PHPWord

 

 

التَّحْقِيقُ وَالإِيضَاحُ لِكَثِيرٍ مِنْ مَسَائِلِ

الحَجِّ وَالعُمْرَةِ وَالزِّيَارَةِ عَلَى ضَوءِ الكِتَابِ وَالسُّنَّة

 

 

कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या

 

لِسَمَاحَةِ الشَّيْخِ العَلَّامَةِ

عَبْدِ العَزِيزِ بْنِ عَبْدِ اللهِ بْنِ بَازٍ

رَحِمَهُ اللهُ

 

लेखक: सम्मानीय शैख

अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज

 

 


بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ

कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या

लेखककाे भूमिका

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु।

समस्त प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण संसारका पालनकर्ता हुनुहुन्छ। असल परिणाम धर्मीहरूका लागि हुन्। उहाँको भक्त र रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँको परिवार र उहाँका सबै साथीहरूमाथि दरूद (कृपा) एवं सलाम (शान्ति) अवतरित होस्।

तत्पश्चातः

[आले इमरान: १८७]

﴿وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ 55﴾

अर्थ: “उपदेश दिनुहोस्, किनकि उपदेशले आस्थावानहरूलाई फाइदा पुर्‍याउँछ।” [अज्जारियात: ५५] अल्लाहले भन्नुभएको छ:

﴿وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ لَتُبَيِّنُنَّهُ لِلنَّاسِ وَلَا تَكْتُمُونَهُ...﴾

अर्थ: "जब अल्लाहले ती मानिसहरूसँग दृढ वाचा लिनुभयो जसलाई किताब (धर्मग्रन्थ) दिइएको थियो, तिमीहरूले यसलाई मानिसहरूलाई स्पष्ट रूपमा बताउनु पर्छ र लुकाउनु हुँदैन..।" [आले इमरान: १८७] उहाँले भन्नुभएको छ:

﴿...وَتَعَاوَنُوا عَلَى الْبِرِّ وَالتَّقْوَى...﴾

अर्थ: “...पुण्य र संयम (तक्वा) का कार्यहरूमा सहयोग गर...।” [अल् माइदाः २]

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सही हदीसमा भन्नुभएको छ:

«الدِّينُ النَّصِيحَةُ، ثَلَاثًا، قِيلَ: لِمَنْ يَا رَسُولَ اللَّهِ؟ قَالَ: لِلَّهِ وَلِكِتَابِهِ وَلِرَسُولِهِ وَلِأَئِمَّةِ المُسْلِمِينَ وَعَامَّتِهِمْ».

अर्थ “धर्म भनेको उपदेश हो, उहाँले यो कुरा तीन पटक दोहोर्याएर भन्नुभयो, तब सोधियो, कसको लागि, हे अल्लाहका रसूल? उहाँले उत्तर दिनुभयो, अल्लाहको लागि, उहाँको किताबको लागि, उहाँको रसूलको लागि, मुस्लिम शासकहरू र आम जनताको लागि।”1

इमाम तबरानीले हुजैफा (रजियल्लाहु अन्हु) बाट वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ لَمْ يَهْتَمَّ بِأَمْرِ المُسْلِمِينَ فَلَيْسَ مِنْهُمْ، وَمَنْ لَمْ يُصْبِحْ وَيُمْسِ نَاصِحًا لِلَّهِ وَلِرَسُولِهِ وَلِكِتَابِهِ وَلِإِمَامِهِ وَلِعَامَّةِ المُسْلِمِينَ فَلَيْسَ مِنْهُمْ».

अर्थ: "जसले मुस्लिमहरूको मामिलाको वास्ता गर्दैन, त्यो तिनीहरूमध्येको होइन र जसले बिहान र साँझ अल्लाह, उहाँको रसूल, उहाँको पुस्तक, आफ्ना इमाम (शासक) र आम मुस्लिमलाई उपदेश दिँदै बिताउँदैन, ऊ पनि तिनीहरूमध्येको होइन।"2

हे अल्लाह! म तपाईंसँग प्रार्थना गर्दछु, यस पुस्तिकाद्वारा मलाई र मुस्लिमहरूलाई फाइदा पुर्याउनुहोस्, यो प्रयासलाई आफ्नो लागि विशुद्ध र जन्नतमा प्रवेश गर्ने माध्यम बनाउनुहोस्। वास्तवमा, उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ र स्वीकार गर्नुहुन्छ। उहाँ हाम्रो लागि पर्याप्त र उत्कृष्ट संरक्षक हुनुहुन्छ।

अध्याय

हज र उमरह अनिवार्य हो र यसलाई तुरुन्तै गर्नुपर्ने प्रमाणहरू

यो कुरा थाहा पाइसकेपछि, जान्नुहोस् (अल्लाहले मलाई र तपाईंलाई सत्य जान्न र त्यसको पालना गर्न शक्ति प्रदान गरून्), अल्लाहले आफ्ना भक्तहरूमाथि आफ्नो पवित्र घरको हज अनिवार्य गर्नुभएको छ र यसलाई इस्लामको एक महत्वपूर्ण स्तम्भ घोषित गर्नुभएको छ। अल्लाहले भन्नुभएको छ:

﴿...وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِينَ﴾

अर्थ: "..त्यो घरसम्म यात्रा गर्न सक्षम मानिसहरूले अल्लाहको लागि हज गर्नु पर्छ। तर जसले इन्कार गर्छ, निस्सन्देह अल्लाह संसारबाट निरपेक्ष हुनुहुन्छ।" [आले इमरान: ९७]

बुखारी र मुस्लिमको हदीसमा छ, अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«بُنِيَ الإِسْلَامُ عَلَى خَمْسٍ: شَهَادَةِ أَنْ لَا إِلَهَ إِلَّا اللَّهُ، وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ، وَإِقَامِ الصَّلَاةِ، وَإِيتَاءِ الزَّكَاةِ، وَصَوْمِ رَمَضَانَ، وَحَجِّ بَيْتِ اللَّهِ الحَرَامِ».

