كيفية صلاة النبي ﷺ (نيبالي)

  • earth Language
    (نيبالي)
  • earth Author:
    الشيخ عبد العزيز بن باز

Other Translations 51

PHPWord

 

 

 

كَيْفِيَّةُ صَلَاةِ النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ

 

 

नबी ﷺ को नमाजको तरिका

 

 

 

لِفَضِيلَةِ الشَّيْخِ العَلَّامَةِ

عَبْدِ العَزِيزِ بْنِ عَبْدِ اللَّهِ بْنِ بَازٍ

غَفَرَ اللَّهُ لَهُ وَلِوَالِدَيْهِ وَلِلْمُسْلِمِينَ

 

आदरणीय शैख

 

अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

बी ﷺ को नमाजको तरिका

बिस्मिल्ला हिर्रहमा निर्रहीम

(सुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु हुनुहुन्छ)।

समस्त प्रशंसाहरू अल्लाहकै लागि छन्, अल्लाहको दया एवं शान्ति अवतरित होस् उहाँको दास एवं रसूल, हाम्रा सन्देष्टा मुहम्मद र उहाँका परिवार एवं सहाबाहरूमाथि, तत्पश्चातः

यी नबी (सल्लल्लाहु अलैहि व सल्लम) को नमाजको तरिकाको बयानमा केही संक्षिप्त शब्दहरू हुन्, जुन मैले प्रत्येक मुस्लिम महिला पुरूषको लागि प्रस्तुत गर्न चाहें ताकि यसलाई पढ्ने हरेक व्यक्तिले यस विषयमा उहाँको अनुसरण गर्ने प्रयास गरोस्; किनभने उहाँले भन्नुभएको छ :

(صَلُّوا كَمَا رَأَيْتُمُونِي أُصَلِّي).

(मलाई प्रार्थना गरेको देखेको जस्तै प्रार्थना गर)।1 पाठक समक्ष यसको स्पष्टीकरण:

१- वुजू राम्रोसँग गर्नु, अर्थात् अल्लाह सुब्हानहु व तआलाले आफ्नो यस भनाइमा आदेश दिए अनुसार गर्नु:

﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا قُمۡتُمۡ إِلَى ٱلصَّلَوٰةِ فَٱغۡسِلُواْ وُجُوهَكُمۡ وَأَيۡدِيَكُمۡ إِلَى ٱلۡمَرَافِقِ وَٱمۡسَحُواْ بِرُءُوسِكُمۡ وَأَرۡجُلَكُمۡ إِلَى ٱلۡكَعۡبَيۡنِ...﴾.

"हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ... ।" (अल् माइदाः ६) अल् आयह।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(لا تُقْبَلُ صَلَاةٌ بِغَيْرِ طُهُورٍ).

(पवित्रता (तहारत) बिना कुनै पनि प्रार्थना (सलाह) स्वीकार हुँदैन)।2

गलत तरीकाले नमाज़ पढ्नेलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाईः

(‌إِذَا ‌قُمْتَ ‌إِلَى ‌الصَّلَاةِ، ‌فَأَسْبِغِ ‌الْوُضُوءَ).

(जब तिमी नमाजको लागि उभिन्छौ, त राम्रोसँग वुजू गर)।3

२- नमाजीले जहाँसुकै भए तापनि आफ्नो सम्पूर्ण शरीरले किब्ला, अर्थात् काबातिर फर्किनुपर्छ। उसले आफ्नो हृदयमा आफूले पढ्न चाहेको नमाज, चाहे त्यो फर्ज (अनिवार्य) होस् वा नफिल (ऐच्छिक), त्यसको नियत (संकल्प) गर्नुपर्छ। मुखले नियत उच्चारण गर्नु हुँदैन; किनभने मुखले उच्चारण गर्नु शरियत विपरीत कार्य हो, बरु यो एक बिदअत (धर्ममा नयाँ कुरा) हो। किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले र न त उहाँका सहाबीहरू (रज़िअल्लाहु अन्हुम) ले नै नियत उच्चारण गर्नुभयो। यदि नमाजी इमाम हो वा एक्लै नमाज पढिरहेको छ भने, उसले आफ्नो अगाडि सुत्राह (नमाज पढ्दा अगाडि राखिने कुनै वस्तु) राख्नुपर्छ। किब्लातिर फर्किनु नमाजको लागि एक अनिवार्य शर्त हो, तर केही ज्ञात र अपवादात्मक अवस्थाहरूमा छुट छ, जसलाई इस्लामी विद्वानहरूका किताबहरूमा स्पष्ट पारिएको छ।

