رِسَالَتَانِ مُوجَزَتَانِ فِي الزَّكَاةِ وَالصِّيَامِ
जकात र रोजासँग सम्बन्धित दुई संक्षिप्त पुस्तिकाहरू
سَمَاحَةُ الشَّيْخِ
عَبْدِ الْعَزِيزِ بْنِ عَبْدِ اللَّهِ بْنِ بَازٍ
رَحِمَهُ اللَّهُ
आदरणीय शैख
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज
(रहेमहुल्लाह)
بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ
जकात र रोजासँग सम्बन्धित दुई संक्षिप्त पुस्तिकाहरू
पहिलो पुस्तिका
जकातसँग सम्बन्धित महत्वपूर्ण कुराहरू
शुरू गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
समस्त प्रकारका प्रशंसाहरू अल्लाहकै लागि छन्, अल्लाहको दया एवं शान्ति अवतरित होस् त्यसमाथि जस पश्चात कुनै सन्देष्टा हुने छैन र उहाँका समस्त परिवार र साथीहरूमाथि पनि, तत्पश्चातः
यो लेख लेख्नुको कारण भनेको जकातको अनिवार्यताबारे नसीहत गर्नु र स्मरण गराउनु हो, जसलाई धेरै जसो मुस्लिमहरूले बेवास्ता गरेका छन् । यसको ठूलो महत्त्व रहेकोछ । यो इस्लामको पाँच आधारभूत स्तम्भहरू मध्ये एक हो; जो बिना यसको संरचना स्थापित हुन सक्दैन भन्ने तथ्य थाहा हुँदाहुँदै यसलाई निर्धारित तरिकाले निकाल्दैनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका छन् :
«بُنِيَ الإِسْلَامُ عَلَى خَمْسٍ: شَهَادَةِ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، وَإِقَامِ الصَّلَاةِ، وَإِيتَاءِ الزَّكَاةِ، وَصَوْمِ رَمَضَانَ، وَحَجِّ البَيْتِ».
"इस्लाम पाँच स्तम्भहरूमा आधारित छ: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह (नमाज) कायम गर्नु, जकात (दान) दिनु, रमजानको रोजा राख्नु र पवित्र घर (काबा) को हज गर्नु ।"1 (बुखरी र मुस्लिम)
मुस्लिमहरूमाथि जकात अनिवार्य गर्नु भनेको इस्लामको सबैभन्दा स्पष्ट र उत्कृष्ट गुणहरू मध्ये एक हो । इस्लामले आफ्ना अनुयायीहरूको हेरचाह गर्छ भन्ने कुराको यो स्पष्ट प्रमाण हो । गरीब र निमुखा मुस्लिमहरूलाई यसको अत्यन्त आवश्यकता लगायत यसका धेरै फाइदाहरू छन् ।
यसका फाइदाहरूमध्ये : धनी र गरिब बीचको स्नेहको बन्धनलाई बलियो बनाउनु हो, किनभने मानिसहरू स्वाभाविक रूपमा आफूसँग राम्रो व्यवहार गर्नेहरूलाई माया गर्न इच्छुक हुन्छन्।
ती मध्ये : आत्मालाई शुद्ध र पवित्र पार्नु, लोभ तथा कन्जुस्याइँ जस्ता खराब बानीहरूबाट टाढा राख्नु पनि हो, जसरी पवित्र कुरआनले अल्लाह तआलाको यस कथनमा यस अर्थतर्फ संकेत गरेको छ:
﴿خُذۡ مِنۡ أَمۡوَٰلِهِمۡ صَدَقَةٗ تُطَهِّرُهُمۡ وَتُزَكِّيهِم بِهَا...﴾
{तिनीहरूको सम्पत्तिबाट दान (जकात) लिनुहोस्ज, सद्वारा तिनीहरूलाई शुद्ध र पवित्र गर्नुहोस्...} [सूरह तौबा: १०३]
ती मध्ये: मुस्लिमलाई गरिब र निमुखाहरूप्रति उदारता, दया र करुणा जस्ता गुणहरू विकास गराउनु हो ।
ती मध्ये : अल्लाहबाट बरकत; आशीर्वाद, वृद्धि र प्रतिफल खोज्नु, जसरी उहाँले भन्नुभयो:
﴿...وَمَآ أَنفَقۡتُم مِّن شَيۡءٖ فَهُوَ يُخۡلِفُهُۥۖ وَهُوَ خَيۡرُ ٱلرَّٰزِقِينَ﴾
{तिमीले अल्लाहको बाटोमा जे खर्च गर्यौ, उहाँले त्यसको राम्रो प्रतिफल दिनुहुन्छ र उहाँ सबैभन्दा उत्तम जीविका दिनेवाला हुनुहुन्छ।’’} [सूरतु सबाः ३९] नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस (कुद्सी) मा भन्नुभएको छ: अल्लाह भन्नुहुन्छ:
«يَا ابْنَ آدَمَ أَنْفِقْ نُنْفِقْ عَلَيْكَ...».
"हे आदमको सन्तान हो! तिमीहरू खर्च गर, म तिमीहरूमाथि खर्च गर्नेछु...।"2 र अन्य धेरै फाइदाहरू।
जकात निकाल्नमा कञ्जुस्याइँ गर्ने वा लापरवाही गर्नेहरू विरुद्ध कडा चेतावनी आएको छ, अल्लाहले भन्नुभएको छ:
﴿...وَٱلَّذِينَ يَكۡنِزُونَ ٱلذَّهَبَ وَٱلۡفِضَّةَ وَلَا يُنفِقُونَهَا فِي سَبِيلِ ٱللَّهِ فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٖ 34 يَوۡمَ يُحۡمَىٰ عَلَيۡهَا فِي نَارِ جَهَنَّمَ فَتُكۡوَىٰ بِهَا جِبَاهُهُمۡ وَجُنُوبُهُمۡ وَظُهُورُهُمۡۖ هَٰذَا مَا كَنَزۡتُمۡ لِأَنفُسِكُمۡ فَذُوقُواْ مَا كُنتُمۡ تَكۡنِزُونَ35﴾
{ .... जसले सुन र चाँदी जम्मा गर्छन् र अल्लाहको मार्गमा खर्च गर्दैनन्, तिनीहरूलाई पीडादायी यातनाको समाचार सुनाइदिनुस् । ३४
जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू दागिन्छन् (र भनिनेछ) "यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आफनो खजानाहरूको स्वाद (मज्जा) चाख ।" ३५ } [सूरह तौबा: ३४-३५] त्यसैले जुन मालको जकात अदा गरिँदैन, त्यो एक खजाना हो जसद्वारा त्यसको मालिकलाई कयामतको दिन सजाय दिइनेछ, जसरी अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को एक सही हदीसबाट प्रमाणित छ, उहाँले भन्नुभएको छ:
«مَا مِنْ صَاحِبِ ذَهَبٍ وَلَا فِضَّةٍ لَا يُؤَدِّي حَقَّهَا إِلَّا إِذَا كَانَ يَوْمُ القِيَامَةِ صُفِّحَتْ لَهُ صَفَائِحُ مِنْ نَارٍ؛ فَأُحْمِيَ عَلَيْهَا فِي نَارِ جَهَنَّمَ، فَيُكْوَى بِهَا جَنْبُهُ وَجَبِينُهُ وَظَهْرُهُ كُلَّمَا بَرَدَتْ أُعِيدَتْ لَهُ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ حَتَّى يُقْضَى بَيْنَ العِبَادِ، فَيُرَى سَبِيلَهُ: إِمَّا إِلَى الجَنَّةِ، وَإِمَّا إِلَى النَّارِ».