अर्थ: “इस्लाम पाँच स्तम्भहरूमा आधारित छ: अल्लाह बाहेक कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल (सन्देशवाहक) हुन् भन्ने गवाही दिनु, सलाह (नमाज) कायम गर्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र अल्लाहको घरको हज गर्नु।”3

सईदले आफ्नो 'सुनन' मा उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) बाट वर्णन गरेका छन्, उनले भने : "मैले यी शहरहरूमा मानिसहरू पठाउने निर्णय गरेको छु, जसले सामर्थ्य हुँदाहुँदै हज नगर्ने व्यक्तिहरूको खोजी गरून् अनि तिनीहरूमाथि जिजया लगाउन्। तिनीहरू मुस्लिम होइनन्, तिनीहरू मुस्लिम होइनन्।"45

अली (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ, उनले भने : "जो हज गर्न सक्षम छ र त्यसो गर्दैन भने ऊ चाहे यहूदी वा इसाई भएर मरोस्, कुनै फरक पर्दैन।"6

सामर्थ्य हुँदाहुँदै अहिलेसम्म हज नगरेकाहरूले तुरुन्तै हज गर्नुपर्छ; किनकि इब्ने अब्बास (रजियल्लाहु अन्हु) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«تَعَجَّلُوا إِلَى الحَجِّ - يَعْنِي الفَرِيضَةَ - فَإِنَّ أَحَدَكُمْ لَا يَدْرِي مَا يَعْرِضُ لَهُ».

अर्थ: "फर्ज हज गर्न हतार गर, किनकि तिमीहरूमध्ये कसैलाई पनि थाहा छैन कि उसलाई के हुन सक्छ।"7

किनभने, मक्कासम्मको यात्रा गर्न सक्षम व्यक्तिले तत्काल हज गर्नु अनिवार्य हो; अल्लाहले भन्नुभएको छ:

﴿...وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِينَ﴾

अर्थ: "..त्यो घरसम्म यात्रा गर्न सक्षम मानिसहरूले अल्लाहको लागि हज गर्नु पर्छ। तर जसले इन्कार गर्छ, निस्सन्देह अल्लाह संसारबाट निरपेक्ष हुनुहुन्छ।" [आले इमरान: ९७] नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो प्रवचनमा भन्नुभएको छ:

«أَيُّهَا النَّاسُ، إِنَّ اللَّهَ فَرَضَ عَلَيْكُمُ الحَجَّ فَحُجُّوا».

अर्थ: “हे मानिसहरू! अल्लाहले तिमीहरूमाथि हज अनिवार्य गरेका छन्, तसर्थ हज गर।”8

उमरहको अनिवार्यतालाई पुष्टि गर्ने हदीसहरू छन्, तीमध्ये:

जब ‘जिब्रील’ले इस्लामको बारेमा सोध्नुभयो, तब जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«الإِسْلَامُ أَنْ تَشْهَدَ أَنْ لَا إِلَهَ إِلَّا اللَّهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ، وَتُقِيمَ الصَّلَاةَ، وَتُؤْتِيَ الزَّكَاةَ، وَتَحُجَّ البَيْتَ وَتَعْتَمِرَ، وَتَغْتَسِلَ مِنَ الجَنَابَةِ، وَتُتِمَّ الوُضُوءَ، وَتَصُومَ رَمَضَانَ» [9]

अर्थ: "इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, नमाज पढ्नु, जकात दिनु, हज र उमरह गर्नु, जनाबत (ठूलो अशुद्धता) पछि गुस्ल गर्नु, पूर्ण रूपमा वुजु गर्नु र रमजानको रोजा राख्नु हो।"9 यस हदीसलाई इब्ने खुजैमा र दारकुत्नीले उमर इब्न अल-खत्ताब (रजियल्लाहु अन्हु) बाट वर्णन गरेका छन्। इमाम दारकुत्नीले भनेका छन्: ‘यसको सनद ठीक र सही हो।

ती मध्ये आइशा (रजियल्लाहु अन्हा) को हदीस पनि हो, जसमा उनले भनेकी छिन् :

«يَا رَسُولَ اللَّهِ، هَلْ عَلَى النِّسَاءِ مِنْ جِهَادٍ؟ قَالَ: عَلَيْهِنَّ جِهَادٌ لَا قِتَالَ فِيهِ: الحَجُّ وَالعُمْرَةُ».

अर्थ: “हे अल्लाहका रसूल, के महिलाहरूको लागि कुनै जिहाद छ?” उहाँले भन्नुभयो: “उनीहरूको लागि एउटा जिहाद छ जसमा कुनै लडाईं छैन: हज र उमरह।”10 यस हदीसलाई अहमद र इब्ने माजाले सही सनदका साथ वर्णन गरेका छन्।

हज र उमरह जीवनमा केवल एक पटक अनिवार्य हुन्छ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सही हदीसमा भन्नुभएको छ:

«الحَجُّ مَرَّةٌ، فَمَنْ زَادَ فَهُوَ تَطَوُّعٌ».

