PHPWord

 

 

 

ثَلَاثَةُ الأُصُولِ وَأَدِلَّتُهَا

 

 

तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू

 

 

 

لِلشَّيْخِ

مُحَمَّدٍ التَّمِيمِي رَحِمَهُ اللهُ

 

 

शैख मुहम्मद अत्तमीमी (रहेमहुल्लाह)

 

 

 


بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ

तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु

जानीराख (अल्लाहले तपाईंमाथि दया गरून्), हामीले चार कुराहरू सिक्नै पर्छ:

पहिलो: ज्ञान; अल्लाह, उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) र इस्लाम धर्मको ज्ञान प्रमाणसहित प्राप्त गर्नु।

दोस्रोः त्यस अनुसार कर्म गर्नु।

तेस्रो: त्यसतर्फ आह्वान गर्नु।

चौथो: यसमा हुने कष्टहरू प्रति धैर्य गर्नु।

यसको प्रमाण : अल्लाहको यो वचन हो: "बिस्मिल्लाहिर्रहमानिर्रहीम"

﴿وَٱلۡعَصۡرِ1 إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ2 إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ3﴾

समय (युग) को कसम।

वास्तवमा मानव जाति घाटामा छन्।

ती मानिसहरू बाहेक जसले विश्वास गर्छन्, सत्कर्म गर्छन् र एकअर्कालाई सत्य तथा धैर्यको उपदेश दिन्छन्। (३) [अस्र १-३]

इमाम शाफई (रहेमहुल्लाह) ले भनेका छन्: "यदि अल्लाहले आफ्नो सृष्टिमाथि यस सुरह बाहेक अन्य कुनै प्रमाण अवतरित नगरेको भए, यो तिनीहरूको लागि पर्याप्त हुने थियो।"

इमाम बुखारी (रहिमहुल्लाह) ले भन्नु भएको छः "अध्याय: बोली र कर्म अघि ज्ञान; र यसको प्रमाण : अल्लाहको यो वचन हो: "तसर्थ, यो जानिराख, अल्लाहबाहेक अरू कोही सत्य पूज्य (उपास्य) छैन र (त्यसपछि) आफ्नो पापको निम्ति क्षमा याचना गर...।" [सूरह मुहम्मद: १९], यस आयतमा अल्लाहले वचन र कर्मभन्दा पहिले ज्ञानलाई उल्लेख गर्नुभएको छ।

जानीराख (अल्लाहले तपाईंमाथि दया गरून्), प्रत्येक मुस्लिम पुरुष र महिलाले यी तीन कुराहरू सिक्नु र त्यस अनुसार कर्म गर्नु अनिवार्य छ:

पहिलो: अल्लाहले हामीलाई सृष्टि गर्नुभयो, हामीलाई जीविका प्रदान गर्नुभयो र हामीलाई उद्देश्यविहिन छोड्नुभएन; बरु हामीकहाँ एक दूत (रसूल) पठाउनु भयो। जसले उहाँको आज्ञापालन गर्छ; ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले उहाँको अवज्ञा गर्छ; ऊ नर्कमा प्रवेश गर्नेछ।

यसको प्रमाण : अल्लाहको यो वचन हो:

﴿إِنَّآ أَرۡسَلۡنَآ إِلَيۡكُمۡ رَسُولٗا شَٰهِدًا عَلَيۡكُمۡ كَمَآ أَرۡسَلۡنَآ إِلَىٰ فِرۡعَوۡنَ رَسُولٗا15 فَعَصَىٰ فِرۡعَوۡنُ ٱلرَّسُولَ فَأَخَذۡنَٰهُ أَخۡذٗا وَبِيلٗا16﴾

"निस्सन्देह, हामीले तिमीहरूकहाँ एक रसूल पठाएका छौं, जसरी हामीले फिरऔनकहाँ एक रसूल पठाएका थियौं, जसले तिमीहरूको कार्यको गवाही दिनेछन्। (१५)

तर फिरऔनले रसूलको अवज्ञा गर्‍यो, त्यसैले हामीले उसलाई कठोर यातनामा समात्यौं।" (१६) [अल् मुज्जम्मिल : १५-१६]

दोस्रो: अल्लाह आफ्नो उपासनामा अरू कसैको साझेदारी (शिर्क) लाई कदापि स्वीकार गर्नुहुन्न; चाहे त्यो नजिकको कुनै स्वर्गदूत होस् वा पठाइएको नबी (सन्देष्टा) होस्। यसको प्रमाण : अल्लाहको यो पवित्र वचन हो:

﴿وَأَنَّ ٱلۡمَسَٰجِدَ لِلَّهِ فَلَا تَدۡعُواْ مَعَ ٱللَّهِ أَحَدٗا18﴾

"निस्सन्देह, मस्जिदहरू अल्लाहका लागि हुन्, त्यसैले अल्लाहको साथमा कसैलाई नपुकार।" (१८) (अल-जिन्न : १८)

तेस्रो: जसले रसूलको आज्ञा पालन गर्छ र अल्लाहको तौहीद (एकेश्वरवाद) को पुष्टि गर्छ, उसलाई अल्लाह र उहाँका रसूलको विरोध गर्ने व्यक्तिसँग मित्रता गर्न अनुमति छैन, चाहे त्यो सबैभन्दा नजिकको नातेदार नै किन नहोस्।

यसको प्रमाण : अल्लाहको यो वचन हो:

﴿لَّا تَجِدُ قَوۡمٗا يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ يُوَآدُّونَ مَنۡ حَآدَّ ٱللَّهَ وَرَسُولَهُۥ وَلَوۡ كَانُوٓاْ ءَابَآءَهُمۡ أَوۡ أَبۡنَآءَهُمۡ أَوۡ إِخۡوَٰنَهُمۡ أَوۡ عَشِيرَتَهُمۡۚ أُوْلَٰٓئِكَ كَتَبَ فِي قُلُوبِهِمُ ٱلۡإِيمَٰنَ وَأَيَّدَهُم بِرُوحٖ مِّنۡهُۖ وَيُدۡخِلُهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ رَضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ أُوْلَٰٓئِكَ حِزۡبُ ٱللَّهِۚ أَلَآ إِنَّ حِزۡبَ ٱللَّهِ هُمُ ٱلۡمُفۡلِحُونَ22﴾

"अल्लाह र अन्तिम दिनमा विश्वास गर्ने कुनै पनि समुदायले अल्लाह र उहाँका रसूलको विरोध गर्नेहरूलाई प्रेम गर्ने पाउनेछैनौ, चाहे तिनीहरू उनीहरूका बाबु, छोरा, दाजुभाइ वा आफन्त नै किन नहोस्। यिनीहरू नै हुन् जसको हृदयमा अल्लाहले ईमान लेख्नुभएको छ र आफ्नो तर्फबाट आत्माद्वारा उनीहरूलाई समर्थन गर्नुभएको छ । उहाँले उनीहरूलाई त्यस्ता बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसको मुनिबाट नहरहरू बगिरहेका हुन्छन्, जहाँ उनीहरू सधैं रहनेछन्। अल्लाह उनीहरूसँग प्रसन्न हुनुहुन्छ र उनीहरू उहाँसँग प्रसन्न छन्। यिनीहरू नै अल्लाहको दल हुन्। निस्सन्देह, अल्लाहको दल नै सफल छन्।" (२२) (अल्-मुजादिला : २२) ।

जानीराख (अल्लाहले तपाईंलाई आफ्नो आज्ञापालन गर्ने मार्गदर्शन गरून्), 'हनीफिय्यह' (इब्राहीमको धर्म) : केवल अल्लाहको उपासना गर्नु र धर्मलाई इमानदारीपूर्वक उहाँमा समर्पित गर्नु हो। अल्लाहले सम्पूर्ण मानवजातिलाई यही आदेश दिनुभएको छ र यसैको लागि तिनीहरूलाई सृष्टि गर्नुभएको छ, जसरी अल्लाहले भन्नुभएको छ:

﴿وَمَا خَلَقۡتُ ٱلۡجِنَّ وَٱلۡإِنسَ إِلَّا لِيَعۡبُدُونِ56﴾

"मैले जिन्न र मानवलाई केवल आफ्नो उपासनाको लागि सृष्टि गरेको गरेको हुँ।" (५६) (अज्जारियात : ५६) । आयतमा ‘यअ्बुदुन’ को अर्थ हो: ‘अल्लाहलाई एक मान्नु।

अल्लाहले आदेश दिनुभएको सबैभन्दा महान् कर्तव्य ‘तौहीद’ (एकेश्वरवाद ) हो; जसको अर्थ हो: केवल एक अल्लाहको उपासना गर्नु।

अल्लाहले निषेध गर्नुभएको सबैभन्दा ठूलो पाप शिर्क हो, जसको अर्थ हो : उहाँको उपासनामा अरू कसैलाई साझेदार ठान्नु ।

यसको प्रमाण : अल्लाहको यो वचन हो:

﴿وَٱعۡبُدُواْ ٱللَّهَ وَلَا تُشۡرِكُواْ بِهِۦ شَيۡـٔٗا...﴾

"अनि अल्लाहको उपासना गर र उहाँसँग कुनै पनि चीजलाई साझेदार नबनाऊ..।" (अन्निसाः ३६)

यदि तपाईंलाई सोधियो : एक व्यक्तिले जान्नै पर्ने तीन आधारभूत सिद्धान्तहरू के के हुन्?

तब भन्नुहोस्: भक्तले आफ्नो पालनकर्ता, आफ्नो धर्म र आफ्नो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) बारे ज्ञान प्राप्त गर्नु ।

 

[पहिलो आधार]

यदि तपाईंलाई सोधियो: तपाईंको पालनकर्ता (रब) को हो?

तब भन्नुहोस्: मेरो रब (पालनकर्ता) अल्लाह हुनुहुन्छ, जसले आफ्नो कृपाले मलाई र सम्पूर्ण संसारलाई पालनपोषण गर्नुहुन्छ । उहाँ मेरो पुज्य हुनुहुन्छ; उहाँ बाहेक मेरो अरु कुनै पुज्य छैन। यसको प्रमाण : अल्लाहको यो वचन हो:

﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ2﴾

"समस्त प्रशंसा अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डका पालनकर्ता हुनुहुन्छ।" [सूरह अल-फातिहा: २] अल्लाह बाहेक सबै कुरा एउटा संसार हो र म त्यही संसारको एक व्यक्ति हुँ।

यदि तपाईंलाई सोधियो: तपाईंले आफ्नो रब (प्रभु) लाई कसरी चिन्नुभयो?

तब भन्नुहोस्: उहाँका निशानीहरू र सृष्टिहरूद्वारा।

उहाँका निशानीहरूमध्ये रात, दिन, सूर्य र चन्द्रमा हुन्।

अनि उहाँका सृष्टिहरूमध्ये : सात आकाशहरू र तिनमा रहेकाहरू, सात पृथ्वीहरू र तिनमा भएकाहरू र यी दुवैको बीचमा भएका कुराहरू छन्।

यसको प्रमाण : अल्लाहले भन्नुभएको छ:

﴿وَمِنۡ ءَايَٰتِهِ ٱلَّيۡلُ وَٱلنَّهَارُ وَٱلشَّمۡسُ وَٱلۡقَمَرُۚ لَا تَسۡجُدُواْ لِلشَّمۡسِ وَلَا لِلۡقَمَرِ وَٱسۡجُدُواْۤ لِلَّهِۤ ٱلَّذِي خَلَقَهُنَّ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ37﴾

"उहाँका निशानीहरूमध्ये रात, दिन, सूर्य र चन्द्रमा हुन्। सूर्य र चन्द्रमालाई नढोग, बरु अल्लाहलाई ढोग, जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, यदि तिमीहरू उहाँकै उपासना गर्छौ भने।" (३७) (फुस्सिलतः ३७)

अर्को श्लोकमा अल्लाहले भन्नुभएको छ:

﴿إِنَّ رَبَّكُمُ ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يُغۡشِي ٱلَّيۡلَ ٱلنَّهَارَ يَطۡلُبُهُۥ حَثِيثٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ وَٱلنُّجُومَ مُسَخَّرَٰتِۭ بِأَمۡرِهِۦٓۗ أَلَا لَهُ ٱلۡخَلۡقُ وَٱلۡأَمۡرُۗ تَبَارَكَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ54﴾

"निस्सन्देह! तिमीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ, जसले आकाशहरू र पृथ्वीलाई छ दिनमा सृष्टि गर्नुभयो र त्यसपछि उहाँ 'अर्श' (महासिंहासन) माथि उच्च हुनुभयो। उहाँले रातद्वारा दिनलाई यसरी ढाक्नुहुन्छ कि दिनले रातलाई तीव्र गतिमा पछ्याउँछ। सूर्य, चन्द्रमा र ताराहरू सबै उहाँकै आदेशको अधीनमा छन्। सावधान! सृष्टि र आदेश (शासन) उहाँकै हो। बडो महिमामय हुनुहुन्छ अल्लाह, जो सम्पूर्ण ब्रह्माण्डका पालनकर्ता हुनुहुन्छ।" (अल्-आराफ: ५४)

'रब्ब' (पालनकर्ता) नै उपास्य हुनुहुन्छ; यसको प्रमाण : अल्लाहले भन्नुभएको छ:

﴿يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱعۡبُدُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُمۡ وَٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ21 ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ فِرَٰشٗا وَٱلسَّمَآءَ بِنَآءٗ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقٗا لَّكُمۡۖ فَلَا تَجۡعَلُواْ لِلَّهِ أَندَادٗا وَأَنتُمۡ تَعۡلَمُونَ22﴾

"हे मानव हो! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमीहरू र तिमीहरूभन्दा अघिकाहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू संयमी बन्न सक। (२१)

"जसले तिम्रा निम्ति धर्तीलाई ओछ्यान र आकाशलाई छाना बनाउनुभयो; अनि आकाशबाट पानी वर्साएर त्यसद्वारा तिम्रो जीविकाका लागि थरी-थरीका फलफूलहरू उब्जाउनुभयो। अतः यी सबै कुरा जान्दा-जान्दै कसैलाई पनि अल्लाहको शरीक (साझेदार) नठहर्याऊ।" (२२) (अल् बकरह: २१-२२)

इब्ने कसीर (रहेमहुल्लाह) ले भन्नुभयो : “यी सबै वस्तुहरूका सृष्टिकर्ता नै उपासनाको एकमात्र हकदार हुनुहुन्छ।”

अल्लाहले आदेश दिनुभएको उपासनाका प्रकारहरू यस प्रकार छन्: जस्तै: 'इस्लाम', 'ईमान' र 'इहसान' र ती मध्ये: प्रार्थना, भय, आशा, भरोसा, इच्छा, नम्रता, विस्मय, पश्चाताप, मद्दत माग्ने, शरण खोज्ने, सहायता खोज्ने, बलिदान, प्रतिज्ञाहरू र अल्लाहले आदेश दिनुभएको उपासनाका अन्य किसिमहरू सबै केवल अल्लाह कै निम्ति हुन्। यसको प्रमाण : अल्लाहको यो वचन होः

﴿وَأَنَّ ٱلۡمَسَٰجِدَ لِلَّهِ فَلَا تَدۡعُواْ مَعَ ٱللَّهِ أَحَدٗا18﴾

"निस्सन्देह, मस्जिदहरू अल्लाहका लागि हुन्, त्यसैले अल्लाहको साथमा कसैलाई नपुकार।" (१८)

(अल-जिन्न : १८)

अतः जसले यी उपासनाहरूमध्ये कुनै पनि कार्य अल्लाह बाहेक अरूको निम्ति गर्छ, ऊ मुश्रिक (बहुदेववादी) र काफिर (अविश्वासी) हो; यसको प्रमाण अल्लाहको यो वाणी हो:

﴿وَمَن يَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ لَا بُرۡهَٰنَ لَهُۥ بِهِۦ فَإِنَّمَا حِسَابُهُۥ عِندَ رَبِّهِۦٓۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلۡكَٰفِرُونَ117﴾

"जसले अल्लाह बाहेक अरू कसैलाई पुकार्छ, जसको कुनै प्रमाण छैन, त्यसको हिसाब-किताब उसको पालनकर्ताकहाँ नै हुनेछ। निश्चय नै, अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन्।" (११७) (अल् मूमिनूनः ११७)

हदीसमा छ:

"الدُّعَاءُ مُخُّ العِبَادَةِ".