“सुन वा चाँदीको मालिकले यदि त्यसको हक तिर्दैन भने, कयामतको दिन उसको लागि आगोका थालहरू बनाइनेछन्; ती थालहरूलाई नर्कको आगोमा तताइनेछ र त्यसले उसको छेउ, निधार र ढाड डामिनेछ। प्रत्येक पटक जब यो चिसो हुन्छ, पचास हजार वर्ष लामो दिनमा उसको लागि यसलाई पुन: तताइनेछ, जबसम्म सेवकहरू बीच फैसला हुँदैन। त्यसपछि उसले आफ्नो बाटो देख्नेछ: कि त स्वर्ग, कि त नर्क।”3
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ऊँट, गाईवस्तु र बाख्राहरूको जकात अदा नगर्ने मालिकको बारेमा बताउनुभयो र खबर दिनुभयो कि उसलाई कयामतको दिन तिनै जनावरहरूद्वारा सजाय दिइनेछ।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्रमाणित छ, उहाँले भन्नुभएको छ:
«مَنْ آتَاهُ اللهُ مَالًا فَلَمْ يُؤَدِّ زَكَاتَهُ مُثِّلَ لَهُ شُجَاعًا أَقْرَعَ لَهُ زَبِيبَتَانِ يُطَوِّقُهُ يَوْمَ القِيَامَةِ، ثُمَّ يَأْخُذُ بِلَهْزِمَتَيْهِ (يَعْنِي شِدْقَيْهِ)، ثُمَّ يَقُولُ: أَنَا مَالُكَ، أَنَا كَنْزُكَ»، ثُمَّ تَلَا النَّبِيُّ ﷺ قَوْلَهُ تَعَالَى: ﴿وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ يَبۡخَلُونَ بِمَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦ هُوَ خَيۡرٗا لَّهُمۖ بَلۡ هُوَ شَرّٞ لَّهُمۡۖ سَيُطَوَّقُونَ مَا بَخِلُواْ بِهِۦ يَوۡمَ ٱلۡقِيَٰمَةِ...﴾
अल्लाहले जसलाई धन-सम्पत्ति दिनुभएको छ र उसले त्यसको जकात तिरेन, कियामतको दिन उसको धनलाई निधारमा दुईवटा कालो दाग भएको विषालु सर्पको रूप दिएर उसको घाँटीमा बेरिनेछ, जसले उसको दुवै गिजा (गाला) समातेर भन्नेछ, ‘म तेरो धन हुँ, म तेरो खजाना हुँ।’ त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाह तआलाको यो वचन पढ्नुभयो: {अल्लाहले आफ्नो अनुग्रहबाट जे प्रदान गर्नुभएको छ त्यसमा कन्जुस्याइँ गर्नेहरूले यो आफ्नो लागि राम्रो हो भनेर नसोचून्। बरु, यो उनीहरूको लागि झनै खराब छ। उनीहरूले जे कन्जुस्याइँ गरेका थिए, कियामतको दिन त्यसैको माला उनीहरूको घाँटीमा लगाइनेछ...} [आले इमरान: १८०] ।4
जकात चार प्रकारका वस्तुहरूमा अनिवार्य छ: भूमिबाट उत्पादन हुने अन्न र फलफूल, चर्ने पशुधन, सुन र चाँदी र व्यवसायिक सरसामान ।
यी चारै प्रकारका वस्तुहरूको लागि एउटा निर्धारित निसाब छ, त्यो भन्दा कममा जकात अनिवार्य हुँदैन । अन्न र फलफूलको निसाब : पाँच वसक हो र एक वसक नबी सल्लल्लाहो अलैहे वसल्लमको साअ् अनुसार साठी साअ् को हुन्छ । खजुर, किसमिस, गहुँ, धान, जौ र यस्तै अन्य अन्नहरूको निसाब नबी सल्लल्लाहो अलैहे वसल्लमको साअ् अनुसार तीन सय साअ् हो जुन औसत कदको मानिसको दुवै हात भरिपूर्ण हुँदाको चार अन्जुली बराबर हो ।
यदि खजूरका रूखहरू र बालीहरूलाई वर्षा, नदी, बग्ने मुहानहरू आदिबाट बिना लागत सिँचाइ गरिन्छ भने त्यसमा दशौँ भाग अनिवार्य हुन्छ।
तर यदि यो मिहिनेत र खर्चले सिँचाइ गरिन्छ, जस्तैः जनावर वा पानी तान्ने मेसिनहरू इत्यादिद्वारा, तब त्यसमा दशौँ भागको आधा अनिवार्य हुन्छ, यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ ।
जहाँसम्म ऊँट, गाईवस्तु र भेडा जस्ता चर्ने जनावरहरूको निसाबको कुरा छ, त्यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित हदीसहरूमा विस्तृत व्याख्या गरिएको छ। यसको बारेमा जान्न इच्छुक व्यक्तिले विद्वानहरूसंग यसको बारेमा सोध्न सक्छन्। यदि संक्षिप्त गर्ने उद्देश्य नभएको भए, हामीले पूर्ण लाभको लागि यसलाई उल्लेख गर्ने थियौं।
चाँदीको निसाब एक सय चालीस मिस्क़ाल हो र साउदी अरबी दिर्हमअनुसार यसको मात्रा ५६ रियाल हो ।
सुनको निसाब बीस मिस्काल हो, जसको परिमाण साउदी जिनीमा एघार र तीन-सातौँ (११ ३/७) जिनी र ग्राममा बयानब्बे (९२) ग्राम हो। जसले यिनीहरूमध्ये कुनै एकको निसाब बराबरको स्वामित्व राख्छ र त्यसमाथि एक वर्ष बितिसकेको छ भने, त्यसमा दशको एक चौथाइ (२.५%) जकात अनिवार्य हुन्छ।
नाफा मूलधनमा आधारित हुन्छ, त्यसैले यसका लागि एक वर्ष बितेको आवश्यक पर्दैन, जसरी चरनमा पालिएका पशुधनका बच्चाहरू पनि आफ्नो मूलमा आधारित हुन्छन् र यदि मूल निसाब पुगेको छ भने तिनीहरूका लागि पनि नयाँ वर्षको गणना आवश्यक पर्दैन।
आज मानिसहरूले कारोबार गर्ने कागजी मुद्राहरू, चाहे त्यो दिरहम, दिनार, डलर वा अन्य कुनै नामले चिनिने होस्, सुन र चाँदी मा आधारित हुनेछ। यदि यसको मूल्य चाँदी वा सुनको निसाब बराबर पुग्छ र एक वर्ष बित्यो भने, त्यसमा जकात अनिवार्य छ।
नगदसँगै महिलाहरूका सुन वा चाँदीका गहनाहरू पनि समावेश छन्, विशेष गरी जब त्यो नेसाबसम्म पुग्छ र त्यसमाथि एक वर्ष पूरा हुन्छ, तब विद्वानहरूको दुईमध्ये सबैभन्दा सही भनाइअनुसार त्यसमा जकात अनिवार्य हुन्छ, चाहे त्यो प्रयोग गर्न वा पैँचो दिनको लागि नै किन नहोस्; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामान्य भनाइको आधारमा:
«مَا مِنْ صَاحِبِ ذَهَبٍ أَوْ فِضَّةٍ لَا يُؤَدِّي زَكَاتَهَا إِلَّا إِذَا كَانَ يَوْمُ القِيَامَةِ صُفِّحَتْ لَهُ صَفَائِحُ مِنْ نَارٍ».