अर्थ: “हज एक पटक मात्र गरिन्छ र जसले बढी गर्छ, त्यो नफिल (स्वेच्छिक कार्य) हो।”11

हज र उमरह धेरै पटक स्वेच्छाले गर्नु सुन्नत हो। किनकि ‘सहीहैन’ (बुखारी र मुस्लिम) मा अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«العُمْرَةُ إِلَى العُمْرَةِ كَفَّارَةٌ لِمَا بَيْنَهُمَا، وَالحَجُّ المَبْرُورُ لَيْسَ لَهُ جَزَاءٌ إِلَّا الجَنَّةُ».

अर्थ: “एकपछि अर्को उमरह गर्दा बीचमा भएको पापको प्रायश्चित्त हो र हज मबरूर (स्वीकृत हज) को प्रतिफल जन्नत हो ।”12

अध्याय

पापहरूबाट तौबा (पश्चात्ताप) गर्नु र अन्यायलाई त्याग्नु अनिवार्य हो

यदि कुनै मुस्लिमले हज वा उमरहको लागि यात्रा गर्ने निर्णय गर्छ भने, उसले आफ्नो परिवार र साथीभाइलाई अल्लाहको डर मान्न; उहाँले आज्ञा गर्नुभएको कुरा गर्न र उहाँले निषेध गर्नुभएको कुराबाट बच्न उपदेश दिनु मुस्तहब हो।

उसले अरुलाई दिएको वा अरुबाट लिएको ऋण

लेख्नु र त्यसको साक्षी राख्नुपर्छ। उसले सबै पापहरूबाट इमानदारीपूर्वक पश्चात्ताप गर्न पनि हतार गर्नुपर्छ, किनकि अल्लाहले भन्नुभएको छ:

﴿...وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَ الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ﴾

अर्थ: "हे मोमिनहरू हो! तिमीहरू सबैले अल्लाहसमक्ष पश्चात्ताप गर, ताकि तिमीहरू सफल हुन सक।" [अन्नूरः ३१]

पश्चात्तापको वास्तविकता : पापहरूलाई पूर्ण रूपमा त्याग्नु, विगतमा भएका गल्तीहरूमा पछुताउनु र पुनः नगर्ने संकल्प गर्नु हो। यदि उसले कुनै व्यक्तिको ज्यान, सम्पत्ति वा इज्जतमा अन्याय गरेको छ भने, उसले प्रस्थान गर्नु अघि त्यो फिर्ता गर्नुपर्छ वा पीडितसंग क्षमा माग्नुपर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ كَانَتْ عِنْدَهُ مَظْلَمَةٌ لِأَخِيهِ مِنْ مَالٍ أَوْ عِرْضٍ فَلْيَتَحَلَّلِ اليَوْمَ قَبْلَ أَنْ لَا يَكُونَ دِينَارٌ وَلَا دِرْهَمٌ، إِنْ كَانَ لَهُ عَمَلٌ صَالِحٌ أُخِذَ مِنْهُ بِقَدْرِ مَظْلَمَتِهِ، وَإِنْ لَمْ تَكُنْ لَهُ حَسَنَاتٌ أُخِذَ مِنْ سَيِّئَاتِ صَاحِبِهِ فَحُمِلَ عَلَيْهِ».

अर्थ: "जसले आफ्नो भाइको धनसम्पत्ति वा इज्जतसंग खेलवाड गरेको छ, उसले आज नै माफी मागोस्, त्यो दिन आउनु अघि जब दिनार वा दिरहम हुने छैन। यदि उसका केही राम्रा कामहरू छन् भने, उसले गरेको अन्यायको अनुपातमा ती कामहरू उसबाट खोसिनेछन् र यदि उसंग कुनै राम्रो काम छैन भने, पीडितका पापहरू लिएर उसमाथि थोपरिनेछ।"13

उसले आफ्नो हज र उमरहको लागि पवित्र तथा हलाल रुपैया रोज्नुपर्छ; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«إِنَّ اللَّهَ تَعَالَى طَيِّبٌ لَا يَقْبَلُ إِلَّا طَيِّبًا».

अर्थ: "निःसन्देह अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ।"14

इमाम तबरानीले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«إِذَا خَرَجَ الرَّجُلُ حَاجًّا بِنَفَقَةٍ طَيِّبَةٍ وَوَضَعَ رِجْلَهُ فِي الغَرْزِ فَنَادَى: لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ، نَادَاهُ مُنَادٍ مِنَ السَّمَاءِ: لَبَّيْكَ وَسَعْدَيْكَ، زَادُكَ حَلَالٌ، وَرَاحِلَتُكَ حَلَالٌ، وَحَجُّكَ مَبْرُورٌ غَيْرُ مَأْزُورٍ، وَإِذَا خَرَجَ الرَّجُلُ بِالنَّفَقَةِ الخَبِيثَةِ فَوَضَعَ رِجْلَهُ فِي الغَرْزِ فَنَادَى: لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ، نَادَاهُ مُنَادٍ مِنَ السَّمَاءِ: لَا لَبَّيْكَ وَلَا سَعْدَيْكَ، زَادُكَ حَرَامٌ، وَنَفَقَتُكَ حَرَامٌ، وَحَجُّكَ غَيْرُ مَبْرُورٍ».