"दुआ (प्रार्थना) उपासनाको मूल सार हो।"

यसको प्रमाण : अल्लाहको यो वचन हो:

﴿وَقَالَ رَبُّكُمُ ٱدۡعُونِيٓ أَسۡتَجِبۡ لَكُمۡۚ إِنَّ ٱلَّذِينَ يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِي سَيَدۡخُلُونَ جَهَنَّمَ دَاخِرِينَ60﴾

"तिम्रो पालनकर्ताले भन्नुभयो: 'मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु। निस्सन्देह, जो मेरो उपासना गर्नमा अहङ्कार गर्छन्, तिनीहरू अपमानित र लज्जित भई नर्कमा प्रवेश गर्नेछन्।" (६०) (गाफिर: ६०)

भयको प्रमाणमा; अल्लाहले भन्नुभएको छ:

﴿...فَلَا تَخَافُوهُمۡ وَخَافُونِ إِن كُنتُم مُّؤۡمِنِينَ﴾

"...तिनीहरूसँग नडराऊ, बरु मसँग डराऊ; यदि तिमीहरू आस्थावान हौ भने।" (आले इम्रानः १७५)

आशाको प्रमाण; अल्लाहको यो वचन हो:

﴿...فَمَن كَانَ يَرۡجُواْ لِقَآءَ رَبِّهِۦ فَلۡيَعۡمَلۡ عَمَلٗا صَٰلِحٗا وَلَا يُشۡرِكۡ بِعِبَادَةِ رَبِّهِۦٓ أَحَدَۢا﴾

"...त्यसैले जो आफ्नो पालनकर्तासँग भेटको आशा राख्छ, उसले सत्कर्म गरोस् र आफ्नो पालनकर्ताको उपासनामा कसैलाई पनि साझेदार नबनाओस्।" (अल् कहफः ११०)

अल्लाहमाथि पूर्ण भरोसा (तवक्कुल) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿...وَعَلَى ٱللَّهِ فَتَوَكَّلُوٓاْ إِن كُنتُم مُّؤۡمِنِينَ﴾

"यदि तिमीहरू सच्चा आस्थावान हौ भने, अल्लाहमाथि नै भरोसा राख।" (अल् माइदह : २३) अर्को श्लोकमा छ:

﴿...وَمَن يَتَوَكَّلۡ عَلَى ٱللَّهِ فَهُوَ حَسۡبُهُ...﴾

"जसले अल्लाहमाथि भरोसा गर्दछ, उहाँ उसका निम्ति पर्याप्त हुनुहुन्छ।" (अत्-तलाकः ३)

आशा, भय र नम्रताको प्रमाण; अल्लाहको यो कथन हो:

﴿...إِنَّهُمۡ كَانُواْ يُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِ وَيَدۡعُونَنَا رَغَبٗا وَرَهَبٗاۖ وَكَانُواْ لَنَا خَٰشِعِينَ﴾

“उनीहरू भलाईका कार्यहरूमा अग्रसर रहन्थे, हामीलाई आशा र भयका साथ पुकार्थे र हाम्रो अगाडि सधैं विनम्र रहन्थे।” (अल् अम्बियाः ९०)

डर (खश्यत) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿...فَلَا تَخۡشَوۡهُمۡ وَٱخۡشَوۡنِ...﴾

"तिमी तिनीहरूसँग नडराऊ, केवल मेरो भय राख।" (अल् माइदाः ३)

अल्लाहतर्फ एकाग्रचित्त भई फर्कनु (इनाबत) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿وَأَنِيبُوٓاْ إِلَىٰ رَبِّكُمۡ وَأَسۡلِمُواْ لَهُ...﴾

"आफ्नो पालनकर्तातिर फर्कनुहोस् र उहाँप्रति समर्पित हुनुहोस्..।" (अज्जुमरः ५४)

सहायताको याचना (इस्तिआन) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ5﴾

"हामी तपाईंकै उपासना गर्छौं र तपाईंकै सहयोग चाहन्छौं।" (५) (अल-फातिहा : ५) हदीसमा छ:

"إِذَا اسْتَعَنْتَ فَاسْتَعِنْ بِاللَّهِ".

"यदि तिमी मद्दत माग्छौ भने, अल्लाहसँग मद्दत माग।"

शरण माग्नु (इस्तिआजा) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ1﴾

"भनिदेऊ, म बिहानीको पालनकर्ताको शरण चाहन्छु।" (१) (अल-फलक : १) र

﴿قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ1﴾

"भनिदेऊ, म मानिसहरूको पालनकर्ताको शरण चाहन्छु।" (१) [सुरह अन्नास १]

मद्दत खोज्नु (इस्तिग़ासा) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿إِذۡ تَسۡتَغِيثُونَ رَبَّكُمۡ فَٱسۡتَجَابَ لَكُمۡ...﴾

"जब तिमीहरूले आफ्नो पालनकर्तासँग मद्दत माग्यौ, उहाँले तिमीहरूको प्रार्थना स्वीकार गर्नुभयो...।" [अल-अन्फाल : ९]

वध (जब्ह) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿قُلۡ إِنَّ صَلَاتِي وَنُسُكِي وَمَحۡيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ162 لَا شَرِيكَ لَهُ...﴾

भनिदेऊ, “निश्चय नै मेरो नमाज, मेरो बलिदान, मेरो जीवन र मेरो मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हुनुहुन्छ। (१६२)

उहाँको कोही साझेदार छैन।’" (अल-अन्-आम : १६२-१६३) हदीसमा छ:

"لَعَنَ اللَّهُ مَنْ ذَبَحَ لِغَيْرِ اللَّهِ".

