहरूले अस्वीकार गरे, तैपनि उनले विस्तार गरे। यो विषय स्पष्ट छ, जसमा कुनै भ्रम छैन।
यसरी प्रत्येक मुस्लिमलाई यो कुरा स्पष्ट हुन्छ: पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथीहरूलाई मस्जिदभित्र दफन गरिएका होइनन्।मस्जिदको विस्तारको कारणले गर्दा उनीहरूलाई यसमा समावेश गरिएको हो र यो मस्जिदहरूमा गाड्न अनुमतिको लागि कुनै प्रमाण होइन, किनकि वास्तवमा उनीहरू मस्जिदमा होइनन्, बरु उहाँको घरमा छन्। वलीदको उक्त कार्य यस विषयमा कसैको लागि प्रमाण हुन सक्दैन। वास्तविक प्रमाण केवल अल्लाहको किताब, नाबीको सुन्नत र सलफ (पूर्वज) हरूको 'इज्मा' (सर्वसम्मति) हो। अल्लाहले हामीलाई पनि उनीहरूको असल अनुसरण गर्ने शक्ति प्रदान गरुन्।
सल्लाह (नसीहत) दिन र आफ्नो जिम्मेवारीबाट मुक्त हुनका लागि यो लेख १४/५/१४१५ हिजरी मा लेखिएको हो।
अल्लाहले नै सफलता प्रदान गर्नुहुन्छ। हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका परिवार, उहाँका महान् सहाबाहरू (साथीहरू) र प्रलयको दिनसम्म निष्ठापूर्वक उहाँहरूको अनुसरण गर्ने समस्त अनुयायीहरूमाथि अल्लाहको असिम कृपा, आशीर्वाद र शान्ति रहोस्।
ne397v4.0 - 04/06/2026