PHPWord

 

 

حُكْمُ السِّحْرِ وَالكِهَانَةِ

وَمَا يَتَعَلَّقُ بِهَا

 

 

 

जादू, ज्योतिष र यससँग सम्बन्धित कुराहरूको हुकुम

 

 

لِسَمَاحَةِ الشَّيْخِ العَلَّامَةِ

عَبْدِ العَزِيزِ بْنِ عَبْدِ اللهِ بْنِ بَازٍ

رَحِمَهُ اللهُ

 

लेखः आदरणीय शैख

अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज (रहिमहुल्लाह)

 


بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ

नवौं पत्र:

जादू, ज्योतिष र यससँग सम्बन्धित कुराहरूको हुकुम1

समस्त प्रशंसा अल्लाहकै लागि हो। दुरूद र सलाम अवतरित होस् अल्लाहको अन्तिम नबीमाथि। त्यसपछि:

वर्तमान समयमा चिकित्सक भएको दाबी गर्दै जादू वा ज्योतिषको माध्यमबाट उपचार गर्ने धेरै ठगी गर्नेहरू बढ्दै गएको र उनीहरू केही देशहरूमा फैलिँदै गएको, साथै अज्ञानताले ग्रस्त र सोझा मानिसहरूको फाइदा उठाइरहेको देखेर—अल्लाह र उहाँका दासहरूको हितका लागि सल्लाहको रूपमा—मैले यस विषयमा इस्लाम र मुस्लिमहरूका लागि हुने गम्भीर खतरा स्पष्ट पार्नु आवश्यक ठानेँ। किनकि यसमा अल्लाह बाहेक अरूसँग आश्रय लिनु र अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का आदेशहरूको उल्लङ्घन हो।

म अल्लाह तआलाबाट मद्दत माग्दै भन्छु: उपचार गर्नु सर्वसम्मत रूपमा जायज छ। मुस्लिमले आन्तरिक रोग, शल्यक्रिया, स्नायु रोग आदि जस्ता विषयका डाक्टरकहाँ गएर आफ्नो रोग पहिचान गराउन र चिकित्साशास्त्रअनुसार अनुमति प्राप्त औषधिद्वारा उपचार गराउन सक्छ। यो सामान्य कारणहरू अपनाउने (अस्बाब लिने) कुराभित्र पर्छ र अल्लाहमाथिको भरोसासँग विरोधाभास गर्दैन। अल्लाहले रोग पठाउनुभएको छ र साथमा उपचार पठाउनुभएको छ; यो कुरा कसैले जान्दछ, कसैले जान्दैन। तर उहाँले आफ्ना दासहरूको उपचारलाई आफूले हराम (निषेध) गरेको कुरामा राख्नुभएको छैन।

त्यसैले बिरामीले आफ्नो रोगबारे जान्नको लागि अदृश्य (गैब) को ज्ञान भएको दाबी गर्ने ज्योतिषीहरूसँग जानु अनुमति छैन। उनीहरूले जे भन्छन् त्यसलाई विश्वास गर्नु पनि अनुमति छैन। किनकि उनीहरू अन्दाज र अनुमानका आधारमा बोल्छन्, वा आफ्ना उद्देश्य पूरा गर्न जिन्नहरूको सहायता लिन्छन्। यदि कसैले आफूलाई अदृश्य ज्ञान भएको दाबी गर्छ भने, त्यस्ता व्यक्तिको यो कार्य ‘कुफ्र’ (अधर्म) र पथभ्रष्टता हो।

इमाम मुस्लिमले आफ्नो 'सहीह' मा वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ أَتَى عَرَّافًا فَسَأَلَهُ عَنْ شَيْءٍ، لَمْ تُقْبَلْ لَهُ صَلَاةٌ أَرْبَعِينَ يَوْمًا».

“जसले कुनै ज्योतिषीकहाँ गएर उसलाई कुनै कुरा सोध्छ, उसको चालीस दिनसम्मको नमाज स्वीकार हुँदैन।”

अबू हुरैरा (रदियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो:

«مَنْ أَتَى كَاهِنًا فَصَدَّقَهُ بِمَا يَقُولُ، فَقَدْ كَفَرَ بِمَا أُنْزِلَ عَلَى مُحَمَّدٍ ﷺ».

“जसले कुनै ज्योतिषी/भविष्यवक्ताकहाँ जान्छ र उसले भनेको कुरामा विश्वास गर्छ, निस्सन्देह उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित धर्मलाई अस्वीकार गर्छ।" यस हदीसलाई अबू दाउदर चारै सुन्नतका सङ्कलनकर्ताहरूले उल्लेख गरेका छन्। इमाम हाकिमले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी शब्दहरूका साथ यसलाई 'सहीह' ठहर गरेका छन्:

«مَنْ أَتَى عَرَّافًا أَوْ كَاهِنًا فَصَدَّقَهُ بِمَا يَقُولُ، فَقَدْ كَفَرَ بِمَا أُنْزِلَ عَلَى مُحَمَّدٍ ﷺ».