"अल्लाहबाहेक अरू कसैका निम्ति पशु वध (जब्ह) गर्ने व्यक्तिलाई अल्लाहले श्रापित गरून्।"

भाकल (नज्र) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿يُوفُونَ بِٱلنَّذۡرِ وَيَخَافُونَ يَوۡمٗا كَانَ شَرُّهُۥ مُسۡتَطِيرٗا7﴾

"तिनीहरूले भाकल पूरा गर्छन् र त्यस दिनदेखि डराउँछन् जसको दुष्टता व्यापक हुनेछ।" (७)

(अल् इन्सानः ७)

(दोस्रो आधार)

प्रमाणद्वारा इस्लाम धर्मको ज्ञान प्राप्त गर्नु; यसको अर्थ हो: तौहीद (एकेश्वरवाद) का साथ अल्लाहप्रति पूर्ण समर्पण हुनु, आज्ञापालनद्वारा उहाँको आज्ञा पालन गर्नु तथा शिर्क (बहुदेवावाद) र बहुदेवावादीहरूबाट आफूलाई पूर्णतया अलग राख्नु।"

यसका तीन श्रेणीहरू छन्: इस्लाम, ईमान र एह्सान।

प्रत्येक श्रेणीका आधारभूत स्तम्भहरू छन्।

प्रथम श्रेणी इस्लाम: इस्लामका का पाँच आधारभूत स्तम्भहरू छन्, अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाही दिनु, सलाह (नमाज) कायम गर्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र अल्लाहको पवित्र घरको हज गर्नु ।

उक्त 'शहादत' (गवाही) को प्रमाण अल्लाहको यो वचन हो:

﴿شَهِدَ ٱللَّهُ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا هُوَ وَٱلۡمَلَٰٓئِكَةُ وَأُوْلُواْ ٱلۡعِلۡمِ قَآئِمَۢا بِٱلۡقِسۡطِۚ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ18﴾

“अल्लाह स्वयं साक्षी हुनुहुन्छ छ, उहाँबाहेक अन्य कोही (सत्य) पूज्य छैन, फरिश्ताहरू तथा ज्ञानवान्हरूले पनि (यस कुराको साक्षी छन्)। उहाँ निसाफ कायमकर्ता हुनुहुन्छ। उहाँबाहेक अरू कोही पूज्य छैन; उहाँ अति शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ।” (१८) (आले इम्रानः १८)

यसको अर्थ हो: अल्लाह बाहेक कोही सत्य पुज्य छैन ।

‘ला इलाह’ (कुनै ईश्वर छैन), अर्थात् पहिला अल्लाहबाहेक पूजा गरिने सम्पूर्ण पुज्यलाई अस्वीकार गर्नु पर्छ

र ‘इल्लल्लाह’ अर्थात् उपासनाका सम्पूर्ण किसिम केवल अल्लाहको लागि पुष्टि गर्नु पर्छ ।

उहाँको इबादतमा कुनै साझेदार छैन, जसरी उहाँको शासन र प्रभुत्वमा कुनै साझेदार छैन।

यस तथ्यलाई स्पष्ट पार्ने व्याख्या अल्लाहको यो वचन हो:

﴿وَإِذۡ قَالَ إِبۡرَٰهِيمُ لِأَبِيهِ وَقَوۡمِهِۦٓ إِنَّنِي بَرَآءٞ مِّمَّا تَعۡبُدُونَ26 إِلَّا ٱلَّذِي فَطَرَنِي..﴾

“जब इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना पिता र आफ्नो समुदायलाई भन्नुभयो: ‘निःसन्देह, तिमीहरूले पूजा गर्ने कुराहरूबाट म मुक्त छु। (२६)

अल्लाहबाहेक, जसले मलाई सृष्टि गर्नुभएको छ ..।’” (अज्जुखरूफः २६-२७) अर्को यो वचन हो:

﴿قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ تَعَالَوۡاْ إِلَىٰ كَلِمَةٖ سَوَآءِۭ بَيۡنَنَا وَبَيۡنَكُمۡ أَلَّا نَعۡبُدَ إِلَّا ٱللَّهَ وَلَا نُشۡرِكَ بِهِۦ شَيۡـٔٗا وَلَا يَتَّخِذَ بَعۡضُنَا بَعۡضًا أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَقُولُواْ ٱشۡهَدُواْ بِأَنَّا مُسۡلِمُونَ64﴾

“भनिदेऊ, हे 'अहले किताबहरू', हामी र तिमीहरू बीच एउटा समान कुरामा आऊ; हामी अल्लाह बाहेक अरू कसैको उपासना गर्दैनौं, उहाँसँग कसैलाई साझेदार गर्दैनौं र अल्लाह बाहेक एकअर्कालाई प्रभु बनाउँदैनौं।तर यदि तिनीहरू विमुख हुन्छन् भने भन, “साक्षी बस, हामी मुस्लिम हौं।” (६४) (आले इम्रानः ६४)

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सन्देष्टा (रसूल) हुनुहुन्छ भन्ने गवाहीको प्रमाण; अल्लाहको यो पवित्र वाणी होः

﴿لَقَدۡ جَآءَكُمۡ رَسُولٞ مِّنۡ أَنفُسِكُمۡ عَزِيزٌ عَلَيۡهِ مَا عَنِتُّمۡ حَرِيصٌ عَلَيۡكُم بِٱلۡمُؤۡمِنِينَ رَءُوفٞ رَّحِيمٞ128﴾

"निश्चय नै, तिमीहरूकहाँ तिमीहरूमध्येबाटै एक महान् रसूल आउनुभएको छ। तिमीहरूलाई पर्ने कष्ट देखेर उहाँ दुःखी हुनुहुन्छ; उहाँ तिमीहरूको भलाइका लागि अत्यन्त चिन्तित हुनुहुन्छ र मुमिनहरू प्रति अत्यन्तै स्नेही तथा दयालु हुनुहुन्छ।" (१२८) (अत्-तौबा : १२८)

‘मुहम्मद अल्लाहका रसूल हुन्’ भन्ने गवाहीको अर्थ हो: उहाँको आदेशको पालना गर्नु, उहाँले बताउनुभएको कुरामा विश्वास गर्नु, उहाँले निषेध तथा वर्जित गर्नुभएको कुराहरूबाट टाढा रहनु र उहाँले निर्धारित गर्नुभएको विधि (शरीअत) अनुसार मात्र अल्लाहको उपासना गर्नु।

सलात (नमाज), जकात र तौहीदको व्याख्याको प्रमाण; अल्लाहको यो पवित्र वाणी हो:

﴿وَمَآ أُمِرُوٓاْ إِلَّا لِيَعۡبُدُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ حُنَفَآءَ وَيُقِيمُواْ ٱلصَّلَوٰةَ وَيُؤۡتُواْ ٱلزَّكَوٰةَۚ وَذَٰلِكَ دِينُ ٱلۡقَيِّمَةِ5﴾

“उनीहरूलाई धर्मलाई अल्लाहकै निम्ति विशुद्ध पारी, पूर्ण निष्ठा र एकाग्रताका साथ केवल उहाँको उपासना गर्ने, नमाज कायम गर्ने र जकात दिने आज्ञा दिइएको थियो। अनि, यही नै सत्य र सुदृढ धर्म हो।” (५) (अल्-बय्यिना : ५)

व्रतको प्रमाण; अल्लाहको यो वचन हो:

﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلصِّيَامُ كَمَا كُتِبَ عَلَى ٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ183﴾

“हे आस्थावानहरू ! तिमीहरूमाथि व्रत (रोजा) अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा पूर्वका मानिसहरूमाथि अनिवार्य गरिएको थियो; ताकि तिमीहरू संयमी बन्न सक।” (अल् बकरह: १८३)

हजको प्रमाण; अल्लाहको यो वचन हो:

﴿...وَلِلَّهِ عَلَى ٱلنَّاسِ حِجُّ ٱلۡبَيۡتِ مَنِ ٱسۡتَطَاعَ إِلَيۡهِ سَبِيلٗاۚ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ97﴾

"सक्षम व्यक्तिले अल्लाहको घरको हज गर्नु पर्छ । तर जसले इन्कार गर्छ, अल्लाह सम्पूर्ण जगत्‌बाट निस्पृह हुनुहुन्छ।" (९७) (आले इम्रानः ९७)

दोस्रो श्रेणी: ईमान हो र यसका सत्तरीभन्दा बढी शाखाहरू छन्। जसमध्ये उच्चतम ‘ला इलाहा इल्लल्लाह’ (अल्लाह बाहेक कोही सत्य पूजनीय छैन) भन्नु हो र सबैभन्दा कम दर्जाको शाखा बाटोबाट कष्टदायक वस्तुलाई हटाउनु हो। साथै, ‘हया’ (लज्जा) ईमानको एउटा शाखा हो।