अर्थ: “यदि कुनै मानिस शुद्ध (हलाल) पैसा लिएर हज गर्न निस्कन्छ र आफ्नो खुट्टा सवारीमा राख्दै ‘लब्बैक अल्लाहुम्म लब्बैक’ (हे अल्लाह, म हाजिर छु) भनी पुकार्छ, तब आकाशबाट एक उद्घोषकले उसलाई सम्बोधन गर्दै भन्छ: ‘लब्बैक व सअदैक’ (तिम्रो पुकार स्वीकार्य छ र तिमीलाई सौभाग्य प्राप्त होस्); तिम्रो खाना र सवारी वैध छ अनि तिम्रो हज स्वीकार्य हो; पाप होइन। तर, जब कुनै व्यक्ति अवैध (हराम) कमाइ लिएर निस्कन्छ र आफ्नो खुट्टा सवारीमा राख्दै ‘लब्बैक’ भनी पुकार्छ, तब आकाशबाट एक उद्घोषकले उसलाई जवाफ दिन्छ: ‘ला लब्बैक व ला सअदैक’ (तिम्रो पुकार अस्वीकार्य छ र तिम्रो लागि कुनै सौभाग्य छैन); किनकि तिम्रो खाना र सवारी अवैध छ र तिम्रो हज स्वीकार्य छैन।”15

हजयात्री आफूसँग भएको कुरामा सन्तुष्ट हुनुपर्छ र अरूको अगाडी हात फैलाउनबाट बचनु पर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«وَمَنْ يَسْتَعْفِفْ يُعِفَّهُ اللَّهُ، وَمَنْ يَسْتَغْنِ يُغْنِهِ اللَّهُ».

अर्थ: "जसले पवित्रता खोज्छ, अल्लाहले उसलाई पवित्र बनाउनुहुनेछ र जसले आत्मनिर्भरता खोज्छ, अल्लाहले उसलाई आत्मनिर्भर बनाउनुहुनेछ।"16

अर्को हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«لَا يَزَالُ الرَّجُلُ يَسْأَلُ النَّاسَ حَتَّى يَأْتِيَ يَوْمَ القِيَامَةِ وَلَيْسَ فِي وَجْهِهِ مُزْعَةُ لَحْمٍ» [17].

अर्थ: “जसले मानिसहरूसँग निरन्तर मागिरहन्छ, कयामतको दिन ऊ यस्तो अवस्थामा उपस्थित हुनेछ कि उसको अनुहारमा मासुको एउटा टुक्रा पनि बाँकी हुनेछैन।”17

हज र उमरह गर्ने व्यक्तिले आफ्नो हज र उमरहले अल्लाहको प्रसन्नता र परलोक प्राप्त गर्ने उद्देश्य राख्नुपर्छ। ती पवित्र स्थलहरूमा अल्लाहलाई प्रसन्न तुल्याउने वचन र कर्महरूद्वारा उहाँको निकटता खोज्नुपर्छ। आफ्नो हजद्वारा संसार र यसको क्षणिक सुखहरू वा देखावटी र प्रसिद्ध हुन खोज्ने वा घमण्ड गर्ने उद्देश्यबाट सावधान हुनुपर्छ, किनभने यी सबैभन्दा निकृष्ट उद्देश्यहरू हुन् जसले कर्मलाई निष्फल र अस्वीकार्य बनाउँछन्। अल्लाहले भन्नुभएको छ:

﴿مَنْ كَانَ يُرِيدُ الْحَيَاةَ الدُّنْيَا وَزِينَتَهَا نُوَفِّ إِلَيْهِمْ أَعْمَالَهُمْ فِيهَا وَهُمْ فِيهَا لَا يُبْخَسُونَ 15 أُولَئِكَ الَّذِينَ لَيْسَ لَهُمْ فِي الاخِرَةِ إِلَّا النَّارُ وَحَبِطَ مَا صَنَعُوا فِيهَا وَبَاطِلٌ مَّا كَانُوا يَعْمَلُونَ 16﴾

अर्थ: "जो कोही यस संसारको जीवन र त्यसको शोभा चाहन्छन्, हामी तिनीहरूलाई उनीहरूको कर्मको पूर्ण प्रतिफल दिनेछौं र तिनीहरू त्यहाँ कुनै पनि कुराबाट वञ्चित गरिनेछैन।

यिनीहरू नै हुन् जसको लागि परलोकमा आगो बाहेक अरू केही छैन। तिनीहरूले गरेका कामहरू व्यर्थ हुनेछन् र तिनीहरूले गरेका कामहरूबेकार हुनेछन्।" [हूदः १५-१६]

अल्लाहले भन्नुभएको छ:

﴿مَّنْ كَانَ يُرِيدُ الْعَاجِلَةَ عَجَّلْنَا لَهُ فِيهَا مَا نَشَاءُ لِمَنْ نُرِيدُ ثُمَّ جَعَلْنَا لَهُ جَهَنَّمَ يَصْلَاهَا مَذْمُومًا مَدْحُورًا 18 وَمَنْ أَرَادَ الْاخِرَةَ وَسَعَى لَهَا سَعْيَهَا وَهُوَ مُؤْمِنٌ فَأُولَئِكَ كَانَ سَعْيُهُمْ مَشْكُورًا 19﴾