३- आफ्नो नजर सजदा गर्ने स्थानमा राख्दै, “अल्लाहु अक्बर” भनेर तकबीर-ए-इहराम भन्नु ।

४. तक्बीरमा आफ्ना हातहरू काँध वा कान बराबर उठाउनु ।

५. दाहिने हातलाई बाँया हातको हत्केला, नाडी र पाखुरामाथि राखेर छातीमा राख्नु, किनकि यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ।

६- नमाज सुरु गर्ने दुआ (दुआ सना) पढ्नुहोस् :

(اللَّهُمَّ بَاعِدْ بَيْنِي وبيْنَ خَطَايَايَ، كما بَاعَدْتَ بيْنَ المَشْرِقِ والمَغْرِبِ، اللَّهُمَّ نَقِّنِي مِنَ الخَطَايَا كما يُنَقَّى الثَّوْبُ الأبْيَضُ مِنَ الدَّنَسِ، اللَّهُمَّ اغْسِلْ خَطَايَايَ بالمَاءِ والثَّلْجِ والبَرَدِ).

“अल्लाहुम्म बाइद बैनी व बैन खतायाय, कमा बाअद्-त बैनल-मश्रिकि वल-मग्रिब, अल्लाहुम्म नक्किनी मिनल-खताया कमा युनक्कस्-सौबुल-अब्यजु मिनद्-दनस, अल्लाहुम्-मग्सिल खतायाय बिल-माइ वस्-सल्जि वल्-बरद”

(अर्थः हे अल्लाह ! म र मेरो पापहरूको बीच पूर्व र पश्चिमको दुरी झैं दुरी गर्नुहोस्, हे अल्लाह ! मलाई मेरा पापहरूबाट यसरी पवित्र र सफा गर्नुहोस्, जसरी सेतो कपडा फोहोर मैलाबाट सफा गरिन्छ । हे अल्लाह ! मेरा पापहरूलाई पानी, हिउँ र असिनाले धुनुहोस् ।)4

त्यसको सट्टामा यो पनि पढ्भन मिल्छ:

(سُبْحَانَكَ اللَّهُمَّ وبِحَمْدِكَ، وَتَبَارَكَ اسْمُكَ، وَتَعَالَى جَدُّكَ، ولَا إلَهَ غَيْرُكَ).

‘सुब्हान कल्लाहुम्म व बिहम्दि क व तबा र कस्मुक व तआला जद्दुक

व लाइलाह गैरूक’ ।

हे अल्लाह ! तपाईं पवित्र हुनुहुन्छ, तपाईंकै लागि प्रशंसा छ, तपाईंको नाम बरकतमय छ, तपाईंको महिमा उच्च छ र तपाईं बाहेक कोही सत्य पूज्य छैन ।5 यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित इस्तिफ्ताहका अन्य दुआहरू पढेमा पनि कुनै आपत्ति छैन । कहिले यो र कहिले त्यो पढ्नु उत्तम हो, किनकि यसो गर्दा अनुसरणमा पूर्णता आउँछ । त्यसपछि ‘अऊजु बिल्लाहि मिनश्शैतानिर्-रजीम’ र ‘बिस्मिल्लाहिर्-रहमानिर्-रहीम’ पढेर सूरह फातिहा पढ्नुपर्छ, किनकि उहाँको भनाइ छ:

(لَا صَلَاةَ لِمَنْ لَمْ يَقْرَأْ بفَاتِحَةِ الكِتَابِ).

"जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।"6 त्यसपछि 'आमीन' भनिन्छ, ठूलो स्वरले पढिने नमाजहरूमा ठूलो स्वरले र मसिनो स्वरले पढिने नमाजहरूमा मसिनो स्वरमा । त्यसपछि कुरआनबाट जे सजिलो लाग्छ त्यो पढिन्छ । सूरह फातिहा पछि जुहर, अस्र र इशाको नमाजमा मध्यम खालका सूरहहरू, फज्रको नमाजमा लामा सूरहहरू र मग्रिबको नमाजमा कहिले लामा र कहिले छोटा सूरहहरू पढ्नु राम्रो हुन्छ, यस विषयमा वर्णन भएका हदीसहरू अनुसार ।