ईमान (आस्था) का छ वटा आधारभूत स्तम्भहरू छन्: अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पवित्र ग्रन्थहरू, उहाँका रसूलहरू (दूतहरू), अन्तिम दिन (आखिरत) र भाग्यमा लेखिएको राम्रो तथा नराम्रो कुरा प्रति पूर्ण विश्वास राख्नु।

यी छवटै आधारस्तम्भहरूको प्रमाण; अल्लाहको यो पवित्र वाणी हो:

﴿لَّيۡسَ ٱلۡبِرَّ أَن تُوَلُّواْ وُجُوهَكُمۡ قِبَلَ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ وَلَٰكِنَّ ٱلۡبِرَّ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَٱلۡمَلَٰٓئِكَةِ وَٱلۡكِتَٰبِ وَٱلنَّبِيِّـۧنَ...﴾

"आफ्नो मुहार पूर्व र पश्चिमतर्फ फर्काउनु पुण्य होइन; बरु धर्मी त्यो हो, जसले अल्लाह, अन्तिम दिन, फरिश्ताहरू, ईश्वरीय ग्रन्थ र नबीहरूमाथि पूर्ण आस्था राख्छ...।" (अल् बकरह: १७७)

‘कदर‘ (भाग्य) को प्रमाण; अल्लाहको यो वचन हो:

﴿إِنَّا كُلَّ شَيۡءٍ خَلَقۡنَٰهُ بِقَدَرٖ49﴾

“निस्सन्देह! हामीले प्रत्येक चीजलाई निश्चित मात्रामा सृष्टि गरेका छौं।" (४९) (अल-कमर:४९)

तेस्रो श्रेणी: इहसान र यसको केवल एउटा स्तम्भ हो;

अल्लाहको इबादत (उपासना) यसरी गर्नु, मानौँ तिमी उहाँलाई देखिरहेका छौ र यदि यो अनुभूति छैन भने यो दृढ विश्वास राख, उहाँले तिमीलाई देखिरहनुभएको छ।

यसको प्रमाण अल्लाहको यो वचन हो:

﴿إِنَّ ٱللَّهَ مَعَ ٱلَّذِينَ ٱتَّقَواْ وَّٱلَّذِينَ هُم مُّحۡسِنُونَ128﴾

"निश्चय नै, अल्लाह तिनीहरूको साथमा हुनुहुन्छ जो उहाँसँग डराउँछन् र जसले असल काम गर्छन्।" (१२८) (अन्-नहल : १२८)

अल्लाह भन्नुहुन्छ:

﴿وَتَوَكَّلۡ عَلَى ٱلۡعَزِيزِ ٱلرَّحِيمِ217 ٱلَّذِي يَرَىٰكَ حِينَ تَقُومُ218 وَتَقَلُّبَكَ فِي ٱلسَّٰجِدِينَ219﴾

"अति शक्तिशाली र दयालुमाथि भरोसा गर। (२१७)

जसले तिमीलाई देख्नुहुन्छ, जब तिमी (तहज्जुदको नमाज) मा खडा हुन्छौ

र सज्दामा तिम्रा गतिविधिहरूलाई हेर्नुहुन्छ ।" (२१९) (अश्शुअराः २१७-२१९)

अल्लाह भन्नुहुन्छ:

﴿وَمَا تَكُونُ فِي شَأۡنٖ وَمَا تَتۡلُواْ مِنۡهُ مِن قُرۡءَانٖ وَلَا تَعۡمَلُونَ مِنۡ عَمَلٍ إِلَّا كُنَّا عَلَيۡكُمۡ شُهُودًا إِذۡ تُفِيضُونَ فِيهِ...﴾

"तपाईं जुनसुकै काममा संलग्न हुनुहुन्छ, कुरआनको जे-जति पाठ गर्नुहुन्छ तथा तिमीहरू जुन काम गर्छौ; तर जब तिमीहरू त्यसमा संलग्न हुन्छौ, तब हामी तिम्रो साक्षी हुन्छौं।" (यूनुसः ६१) आयत ।

सुन्नतबाट प्रमाण : प्रसिद्ध हदीस जिब्रईल हो, जुन उमर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने :

"بَيْنَمَا نَحْنُ عِنْدَ رَسُولِ اللَّهِ ﷺ ذَاتَ يَوْمٍ، إِذْ طَلَعَ عَلَيْنَا رَجُلٌ، شَدِيدُ بَيَاضِ الثِّيَابِ، شَدِيدُ سَوَادِ الشَّعَرِ، لَا يُرَى عَلَيْهِ أَثَرُ السَّفَرِ، وَلَا يَعْرِفُهُ مِنَّا أَحَدٌ، حَتَّى جَلَسَ إِلَى النَّبِيِّ ﷺ فَأَسْنَدَ رُكْبَتَيْهِ إِلَى رُكْبَتَيْهِ، وَوَضَعَ كَفَّيْهِ عَلَى فَخِذَيْهِ، وَقَالَ: يَا مُحَمَّدُ !

"एक दिन हामी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, एक जना मानिस हाम्रो अगाडि देखा पर्यो, जसको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो। उसमा यात्राको कुनै निशान देखिएन र हामीमध्ये कसैले पनि उसलाई चिन्न सकेनौं। ऊ पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बस्यो, आफ्नो घुँडा उहाँको घुँडामा र आफ्नो हात उहाँको तिघ्रामा राख्यो र भन्यो : “हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)!

أَخْبِرْنِي عَنِ الإِسْلَامِ؟

मलाई इस्लामको बारेमा बताउनुहोस्?

فَقَالَ رَسُولُ اللَّهِ ﷺ: الإِسْلَامُ: أَنْ تَشْهَدَ أَلَّا إِلَهَ إِلَّا اللَّهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ، وَتُقِيمَ الصَّلَاةَ، وَتُؤْتِيَ الزَّكَاةَ، وَتَصُومَ رَمَضَانَ، وَتَحُجَّ البَيْتَ إِنِ اسْتَطَعْتَ إِلَيْهِ سَبِيلًا، قَالَ: صَدَقْتَ - فَعَجِبْنَا لَهُ، يَسْأَلُهُ وَيُصَدِّقُهُ –.

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, नमाज पढ्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम भएमा अल्लाहको घरको हज गर्नु हो। उसले भने : तपाईंले सत्य बोल्नुभयो, हामी छक्क पर्यौं; प्रश्न पनि गर्छ अनि पुष्टि पनि

قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِيمَانِ؟

उनले भने : “मलाई ईमानको बारेमा बताउनुहोस्?

قَالَ: أَنْ تُؤْمِنَ بِاللَّهِ، وَمَلَائِكَتِهِ، وَكُتُبِهِ، وَرُسُلِهِ، وَاليَوْمِ الْآخِرِ، وَتُؤْمِنَ بِالقَدَرِ خَيْرِهِ وَشَرِّهِ، قَالَ: صَدَقْتَ.

उहाँ (नबी) ले भन्नुभयो: "तिमीले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, अन्तिम दिन र राम्रो-नराम्रो भाग्यमाथि ईमान (विश्वास) ल्याउनु हो।" आगन्तुकले भने : "तपाईंले सत्य भन्नुभयो।"

قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِحْسَانِ؟

उनले भने : मलाई एह्सानको बारेमा बताउनुहोस्?

قَالَ: أَنْ تَعْبُدَ اللَّهَ كَأَنَّكَ تَرَاهُ، فَإِنْ لَمْ تَكُنْ تَرَاهُ فَإِنَّهُ يَرَاكَ.

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: "अल्लाहको इबादत (उपासना) यसरी गर्नु, मानौँ तिमी उहाँलाई देखिरहेका छौ र यदि यो अनुभूति छैन भने यो दृढ विश्वास राख, उहाँले तिमीलाई देखिरहनुभएको छ।"

قَالَ: فَأَخْبِرْنِي عَنِ السَّاعَةِ؟

उनले भनेः मलाई कयामतको बारेमा बताउनुहोस् ?