अर्थ: "जसले छिटो प्राप्त हुने सांसारिक लाभको चाहना राख्छ, हामी जसलाई चाहन्छौं, उसलाई त्यसबाट छिटो दिन्छौं। त्यसपछि हामीले उसको लागि नर्क तोकेका छौं, जहाँ ऊ अपमानित र निर्वासित भएर प्रवेश गर्नेछ।

अनि जसले परलोकको इच्छा गर्छ र त्यसको लागि सक्दो प्रयास गर्छ, साथै ऊ आस्थावान् पनि छ भने, तिनीहरूको प्रयासको कदर गरिनेछ।" [अल् इस्राः १८-१९]

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«قَالَ اللَّهُ تَعَالَى: أَنَا أَغْنَى الشُّرَكَاءِ عَنِ الشِّرْكِ، مَنْ عَمِلَ عَمَلًا أَشْرَكَ مَعِي فِيهِ غَيْرِي تَرَكْتُهُ وَشِرْكَهُ».

अल्लाहले भन्नुभयो: "म साझेदारहरूको साझेदारी (शिर्क) बाट निरपेक्ष हुँ। जसले त्यस्तो कार्य गर्छ जसमा उसले अरूलाई मसँग साझेदार बनाउँछ, म उसलाई र उसको शिर्कलाई त्याग्नेछु।"18

उसले यात्रामा आज्ञाकारी, धर्मात्मा, धर्म विद र असल मानिसहरूको सङ्गत रोज्नुपर्छ। उसले मूर्ख र अनैतिक मानिसहरूसँग संगत गर्नबाट सावधान रहनुपर्छ।

उसले हज र उमरहका लागि शरियाद्वारा निर्धारित विधिहरू सिक्नुपर्छ, त्यसबारे राम्रोसँग बुझ्नुपर्छ र कुनै कुरामा शंका लागेमा सोध्नुपर्छ, ताकि उसलाई स्पष्ट ज्ञान प्राप्त होस्। जब ऊ आफ्नो सवारी, गाडी, जहाज वा अन्य कुनै साधनमा चढ्छ, तब महान् अल्लाहको नाम लिनु र उहाँको प्रशंसा गर्नु मुस्तहब हो। त्यसपछि उसले तीन पटक अल्लाहु अकबर भनेर यो दुआ पढ्नुपर्छ:

﴿...سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ 13 وَإِنَّا إِلَى رَبِّنَا لَمُنْقَلِبُونَ14﴾

अर्थ: "...सुब्हानल्लाजी सख्खार लना हाजा व मा कुन्ना लहु मुकरिनीन, व इन्ना इला रब्बिना लमुन्कलीबून।"

अर्थ : उहाँ पवित्र हुनुहुन्छ, जसले यसलाई हाम्रो अधीनमा गरिदिनुभयो; जबकि हामी यसलाई वशमा पार्न सक्दैनथ्यौं।

निश्चय नै, हामी आफ्ना पालनकर्तातर्फ फर्कनेछौं।

[अज्जुखरूफः १३-१४]

«اللَّهُمَّ إِنِّي أَسْأَلُكَ فِي سَفَرِي هَذَا البِرَّ وَالتَّقْوَى، وَمِنَ العَمَلِ مَا تَرْضَى، اللَّهُمَّ هَوِّنْ عَلَيْنَا سَفَرَنَا هَذَا، وَاطْوِ عَنَّا بُعْدَهُ، اللَّهُمَّ أَنْتَ الصَّاحِبُ فِي السَّفَرِ، وَالخَلِيفَةُ فِي الأَهْلِ، اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ وَعْثَاءِ السَّفَرِ، وَكَآبَةِ المَنْظَرِ، وَسُوءِ المُنْقَلَبِ فِي المَالِ وَالأَهْلِ».

त्यसपछि यो दुआ पढ्नु पर्छ: "अल्लाहुम्म इन्नी अस्अलुक फी सफरी हाजल्-बिर्र वत्-तक्वा, व मिनल-अमलि मा तर्जा, अल्लाहुम्म हव्विन अलैना सफरना हाजा, वत्वि अन्ना बुअ्दहु, अल्लाहुम्म अन्तस्-साहिबु फिस्-सफर, वल्-खलीफतु फिल्-अह्लि, अल्लाहुम्म इन्नी अऊजु बिक मिन वअषाइस्-सफर, व कआबतिल-मन्जर, व सूइल-मुन्कलबि फिल्-मालि वल्-अह्ल";

अर्थ : हे अल्लाह! म मेरो यस यात्रामा तपाईंसँग सत्कर्म, तक्वा (संयमता) र तपाईंलाई प्रसन्न पार्ने कर्महरूको लागि प्रार्थना गर्दछु। हे अल्लाह, हाम्रो लागि यो यात्रा सजिलो बनाउनुहोस् र यसको दूरी छोटो पार्नुहोस्। हे अल्लाह, तपाईं यात्राको साथी र परिवारको संरक्षक हुनुहुन्छ। हे अल्लाह! म यात्राका कठिनाइहरू, दुःखद दृश्यहरू, धनसम्पत्ति र परिवारमा हुने खराब परिणामबाट तपाईंको शरण चाहन्छु।19

यी दुआहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ। यसलाई इमाम मुस्लिमले इब्ने उमरमबाट वर्णन गरेका छन्।