७- अल्लाहु-अकबर भन्दै आफ्नो दुवै हात काँध वा कानसम्म उठाएर रुकू गर्नुपर्छ । आफ्नो टाउकोलाई पीठ बराबर राख्नुपर्छ, दुवै हातले घुँडा समाउनुपर्छ र औंलाहरूलाई खुला राख्नुपर्छ । रुकूमा स्थिर रहनुपर्छ र 'सुब्हान रब्बियल्-अजीम' भन्नुपर्छ । यसलाई तीन वा सोभन्दा बढी पटक दोहोर्याउनु उत्तम हो र यसका साथै निम्न कुरा भन्नु मुस्तहब (ऐच्छिक) हो:

(‌سُبْحَانَكَ ‌اللهُمَّ ‌وَبِحَمْدِكَ، ‌اللهُمَّ ‌اغْفِرْ ‌لِي).

“सुब्हानक अल्लाहुम्म वबिहम्दिक, अल्लाहुम्मग्-फिर्ली”

[अर्थः हे अल्लाह ! तपाईं पवित्र हुनुहुन्छ, तपाईंकै लागि प्रशंसा छ। हे अल्लाह ! मलाई माफ गर्नुहोस् ।]7

८. रुकुबाट टाउको उठाउँदा दुवै हात काँध वा कानसम्म उठाउँदै भन्ने: “समिअल्लाहु लिमन् हमिदह्”

(अर्थः जसले अल्लाहको प्रशंसा गर्यो, उसको प्रशंसा उहाँले सुन्नुभयो) इमाम भएपनि वा एक्लो भएपनि, उभिदा भन्नुपर्छ :

(رَبَّنَا ولَكَ الحَمْدُ حَمْدًا كَثِيرًا طَيِّبًا مُبَارَكًا فِيهِ مِلْءَ السَّمَواتِ ومِلْءَ الأرضِ، ومِلْءَ ما شِئتَ مِن شيءٍ بَعدُ).

“रब्बना व लकल् हम्द हम्दन् कसीरन् तैय्यिबन् मुबारकन् फीहि मिल्अस् समावाति व मिल्अल् अर्दि, व मिल्अ मा शिअ्त मिन् शैइन् बअ्दु”

(अर्थः हे हाम्रो प्रतिपालक ! तपाईंकै लागि प्रशंसाहरू छन्; अत्याधिक धेरै, पवित्र अनि कल्याणकारी प्रशंसा, आकाशहरू र धरती भरिने जति र यस बाहेक तपाईंले चाहेको हरेक कुरा भरिने जति ।)8

तर यदि ऊ मुक्तदी हो भने, उसले रुकुबाट उठ्दा 'रब्बना व लकल-हम्द' देखि अन्त्यसम्म पढ्नेछ र यदि तिनीहरूमध्ये प्रत्येकले थपे भने...—अर्थात् इमाम, मुक्तदी र मुन्फरिद—

(أهْلَ الثَّنَاءِ والْمجْدِ، أحَقُّ مَا قَالَ العَبْدُ، وكُلُّنَا لَكَ عَبْدٌ: اللَّهُمَّ لَا مَانِعَ لِمَا أعْطَيْتَ، ولَا مُعْطِيَ لِمَا مَنَعْتَ، ولَا يَنْفَعُ ذَا الجَدِّ مِنْكَ الجَدُّ).

(अह्लस्-सनाइ वल्-मज्द, अहक्कु मा कालल्-अब्दु, व कुल्लुना ल-क अब्दुन्: अल्लाहुम्म ला मानिअ लिमा अअ्तैत, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ धल्-जद्दि मिन्क-ल्-जद्दु)

(अर्थः हे प्रशंसा र गौरवका योग्य, एक दासले भन्न सक्ने सबैभन्दा उत्तम कुरा यही हो । हामी सबै तपाईंकै दास हौं। हे अल्लाह ! तपाईंले दिनुभएको कुरालाई रोक्न सक्ने कोही छैन र तपाईंले रोक्नुभएको कुरालाई दिन सक्ने कोही छैन। कुनै प्रतिष्ठित व्यक्तिको प्रतिष्ठाले तपाईंको सामु उसलाई कुनै लाभ पुऱ्याउन सक्दैन।)9 उहाँबाट प्रमाणित भएकोले यो भन्नु राम्रो हो ।

प्रत्येकले - अर्थात् इमाम, मुक्तदी र एक्लै नमाज पढ्ने व्यक्तिले - आफ्नो हात छातीमा राख्नु मुस्तहब हो, जसरी रुकूअ भन्दा पहिला उभिएको बेलामा राखेको थियो, किनभने यो कुरा नबी सल्लल्लाहो अलैहे वसल्लमबाट वाइल बिन हुज्र र सहल बिन सअद रजिअल्लाहो अन्हुमाको हदीसद्वारा प्रमाणित छ।