قَالَ: مَا المَسْؤُولُ عَنْهَا بِأَعْلَمَ مِنَ السَّائِلِ.

उहाँले उत्तर दिनुभयो: यस विषयमा जसलाई सोधिएको छ, ऊ सोध्ने व्यक्तिभन्दा बढी जानकार छैन।

قَالَ: فَأَخْبِرْنِي عَنْ أَمَارَاتِهَا؟

आगन्तुकले भने: "त्यसो भए मलाई त्यसका सङ्केतहरूको बारेमा बताउनुहोस्?

قَالَ: أَنْ تَلِدَ الأَمَةُ رَبَّتَهَا، وَأَنْ تَرَى الحُفَاةَ العُرَاةَ العَالَةَ رِعَاءَ الشَّاءِ، يَتَطَاوَلُونَ فِي البُنْيَانِ.

उहाँले भन्नुभयो: दासीले आफ्नै मालिक्नीलाई जन्म दिनेछिन्, तपाईंले नाङ्गो खुट्टा, नाङ्गो शरीर, निर्धन र गोठालाहरूलाई अग्लो भवनहरू निर्माण गर्न प्रतिस्पर्धा गरिरहेको देख्नुहुनेछ।

قَالَ: ثُمَّ انْطَلَقَ فَلَبِثْتُ مَلِيًّا، ثُمَّ قَالَ لِي: يَا عُمَرُ! أَتَدْرِي مَنِ السَّائِلُ؟ قُلْتُ: اللَّهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: فَإِنَّهُ جِبْرِيلُ، أَتَاكُمْ يُعَلِّمُكُمْ دِينَكُمْ".

उमर (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: त्यसपछि उनी (आगन्तुक) गए र म केही बेर बसें। त्यसपछि उहाँले मलाई भन्नुभयो: हे उमर! के तिमीलाई थाहा छ, प्रश्नकर्ता को थियो? मैले भने: अल्लाह र उहाँका रसूललाई ​​राम्ररी थाहा छ। उहाँले भन्नुभयो: यो जिब्रील थियो, जो तिमीहरूलाई तिमीहरूको दीन सिकाउन आएको थियो।"

[तेस्रो आधार]

तेस्रो आधार नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) बारे ज्ञान प्राप्त गर्नु हो। उहाँ मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुल मुत्तलिब बिन हाशिम हुनुहुन्छ।

हाशिम कुरैश वंशका हुन्, कुरैश अरब जातिबाट हुन् र अरब इब्राहीम अल-खलील का छोरा इस्माइल (अलैहिमुस्सलाम) का सन्तति हुन्। उहाँमाथि र हाम्रा नबीमाथि सर्वोत्तम दुरूद र सलाम होस्।

उहाँ ६३ वर्षको हुनुहुन्थ्यो; जसमध्ये ४० वर्ष (दुतत्व) नबुवत प्राप्त हुनुपूर्व र २३ वर्ष नबी तथा रसूलको रूपमा बिताउनुभयो।

उहाँ ‘इक्रा’ (सूरह अल-अलक) को अवतरणसँगै ‘नबी’ बन्नुभयो भने, ‘अल-मुद्दथ्थिर’ (सूरह अल-मुद्दथ्थिर) को अवतरणसँगै ‘रसूल’ बन्नुभयो। उहाँको जन्मभूमि पवित्र मक्का हो।

अल्लाहले उहाँलाई शिर्क (बहुदेववाद) बाट सावधान गराउन र तौहीद (एकेश्वरवाद) तर्फ आह्वान गर्न पठाउनुभयो; र यसको प्रमाण अल्लाहको यो भनाइ होः

﴿يَٰٓأَيُّهَا ٱلۡمُدَّثِّرُ1 قُمۡ فَأَنذِرۡ2 وَرَبَّكَ فَكَبِّرۡ3 وَثِيَابَكَ فَطَهِّرۡ4 وَٱلرُّجۡزَ فَٱهۡجُرۡ5 وَلَا تَمۡنُن تَسۡتَكۡثِرُ6 وَلِرَبِّكَ فَٱصۡبِرۡ7﴾

“हे कम्बल ओढेर बस्नु भएको!

उठ्नुहोस् र (मानिसहरूलाई) सचेत गराउनुहोस्।

आफ्ना पालनकर्ताको महिमा गर्नुहोस्।

आफ्ना लुगाहरू पवित्र राख्नुहोस्।

सबै प्रकारका अशुद्धता (मूर्तिपूजा वा पाप) बाट टाढा रहनुहोस्।

धेरै पाउने आशा राखेर (कसैमाथि) उपकार नगर्नुहोस्।

आफ्ना पालनकर्ताकै निम्ति धैर्य गर्नुहोस् ।

[अल् मुद्दस्सिरः: १-७]

र यसको अर्थ हो :

﴿قُمۡ فَأَنذِرۡ﴾

"उठ्नुहोस् र (मानिसहरूलाई) सावधान गराउनुहोस्।" उहाँले बहुदेववाद विरुद्ध चेतावनी दिनुहुन्छ र एकेश्वरवादको लागि आह्वान गर्नुहुन्छ।

﴿وَرَبَّكَ فَكَبِّرۡ﴾

"आफ्नो पालनकर्ताको महिमा गर्नुहोस्" को अर्थ हो :

तौहीदद्वारा उहाँको महिमा गर्नुहोस्।

﴿وَثِيَابَكَ فَطَهِّرۡ﴾

"आफ्ना कपडाहरूलाई पवित्र राख्नुहोस्" को अर्थ हो :

आफ्ना कर्महरूलाई शिर्कबाट शुद्ध र पवित्र राख्नुहोस्।

﴿وَٱلرُّجۡزَ فَٱهۡجُرۡ﴾

"सबै प्रकारका अशुद्धता बाट टाढा रहनुहोस्" को अर्थ हो :

मूर्तिहरूबाट टाढा रहनु हो र तिनका उपासकहरूबाट विमुख र अलग हुनु हो।

उहाँले दश वर्षसम्म एकेश्वरवादको आह्वान गर्दै बिताउनु भयो। दश वर्षपछि उहाँलाई आकासको आरोहण (मेराज) गराइयो र उहाँमाथि पाँच पटकको नमाज अनिवार्य गरियो। उहाँले मक्कामा तीन वर्षसम्म नमाज कायम गर्नुभयो र त्यसपछि उहाँलाई मदीना हिजरत गर्ने (बसाइँ सर्ने) आदेश दिइयो।

हिज्रत भनेको बहुदेववादको भूमिबाट इस्लामको भूमिमा सर्ने कार्य हो।

यस उम्मतका लागि शिर्क (बहुदेववाद) को देशबाट इस्लामको देशतर्फ हिजरत गर्नु अनिवार्य छ र यो नियम कियामत (महाप्रलय) सम्म निरन्तर जारी रहनेछ।

यसको प्रमाण अल्लाहको यो वचन हो:

﴿إِنَّ ٱلَّذِينَ تَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ ظَالِمِيٓ أَنفُسِهِمۡ قَالُواْ فِيمَ كُنتُمۡۖ قَالُواْ كُنَّا مُسۡتَضۡعَفِينَ فِي ٱلۡأَرۡضِۚ قَالُوٓاْ أَلَمۡ تَكُنۡ أَرۡضُ ٱللَّهِ وَٰسِعَةٗ فَتُهَاجِرُواْ فِيهَاۚ فَأُوْلَٰٓئِكَ مَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَسَآءَتۡ مَصِيرًا97 إِلَّا ٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلرِّجَالِ وَٱلنِّسَآءِ وَٱلۡوِلۡدَٰنِ لَا يَسۡتَطِيعُونَ حِيلَةٗ وَلَا يَهۡتَدُونَ سَبِيلٗا98﴾