यात्राको क्रममा अल्लाहको अत्याधिक जिक्र (स्मरण), इस्तिगफार (क्षमायाचना), दुआ, कुरआनको तिलावत र यसको अर्थहरूमा चिन्तन गर्नुपर्छ। जमातका साथ नमाज पढ्नुपर्छ। अत्यधिक गफगाफ, सरोकार नभएका कुराहरूमा संलग्न हुन, अत्यधिक मजाक, झूट बोल्न, चुक्ली गर्न, निन्दा गर्न, आफ्ना साथीहरू र अन्य मुस्लिम दाजुभाइहरूको खिल्ली उडाउने कामबाट आफ्नो जिब्रोलाई पूर्ण रूपमा सुरक्षित राख्नुपर्छ।

आफ्ना साथीहरूप्रति उदार र सहयोगी हुनु पर्छ। उनीहरूलाई हानि पुर्‍याउनु हुँदैन। आफ्नो क्षमता अनुसार बुद्धि र राम्रो उपदेशद्वारा उनीहरूलाई राम्रो गर्न आदेश दिनु पर्छ र नराम्रो गर्नबाट रोक्नु पर्छ।

अध्याय

मीकात पुगेपछि हाजीले गर्ने कार्यहरू

मीकातमा पुगे पछि नुहाउनु र अत्तर लगाउनु मुस्तहब हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एहरामको लागि सिलाइएको कपडा फुकाल्नुभयो र नुहाउनुभयो। यसको प्रमाण बुखारी र मुस्लिमको हदीसमा छ, आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन् :

«كُنْتُ أُطَيِّبُ رَسُولَ اللَّهِ ﷺ لِإِحْرَامِهِ قَبْلَ أَنْ يُحْرِمَ، وَلِحَلِّهِ قَبْلَ أَنْ يَطُوفَ بِالبَيْتِ».

अर्थ: "म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई एहराम बाँध्नुअघि र हजमा काबाको परिक्रमा (तवाफ-ए-जियारत) गर्नुअघि अत्तर लगाउँथें।”20 उहाँले आइशा (रजियल्लाहु अन्हा) लाई उमरहको एहराम बाँधिसकेपछि महिनावारी हुँदा नुहाउन र हजको एहराम लगाउन आदेश दिनुभयो। त्यसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्मा बिन्त उमैसलाई धुल-हुलैफामा सुत्केरीपछि नुहाउन र (गुप्त अङ्गलाई) कपडाले राम्ररी बाँधेर एहरामको नियत गर्न आदेश दिनुभयो।

यसले के प्रमाणित गर्छ भने जब कुनै महिला महिनावारी वा सुत्केरीको अवस्थामा मीकातमा पुग्छिन्, तब उनले अरु मान्छे झैं नुहाएर एहराम बाँध्नुपर्छ र काबाको तवाफ (परिक्रमा) बाहेक हाजीले गर्ने अन्य सबै कार्यहरू गर्नुपर्छ; जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा र अस्मालाई आदेश दिनुभएको थियो।21

एहरामको अवस्थामा प्रवेश गर्ने व्यक्तिले आफ्नो जुँगा, नङ, गुप्तांग र काखीको रौं काट्नु मुस्तहब हो, ताकि एहरामपछि ती चीजहरू काट्न नपरोस्, जुन उसको लागि वर्जित हो। त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमलाई यी कुराहरूको सरसफाइमा ध्यान दिन आदेश दिनुभएको छ। 'सहीहैन' (बुखारी र मुस्लिम) मा अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट प्रमाणित छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«الفِطْرَةُ خَمْسٌ: الخِتَانُ، وَالِاسْتِحْدَادُ، وَقَصُّ الشَّارِبِ، وَقَلْمُ الأَظْفَارِ، وَنَتْفُ الإِبْطِ».

अर्थ: "पाँचवटा कुराहरू 'फित्रत' (प्राकृतिक स्वभाव) अन्तर्गत पर्छन्: खतना गर्नु, गुप्तांगको रौं खौरनु, जुँगा काट्नु, नङ काट्नु र काखीको रौं उखेल्नु।"22

सही मुस्लिममा, अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

«وَقَّتَ لَنَا فِي قَصِّ الشَّارِبِ، وَقَلْمِ الأَظْفَارِ، وَنَتْفِ الإِبْطِ، وَحَلْقِ العَانَةِ: أَنْ لَا نَتْرُكَ ذَلِكَ أَكْثَرَ مِنْ أَرْبَعِينَ لَيْلَةً».

अर्थ: “हाम्रा लागि जुँगा छोटो पार्न, नङ काट्न, काखीका रौं उखेल्न र गुप्तांगको रौं खौरनका निम्ति समय तोकिएको छ, हामीले त्यसलाई चालीस रातभन्दा बढी छोड्नु हुँदैन।”23

यसलाई निसईले यस शब्दमा वर्णन गरेका छन्ः

«وَقَّتَ لَنَا رَسُولُ اللَّهِ ﷺ».

अर्थ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो लागि समय तोक्नुभएको छ।"24 अहमद, अबू दाऊद र तिर्मिजीले पनि निसाईको शब्दमा वर्णन गरेका छन्।

टाउकोको सन्दर्भमा, एहरामको अवस्थामा प्रवेश गर्दा त्यसबाट केही पनि निकाल्न अनुमति छैन, न पुरुषको लागि न महिलाको लागि।

दाह्री खौरनु वा त्यसलाई काट्नु सधैं निषेध गरिएको छ; बरु, यसलाई बढ्न दिनु र लामो पार्नु अनिवार्य हो। किनकि सही बुखारी र मुस्लिममा इब्ने उमर (रजियल्लाहु अन्हुमा) बाट प्रमाणित छ, उनले भनेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«خَالِفُوا المُشْرِكِينَ، وَفِّرُوا اللِّحَى، وَأَحْفُوا الشَّوَارِبَ».