९- अल्लाहु-अकबर भन्दै सज्दा (ढोग) गर्नुपर्छ । यदि सहज भएमा दुवै हातभन्दा पहिले दुवै घुँडा राख्नुपर्छ, यदि गाह्रो भएमा दुवै घुँडाभन्दा पहिले दुवै हात राख्नुपर्छ । दुवै खुट्टा र हातका औंलाहरूलाई किब्लातिर फर्काउनु पर्छ र हातका औंलाहरूलाई जोडेर सिधा राख्नुपर्छ । सज्दा सात अंगहरूमाथि हुनुपर्छ: निधार नाकसहित, दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूको भित्री भाग । अनि 'सुब्हान रब्बियल्-आ'ला' भन्नु पर्छ । यो तीन पटक वा सोभन्दा बढी भन्नु सुन्नत हो । यसका साथै यो भन्नु पनि मुस्तहब छ:

(سُبْحانَكَ اللَّهُمَّ رَبَّنا وبِحَمْدِكَ، اللَّهُمَّ اغْفِرْ لِي).

(सुब्हानकल्ला हम्म रब्ब्ना व बिहम्दिक अल्लाहुम्मग्-फिरली)

हे अल्लाह, हे मेरो पालनकर्ता ! तपाईं पवित्र हुनुहुन्छ, आफ्नो प्रशंसाको साथ, हे अल्लाह ! मलाई माफ गर्नुहोस् । सज्दाको अवस्थामा धेरै दुआ गर्नु, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यस भनाइका आधारमा:

(‌أَمَّا ‌الرُّكُوعُ، ‌فَعَظِّمُوا ‌فِيهِ ‌الرَّبَّ، وَأَمَّا السُّجُودُ، فَاجْتَهِدُوا فِي الدُّعَاءِ، فَقَمِنٌ أَنْ يُسْتَجَابَ لَكُمْ).

(रुकूअमा आफ्नो महान प्रतिपालकको महानतालाई वर्णन गर र ढोगको अवस्थामा अत्याधिक दुआ याचना गर किनकि यस अवस्थामा याचना कबूल हुने अत्याधिक आशा र सम्भावना हुन्छ ।10

त्यसैगरी आफ्नो प्रतिपालकसँग दुनियाँ र आखिरतको भलाइ माग्नु, चाहे त्यो नमाज फर्ज होस् वा नफ्ल । सज्दा गर्दा आफ्नो पाखुरालाई छेउबाट, पेटलाई तिघ्राबाट र तिघ्रालाई पिँडुलाबाट टाढा राख्नुपर्छ र आफ्नो दुवै पाखुरालाई जमीनबाट उठाउनुपर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ छ:

(اعْتَدِلُوا في السُّجُودِ، ولَا يَبْسُطْ أحَدُكُمْ ذِرَاعَيْهِ انْبِسَاطَ الكَلْبِ).

(ढोग राम्रो र परिपूर्ण तरिकाले गर, र तिमीमध्ये कोही पनि आफ्नो बाहुलाई कुकुर झैं नफैलाओंस्)।11

१०. (अल्लाहु-अकबर) भन्दै आफ्नो टाउको उठाउनु, आफ्नो बाँया खुट्टा ओछ्याएर त्यसमाथि बस्नु, दाहिनो खुट्टा खडा राख्नु र आफ्नो हात तिघ्रा र घुँडामाथि राख्नु र भन्नु:

(رَبِّ اغْفِرْ لِي وَارْحَمْنِي وَاهْدِنِي وَارْزُقْنِي وَعَافِنِي وَاجْبُرْنِي).