"निस्सन्देह, आफूमाथि अत्याचार गर्नेहरूको प्राण निकाल्ने समयमा फरिश्ताहरूले सोध्छन्: “तिमीहरू कस्तो अवस्थामा थियौ?” उनीहरू जवाफ दिनेछन्: “हामी धर्तीमा अत्याधिक पीडित थियौं।” फरिश्ताहरूले भन्नेछन्, “के अल्लाहको धर्ती यति फराकिलो थिएन कि तिमीहरू त्यहाँ हिजरत गर्न सक्थ्यौ?” तिनीहरूको बासस्थान नर्क हो र त्यो निकृष्ट गन्तव्य हो। (९७)

पुरुष, महिला र बालबालिकाहरू मध्येका ती पीडितहरू बाहेक जो कुनै योजना बनाउन सक्दैनन् र न त जाने बाटोको नै ज्ञान छ।" (९८) [अन्-निसा: ९७-९८]

यसै सन्दर्भमा अल्लाहले भन्नुभएको छ:

﴿يَٰعِبَادِيَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ أَرۡضِي وَٰسِعَةٞ فَإِيَّٰيَ فَٱعۡبُدُونِ56﴾

“हे मेरा आस्थावान् भक्तहरू हो ! निश्चय नै मेरो धर्ती फराकिलो छ, त्यसैले मेरो मात्र उपासना गर।” (५६) [अल् अनकबूतः ५६]

इमाम बगवी (रहेमहुल्लाह) ले भनेका छन् : "यस आयतको अवतरणको कारण : मक्कामा रहेका र हिजरत नगरेका मुस्लिमहरू हुन्, जसलाई अल्लाहले ईमानको नामले सम्बोधन गर्नुभएको छ ।"

सुन्नतबाट हिजरतको प्रमाण; रसूल (सल्लल्लाहु अलैहे वसल्लम) ले भन्नुभएको छ :

"لَا تَنْقَطِعُ الهِجْرَةُ حَتَّى تَنْقَطِعَ التَّوْبَةُ، وَلَا تَنْقَطِعُ التَّوْبَةُ حَتَّى تَطْلُعَ الشَّمْسُ مِنْ مَغْرِبِهَا".

“हिजरत तबसम्म समाप्त हुनेछैन, जबसम्म तौबा (पश्चाताप) को ढोका खुला रहन्छ र तौबा तबसम्म जारी रहनेछ, जबसम्म सूर्य पश्चिमबाट उदाउँदैन।”

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदीनामा स्थायी हुनुभयो, तब उहाँमाथि इस्लामका बाँकी विधिविधानहरू अवतरित भए—जस्तै: जकात, रोजा, हज, अजान, जिहाद, तथा सत्कर्मको आदेश र दुष्कर्मबाट निषेध। उहाँले यस कार्यमा दश वर्ष बिताउनु भयो।

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को निधन भयो, तर उहाँ मार्फत पठाइएको धर्म बाँकी छ र यो उहाँको धर्म हो । यस्तो कुनै असल कुरा छैन जसमा उहाँले उम्मत (राष्ट्र) लाई डोऱ्याउनुभएन र त्यस्तो कुनै खराब कुरा छैन जसको विरुद्धमा उहाँले तिनीहरूलाई चेतावनी दिनुभएन।

उहाँले डोऱ्याउनुभएको असल कुरा भनेको ‘तौहीद’ (एकेश्वरवाद) हो, साथै ती सबै कर्महरू हुन् जसलाई अल्लाहले मन पराउनुहुन्छ र जसबाट उहाँ प्रसन्न हुनुहुन्छ।

उहाँले चेतावनी दिनुभएको दुष्टता ‘शिर्क’ (बहुदेवावाद) हो, साथै ती सबै कार्यहरू हुन् जसलाई अल्लाहले घृणा गर्नुहुन्छ।

अल्लाहले उहाँलाई सम्पूर्ण मानवजातिको निम्ति पठाउनुभयो र सबै मानवजाति र जिन्नमाथि उहाँको आज्ञापालन गर्न अनिवार्य गर्नुभयो। यसको प्रमाण अल्लाहको यो वचन हो:

﴿قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُمۡ جَمِيعًا...﴾

”भनिदिनुहोस्: हे मानवजाति! म तिमीहरू सबैका निम्ति अल्लाहको तर्फबाट पठाइएको रसूल (सन्देष्टा) हुँ...।” [अल् अअराफः १५८]

अल्लाहले उहाँमार्फत धर्मलाई परिपूर्ण गर्नुभयो; यसको प्रमाण अल्लाहको यो वचन हो:

﴿...ٱلۡيَوۡمَ أَكۡمَلۡتُ لَكُمۡ دِينَكُمۡ وَأَتۡمَمۡتُ عَلَيۡكُمۡ نِعۡمَتِي وَرَضِيتُ لَكُمُ ٱلۡإِسۡلَٰمَ دِينٗاۚ...﴾

"...आज मैले तिमीहरूको धर्मलाई पूर्ण गरेको छु र तिमीहरूमाथि आफ्नो अनुग्रह पूरा गरेको छु र तिमीहरूको लागि इस्लामलाई धर्मको रूपमा रोजेको छु...।" [अल् माइदाः ३]

उहाँको मृत्युको प्रमाण; अल्लाहको यो वचन हो:

﴿إِنَّكَ مَيِّتٞ وَإِنَّهُم مَّيِّتُونَ30 ثُمَّ إِنَّكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ عِندَ رَبِّكُمۡ تَخۡتَصِمُونَ31﴾

"(हे नबी !) निसन्देह, तपाईंलाई पनि मृत्यु आउनेछ र यिनीहरू पनि अवश्य मर्नेछन्।

अनि निश्चय नै, तिमीहरू सबै 'कियामत' (महाप्रलय) को दिन आफ्नो पालनकर्तासमक्ष झगडा गर्नेछौ।" [अज्जुमरः ३०–३१]

मानिसहरूलाई मृत्युपश्चात् अवश्य पुनः जीवित गरिनेछ; र यसको प्रमाण अल्लाहको यो पवित्र वाणी हो:

﴿مِنۡهَا خَلَقۡنَٰكُمۡ وَفِيهَا نُعِيدُكُمۡ وَمِنۡهَا نُخۡرِجُكُمۡ تَارَةً أُخۡرَىٰ55﴾

"हामीले तिमीहरूलाई यसैबाट सृष्टि गर्यौं, यसैमा तिमीहरूलाई फर्काउनेछौं र यसैबाट तिमीहरूलाई फेरि निकाल्नेछौं।" (५५) [ताहा : ५५] अल्लाहले भन्नुभएको छः

﴿وَٱللَّهُ أَنۢبَتَكُم مِّنَ ٱلۡأَرۡضِ نَبَاتٗا17 ثُمَّ يُعِيدُكُمۡ فِيهَا وَيُخۡرِجُكُمۡ إِخۡرَاجٗا18﴾

"अल्लाहले तिमीहरूलाई धर्तीबाट सृष्टि गर्नुभयो। (१७)

फेरी उहाँले तिमीहरूलाई त्यसैमा फर्काउनुहुनेछ र तिमीहरूलाई बाहिर निकाल्नुहुनेछ। (१८) [नूहः १७-१८]

पुनः जीवित भएपछि, कर्महरूको हिसाब लिइनेछ र सोही बमोजिम प्रतिफल दिइनेछ। यसको प्रमाण; अल्लाहको यो पवित्र वाणी हो:

﴿...لِيَجۡزِيَ ٱلَّذِينَ أَسَٰٓـُٔواْ بِمَا عَمِلُواْ وَيَجۡزِيَ ٱلَّذِينَ أَحۡسَنُواْ بِٱلۡحُسۡنَى﴾