“जोसँग सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् ।”5 पूर्व उल्लिखित हदीस को अन्त्यसम्म।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटी महिलाको हातमा सुनका दुईवटा बाला हेर्नुभयो, तब उहाँले भन्नुभयो:
«أَتُعْطِينَ زَكَاةَ هَذَا؟». قَالَتْ: لَا. قَالَ: «أَيَسُرُّكِ أَنْ يُسَوِّرَكِ اللهُ بِهِمَا يَوْمَ القِيَامَةِ سِوَارَيْنِ مِنْ نَارٍ!». فَأَلْقَتْهُمَا، وَقَالَتْ: «هُمَا لِلَّهِ وَلِرَسُولِهِ».
"के तिमी यसको जकात दिन्छ्यौ?"। उनले भनिन्: "दिन्नँ"। उहाँले भन्नुभयो: "के तिमीलाई यो कुरा मन पर्छ अल्लाहले कयामतको दिन तिमीलाई यी दुईको बदलामा आगोका दुईवटा बाला लगाइदिऊन्!"। तब उनले ती दुवै फ्याँकिदिइन् र भनिन्: "यी दुवै अल्लाह र उहाँका रसूलका लागि हुन्"।6
उम्मे सलमा (रजियल्लाहु अन्हा) बाट प्रमाणित छ, उहाँले सुनका गहनाहरू लगाउनुहुन्थ्यो र सोध्नुभयो, “हे अल्लाहका रसूल ! के यो कन्ज हो ?” तब उहाँले भन्नुभयोः
«مَا بَلَغَ أَنْ يُزَكَّى فَزُكِّيَ فَلَيْسَ بِكَنْزٍ».
"जुन (धन) मा जकात अनिवार्य भयो र जकात निकस्लियो भने त्यो कन्ज (खजाना) होइन ।"7
यस अर्थमा अन्य हदीसहरू पनि वर्णित छन् ।
बिक्रीका लागि तयार गरिएका व्यवसायिक सरसामानको मूल्याङ्कन वर्षको अन्त्यमा गरिन्छ र त्यसको मूल्यको दशौं भागको एक चौथाई निकालिन्छ, चाहे त्यसको मूल्य खरिद मूल्य बराबर होस्, वा बढी वा कम; किनकि समुरा (रजियल्लाहु अन्हु) ले भन्नुभएको छ:
«كَانَ رَسُولُ اللهِ ﷺ يَأْمُرُنَا أَنْ نُخْرِجَ الصَّدَقَةَ مِنَ الَّذِي نُعِدُّهُ لِلْبَيْعِ».
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई बिक्रीको लागि तयार पारिएको सामानबाट दान गर्न आदेश दिनुहुन्थ्यो।"।8
यसमा बिक्रीको लागि तयार पारिएका जमिनहरू, भवनहरू, गाडीहरू, पानी तान्ने मेसिनहरू र बिक्रीको लागि तयार गरिएका अन्य प्रकारका सामानहरू पनि पर्दछन् ।
तर भाडामा दिनको लागि बनाइएका भवनहरू (बेच्नका लागि होइन) को भाडामा जकात अनिवार्य हुन्छ जब त्यसमाथि एक वर्ष बित्छ, तर स्वयं भवनमा भने जकात छैन; किनकि त्यो बेच्नका लागि राखिएको होइन । यस्तैगरी निजी र भाडाका गाडीहरूमा पनि जकात छैन यदि ती बेच्नका लागि राखिएका होइनन्, बरू त्यसको मालिकले प्रयोगको लागि किनेका हुन् ।
यदि ट्याक्सी मालिक वा अरू कसैसित निसाबसम्म पुग्ने नगद जम्मा हुन्छ र त्यसमाथि एक वर्षको अवधि पनि बितिसक्छ भने, त्यसमाथि जकात अनिवार्य हुन्छ, चाहे उसले त्यसलाई खर्चको लागि वा विवाह गर्नको लागि वा जग्गाजमिन किन्नको लागि वा ऋण तिर्नको लागि वा यस्तै अन्य उद्देश्यहरूको लागि जम्मा गरेको होस्; किनकि यस्तो अवस्थामा जकात अनिवार्य हुने कुरामाथि शरियाका सामान्य प्रमाणहरू छन्।
विद्वानहरूको सही विचार अनुसार ऋणले जकात तिर्नबाट रोक्दैन, जस्तो पहिले उल्लेख गरिएको छ।
त्यस्तै गरी, अनाथ र मानसिक रोगीहरूको धनसम्पत्ति निसाब मा पुगेमा र एक वर्ष बितिसकेको खण्डमा धेरैजसो विद्वानहरूका अनुसार जकात अनिवार्य हुन्छ, तसर्थ, तिनीहरूका वलीहरूले उनीहरूको तर्फबाट नियतका साथ जकात तिर्नुपर्नेछ; आम प्रमाणहरूको आधारमा, जस्तै मुआज (रजियल्लाहु अन्हु) को हदीसमा छ, जब उहाँले उनलाई यमनका बासिन्दाकहाँ पठाउनुभयो:
«إِنَّ اللَّهَ افْتَرَضَ عَلَيْهِمْ صَدَقَةً فِي أَمْوَالِهِمْ تُؤْخَذُ مِنْ أَغْنِيَائِهِمْ، وَتُرَدُّ فِي فُقَرَائِهِمْ».