जसले कुनै ज्योतिषी (अर्राफ) वा भविष्यवाणी गर्ने व्यक्ति (काहिन) कहाँ जान्छ र उसले भनेको कुरामा विश्वास गर्छ, निस्सन्देह उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित धर्मलाई अस्वीकार गर्छ।"

त्यसैगरी इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

«لَيْسَ مِنَّا مَنْ تَطَيَّرَ أَوْ تُطُيِّرَ لَهُ، أَوْ تَكَهَّنَ أَوْ تُكُهِّنَ لَهُ، أَوْ سَحَرَ أَوْ سُحِرَ لَهُ، وَمَنْ أَتَى كَاهِنًا فَصَدَّقَهُ بِمَا يَقُولُ، فَقَدْ كَفَرَ بِمَا أُنْزِلَ عَلَى مُحَمَّدٍ ﷺ».

"जो शकुन-अपशकुन मान्छ वा जसको लागि त्यसो गरिन्छ वा जसले ज्योतिषीको काम गर्छ वा जसको लागि गरिन्छ वा जसले जादू गर्छ वा जसको लागि जादू गरिन्छ, ऊ हामीमध्ये होइन। जसले कुनै ज्योतिषी/भविष्यवक्ताकहाँ जान्छ र उसले भनेको कुरामा विश्वास गर्छ, निस्सन्देह उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित धर्मलाई अस्वीकार गर्छ।" यसलाई इमाम बज्जारले असल 'सनद'का साथ वर्णन गरेका छन्।

यी हदीसहरूमा ज्योतिषी (अर्राफ), काहिन र जादूगरहरू तथा उनीहरू जस्ता अन्य व्यक्तिहरूकहाँ जाने, उनीहरूलाई सोध्ने र उनीहरूको कुरा सत्य मान्ने कुराबाट रोक लगाइएको छ। साथै यस कार्यका लागि कडा चेतावनी पनि दिइएको छ।

त्यसैले उनीहरूले केही कुरामा कहिलेकाहीँ सही देखिए भन्दैमा वा धेरै मानिसहरू उनीहरूकहाँ जाने गरेको देखेर भ्रमित हुनु हुँदैन। किनकि उनीहरू मूर्खहरू हुन् र उनीहरूको कारणले मानिसहरूलाई धोका खानु जायज छैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूकहाँ जान, उनीहरूलाई सोध्न र उनीहरूलाई सत्य मान्न निषेध गर्नुभएको छ। किनकि यसमा ठूलो प्रकारको पाप, गम्भीर खतरा र नराम्रो परिणामहरू छन्। साथै उनीहरू झूटा र पापी हुन्।

यी हदीसहरूमा ज्योतिषी, भविष्यवक्ता र जादूगरहरूको कुफ्रको प्रमाण पनि छ, किनकि उनीहरूले अदृश्य (गैब) का कुरा जान्ने दाबी गर्छन्, र यो दाबी नै कुफ्र हो। साथै उनीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न अल्लाह बाहेक जिन्नहरूको सेवा र उपासना गर्छन्, जुन कुफ्र र शिर्क हो। उनीहरूको अदृश्य (गैब) को दाबीलाई सत्य मान्ने व्यक्ति पनि उनीहरूजस्तै हुन्छ। जसले पनि यस्ता कुराहरू (जादू, ज्योतिष आदि) गर्ने व्यक्तिबाट यी कुरा ग्रहण गर्छ, उसबाट रसूल (सल्लल्लाहु अलैहि वसल्लम) पूर्ण रूपमा अलग हुनुहुन्छ।

त्यसैगरी मुस्लिमले उनीहरूले उपचारको नाममा गर्ने ताबीज/तिलस्म (मन्त्र लेखिएका वस्तुहरू), सिसा पगालेर खन्याउने आदि जस्ता अन्धविश्वासहरूको पालना गर्नु पनि अनुमति छैन। किनकि यी सबै ज्योतिष र मानिसहरूलाई धोका दिने कार्यहरू हुन्। जसले यसमा सहमति जनाउँछ, उसले उनीहरूको असत्य र कुफ्रमा सहयोग गरेको ठहर्छ।

त्यसैगरी कुनै पनि मुस्लिमले उनीहरूसँग जानु पनि अनुमति छैन, जस्तै आफ्नो छोरा वा आफन्तले कससँग विवाह गर्ने हो भनेर सोध्न, वा पति–पत्नी र उनीहरूको परिवारबीच हुने माया, वफादारी, शत्रुता वा सम्बन्ध विच्छेद जस्ता कुराहरूबारे सोध्न वा यस्तै अन्य विषयहरूमा उनीहरूसँग जानकारी लिनु। किनकि यो अदृश्य (गैब) सम्बन्धी कुरा हो, जसलाई अल्लाह बाहेक अरू कसैले जान्दैन।