"...ताकि अल्लाहले दुष्कर्म गर्नेहरूलाई तिनीहरुका कर्महरूको बदला दिऊन् र पुण्यकर्म गर्नेहरूलाई उत्तम प्रतिफल प्रदान गरून् ।" [अन्नज्मः ३१]

जसले पुनः जीवित हुने सत्यलाई अस्वीकार गर्दछ, ऊ ‘काफिर’ (अविश्वासी) ठहरिन्छ। यसको प्रमाण अल्लाहको यो पवित्र वाणी रहेको छ:

﴿زَعَمَ ٱلَّذِينَ كَفَرُوٓاْ أَن لَّن يُبۡعَثُواْۚ قُلۡ بَلَىٰ وَرَبِّي لَتُبۡعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلۡتُمۡۚ وَذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ7﴾

"काफिरहरूले (मृत्युपछि) पुनः जीवित गरिने छैन भनी ठानेका छन् । भनिदेऊ, हो, मेरो पालनकर्ताको कसम, तिमीहरू अवश्य पुनरुत्थान हुनेछौ; अनि तिमीहरूले गरेका कामहरूको बारेमा तिमीहरूलाई अवश्य अवगत गराइनेछ र यो अल्लाहको लागि सजिलो छ।" (७) [अत्-तगाबुन : ७]

अल्लाहले समस्त रसूलहरूलाई शुभ समाचारवाहक र चेतावनी दिने व्यक्तिको रूपमा पठाउनुभयो; र यसको प्रमाण अल्लाहको यो वचन होः

﴿رُّسُلٗا مُّبَشِّرِينَ وَمُنذِرِينَ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَى ٱللَّهِ حُجَّةُۢ بَعۡدَ ٱلرُّسُلِۚ...﴾

“हामीले सुसमाचार सुनाउने र चेतावनी दिने रसूलहरू पठायौं, ताकि रसुलहरूको आगमनपश्चात् मानिसहरूका लागि अल्लाहसमक्ष कुनै तर्क वा दोष लगाउने बाटो बाँकी नरहोस्...।” [अन्निसाः १६५]

तिनीहरूमध्ये पहिलो रसुल नूह (अलैहिस्सलाम) थिए

र अन्तिम रसुल मुहम्मद (सल्लल्लाहु अलैहे वसल्लम) हुनुहुन्छ, उहाँ सम्पूर्ण नबीहरूका समापक हुनुहुन्छ र उहाँपछि अर्को कुनै नबी आउने छैन; यसको प्रमाण अल्लाहको यो पवित्र वाणी होः

﴿مَّا كَانَ مُحَمَّدٌ أَبَآ أَحَدٖ مِّن رِّجَالِكُمۡ وَلَٰكِن رَّسُولَ ٱللَّهِ وَخَاتَمَ ٱلنَّبِيِّـۧنَ...﴾

"मुहम्मद तिमीहरूका कुनै पनि पुरुषका पिता होइनन्, तर उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन्...|" [अल् अहजाबः ४०]

पहिलो रसुल नूह (अलैहिस्सलाम) थिए भन्ने कुराको प्रमाण; अल्लाहको यो वचन हो:

﴿إِنَّآ أَوۡحَيۡنَآ إِلَيۡكَ كَمَآ أَوۡحَيۡنَآ إِلَىٰ نُوحٖ وَٱلنَّبِيِّـۧنَ مِنۢ بَعۡدِهِ...﴾

“निस्सन्देह, हामीले तपाईंमाथि ‘वह्य’ (प्रकाशना) अवतरण गरेका छौं, जसरी नूह (अलैहिस्सलाम) र उनी पछिका नबीहरूतर्फ पठाएका थियौं।” [अन्निसाः १६३]

अल्लाहले नूह (अलैहिस्सलाम) देखि अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्म प्रत्येक समुदायमा रसूल पठाउनुभयो, जसले उनीहरूलाई केवल एक अल्लाहको उपासना गर्ने आदेश दिए र 'तागुत' (गैरुल्लाह) को पूजा गर्न निषेध गरे। यसको प्रमाण अल्लाहको यो पवित्र वाणी हो:

﴿وَلَقَدۡ بَعَثۡنَا فِي كُلِّ أُمَّةٖ رَّسُولًا أَنِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱجۡتَنِبُواْ ٱلطَّٰغُوتَ...﴾

“हामीले प्रत्येक समुदायमा एक रसूल पठायौं, ताकि उनीहरुले एक अल्लाहको उपासना गर्ने र तागुतको पुजाबाट टाढा रहने आह्वान गरुन..।” [अन्नहलः ३६]

अल्लाहले सम्पूर्ण मानवजातिमाथि ‘तागुत’ लाई अस्वीकार गर्नु र अल्लाहमाथि आस्था राख्नु अनिवार्य गर्नुभएको छ।

इब्नुल कैयिम (रहेमहुल्लाह) ले भनेका छन् : "तागुतको अर्थ: त्यो हो जसद्वारा व्यक्तिले सीमा नाघ्छ, चाहे त्यो देवता होस्, नेता होस् वा आज्ञापालन गरिएको व्यक्ति होस्।"

'तागूत'हरू धेरै छन् र प्रमुख पाँचवटा छन्:

१. इब्लिस (ऊ माथि अल्लाहको श्राप होस्)।

२. अल्लाह बाहेक जसको पूजा गरिन्छ र ऊ त्यसमा खुसी हुन्छ।

३. जसले मानिसहरूलाई आफ्नो पूजा गर्न बोलाउँछ।

४. जसले 'गैब' (अदृश्य) को ज्ञान भएको दाबी गर्छ।

५. जसले अल्लाहद्वारा अवतरित विधान (शरीअत) बाहेक अन्य विधिको आधारमा फैसला गर्छ।

यसको प्रमाण अल्लाहको यो वचन हो:

﴿لَآ إِكۡرَاهَ فِي ٱلدِّينِۖ قَد تَّبَيَّنَ ٱلرُّشۡدُ مِنَ ٱلۡغَيِّۚ فَمَن يَكۡفُرۡ بِٱلطَّٰغُوتِ وَيُؤۡمِنۢ بِٱللَّهِ فَقَدِ ٱسۡتَمۡسَكَ بِٱلۡعُرۡوَةِ ٱلۡوُثۡقَىٰ لَا ٱنفِصَامَ لَهَاۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ256﴾

"धर्ममा कुनै जबरजस्ती छैन। धार्मिकता पथभ्रष्टताबाट अलग भइसकेको छ। त्यसैले जसले तागुत (झूटा देवता) लाई अस्वीकार गर्छ र अल्लाहमा विश्वास गर्छ, उसले सबैभन्दा भरपर्दो डोरी समातेको छ जुन कहिल्यै टुट्ने छैन र अल्लाह सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ।" (२५६)

[अल् बकरः २५६] र "ला इलाहा इल्लल्लाह" को अर्थ पनि यही नै हो। हदीसमा छ:

"رَأْسُ الأَمْرِ: الإِسْلَامُ، وَعَمُودُهُ: الصَّلَاةُ، وَذِرْوَةُ سَنَامِهِ: الجِهَادُ فِي سَبِيلِ اللَّهِ".

“धर्मको मूल आधार ‘इस्लाम’ हो, यसको स्तम्भ ‘नमाज’ हो र यसको सर्वोच्च शिखर ‘अल्लाहको मार्गमा जिहाद’ गर्नु हो।”

वल्लाहु आअलम (अल्लाह लाई नै राम्ररी थाहा छ)।

 

 

 

***

विषयसूची

 

(दोस्रो आधार) 13

[तेस्रो आधार] 21

 

 

***

 

 

ne36v2.0 - 15/02/2026