"निःसन्देह अल्लाहले तिनीहरूको सम्पत्तिमा जकात अनिवार्य गर्नुभएको छ, जुन तिनीहरूका धनीहरूबाट लिइनेछ र तिनीहरूका गरिबहरूमा बाँडिनेछ" ।9
जकात अल्लाहको हक हो, यसमा हकदार नभएका व्यक्तिलाई पक्षपात गरेर दिनु जायज छैन। न त यसद्वारा कुनै व्यक्तिले आफ्नो लागि फाइदा लिन वा हानि टार्न सक्छ, न त आफ्नो सम्पत्ति जोगाउन वा आफूलाई निन्दाबाट बचाउन सक्छ। बरु, मुस्लिमले आफ्नो जकात ती व्यक्तिहरूलाई दिनु पर्छ जो यसको योग्य छन्, कुनै अन्य उद्देश्यको लागि होइन। यो कार्य खुशी मनले र अल्लाहका लागि निष्ठापूर्वक गर्नुपर्छ, ताकि उसको जिम्मेवारी पूरा होस् र ऊ महान् प्रतिफल तथा उत्तम बदलाको हकदार बन्न सकोस्।
अल्लाहले आफ्नो पवित्र पुस्तकमा जकात प्राप्त गर्ने हकदारहरूको वर्गीकरण स्पष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो:
﴿إِنَّمَا ٱلصَّدَقَٰتُ لِلۡفُقَرَآءِ وَٱلۡمَسَٰكِينِ وَٱلۡعَٰمِلِينَ عَلَيۡهَا وَٱلۡمُؤَلَّفَةِ قُلُوبُهُمۡ وَفِي ٱلرِّقَابِ وَٱلۡغَٰرِمِينَ وَفِي سَبِيلِ ٱللَّهِ وَٱبۡنِ ٱلسَّبِيلِۖ فَرِيضَةٗ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ60﴾
{जकात केवल गरिब, दरिद्रहरू र जकात सङ्कलन गर्ने काममा खटाइएकाहरूका लागि हुन् । अनि जसको हृदय जित्नु छ, बन्दीहरूलाई मुक्त गर्न, ऋणीहरूको लागि, अल्लाहको मार्गमा जिहाद गर्नेहरु र यात्रीहरूका लागि हुन्। यो अल्लाहको अनिवार्य आदेश हो । अल्लाह सर्वज्ञ र बुद्धिमान् छन्।" (६०) [सूरह तौबा: ६०]
यस महान आयतको अन्त्यमा यी दुई महान नामहरू उल्लेख गरेर महान अल्लाहले आफ्ना भक्तहरूलाई सचेत गराउनुभएको छ, उहाँ आफ्ना भक्तहरूको अवस्थाबारे सर्वज्ञ हुनुहुन्छ: तिनीहरूमध्ये को सद्काको हकदार छ र को छैन। उहाँ आफ्नो विधान र नियतिमा तत्वदर्शी हुनुहुन्छ, त्यसैले उहाँले हरेक कुरालाई त्यसको उपयुक्त स्थानमा मात्र राख्नुहुन्छ, चाहे उहाँको तत्वदर्शिताका केही रहस्यहरू केही मानिसहरूबाट लुकेका नै किन नहोऊन्; ताकि दासहरू उहाँको विधानप्रति आश्वस्त होऊन् र उहाँको फैसलामा आफूलाई सुम्पिऊन्।
अल्लाहले हामी र सम्पूर्ण मुस्लिमहरूलाई आफ्नो धर्मको समझ प्रदान गरुन, उहाँको मामिलामा सत्यनिष्ठ रहने, उहाँलाई प्रसन्न पार्ने कार्यहरूमा अग्रसर रहने र उहाँको क्रोध र प्रकोपबाट सुरक्षित राखुन्, निश्चय नै उहाँ सर्वज्ञ र अत्याधिक निकट हुनुहुन्छ ।
अल्लाहको दया र शान्ति अवतरित होस् उहाँको भक्त र सन्देष्टा मुहम्मद माथि र उहाँका घरपरिवार र समस्त साथीहरूमाथि ।
वैज्ञानिक अनुसन्धान विभागका महाअध्यक्ष
फतवा, उपदेश र मार्गदर्शन
आदरणीय शैख: अब्दुल अजीज बिन अब्दुल्लाह इब्ने बाज रहिमहुल्लाह
दोस्रो पुस्तिका
रमजानको रोजा र कियामको सद्गुण तथा केही मानिसहरूलाई अस्पष्ट हुन सक्ने महत्त्वपूर्ण नियमहरूको व्याख्या
बिस्मिल्ला हिर्रहमा निर्रहीम अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु ।
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाजको तर्फबाट, यो पत्र हेर्ने सम्पूर्ण मुस्लिमहरूका लागि । अल्लाहले मलाई र उनीहरूलाई आस्थावानहरूको मार्गमा डोऱ्याउन् र मलाई र उनीहरूलाई सुन्नत र कुरआनको समझ प्रदान गरून्, आमीन!
तपाईंमाथि अल्लाहको शान्ति, दया र आशीर्वाद अवतरित होस्
यसपछि: यो रमजानको रोजा र कियाम (रातको प्रार्थना) र यसमा असल कामहरूमा प्रतिस्पर्धा गर्ने सद्गुण बारे छोटो र मिठो नसिहत तथा केही मानिसहरूलाई अस्पष्ट हुन सक्ने महत्त्वपूर्ण नियमहरूको व्याख्या हो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरूलाई रमजान महिनाको आगमनको शुभ समाचार दिनुहुन्थ्यो। यो त्यो महिना हो जसमा दया र स्वर्गका ढोकाहरू खोलिन्छन्, नर्कका ढोकाहरू बन्द गरिन्छन् र शैतानहरूलाई साङ्लाले बाँधिन्छन् भनेर उनीहरूलाई बताउनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्योः
«إِذَا كَانَتْ أَوَّلُ لَيْلَةٍ مِنْ رَمَضَانَ فُتِّحَتْ أَبْوَابُ الجَنَّةِ فَلَمْ يُغْلَقْ مِنْهَا بَابٌ، وَغُلِّقَتْ أَبْوَابُ جَهَنَّمَ فَلَمْ يُفْتَحْ مِنْهَا بَابٌ، وَصُفِّدَتِ الشَّيَاطِينُ، وَيُنَادِي مُنَادٍ: يَا بَاغِيَ الخَيْرِ أَقْبِلْ، وَيَا بَاغِيَ الشَّرِّ أَقْصِرْ، وَلِلَّهِ عُتَقَاءُ مِنَ النَّارِ، وَذَلِكَ كُلَّ لَيْلَةٍ».