त्यसैले शासकहरू, हिस्बा (धार्मिक निगरानी) निकायका व्यक्ति र अधिकार प्राप्त व्यक्तिहरूले ज्योतिषी (काहिन), भविष्यवक्ता (अर्राफ) र यस्तै व्यक्तिहरूकहाँ जाने अभ्यासलाई रोक्नु, बजार तथा अन्य स्थानहरूमा यस्ता कार्यमा संलग्न हुनेहरूलाई निषेध गर्नु, उनीहरूको कडा रूपमा निन्दा गर्नु तथा उनीहरूकहाँ जाने व्यक्तिहरूलाई पनि रोक्नु कर्तव्य हो।

यसैगरी जादू पनि निषेधित र कुफ्रजन्य कार्यहरूमध्ये पर्दछ; जसरी अल्लाह तआलाले दुई फरिश्ताहरूको सम्बन्धमा भन्नुभएको छ:

﴿...وَمَا يُعَلِّمَانِ مِنۡ أَحَدٍ حَتَّىٰ يَقُولَآ إِنَّمَا نَحۡنُ فِتۡنَةٞ فَلَا تَكۡفُرۡۖ فَيَتَعَلَّمُونَ مِنۡهُمَا مَا يُفَرِّقُونَ بِهِۦ بَيۡنَ ٱلۡمَرۡءِ وَزَوۡجِهِۦۚ وَمَا هُم بِضَآرِّينَ بِهِۦ مِنۡ أَحَدٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمۡ وَلَا يَنفَعُهُمۡۚ وَلَقَدۡ عَلِمُواْ لَمَنِ ٱشۡتَرَىٰهُ مَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖۚ وَلَبِئۡسَ مَا شَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ﴾

“… ती (दुई फरिश्ता) ले कसैलाई पनि तबसम्म सिकाउँदैनथे, जबसम्म उनीहरूले भन्दैनथे: ‘हामी त केवल परीक्षा हौँ, त्यसैले तिमी काफिर नबन।’ तर मानिसहरूले उनीहरूबाट त्यस्तो कुरा सिक्थे, जसद्वारा उनीहरूले पति र पत्नीबीच फाटो पार्थे। यद्यपि अल्लाहको अनुमति बिना त्यसद्वारा उनीहरूले कसैलाई पनि हानि पुर्‍याउन सक्दैनथे। उनीहरूले त्यस्तो कुरा सिक्थे, जसले उनीहरूलाई हानि पुर्‍याउँथ्यो र कुनै लाभ दिँदैनथ्यो। उनीहरूलाई राम्ररी थाहा थियो जसले यसलाई किन्छ उसको लागि परलोकमा कुनै प्रतिफल हुने छैन। उनीहरूले आफ्नो आत्मालाई जसको बदलामा बेचे, त्यो कति नराम्रो कुरा थियो—यदि उनीहरूले बुझ्न सकेका भए।” [अल् बकरह: १०२]

यी महान आयतहरूले प्रमाणित गर्दछन्, जादु (सिहर) कुफ्र हो र जादुगरहरूले मानिस र उसकी पत्नीबीच फाटो पार्छन्। साथै, यी आयतहरूले यो पनि स्पष्ट पार्छन् कि जादु आफैंमा न त लाभ पुर्‍याउन सक्छ न त हानि; बरु त्यो केवल अल्लाहको पूर्वनिर्धारित निर्णय (कौनी कदरी) अनुसार मात्र प्रभाव पार्दछ, किनकि अल्लाह नै राम्रो र नराम्रो सबै कुराका सृष्टिकर्ता हुनुहुन्छ।

यस महान आयतले यो पनि जनाउँछ कि जादु सिक्नेहरू वास्तवमा त्यही कुरा सिक्छन् जसले उनीहरूलाई हानि पुर्‍याउँछ र कुनै फाइदा दिँदैन। अल्लाहको नजिक उनीहरूको कुनै प्रतिफल हुँदैन। यो ठूलो चेतावनी हो, जसले दुनियाँ र आखिरत दुबैमा उनीहरूको गम्भीर घाटा भएको देखाउँछ। उनीहरूले आफ्नो आत्मालाई अत्यन्त सस्तो मूल्यमा बेचेका छन्। त्यसैले अल्लाहले यस कुरामा उनीहरूको निन्दा गर्दै भन्नुभयो:

﴿...وَلَبِئۡسَ مَا شَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ﴾

“… निश्चय नै, जुन कुराको बदलामा उनीहरूले आफ्नै आत्मा बेचे, त्यो अत्यन्तै नराम्रो कुरा हो—यदि उनीहरूले बुझ्न सकेका भए।” [अल् बकरह: १०२] यहाँ “खरीद (शिरा)” को अर्थ “बेच्नु” हो।