“रब्बिग्-फिर्ली, वर्-हम्नी, वह्दिनी, वर्-जुक्नी, व आफिनी, वज्-बुर्नी”

[अर्थः हे मेरो पालनकर्ता ! मलाई क्षमा गर्नुहोस्, म माथि दया गर्नुहोस्, मलाई मार्गदर्शन गर्नुहोस्, मलाई रोजी (जीविका) प्रदान गर्नुहोस्, मलाई कल्याण प्रदान गर्नुहोस् र मेरो कमीलाई पुरा गर्नुहोस् ।]12 हतार नगरी राम्रोसँग शान्त भएर बस्नुपर्छ ।

११- तकबीर भन्दै दोस्रो सज्दा गर्छ र त्यसमा पनि पहिलो सज्दा झैं गर्नुपर्छ ।

१२- अल्लाहु-अकबर भन्दै आफ्नो टाउको उठाएर दुई सज्दाको बीचमा छोटो समयको लागि बस्नुपर्छ, जसलाई ‘जल्सतुल-इस्तिराहा’ (आरामको बसाइ) भनिन्छ र यो मुस्तहब (ऐच्छिक) हो । यदि यसलाई छोडियो भने कुनै आपत्ति छैन र यसमा कुनै जिक्र वा दुआ छैन । त्यसपछि दोस्रो रकातको लागि उभिनुपर्छ, सम्भव भएमा आफ्नो घुँडामा टेकेर र गाह्रो भएमा भुइँमा टेकेर उभिनुपर्छ। त्यसपछि सूरह फातिहा र कुर्आनबाट जे सजिलो लाग्छ, त्यो पढ्नुपर्छ, अनि पहिलो रकातमा गरे झैं गर्नुपर्छ ।

१३. यदि नमाज दुई रकतको छ — जस्तै फजर, जुमुआ र ईदको नमाज — भने दोस्रो सज्दाबाट उठे पछि, आफ्नो बाँया खुट्टा ओछ्याएर र दाहिनो खुट्टा खडा राखेर बस्नुपर्छ। आफ्नो दाहिनो हात दाहिनो तिघ्रामा राख्नुपर्छ र चोर औंला बाहेक सबै औंलाहरू बन्द गरेर त्यसले तौहीद तर्फ सङ्केत गर्नुपर्छ। यदि दाहिनो हातको कान्छी र साइँली औंला बन्द गरेर, बुढी औंला र माझी औंलाको गोलाकार बनाएर चोर औंलाले सङ्केत गरेमा, त्यो पनि राम्रो हुन्छ; किनकि दुवै तरिकाहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन्। कहिले यो तरिका र कहिले त्यो तरिका अपनाउनु उत्तम हुन्छ। आफ्नो बाँया हात बाँया तिघ्रा र घुँडामा राख्नुपर्छ। त्यसपछि यस बसाइमा तशह्हुद पढ्नुपर्छ, जुन यस प्रकार छ:

(التَّحِيَّاتُ لله والصَّلَوَاتُ والطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أيُّها النبيُّ ورَحْمَةُ الله وبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وعلَى عِبَادِ الله الصَّالِحِينَ، أشْهَدُ أنْ لا إلَهَ إلَّا الله وأَشْهَدُ أنَّ مُحَمَّدًا عَبْدُهُ ورَسولُهُ).

“अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु वत्तय्यिबातु, अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला-हिस्सालिहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु ।”

[अर्थः (मेरा सम्पूर्ण) मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन् । हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस् । म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ ।] त्यस पछि भन्नुपर्छ:

(اللَّهُمَّ صَلِّ علَى مُحَمَّدٍ وعلَى آلِ مُحَمَّدٍ، كما صَلَّيْتَ علَى إبْرَاهِيمَ وعلَى آلِ إبْرَاهِيمَ؛ إنَّكَ حَمِيدٌ مَجِيدٌ، وَبَارِكْ علَى مُحَمَّدٍ وعلَى آلِ مُحَمَّدٍ، كما بَارَكْتَ علَى إبْرَاهِيمَ وعلَى آلِ إبْرَاهِيمَ؛ إنَّكَ حَمِيدٌ مَجِيدٌ).

“अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आलि मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आलि इब्राहीम; इन्नक हमीदुम् मजीद, व बारिक अला मुहम्मद, व अला आलि मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आलि इब्राहीम; इन्नक हमीदुम् मजीद।”13

(अनुवाद: हे अल्लाह ! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरण गर्नुभएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि। निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ। बरकत अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नुभएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि। निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ।)

चार कुराहरूबाट अल्लाहसँग शरण माग्न यसो भन्नुहोस्:

(اللَّهُمَّ إنِّي أَعُوذُ بِكَ مِن عَذَابِ جَهَنَّمَ، وَمِنْ عَذَابِ القَبْرِ، وَمِنْ فِتْنَةِ المَحْيَا وَالْمَمَاتِ، وَمِنْ شَرِّ فِتْنَةِ المَسِيحِ الدَّجَّالِ).