«जब रमजानको पहिलो रात आउँछ, तब जन्नतका ढोकाहरू खोलिन्छन् र ती मध्ये कुनै पनि बन्द गरिँदैन र जहन्नमका ढोकाहरू बन्द गरिन्छन् र ती मध्ये कुनै पनि खोलिँदैन, अनि शैतानहरूलाई साङ्लोले बाँधिन्छ। एकजना आह्वानकर्ताले आह्वान गर्दछः 'हे भलाइ खोज्ने, अगाडि आऊ! हे दुष्ट खोज्ने, रोक!’ अल्लाहले धेरैलाई नर्कको आगोबाट मुक्त गर्नुहुन्छ र यो हरेक रात हुन्छ»।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ :
«جَاءَكُمْ شَهْرُ رَمَضَانَ شَهْرُ بَرَكَةٍ يَغْشَاكُمُ اللهُ فِيهِ: فَيُنْزِلُ الرَّحْمَةَ وَيَحُطُّ الخَطَايَا، وَيَسْتَجِيبُ الدُّعَاءَ، يَنْظُرُ اللهُ إِلَى تَنَافُسِكُمْ فِيهِ فَيُبَاهِي بِكُمْ مَلَائِكَتَهُ؛ فَأَرُوا اللهَ مِنْ أَنْفُسِكُمْ خَيْرًا؛ فَإِنَّ الشَّقِيَّ مَنْ حُرِمَ فِيهِ رَحْمَةَ اللهِ».
«तिमीहरूकहाँ रमजान महिनाको आगमन भएको छ, जुन बरकतको महिना हो। यसमा अल्लाहले तिमीहरूलाई दयाले ढाक्नुहुन्छ: उहाँले करुणा अवतरण गर्नुहुन्छ, पापहरू क्षमा गर्नुहुन्छ र दुआ (प्रार्थना) स्वीकार गर्नुहुन्छ। अल्लाहले यसमा तिमीहरूको प्रतिस्पर्धालाई हेर्नुहुन्छ र आफ्ना फरिश्ताहरूसमक्ष तिमीहरूप्रति गर्व गर्नुहुन्छ; त्यसैले, अल्लाहलाई आफ्नो तर्फबाट भलाइ देखाऊ; किनकि, दुर्भागी त्यो हो जो यस महिनामा अल्लाहको कृपाबाट वञ्चित हुन्छ»।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छः
«مَنْ صَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ، وَمَنْ قَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ، وَمَنْ قَامَ لَيْلَةَ القَدْرِ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».
"जसले ईमान र पुण्यको आशामा रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा हुनेछन्, जसले ईमान र पुण्यको आशामा रमजानमा कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा हुनेछन्, जसले ईमान र पुण्यको आशामा ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा कियाम (उपासना) गर्दछ, उसको विगतका पापहरू क्षमा हुनेछन्।"
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छः
«يَقُولُ اللهُ: كُلُّ عَمَلِ ابْنِ آدَمَ لَهُ الحَسَنَةُ بِعَشْرِ أَمْثَالِهَا إِلَى سَبْعِمِائَةِ ضِعْفٍ إِلَّا الصِّيَامَ فَإِنَّهُ لِي وَأَنَا أَجْزِي بِهِ؛ تَرَكَ شَهْوَتَهُ وَطَعَامَهُ وَشَرَابَهُ مِنْ أَجْلِي. لِلصَّائِمِ فَرْحَتَانِ: فَرْحَةٌ عِنْدَ فِطْرِهِ، وَفَرْحَةٌ عِنْدَ لِقَاءِ رَبِّهِ. وَلَخُلُوفُ فَمِ الصَّائِمِ أَطْيَبُ عِنْدَ اللهِ مِنْ رِيحِ المِسْكِ».
"अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म दश गुणादेखि सात सय गुणासम्म बढाइन्छ, उपवास बाहेक, किनकि यो मेरो लागि हो र म नै यसको प्रतिफल दिनेछु; उसले आफ्नो इच्छा, भोजन र पेय पदार्थ मेरो लागि त्याग्छ। रोजा राख्ने व्यक्तिको लागि दुईवटा खुशी छन्: एउटा खुशी इफ्तारको समयमा र अर्को खुशी जब उसले आफ्नो प्रभुलाई भेट्नेछ। रोजा राख्ने व्यक्तिको मुखको गन्ध कस्तुरीको सुगन्ध भन्दा बढी अल्लाहलाई मन पर्छ।"
रमजानको रोजा, कियामको सद्गुण र सामान्य रूपमा उपवासको सद्गुणको बारेमा धेरै हदीसहरू छन्।
तसर्थ, एक मोमिनले यो अवसरको सदुपयोग गर्नुपर्छ; जुन अल्लाहले प्रदान गर्नुभएको छ। उसले सत्कर्ममा अग्रसर हुनुपर्छ, पापहरूबाट बच्नुपर्छ, अल्लाहले अनिवार्य गर्नुभएका कार्यहरू गर्नुपर्छ, विशेष गरी पाँच नमाजहरू, किनभने नमाज इस्लामको स्तम्भ र शहादतैन (दुई गवाही) पछि सबैभन्दा महान् अनिवार्य हो। प्रत्येक मुस्लिम पुरुष र महिलाले तिनीहरूलाई सुरक्षित राख्नु र तिनीहरूलाई निर्धारित समयमा नम्रता र शान्तिका साथ अदा गर्नु अनिवार्य छ।
पुरुषहरूका लागि एउटा महत्त्वपूर्ण कर्तव्य भनेको मस्जिदमा जमातका साथ सलाह पढ्नु हो । यो अल्लाहको त्यो घर हो जसमा उहाँको नाम स्मरण गर्न र उच्च पार्न उहाँले अनुमति दिनुभएको छ, जस्तै उहाँले भन्नुभयो:
﴿وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱرۡكَعُواْ مَعَ ٱلرَّٰكِعِينَ 43﴾
"नमाज कायम गर, जकात देउ र रुकु गर्नेहरूसँग रुकु गर।" (४३) [अल्-बकरह : ४३] अल्लाहले भन्नुभएको छ:
﴿حَٰفِظُواْ عَلَى ٱلصَّلَوَٰتِ وَٱلصَّلَوٰةِ ٱلۡوُسۡطَىٰ وَقُومُواْ لِلَّهِ قَٰنِتِينَ 238﴾
"सबै नमाजहरूको हिफाजत गर, विशेष गरी बीचको नमाजको पालन गर र अल्लाहको अगाडि आदरका साथ उभिने गर।" (२३८) [अल् बकरह: २३८] अल्लाहले भन्नुभयो:
﴿قَدۡ أَفۡلَحَ ٱلۡمُؤۡمِنُونَ 1 ٱلَّذِينَ هُمۡ فِي صَلَاتِهِمۡ خَٰشِعُونَ 2﴾
{आस्थावानहरू अवश्य सफल भएका छन्। (१)
जो आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।} (२) [अल् मूमिनूनः १-२] .... लिएर यहाँसम्म भन्नुभयो:
﴿وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَوَٰتِهِمۡ يُحَافِظُونَ 9 أُوْلَٰٓئِكَ هُمُ ٱلۡوَٰرِثُونَ 10 ٱلَّذِينَ يَرِثُونَ ٱلۡفِرۡدَوۡسَ هُمۡ فِيهَا خَٰلِدُونَ 11﴾
{जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् । तिनीहरू नै उत्तराधिकारी हुन् । तिनीहरू फिर्दौसको उत्तराधिकारी हुनेछन्; जसमा सदा रहनेछन्। ११} [अल् मूमिनूनः ९-११] नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:
«العَهْدُ الَّذِي بَيْنَنَا وَبَيْنَهُمُ الصَّلَاةُ فَمَنْ تَرَكَهَا فَقَدْ كَفَرَ».