निश्चय नै, यी झूट घड्नेहरूमाथि ठूलो हानि भयो र उनीहरूको अवस्था अत्यन्त गम्भीर भयो—जसले यी ज्ञानहरू मुशरिकहरूबाट लिएर आएका छन् र यसद्वारा कमजोर बुद्धिका मानिसहरूलाई भ्रममा पारेका छन्। निश्चय नै, हामी अल्लाहकै हौं र उहाँतर्फ नै फर्कनेछौं; अल्लाह नै हाम्रो लागि पर्याप्त हुनुहुन्छ र उहाँ कति उत्तम कार्यसाधक हुनुहुन्छ।

हामी अल्लाहसँग जादूगर, काहिन (झाँक्रीहरू) र अन्य सबै ढोंगीहरूको दुष्टताबाट कल्याण र सुरक्षाको लागि प्रार्थना गर्छौं। हामी सर्वोच्च अल्लाहसँग मुस्लिमहरूलाई उनीहरूको दुष्टताबाट जोगाउन र मुस्लिम शासकहरूलाई उनीहरूबाट सावधान रहन र उनीहरूमाथि ईश्वरको न्याय लागू गर्न मार्गदर्शन गर्न प्रार्थना गर्छौं, ताकि मानिसहरूलाई उनीहरूको हानि र दुष्ट कार्यहरूबाट मुक्ति मिलोस्। निश्चय नै, उहाँ अत्यन्त उदार र कृपालु हुनुहुन्छ।

निश्चय नै अल्लाहले आफ्ना सेवकहरूका लागि त्यस्ता उपायहरू निर्धारित गर्नुभएको छ, जसद्वारा उनीहरूले जादुको खराबी आउनुअघि नै त्यसबाट बच्न सक्छन्। साथै, उहाँले यो घटना पछि यसको उपचार गर्न के प्रयोग गर्न सकिन्छ भनेर व्याख्या गर्नुभएको छ। यो उहाँको उनीहरूप्रतिको कृपा, उपकार र उनीहरूमाथि गरिएको आफ्नो कृपाको पूर्णता हो।

जादूको खतरा हुनुअघि त्यसबाट बच्ने उपायहरू र जादु भइसकेपछि त्यसको उपचार गर्न प्रयोग गरिने शरिअतअनुसार अनुमति प्राप्त (हलाल) उपायहरूको विवरण प्रस्तुत गरिन्छ। यसको व्याख्या यस प्रकार छ:

पहिलो: जादुको प्रभाव पर्नु अघि त्यसको खतराबाट बच्ने उपायहरू; यसको सबैभन्दा महत्वपूर्ण र लाभदायक उपाय शरई अजकार, प्रमाणित दुआहरू र मुआव्विदात (शरण माग्ने प्रार्थनाहरू) द्वारा आत्म-सुरक्षा गर्नु हो। यसमा प्रत्येक फर्ज नमाजपछि सलाम फेरेर आयतुल-कुर्सी पढ्नु पनि समावेश छ, जुन पवित्र कुरआनको सबैभन्दा महान् आयत हो। त्यो अल्लाहको यो वाणी हो:

﴿ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ255﴾

अर्थ: अल्लाहबाहेक कोही सत्य उपास्य छैन, उहाँ सधैं जीवित र सम्पूर्ण सृष्टिको आधार एवं संरक्षक हुनुहुन्छ। उहाँलाई न त झोप लाग्छ न निद्रा। आकाशहरूमा र पृथ्वीमा जे-जति छ, सबै उहाँकै हो। उहाँको अनुमति बिना उहाँसामु कसले सिफारिस गर्न सक्छ? उहाँले उनीहरूको अगाडि र पछाडिको सबै कुरा जान्नुहुन्छ। तिनीहरूले उहाँको ज्ञानको कुनै पनि कुरालाई समेट्दैनन्, बाहेक जुन उहाँ चाहनुहुन्छ। उहाँको कुर्सी आकाश र पृथ्वी सबैमा फैलिएको छ र ती दुवैको हिफाजत उहाँलाई थकाउँदैन। उहाँ सर्वोच्च र महान हुनुहुन्छ। [अल् बकरह: २५५] सुत्दा पनि यसलाई पढ्न सिफारिस गरिन्छ, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ قَرَأَ آيَةَ الْكُرْسِيِّ فِي لَيْلَةٍ، لَمْ يَزَلْ عَلَيْهِ مِنَ اللَّهِ حَافِظٌ، وَلَا يَقْرَبُهُ شَيْطَانٌ حَتَّى يُصْبِحَ».