अर्थ: “मुश्रिकहरूको विपरीत गर्नुहोस्, दाह्री बढाउनुहोस् र जुँगाहरू काट्नुहोस्।”25 मुस्लिमले अबू-हुरैरह (रजियल्लाहु अन्हु) बाट बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«جُزُّوا الشَّوَارِبَ، وَأَرْخُوا اللِّحَى، خَالِفُوا المَجُوسَ».

अर्थ: “जुँगाहरू काट्नुहोस्, दाह्री बढाउनुहोस् र मजूसीहरू (अग्निपूजकहरू) को विपरीत गर्नुहोस्।”26

यस युगमा विपत्ति अझ ठूलो भएको छ, किनभने धेरै मानिसहरूले विशेष गरी जो विद्वान र शिक्षक भएको दाबी गर्छन् तिनीहरूले यो सुन्नतको अवज्ञा गरेका छन् र दाह्री राख्ने विरुद्ध लडेका छन् अनि काफिर र महिलाहरूको नक्कल गर्नमा सन्तुष्ट छन्, (इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन) कस्तो विडम्बना है। हामी अल्लाहसँग प्रार्थना गर्छौं, हामी र सम्पूर्ण मुस्लिमहरूलाई धार्मिक नियमको पालना गर्न, त्यसमा दृढ रहन र त्यसतर्फ आह्वान गर्न मार्गदर्शन प्रदान गर्नुहोस्, चाहे धेरै मानिसहरू यसबाट विमुख किन नहोऊन्। हाम्रा लागि अल्लाह नै पर्याप्त हुनुहुन्छ र उहाँ नै सर्वश्रेष्ठ संरक्षक हुनुहुन्छ। अल्लाहको सहायता विना न त (पापबाट बच्ने) कुनै उपाय छ, न त (पुण्य गर्ने) कुनै शक्ति छ।

त्यसपछि पुरुषले तल र माथि दुइवटा सेतो र सफा लुगा (एहराम) लगाउनु पर्छ। त्यसैगरी उसले चप्पल लगाएर एहराममा प्रवेश गर्नु राम्रो हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«وَلْيُحْرِمْ أَحَدُكُمْ فِي إِزَارٍ وَرِدَاءٍ وَنَعْلَيْنِ، فَإِنْ لَمْ يَجِدْ نَعْلَيْنِ فَلْيَلْبَسْ خُفَّيْنِ وَلْيَقْطَعْهُمَا حَتَّى يَكُونَا أَسْفَلَ مِنَ الكَعْبَيْنِ».

अर्थ: “तिमीहरूले तल र माथि दुइवटा एहराम तथा चप्पल लगाएर एहराममा प्रवेश गर। यदि चप्पल भेट्टाएन भने, मोजा लगाउनुपर्छ र त्यसलाई गोलीगाँठोभन्दा तल काट्नुपर्छ।”27 यसलाई इमाम अहमद (रहिमहुल्लाह) ले वर्णन गरेका छन्।

महिलाले कालो, हरियो वा अन्य रंगको जस्तोसुकै लुगा लगाउन सक्छन्, तर पुरुषहरूको पहिरनसँग मिल्दोजुल्दो नहोस्। महिलाले एहराममा हुँदा निकाब र पन्जा लगाउन अनुमति छैन, तर (पर पुरुषहरूको उपस्थितिमा) उनीहरूले आफ्नो अनुहार र हातलाई अरू चीजले छोप्नु पर्छ; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एहराममा रहेकी महिलालाई निकाब र पन्जा लगाउन निषेध गर्नुभएको छ। महिलाले हरियो वा कालो रङ्गको एहराम नै लगाउनु पर्छ भन्ने धारणा केही आम मानिसहरूमा पाइन्छ, यसको कुनै आधार छैन।

स्नान, सरसफाइ र एहरामको लुगा लगाइसकेपछि, उसले आफ्नो मनमा आफूले चाहेको हज वा उमरह गर्ने नियत गर्नुपर्छ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«إِنَّمَا الأَعْمَالُ بِالنِّيَّاتِ، وَإِنَّمَا لِكُلِّ امْرِئٍ مَا نَوَى».

अर्थ: “कर्महरू नियतमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिले त्यही प्राप्त गर्छ, जो उसले नियत गरेको छ।”28

उसले जे नियत गरेको छ, त्यसलाई यहाँ मुखले भन्नु अनुमति छ। यदि उमरह गर्ने नियत हो भने, उसले 'लब्बैक उम्रतन्' वा 'अल्लाहुम्म लब्बैक उम्रतन्' भन्नुपर्छ। यदि हज गर्ने नियत हो भने, उसले 'लब्बैक हज्जन' वा 'अल्लाहुम्म लब्बैक हज्जन' भन्नुपर्छ। यदि दुबै गर्ने नियत हो भने, उसले 'अल्लाहुम्म लब्बैक उम्रतन् व हज्जन' भन्नुपर्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसरी गर्नुभयो। आफ्नो सवारीसाधनमा बसेपछि नियत गर्नु वा 'तल्बिया' पढ्नु उत्तम हो, चाहे त्यो जनावर होस्, गाडी होस् वा अरू केही, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो सवारीमा सवार भएर मीकातबाट प्रस्थान गर्ने क्रममा तल्बिया उच्चारण गर्नुभएको थियो। यो विद्वानहरूको भनाइहरूमध्ये सबैभन्दा सही हो।