"हामी र तिनीहरू बीचको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सलाह पछि जकात अदा गर्नु सबैभन्दा महत्त्वपूर्ण अनिवार्य हो, अल्लाहले भन्नुभएको छ:
﴿وَمَآ أُمِرُوٓاْ إِلَّا لِيَعۡبُدُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ حُنَفَآءَ وَيُقِيمُواْ ٱلصَّلَوٰةَ وَيُؤۡتُواْ ٱلزَّكَوٰةَۚ وَذَٰلِكَ دِينُ ٱلۡقَيِّمَةِ 5﴾
"तिनीहरूले केवल अल्लाहको उपासना गरुन् र उहाँप्रति निष्ठावान भएर एकाग्रताका साथ उहाँको लागि धर्मलाई शुद्ध राखुन । नमाज पढुन् र जकात देउन् भनेर आदेश दिइएको थियो र यही नै ठोस साँचो धर्म हो । ५} [अल्-बय्यिना: ५] अल्लाहले भन्नुभएको छ:
﴿وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَطِيعُواْ ٱلرَّسُولَ لَعَلَّكُمۡ تُرۡحَمُونَ 56﴾
{नमाज कायम गर, जकात देऊ र रसूलको आज्ञा पालन गर ताकि तिमीहरूमाथि दया अवतरित होस्।} (५६) [सुरह नूर: ५६]
जसले आफ्नो सम्पत्तिको जकात तिर्दैन उसलाई कियामतको दिन जकातद्वारा सजाय दिइनेछ भन्ने कुरालाई अल्लाहको पवित्र ग्रन्थ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतले प्रमाणित गरेको छ।
नमाज र जकात पछि सबैभन्दा महत्त्वपूर्ण कार्य रमजानको रोजा हो; जुन इस्लामका पाँच स्तम्भहरू मध्ये एक हो र पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइमा उल्लेख गरिएको छ:
«بُنِيَ الإِسْلَامُ عَلَى خَمْسٍ: شَهَادَةِ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، وَإِقَامِ الصَّلَاةِ، وَإِيتَاءِ الزَّكَاةِ، وَصَوْمِ رَمَضَانَ، وَحَجِّ البَيْتِ».
“इस्लाम पाँच स्तम्भहरूमा आधारित छ: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह (नमाज) कायम गर्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु, र पवित्र घरको हज गर्नु ।”
एक मुस्लिमले आफ्नो रोजा र कियामलाई अल्लाहले निषेध गर्नुभएको कुराहरूबाट जोगाउनु पर्छ; चाहे त्यो
वचन होस्र वा कर्म, किनकि रोजाको उद्देश्य अल्लाहको आज्ञा पालन गर्नु, उहाँले हराम गर्नुभएको सीमाहरूको सम्मान गर्नु, आफ्नो प्रभुको आज्ञाकारिता गर्न आफु विरुद्ध संघर्ष गर्नु र अल्लाहले निषेध गर्नुभएको कुराहरूबाट टाढा रहेर धैर्य गर्न आफूलाई अभ्यस्त बनाउनु हो। यसको उद्देश्य केवल खानपान र रोजा तोड्ने अन्य सबै कुराहरू त्याग्नु होइन; रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«الصِّيَامُ جُنَّةٌ، فَإِذَا كَانَ يَوْمُ صَوْمِ أَحَدِكُمْ فَلَا يَرْفُثْ وَلَا يَصْخَبْ، فَإِنْ سَابَّهُ أَحَدٌ أَوْ قَاتَلَهُ فَلْيَقُلْ: إِنِّي صَائِمٌ».
"उपवास एउटा ढाल हो, त्यसैले जब तिमीहरू मध्ये कोही उपवासमा हुन्छ, उसले अश्लील कुरा नगरोस् वा हल्ला नगरोस्, यदि कसैले उसलाई गाली गर्छ वा वा ऊसँग झगडा गर्छ भने, उसले भनोस्: “म उपवासमा छु”» उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
«مَنْ لَمْ يَدَعْ قَوْلَ الزُّورِ وَالعَمَلَ بِهِ وَالجَهْلَ فَلَيْسَ لِلَّهِ حَاجَةٌ فِي أَنْ يَدَعَ طَعَامَهُ وَشَرَابَهُ».
"जसले झूटो बोल्न, सोही अनुसार कर्म गर्न र अज्ञानतालाई त्याग्दैन, अल्लाहलाई उसको खाना र पानी त्याग्नुको कुनै आवश्यकता छैन ।" यी र अन्य प्रमाणहरूबाट के थाहा हुन्छ भने रोजेदारले अल्लाहले निषेध (हराम) गर्नुभएको सबै कुराबाट सतर्क हुनुपर्छ र उहाँले वाजिब गर्नुभएको सबै कुराहरूको पालना गर्नुपर्छ। यसो गरेर, उसले क्षमा, नर्कको आगोबाट मुक्ति र आफ्नो उपवास र प्रार्थनाको स्वीकार हुने आशा गर्न सक्छ।
केही यस्ता कुराहरू छन् जुन केही मानिसहरूलाई थाहा नहुन सक्छः
ती मध्ये: एक मुस्लिमले आस्था र पुण्यको आशामा रोजा राख्नु अनिवार्य हो, कपटको लागि, प्रतिष्ठाको लागि वा मानिसहरूको नक्कल गर्न वा आफ्नो परिवार वा आफ्नो देशका मानिसहरूलाई पछ्याउन होइन। बरु, अल्लाहले अनिवार्य गर्नुभएको हुनाले उसको लागि आस्था र पुण्यको आशामा उपवास राख्नु अनिवार्य हो । त्यस्तै गरी, रमजानको रातको कियाम पनि आस्था र पुण्यको आशामा गर्नुपर्छ, कुनै अन्य कारणले होइन। त्यसैले (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«مَنْ صَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ، وَمَنْ قَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ، وَمَنْ قَامَ لَيْلَةَ القَدْرِ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».