"जसले रातमा आयतुल-कुर्सी पढ्छ, उसको लागि अल्लाहको तर्फबाट रक्षक नियुक्त रहन्छ र बिहान नहुँदासम्म कुनै शैतान उसको नजिक आउनेछैन।"

त्यसैगरी सुरक्षाका निम्नलिखित सूरह पढ्नु:

﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ1﴾

‘कुल हुवल्लाहु अहद’ (सूरह अल-इख्लास) पूरा पढ्नु।

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ1﴾

‘कुल अऊजु बिरब्बिल फलक’ (सूरह अल-फलक) पूरा पढ्नु।

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ1﴾

‘कुल अऊजु बिरब्बिन नास’ (सूरह अन-नास) पूरा पढ्नु। [सुरह अन्नास: १] यी तीन सुरहहरू प्रत्येक फर्ज नमाजपछि एक पटक पढ्नुपर्छ र फज्र नमाजपछि दिनको सुरुवातमा तथा मग्रिब नमाजपछि रातको सुरुवातमा तीन–तीन पटक पढ्नुपर्छ।

त्यसै गरी, रातको सुरुवातमा सूरह अल-बकरहका अन्तिम दुई आयतहरू पढ्नु, जुन अल्लाह तआलाको यो वाणी हो:

﴿ءَامَنَ ٱلرَّسُولُ بِمَآ أُنزِلَ إِلَيۡهِ مِن رَّبِّهِۦ وَٱلۡمُؤۡمِنُونَۚ كُلٌّ ءَامَنَ بِٱللَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّن رُّسُلِهِۦۚ وَقَالُواْ سَمِعۡنَا وَأَطَعۡنَاۖ غُفۡرَانَكَ رَبَّنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ285﴾

अर्थ: रसूल (मुहम्मद) ले आफ्नो पालनकर्ताबाट उहाँमाथि अवतरित कुरामा विश्वास गरे र सबै मुमिनहरूले पनि विश्वास गरे। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू र उहाँका रसूलहरूमा ईमान ल्याए। (उनीहरूले भन्छन्:) “हामी उहाँका रसूलहरूबीच कुनै भेदभाव गर्दैनौं।” उनीहरूले भने: “हामीले सुनेका छौं र आज्ञापालन गरेका छौं। हे हाम्रो पालनकर्ता! हामी तिमीसँग माफी चाहन्छौं र अन्ततः तिमीतर्फ नै फर्किनेछौं।” सूरहको अन्त्यसम्म पढ्नुपर्ने हुन्छ।

यस सन्दर्भमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ قَرَأَ الآيَتَيْنِ مِنْ آخِرِ سُورَةِ البَقَرَةِ فِي لَيْلَةٍ كَفَتَاهُ».

“जसले रातमा सूरह अल-बकरहका अन्तिम दुई आयतहरू पढ्छ, ती उसका लागि पर्याप्त हुन्छन्।” यसको अर्थ हो: यसले उसलाई सबै प्रकारका खराबीहरूबाट बचाउँछ (अल्लाह नै सबैभन्दा राम्रो जान्नुहुन्छ)। त्यसैगरी दिन-रात घर, मरुभूमि, आकाश वा समुद्र जस्ता कुनै पनि स्थानमा ओर्लँदा वा बस्दा अल्लाहका पूर्ण वचनहरूद्वारा शरण माग्नु आवश्यक छ। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَن نَزَلَ مَنْزِلًا فَقالَ: أَعُوذُ بِكَلِمَاتِ اللهِ التَّامَّاتِ مِن شَرِّ ما خَلَقَ، لَمْ يَضُرَّهُ شَيءٌ حتَّى يَرْتَحِلَ مِن مَنْزِلِهِ ذَلِكَ».

“जसले कुनै स्थानमा ओर्लँदा भन्छ: ‘अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन शर्रि मा खलक्।’ (अर्थ: म अल्लाहका पूर्ण वचनहरूद्वारा उहाँले सृष्टि गर्नुभएको सबै कुराको दुष्टताबाट शरण माग्छु), त्यस स्थानबाट निस्कनु (यात्रा जारी गर्नु) सम्म उसलाई कुनै पनि चीजले हानि पुर्‍याउँदैन।”

त्यस्तैगरी मुस्लिमले दिनको सुरुमा र रातको सुरुमा तीन पटक भन्नु:

«بِسْمِ اللهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيءٌ فِي الأَرْضِ وَلَا فِي السَّمَاءِ، وَهُوَ السَّمِيعُ العَلِيمُ».