“अल्लाहुम्म इन्नी अऊजुबि-क मिन् अजाबि जहन्नम, व मिन् अजाबिल् कब्रि, व मिन् फित्नतिल् मह्-या वल्-ममाति, व मिन् शर्रि फित्नतिल् मसीहिद्-दज्जाल” [अर्थः हे अल्लाह ! म नर्क र कब्रको यातनाबाट अनि मृत्यु र जीवनको फित्नाबाट एवं मसीह दज्जालको फित्नाबाट तपाईंको शरण माग्दछु।]14

त्यसपछि उसले दुनियाँ र आखिरतको भलाइको लागि आफूले चाहेको दुआ गर्न सक्छ । यदि उसले आफ्ना आमाबुबा वा अन्य मुसलमानहरूको लागि दुआ गर्छ भने त्यसमा कुनै आपत्ति छैन - चाहे नमाज फर्ज होस् वा नफिल - किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इब्न मसऊद (रज़ियल्लाहु अन्हु) लाई तशह्हुद सिकाउँदा भन्नुभएको कुरा सामान्य छ:

(ثُمَّ ‌لِيَتَخَيَّرْ ‌مِنَ ‌الدُّعَاءِ بَعْدُ أَعْجَبَهُ إِلَيْهِ فَيَدْعُو).

(त्यसपछि उसले आफूलाई सबैभन्दा मन परेको दुआ छनोट गरेर माग्नुपर्छ) ।15 अर्को शब्दमा यसरी छ:

(‌ثُمَّ ‌لِيَخْتَرْ ‌مِنْ ‌الْمَسْأَلَةِ ‌مَا ‌شَاءَ).

(त्यसपछि आफूले चाहेको बिन्ती छनोट गरोस्) ।16

यसले सेवकलाई संसार र परलोकमा फाइदा पुर्याउने सबै कुराहरूलाई समावेश गर्दछ । त्यसपछि आफ्नो दाहिने र बायाँपट्टि यसरी सलाम गर्नुहोस् : अस्सलामु अलैकुम व रहमतुल्लाह, अस्सलामु अलैकुम व रहमतुल्लाह।

१४- यदि नमाज तीन रकतको छ, जस्तै मगरिब वा चार रकातको जस्तै जुहर, अस्र र ईशा हो भने, माथि उल्लेखित तशह्हुद र नबी ﷺ माथि दुरूद पढ्नुपर्छ, त्यसपछि आफ्नो घुँडामा भर परेर, आफ्ना हातहरू काँध वा कानसम्म उठाएर "अल्लाहू अकबर" भन्दै उभिनुपर्छ । पहिले बताइएझैं आफ्ना हातहरू छातीमा बाँध्नुपर्छ र केवल सूरह फातिहा पढ्नुपर्छ। यदि जुहरको तेस्रो र चौथो रकतमा कहिलेकाहीँ सूरह फातिहा बाहेक अरू केही पढ्यो भने पनि कुनै आपत्ति छैन, किनभने अबू सईद (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको हदीसले नबी ﷺ बाट यो कुरा प्रमाणित गर्दछ। यदि पहिलो तशह्हुद पछि नबी ﷺ माथि दुरूद पढ्न छोडियो भने पनि कुनै आपत्ति छैन; किनभने पहिलो तशह्हुदमा यो मुस्तहब (ऐच्छिक) हो, वाजिब (अनिवार्य) होइन। त्यसपछि मगरिबको तेस्रो रकत पछि र जुहर, अस्र र ईशाको चौथो रकत पछि तशह्हुद पढ्नुपर्छ, जसरी दुई रकतको नमाजको बारेमा पहिले बताइएको थियो, त्यसपछि पहिले दायाँ र त्यसपछि बायाँतिर सलाम फेर्नुपर्छ र तीन पटक अल्लाहसँग क्षमा माग्नुपर्छ (अस्तगफिरुल्लाह भन्नुपर्छ), त्यसपछि भन्नुपर्छ:

(اللَّهُمَّ أَنْتَ السَّلَامُ وَمِنْكَ السَّلَامُ، تَبَارَكْتَ يا ذَا الجَلَالِ وَالإِكْرَامِ).