"जसले ईमान र पुण्यको आशामा रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा हुनेछन्, जसले ईमान र पुण्यको आशामा रमजानमा कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा हुनेछन्, जसले ईमान र पुण्यको आशामा ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा कियाम (उपासना) गर्दछ, उसको विगतका पापहरू क्षमा हुनेछन्।"।
ती कुराहरू जसको नियमबारे केही मानिसहरू अनभिज्ञ हुन सक्छन्: जस्तै रोजा बसेको व्यक्तिलाई घाउ लाग्नु, नकसीर फुट्नु, उल्टी हुनु वा आफ्नो इच्छा विपरीत घाँटीमा पानी वा पेट्रोल पर्नु। यी सबै कुराहरूले रोजालाई भङ्ग गर्दैनन्, तर जसले जानीजानी उल्टी गर्छ उसको रोजा भङ्ग हुन्छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
«مَنْ ذَرَعَهُ القَيْءُ فَلَا قَضَاءَ عَلَيْهِ، وَمَنِ اسْتَقَاءَ فَعَلَيْهِ القَضَاءُ».
"जसलाई आफै वान्ता हुन्छ, उसले कजा गर्नु पर्दैन र जसले (जानीजानी) वान्ता गर्छ, उसले कजा गर्नुपर्छ ।"
त्यसैगरी : व्रत बसेको व्यक्तिले जनाबतको स्नानलाई फज्र उदाएपछि सम्म ढिलाइ गर्नु र केही महिलाहरूले फज्रको समयअघि नै महिनावारी वा निफासबाट शुद्ध भएको देखेमा त्यसको स्नानलाई फज्र उदाएपछि सम्म ढिलाइ गर्नु। यस्तो महिलालाई व्रत बस्नु अनिवार्य हुन्छ र उनले फज्रको समयपछि स्नान गर्दा कुनै आपत्ति छैन। तर, उनले स्नानलाई सूर्य उदाउन्जेलसम्म ढिलाइ गर्नु हुँदैन, बरु उनले सूर्य उदाउनु अघि नै स्नान गरेर फजरको नमाज पढ्नुपर्छ। त्यसैगरी, जनाबतको अवस्थामा रहेको व्यक्तिले सूर्य उदाए पछि सम्म गुसल गर्न ढिलाइ गर्नु हुँदैन, बरु उसले सूर्य उदाउनु अघि नै गुसल गरेर फजरको नमाज पढ्नु पर्छ। पुरुषले जमातका साथ फजरको नमाज पढ्न छिटो स्नान गर्नु आवश्यक छ।
व्रतलाई रद्द नगर्ने कुराहरूमध्ये : रगत परीक्षण गर्नु र पोषणको उद्देश्य नभएको सुई लगाउनु समावेश छन्, तर
सम्भव छ भने रातसम्म ढिलाइ गर्नु राम्रो र सुरक्षित हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«دَعْ مَا يَرِيبُكَ إِلَى مَا لَا يَرِيبُكَ».
"जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाईः
«مَنِ اتَّقَى الشُّبُهَاتِ فَقَدِ اسْتَبْرَأَ لِدِينِهِ وَعِرْضِهِ».
"जसले शंकास्पद कुराहरूबाट बच्यो उसले आफ्नो धर्म र इज्जतको रक्षा गर्यो।"
केही मानिसहरूलाई थाहा नभएको नियमहरूमध्ये : नमाजमा शान्त र स्थिर नहुनु हो, चाहे त्यो फर्ज नमाज होस् वा नफ्ल । रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले सही हदीसहरूमा स्पष्ट पार्नुभएको छ, नमाजमा शान्त र स्थिर हुनु नमाजको एक रुक्न (स्तम्भ) हो, जस बिना नमाज मान्य हुँदैन । यसको अर्थ हो नमाजमा स्थिरता, नम्रता र प्रत्येक कशेरुका आफ्नो ठाउँमा नफर्केसम्म हतार नगर्नु हो। धेरै मानिसहरू रमजानमा तरावीहको नमाज नबुझेर वा सहज महसुस नगरी पढ्छन्, बरु कुखुराले चारो टिपे झैं हतार गर्छन्। यसरी पढिएको नमाज अमान्य हो र यस्तो नमाज पढ्ने व्यक्ति पुण्यको सट्टा पापको भागिदार हुन्छ ।
केही मानिसहरूलाई थाहा नभएको नियमहरूमध्ये : कतिपय मानिसहरूले तरावीहको नमाज बीस रकात भन्दा कम हुनु हुँदैन भने कतिपयले एघार वा तेह्र रकातभन्दा बढी हुनु हुँदैन भन्ने सोच्छन्। यी सबै प्रमाण विपरीत गलत धारणाहरू हुन्।
रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्राप्त हदीसहरूले रातको नमाजमा लचिलोपन रहेको प्रमाणित गर्दछ, त्यसैले नाघ्न नसकिने कुनै निश्चित सीमा तोकिएको छैन। बरु, उहाँले रातमा एघार रकात र कहिलेकाहीं तेह्र रकात नमाज पढ्नुहुन्थ्यो र कहिलेकाहीं रमजानमा र अन्य समयमा त्यो भन्दा कम नमाज पढ्नुहुन्थ्यो। जब उहाँलाई रातको नमाजको बारेमा सोधियो, उहाँले भन्नुभयो:
«مَثْنَى مَثْنَى، فَإِذَا خَشِيَ أَحَدُكُمُ الصُّبْحَ صَلَّى رَكْعَةً وَاحِدَةً تُوتِرُ لَهُ مَا قَدْ صَلَّى».
"रातको नमाज दुई दुई रकात हो र यदि तिमीहरूमध्ये कसैलाई बिहान हुने डर छ भने, उसले एक रकअत पढोस् जसले उसले अघि पढेको नमाजलाई वित्र (बिजोड) बनाइदिन्छ।"। (बुखारी र मुस्लिम)
उहाँले रमजानमा वा अन्य समयमा विशेष रकातहरू तोक्नुभएन। यसैले उमर रजिअल्लाहु अन्हुको समयमा सहाबाहरूले कहिले तेईस र कहिले एघार रकात नमाज पढ्थे। यो सबै उमर रजिअल्लाहु अन्हु र उहाँको समयका सहाबाहरूबाट प्रमाणित छ।
केही सलफ (पूर्वज) हरू रमजानमा छत्तीस रकात नमाज पढ्थे र तीन रकात वित्र पढ्थे। केहीले एकचालीस रकात पढ्थे। यो कुरा उनीहरूको बारेमा शैखुल इस्लाम इब्न तैमिया र अन्य विद्वानहरूले उल्लेख गर्नुभएको छ। साथै उहाँ (रहिमहुल्लाह) ले यस विषयमा सहजता छ भनेर उल्लेख गर्नुभएको छ अनि भन्नुभएको छ : जसले तिलावत, रुकू र सज्दा लामो गर्छ, उसको लागि संख्या घटाउनु राम्रो हो र जसले तिलावत, रुकू र सज्दा छोटो गर्छ, उसको लागि संख्या बढाउनु राम्रो हो। यो उहाँ (रहिमहुल्लाह) को भनाइको आशय हो।
जसले उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतलाई मनन गर्छ, उसले थाहा पाउनेछ रमजान र अन्य समयमा एघार वा तेह्र रकात नमाज पढ्नु नै सबैभन्दा उत्कृष्ट हो; किनभने धेरैजसो अवस्थामा यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुरूप हो। उपासकहरूका लागि बढी सहज र यसमा नम्रता (खुशू) र शान्ति (सुकुन) छ। जसले यसभन्दा बढी पढ्छ, त्यसमा कुनै हानि वा आपत्ति छैन, जुन अघि उल्लेख भैसकेको छ।
इमामसँग रमजानको कियाम गर्ने व्यक्तिको लागि इमामसँग पुरा नमाज पढ्नु उत्तम हुन्छ; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«إِنَّ الرَّجُلَ إِذَا قَامَ مَعَ الإِمَامِ حَتَّى يَنْصَرِفَ كَتَبَ اللَّهُ لَهُ قِيَامَ لَيْلَةٍ».