"बिस्मिल्लाहिल्लजी ला यदुर्रु माअ इस्मीही शै'उन फिल अर्जि वला फिस्समाई वहुवस्समिउलअलीम।"

(अर्थात्: अल्लाहको नामले, जसको नामसँगै पृथ्वीमा वा आकाशमा कुनै पनि चीजले हानि गर्न सक्दैन, र उहाँ सबै सुन्ने र सबै जान्ने हुनुहुन्छ।)

किनकि यस सम्बन्धमा रसूल (सल्लल्लाहु अलैहे वसल्लम) बाट सही रूपमा प्रोत्साहन आएको छ र यो सबै प्रकारका खराबीहरूबाट सुरक्षाको माध्यम हो।

दोस्रो: जादु भइसकेपछि त्यसको उपचार गर्न प्रयोग गरिने उपायहरू र यो पनि विभिन्न तरिकाहरूले गरिन्छ:

पहिलो: अल्लाहसँग बारम्बार विनम्रतापूर्वक प्रार्थना गर्नु र उहाँसँग हानि हटाउन र कष्ट कम गर्न दुआ गर्नु हो।

दोस्रो: जमिन, पहाड वा अन्यत्र जादुको स्थान पत्ता लगाउने प्रयास गर्नु। यदि त्यो स्थान फेला पर्‍यो र जादु निकालेर नष्ट गरियो भने जादुको प्रभाव समाप्त हुन्छ। यो जादुको लागि सबैभन्दा लाभदायक उपचारहरूमध्ये एक हो।

तेस्रो: शरई अजकार र प्रमाणित दुआहरूद्वारा रुक्या (झारफुक) गर्नु र यस्ता उपायहरू धेरै छन्; तीमध्ये:

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्रमाणित यो दुआ:

«اللَّهُمَّ رَبَّ النَّاسِ، أَذْهِبِ الْبَأْسَ، وَاشْفِ أَنْتَ الشَّافِي، لَا شِفَاءَ إِلَّا شِفَاؤُكَ، شِفَاءً لَا يُغَادِرُ سَقَمًا».

"अल्लाहुम्म रब्बन्-नास, अज़्हिबिल्-बअस, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।"

(अर्थात्: हे अल्लाह, मानवजातिका प्रभु, कष्ट हटाउनुहोस् र निको पार्नुहोस्, किनकि तपाईं नै निको पार्नुहुन्छ। तपाईंको उपचार बाहेक अरू कुनै उपचार छैन, यस्तो उपचार जसले कुनै रोग बाँकी नरहोस्।) (तीन पटक)

त्यसैगरी; त्यो रुक्या (झारफुक) जुन जिब्रीलले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई गरे, जुन यस प्रकार छ:

«بِسْمِ اللَّهِ أَرْقِيكَ، مِنْ كُلِّ شَيْءٍ يُؤْذِيكَ، وَمِنْ شَرِّ كُلِّ نَفْسٍ أَوْ عَيْنِ حَاسِدٍ، اللَّهُ يَشْفِيكَ، بِسْمِ اللَّهِ أَرْقِيكَ».

"बिस्मिल्लाहि अर्कीक, मिन कुल्लि शैइन् यु’जीक, व मिन शर्रि कुल्लि नफ्सिन् औ अैनिन हासिद, अल्लाहु यश्फीक, बिस्मिल्लाहि अर्कीक।"

(अर्थात: अल्लाहको नामले म तिमीलाई रुक्या (झारफुक) गर्छु, तिमीलाई दुःख दिने प्रत्येक कुराबाट र प्रत्येक आत्माको खराबी तथा ईर्ष्यालु आँखाको खराबीबाट। अल्लाहले तिमीलाई निको पारून्। अल्लाहको नामले म तिमीलाई रुक्या गर्छु।) (तीन पटक)

त्यसैगरी यो त्यस पुरुषका लागि उपयोगी उपचार हो, जो आफ्नी पत्नीसँग यौनसम्बन्ध (सहवास) गर्नबाट रोकिएको हुन्छ— उसले हरियो सिद्र (बेर) का सात पातहरू लिएर ढुंगा वा यस्तै कुनै वस्तुले पिस्ने, त्यसलाई एउटा भाँडोमा राख्ने, र स्नान (गुस्ल) का लागि पर्याप्त पानी हाल्ने र त्यसमा निम्न पाठ गर्ने:

आयतुल कुर्सी र

﴿قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ1﴾

(कुल् या अय्युहल् काफिरून) पुरा पढ्ने। (अल् काफिरून्: १) र

﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ1﴾

(कुल हुवल्लाहु अहद) पुरा पढ्ने। [अल् इख्लास्: १] र

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ1﴾

(कुल अऊजु बिरब्बिल फलक) पुरा पढ्ने। (अल-फलक: १) र

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ1﴾

(कुल अऊजु बिरब्बिन नास) पुरा पढ्ने। [सुरह अन्नास: १]

सूरतुल अअराफमा जादूको बारेमा उल्लिखित आयतहरू पढ्ने, जुन अल्लाह तआलाको यो वाणी हो:

﴿وَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنۡ أَلۡقِ عَصَاكَۖ فَإِذَا هِيَ تَلۡقَفُ مَا يَأۡفِكُونَ117 فَوَقَعَ ٱلۡحَقُّ وَبَطَلَ مَا كَانُواْ يَعۡمَلُونَ118 فَغُلِبُواْ هُنَالِكَ وَٱنقَلَبُواْ صَٰغِرِينَ119﴾