‘अल्लाहुम्म अन्तस्सलामु व मिन्कस्सलामु, तबारक्त या जल्-जलालि वल्-इक्राम्’ (हे अल्लाह! तपाईं शान्तिको स्रोत हुनुहुन्छ । तपाईंबाट मात्र शान्ति आउँछ । तपाईं धन्य, महान र आदरणीय हुनुहुन्छ) ।17 इमाम हो भने, मानिसहरूतर्फ फर्किनु अघि भन्छ:

َا إلَهَ إلَّا اللهُ وحْدَهُ لَا شَرِيكَ لَه، لَهُ المُلْكُ، ولَهُ الحَمْدُ، وَهُوَ عَلَى كُلِّ شيءٍ قَدِيرٌ، لَا حَوْلَ وَلَا قُوَّةَ إلَّا بالله، اللَّهُمَّ لَا مَانِعَ لِمَا أعْطَيْتَ، ولَا مُعْطِيَ لِمَا مَنَعْتَ، وَلَا يَنْفَعُ ذَا الجَدِّ مِنْكَ الجَدُّ، لَا إلَهَ إلَّا الله، وَلَا نَعْبُدُ إلَّا إيَّاهُ، لَهُ النِّعْمَةُ وَلَهُ الفَضْلُ، وَلَهُ الثَّنَاءُ الحَسَنُ، لَا إلَهَ إلَّا الله مُخْلِصِينَ لَهُ الدِّينَ وَلَو كَرِهَ الكَافِرُونَ).

(ला इलाह इल्लल्लाहु वह्दहु ला शरीक लह, लहुल् मुल्कु व लहुल् हम्दु, वहुव अला कुल्लि शैइन् कदीर। ला हौल वला कुव्वत इल्ला बिल्लाह। अल्लाहुम्म ला मानिअ लिमा अअतइत, वला मुअतिय लिमा मनअत, वला यन्फउ धल् जद्दि मिन्कल् जद्दु। ला इलाह इल्लल्लाहु, वला नअ्बुदु इल्ला इय्याहु, लहुन् निअमतु व लहुल् फद्लु, व लहुस् सनाउल् हसनु। ला इलाह इल्लल्लाहु मुख्लिसीन लहुद्दीन वलौ करिहल् काफिरून) ।

 

अर्थात्: अल्लाह बाहेक कोही सत्य पूज्य छैनन्, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन। राज उहाँकै हो, प्रशंसा पनि उहाँकै लागि हो र उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ। अल्लाह बाहेक कुनै शक्ति र सामर्थ्य छैन। हे अल्लाह! तपाईंले दिनुभएको कुरालाई रोक्ने कोही छैन र तपाईंले रोक्नुभएको कुरालाई दिने कोही छैन। कुनै प्रतिष्ठितको प्रतिष्ठा तपाईंको सामु लाभदायक हुँदैन। अल्लाह बाहेक कोही पूज्य छैन र हामी उहाँ बाहेक अरू कसैको उपासना गर्दैनौं।अनुग्रह उहाँकै हो, कृपा पनि उहाँकै हो र उत्तम प्रशंसा पनि उहाँकै लागि हो। अल्लाह बाहेक कोही पूज्य छैन, हामी उहाँकै लागि धर्मलाई निष्ठावान बनाउँछौं, चाहे काफिरहरूले घृणा नै किन नगरून्।18

‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक भन्ने र १०० को सङ्ख्या ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ भनेर पूरा गर्ने । प्रत्येक नमाजपछि आयतुल-कुर्सी, ‘कुल हुवल्लाहु अहद्’, ‘कुल अऊजु बिरब्बिल-फलक’ र ‘कुल अऊजु बिरब्बिन्-नास्’ पढ्ने । फज्र र मगरिबको नमाजपछि यी तीन सूरहहरूलाई तीन-तीन पटक दोहोर्याउनु उत्तम मानिन्छ; किनभने यसबारे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट हदीसहरू आएका छन् । यी सबै जिक्रहरू सुन्नत हुन्, फर्ज होइनन् ।

प्रत्येक मुस्लिम पुरुष र महिलाका लागि जुहरको नमाजभन्दा अघि चार रकात र त्यसपछि दुई रकात, मगरिबको नमाजपछि दुई रकात, इशाको नमाजपछि दुई रकात र फज्रको नमाजअघि दुई रकात पढ्नु सुन्नत हो। यी सबै जम्मा बाह्र रकात हुन्। यी रकातहरूलाई रवातिब भनिन्छ; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यात्रामा नहुँदा (आफ्नो निवासमा हुँदा) यिनीहरूलाई नियमित रूपमा पढ्नुहुन्थ्यो। यात्रामा भने, उहाँले फज्रको सुन्नत र वित्र बाहेक अन्य सुन्नतहरूलाई छोडिदिनुहुन्थ्यो, किनभने उहाँ (सलल्लाहु अलैहि वसल्लम) स्थायी अवस्थामा र यात्रामा पनि यी दुवैलाई नियमित रूपमा पढ्नुहुन्थ्यो। यी रवातिब र वित्र नमाजहरूलाई घरमा अदा गर्नु उत्तम मानिन्छ, तर यदि मस्जिदमा पढ्यो भने पनि कुनै आपत्ति छैन; किनकि नबी (सलल्लाहु अलैहि वसल्लम) को भनाइ छ:

(أفْضَلُ صَلَاةِ المَرْءِ في بَيْتِهِ، إلَّا الصَّلَاةَ المَكْتُوبَةَ).

मानिसको सबैभन्दा उत्तम नमाज उसको घरमा पढिएको नमाज हो, फर्ज नमाज बाहेक ।"19

यी रकअतहरूमा निरन्तरता दिनु स्वर्गमा प्रवेश गर्ने कारणहरू मध्ये एक हो, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ छ:

(مَنْ صَلَّى اثْنَتَيْ عَشْرَةَ رَكْعَةً فِي يَومٍ وَلَيْلَةٍ، بُنِيَ لَه بِهِنَّ بَيْتٌ فِي الجَنَّةِ).

(जसले दिन र रातमा १२ रकअत पढ्छ, त्यसको लागि स्वर्गमा एउटा घर बनाइन्छ) ।20

यदि कसैले अस्रको नमाजभन्दा अघि चार रकआत, मग्रिबको नमाजभन्दा अघि दुई रकआत र इशाको नमाजभन्दा अघि दुई रकआत पढ्छ भने यो राम्रो हो; किनभने नबी (सलल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ । यदि कसैले जुहर पश्चात चार रकआत र त्यसभन्दा अघि चार रकआत पढ्छ भने यो पनि राम्रो हो; किनभने उहाँ (सलल्लाहु अलैहि वसल्लम) को भनाइ छ:

(مَنْ ‌حَافَظَ ‌عَلَى ‌أَرْبَعِ ‌رَكَعَاتٍ ‌قَبْلَ ‌الظُّهْرِ، وَأَرْبَعٍ بَعْدَهَا حَرَّمَهُ اللَّهُ عَلَى النَّارِ).

(जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई नर्कबाट जोगाउनु हुनेछ).21 यसको अर्थ : जसले जुहर पछि दुई रकात पढेर सुनन रवातिबमा थप गर्दछ; किनकि जुहर भन्दा पहिला सुनन रवातिब चार रकात र जुहरपछि दुई रकात हो। तसर्थ, यदि उसले त्यसपछि दुई रकात थप पढ्यो भने, उम्म हबीबा (रदी अल्लाहु अन्हा) को हदीसमा उल्लेखित कुरा प्राप्त हुन्छ।

अल्लाहले नै सफलता प्रदान गर्नु हुन्छ। दरूद एवं सलाम (कृपा र शान्ति) अवतरण होस् हाम्रा नबी मुहम्मद बिन अब्दुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका घरपरिवार, उहाँका सहाबाहरू (साथीहरू) तथा प्रलयको दिनसम्म असल तरिकाले उहाँको अनुसरण गर्ने सम्पूर्ण अनुयायीहरूमाथि।

 

***

 

 


(मुस्लिम : २२४)

(बुखारी: ५७८२)

(बुखारीले : ७४४ र मुस्लिमले : ५९८)

(मुस्लिम : ३९९)

(बुखारी : ७५६) मा नक्कल गर्नु भएको छ।

बुखारी : ८१७ र मुस्लिम : ४८४)

(बुखारी : ७११ र मुस्लिम : ५९८)

(मुस्लिम :४७७)

(मुस्लिम : ४७९)

(बुखारी : ७८८ र मुस्लिम : ४९३)

(तिर्मिजीले : २८४), अबू दाऊद : ८५० र इब्न माजह : ८९८)

(बुखारी : ७९७ र मुस्लिम : ४०२)

(बुखारी : १३११ र मुस्लिम : ५८८)

(नसयी : १२९८)

(मुस्लिम : ४०२)

(मुस्लिम: ५९१)

(मुस्लिम : ४०२)

(बुखारी : ६८६०)

(मुस्लिम : ७२८)

अहमद : २५५४७), तिर्मिजी : ३९३) र अबू दाऊद : १०७७)

(बुखारी : ६०५)