"यदि कुनै मानिस इमामसँग पुरा नमाज नपढुन्जेल
उभिन्छ भने, अल्लाहले उसको लागि रातभरि नमाज पढेको इनाम लेख्नुहुनेछ।"
यस पवित्र महिनामा सबै मुस्लिमहरूले उपासनाका विभिन्न प्रकारहरूमा लगनशीलता देखाउनु पर्दछ, जस्तैः नफली नमाज पढ्ने, चिन्तन-मनन र समझदारीका साथ पवित्र कुर्आनको पाठन गर्ने, प्रशस्त मात्रामा तस्बीह, तहलील, तहमीद, तकबीर र इस्तिगफार गर्ने, वैध प्रार्थनाहरू गर्ने, सत्कर्मको आदेश दिने र दुष्कर्मबाट रोक्ने, अल्लाहको मार्गमा आउन आह्वान गर्ने, गरिब तथा विपन्नहरूलाई सान्त्वना दिने र सहयोग गर्ने, आमाबाबुको सेवा र नाता सम्बन्ध कायम राख्नमा लगनशील रहने, छिमेकीको आदर-सत्कार गर्ने, बिरामीलाई भेट्ने र यस्तै अन्य असल कामहरू गर्ने; जस्तो कि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले अघिल्लो हदीसमा भन्नुभएको छ:
«يَنْظُرُ اللهُ إِلَى تَنَافُسِكُمْ فِيهِ، فَيُبَاهِي بِكُمْ مَلَائِكَتَهُ؛ فَأَرُوا اللهَ مِنْ أَنْفُسِكُمْ خَيْرًا، فَإِنَّ الشَّقِيَّ مَنْ حُرِمَ فِيهِ رَحْمَةَ اللهِ».
"अल्लाहले यसमा तिमीहरूको प्रतिस्पर्धालाई हेर्नुहुन्छ र आफ्ना स्वर्गदूतहरूसामु तिमीहरूको बारेमा गर्व गर्नुहुन्छ; त्यसैले अल्लाहलाई आफ्ना भलाइका कार्यहरू देखाऊ, किनकि अभागी त्यो हो जो यसमा अल्लाहको कृपाबाट वञ्चित रहन्छ"।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
«مَنْ تَقَرَّبَ فِيهِ بِخَصْلَةٍ مِنْ خِصَالِ الخَيْرِ كَانَ كَمَنْ أَدَّى فَرِيضَةً فِيمَا سِوَاهُ، وَمَنْ أَدَّى فِيهِ فَرِيضَةً كَانَ كَمَنْ أَدَّى سَبْعِينَ فَرِيضَةً فِيمَا سِوَاهُ».
"जसले यसमा कुनै एक सत्कर्म गर्दछ, त्यो अन्य समयमा एउटा फर्ज अदा गरे जस्तै हो र जसले यसमा एउटा फर्ज अदा गर्दछ, त्यो अन्य समयमा सत्तरवटा फर्ज अदा गरे जस्तै हो"।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहीह हदीसमामा भन्नुभएको छ :
«عُمْرَةٌ فِي رَمَضَانَ تَعْدِلُ حَجَّةً، أَوْ قَالَ: حَجَّةً مَعِي».
"रमजानमा उमराह गर्नु हज बराबर हो वा उहाँले भन्नुभयो: मसँग हज गर्नु हो।"
यस पवित्र महिनामा विभिन्न असल कामहरूमा प्रतिस्पर्धा र एकअर्काभन्दा अघि बढ्ने प्रयासको वैधतालाई दर्शाउने प्रशस्त हदीसहरू छन्।
हामी अल्लाहसँग प्रार्थना गर्छौं, हामी र सबै मुस्लिमहरूलाई उहाँलाई खुशी पार्ने सबै कुरामा सफलता प्रदान गरून्, हाम्रा उपवास र प्रार्थनाहरू स्वीकार गरून्, हाम्रो अवस्थालाई सुधार गरून् र हामी सबैलाई भ्रामक परीक्षाहरूबाट बचाऊन्। त्यसैगरी मुस्लिम शासकहरूहरूलाई मार्गदर्शन गरून् र तिनीहरूलाई सत्यमा एकताबद्ध गरून्। उहाँ यसको संरक्षक हुनुहुन्छ र यसको लागि सक्षम हुनुहुन्छ।
तपाईंमाथि अल्लाहको शान्ति, दया र आशीर्वाद अवतरित होस् ।
***
विषयसूची
पहिलो पुस्तिका 2
जकातसँग सम्बन्धित महत्वपूर्ण कुराहरू 2
दोस्रो पुस्तिका 14
रमजानको रोजा र कियामको सद्गुण तथा केही मानिसहरूलाई अस्पष्ट हुन सक्ने महत्त्वपूर्ण नियमहरूको व्याख्या 14
***
ne418v2.0 - 23/06/2026
यसलाई इमाम मुस्लिमले हदीस नं. (९९३) मा वर्णन गरेका छन् ।
मुस्लिम: ९८७ ।
यसलाई इमाम बुखारीले हदीस नम्बर (१३३८) मा नक्कल गर्नु भएको छ।
मुस्लिम: ९८७ ।
यसलाई अबू दाऊदले (१५६३) नम्बरमा र नसाईले (२२७०) नम्बरमा हसन सनदका साथ वर्णन गरेका छन् ।
यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (१५६४) मा वर्णन गरेका छन् ।
यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (१५६२) मा वर्णन गरेका छन् ।
यो हदीसलाई इमाम बुखारीले (१३९५) नम्बर र इमाम मुस्लिमले (१९) नम्बरमा वर्णन गरेका छन् ।
यो हदीसलाई इमाम बुखारीले (८) नम्बर र इमाम मुस्लिमले (१६) नम्बरमा वर्णन गरेका छन् ।