“हामीले मूसा (अलैहिस्सलाम) लाई वही गर्यौं: आफ्नो लाठी फ्याँक, अनि अचानक त्यो (लाठी) ले उनीहरूले बनाएको झूटलाई निल्न थाल्यो।”

अनि सत्य प्रकट भयो र उनीहरूले गर्दै आएका सबै कार्यहरू असत्य साबित भए।

त्यस स्थानमा उनीहरू पराजित भए र अपमानित भएर फर्किए।” [अल् अअराफः ११७-११९]

सूरह यूनुसमा रहेका आयतहरू, जुन अल्लाह तआलाको यो वाणी हो:

﴿وَقَالَ فِرۡعَوۡنُ ٱئۡتُونِي بِكُلِّ سَٰحِرٍ عَلِيمٖ79 فَلَمَّا جَآءَ ٱلسَّحَرَةُ قَالَ لَهُم مُّوسَىٰٓ أَلۡقُواْ مَآ أَنتُم مُّلۡقُونَ80 فَلَمَّآ أَلۡقَوۡاْ قَالَ مُوسَىٰ مَا جِئۡتُم بِهِ ٱلسِّحۡرُۖ إِنَّ ٱللَّهَ سَيُبۡطِلُهُۥٓ إِنَّ ٱللَّهَ لَا يُصۡلِحُ عَمَلَ ٱلۡمُفۡسِدِينَ81 وَيُحِقُّ ٱللَّهُ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦ وَلَوۡ كَرِهَ ٱلۡمُجۡرِمُونَ82﴾

“फिरऔनले भन्यो: ‘प्रत्येक कुशल जादुगर (सहिर) मेरो अगाडि ल्याऊ।

जब जादुगरहरू आए, तब मूसा (अलैहिस्सलाम) ले उनीहरूलाई भने: 'तिमीहरूले जे फ्याँक्नुछ, फ्याँक।'

जब उनीहरूले (आफ्ना डोरी र लाठीहरू) फ्याँके, तब मूसा (अलैहिस्सलाम) ले भने: ‘तिमीहरूले जे ल्याएका छौ, त्यो जादु हो। निश्चय नै अल्लाहले यसलाई नष्ट पर्नुहुन्छ। निश्चय नै अल्लाह बिगार्नेहरूको कार्यलाई सफल पार्नुहुन्न।

अल्लाह आफ्ना वाणीहरूद्वारा सत्यलाई स्थापित गर्नुहुन्छ, चाहे अपराधीहरूलाई त्यो मन नपरोस्।” [यूनुसः ७९-८२]

त्सैगरी सूरह ताहामा भएका निम्न श्लोकरू पनि पढ्ने:

﴿قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ أَوَّلَ مَنۡ أَلۡقَىٰ65 قَالَ بَلۡ أَلۡقُواْۖ فَإِذَا حِبَالُهُمۡ وَعِصِيُّهُمۡ يُخَيَّلُ إِلَيۡهِ مِن سِحۡرِهِمۡ أَنَّهَا تَسۡعَىٰ66 فَأَوۡجَسَ فِي نَفۡسِهِۦ خِيفَةٗ مُّوسَىٰ67 قُلۡنَا لَا تَخَفۡ إِنَّكَ أَنتَ ٱلۡأَعۡلَىٰ68 وَأَلۡقِ مَا فِي يَمِينِكَ تَلۡقَفۡ مَا صَنَعُوٓاْۖ إِنَّمَا صَنَعُواْ كَيۡدُ سَٰحِرٖۖ وَلَا يُفۡلِحُ ٱلسَّاحِرُ حَيۡثُ أَتَىٰ69﴾

“उनीहरूले भने: ‘हे मूसा! या त तिमी फ्याँक, वा हामीले पहिले फ्याँक्छौं।’

मूसा (अलैहिस्सलाम) ले भने: ‘तिमीहरूले नै फ्याँक।’ अनि जब उनीहरूले फ्याँके, तब उनीहरूको डोरी र लाठिहरू उनीहरूको जादुको कारणले मूसा (अलैहिस्सलाम) लाई यस्तो लाग्यो कि ती चलिरहेका छन्।

तब मूसा (अलैहिस्सलाम) ले आफ्नो मनमा केही डर महसुस गरे।

हामीले भन्यौं: ‘डर नगर, निश्चय नै तिमी नै विजयी हुनेछौ।’

तिम्रो दाहिने हातमा जे छ, त्यो फ्याँक; यसले उनीहरूले बनाएका सबै कुरा निल्नेछ। निश्चय नै उनीहरूले जे बनाएका छन्, त्यो जादुगरको चाल हो र जादुगर जहाँ गए पनि सफल हुँदैन।” [सुरह ताहा: ६५-६९]

माथि उल्लेखित कुराहरू पानीमा पढेपछि त्यस पानीबाट तीन घुट्को पिउने र बाँकी पानीले स्नान गर्ने। यसरी, इन-शा अल्लाह रोग हट्छ। यदि आवश्यक पर्‍यो भने, रोग पूर्ण रूपमा समाप्त नभएसम्म दुई पटक वा अझ बढी प्रयोग गर्न पनि कुनै आपत्ति छैन।

जादु तथा अन्य सबै प्रकारका खराबीहरूबाट बच्न र जादु भइसकेपछि त्यसलाई हटाउन सबैभन्दा ठूलो माध्यमहरू यी अजकार, शरण माग्ने सुरहहरू र उपायहरू हुन्। यदि कसैले यी कुराहरू साँचो ईमान, अल्लाहमाथि भरोसा, उहाँमाथि निर्भरता र यसले जनाएका कुराप्रति मनको प्रसन्नतासहित पालन गर्छ भने।

जादूबाट बच्ने र त्यसको उपचार गर्ने उपायहरूका बारेमा हामीले बयान गर्न सकेका कुराहरू यति नै हुन्; सफलता र सामर्थ्य प्रदान गर्ने त महान् अल्लाह नै हुनुहुन्छ।

यहाँ एउटा महत्वपूर्ण विषय बुझ्नु जरुरी छ: जादुको उपचार जादूगरहरूको क्रियाकलापद्वारा गराउनु, जसमा बलि दिएर वा अन्य कुनै भेटी चढाएर जिन्न वा शैतानलाई प्रसन्न पारिन्छ, त्यो कदापि जायज छैन। वास्तवमा यो शैतानकै कार्य हो र यो ‘शिर्क’ जस्तो महान् पाप पनि हो। त्यसैगरी, भविष्यवाणी गर्ने, ज्योतिषी र पाखण्डीहरूसँग परामर्श लिनु वा उनीहरूले सुझाएका उपायहरूद्वारा उपचार गराउनु पूर्णतः अवैध छ। किनकि उनीहरू मिथ्यावादी एवं दुराचारी हुन् र अदृश्यको ज्ञान (गैब) राख्ने झूटो दाबी गरेर मानिसहरूलाई भ्रमित पार्ने गर्दछन्। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूकहाँ जान, सोधपुछ गर्न र उनीहरूका कुरालाई सत्य मान्नलाई कडा रूपमा निषेध गर्नुभएको छ, जसको चर्चा यस लेखको प्रारम्भमै गरिसकिएको छ। यसबाट सावधान रहनु अत्यावश्यक छ। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई “नुश्रा” (जादुको उपचारका लागि गरिने केही तरिका) बारे सोधिएको थियो, र उहाँले भन्नुभयो:

«هِيَ مِنْ عَمَلِ الشَّيْطَانِ».

“यो शैतानको काम हो।” यसलाई इमाम अह्मद र अबू दाऊदले उत्तम सनदका साथ वर्णन गरेका छन्।

'नुश्रा' भनेको जादु गरिएको व्यक्तिबाट जादु खोल्नु हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अभिप्राय भनेको अज्ञानता युगको त्यो तरिका हो जसमा जादुगरलाई जादु खोल्नका लागि सोधिन्छ वा अर्को जादुगरद्वारा त्यस्तै जादु गरेर जादु हटाइन्छ।

जहाँसम्म रुक्या शरई (झारफुक), शरण दिने सुरहहरू र हलाल औषधिहरूद्वारा जादु खोल्ने कुरा छ, त्यसमा कुनै आपत्ति छैन, जस्तै पहिले उल्लेख गरिएको छ। यस विषयमा अल्लामा इब्न अल-कय्यिम र शेख अब्दुर्रहमान बिन हसन (रहमतुल्लाही अलैहिमा) ले ‘फत्हुल मजीद’ मा स्पष्ट रूपमा उल्लेख गरेका छन् र अन्य धेरै विद्वानहरूले पनि यसलाई स्पष्ट रूपमा उल्लेख गरेका छन्।

अन्त्यमा, हामी अल्लाहसँग प्रार्थना गर्छौं: हे अल्लाह, मुस्लिमहरूलाई प्रत्येक प्रकारको खराबीबाट सुरक्षा प्रदान गर्नुहोस्, उनीहरूको धर्मको रक्षा गर्नुहोस्, उनीहरूलाई धर्मको सही बुझाइ (फिकह) प्रदान गर्नुहोस् र शरिअतविपरीत सबै कुराबाट सुरक्षित राख्नुहोस्।

अल्लाहका भक्त तथा सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि र उहाँका सन्तान र साथीहरूमाथि अल्लाहको कृपा र शान्ति रहोस्।

 

***

ne397v4.0 - 04/06/2026


यो उपदेश सन् १४०२ हिजरीमा “वैज्ञानिक अनुसन्धान, इफ्ता, दावत र इरशादका सामान्य प्रशासन” द्वारा प्रकाशित नं. १७ को पुस्तिकामा प्रकाशित गरिएको हो।