एहराम बाहेक अन्य इबादतमा आफ्नो मनसाय मुखले उच्चारण गर्नु हुँदैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यसरी नै प्रमाणित छ।

जहाँसम्म नमाज, तवाफ र यस्तै अन्य इबादतहरूको कुरा छ, तीमध्ये कुनैमा पनि मुखले नियत गर्नु हुँदैन। 'मैले यो नमाज पढ्ने नियत गरेँ' वा 'मैले यस्तो तवाफ गर्ने नियत गरेँ' भन्नु हुँदैन। बरु, यसरी मुखले नियत गर्नु एक अप्रमाणित चलन (बिदअत) हो र यसलाई उच्च स्वरमा भन्नु झनै नराम्रो तथा ठूलो पाप हो। यदि नियत उच्चारण गर्नु वैध भएको भए नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो वचन वा कर्मद्वारा उम्मतको लागि यसलाई स्पष्ट पार्नुहुन्थ्यो र सलफ सालेहिन (धर्मी पूर्वज) हरूले हामीभन्दा पहिले गर्थे।

जब यो कार्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबा (रजियल्लाहु अन्हुम) हरूबाट प्रमाणित छैन भने यो एक नवप्रचलन (बिदअत) हो भन्ने कुरा स्पष्ट हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«وَشَرُّ الأُمُورِ مُحْدَثَاتُهَا، وَكُلُّ بِدْعَةٍ ضَلَالَةٌ».

अर्थ: "सबैभन्दा खराब कुराहरू ती हुन् जुन (धर्मको नाममा) नयाँ आविष्कार गरिएका छन् र प्रत्येक नवीनता (बिदअत) पथभ्रष्टता हो।"29 यस हदीसलाई इमाम मुस्लिमले 'सही'मा वर्णन गरेका छन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ أَحْدَثَ فِي أَمْرِنَا هَذَا مَا لَيْسَ مِنْهُ فَهُوَ رَدٌّ».

अर्थ: "जसले हाम्रो यस धर्ममा त्यस्तो कुरा समावेश गर्छ जुन यसको भाग होइन, त्यो अस्वीकृत हो।"30 (बुखारी मुस्लिम) 'मुस्लिम' मा यसरी आएको छ:

«مَنْ عَمِلَ عَمَلًا لَيْسَ عَلَيْهِ أَمْرُنَا فَهُوَ رَدٌّ».

अर्थ: "जसले हाम्रो आदेश अनुसार नभएको कार्य गर्छ, त्यो अस्वीकृत हो।"31

अध्याय

मीकातहरू

पाँच मीकातहरू छन् :

पहिलो: 'जुल्-हुलैफह', यो मदीनाबासीको मीकात हो र आजभोलि यो ठाउँ 'अब्यारे-अली' को नामले प्रसिद्ध छ।

दोस्रोः 'अल-जुहफा', यो (शाम) सिरियाबासीहरूको मीकात हो। यो राबिगसँग जोडिएको एउटा भग्नावशेष अवस्थामा रहेको गाउँ हो। आजकल मानिसहरू राबिगबाट एहराम बाँध्ने गर्छन्। जसले राबिगबाट एहराम बाँध्छ, उसले मीकातबाट एहराम बाँधेको मानिन्छ; किनकि राबिग त्यसको अलि अगाडि छ।

तेस्रो: 'करनुल मनाजिल', यो 'नज्द' का बासिन्दाहरूको मीकात हो र यसलाई 'सैल' भनिन्छ।

चौथो: 'यलमलम', यो 'यमन' का बासिन्दाहरूको मीकात हो।

पाँचाैंः 'जाते-इर्क', यो 'इराक' का बासिन्दाहरूको मीकात हो।

यी मीकातहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उल्लेख गर्नुभएको मानिसहरू र हज वा उमरहको नियतले त्यो बाटो भएर आउने मानिसहरूको मीकात हो।

तसर्थ, जो कोही यी मीकातहरू भएर गुज्रन्छ, उसले त्यहाँ एहराम बाँध्नु अनिवार्य हो । यदि कोही हज वा उमरहको नियतले मक्का जाँदैछ भने उसले बिना एहराम मीकात पार गर्नु निषेध छ, चाहे त्यो स्थलमार्गबाट ​​होस् वा हवाईमार्गबाट होस्। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यी मीकातहरू निर्धारण गर्ने क्रममा स्पष्ट रूपमा भन्नुभएको छ:

«هُنَّ لَهُنَّ، وَلِمَنْ أَتَى عَلَيْهِنَّ مِنْ غَيْرِ أَهْلِهِنَّ، مِمَّنْ أَرَادَ الحَجَّ وَالعُمْرَةَ».

अर्थ: “यी मीकातहरू त्यहाँका बासिन्दा र हज वा उमरहको नियतले त्यो बाटो भएर आउने प्रत्येक व्यक्तिको मीकात हो।”32

हज वा उमरहको लागि हवाई मार्गबाट ​​मक्का यात्रा गर्नेहरूले विमानमा सवार हुनु अघि स्नान र सरसफाइ गर्नु मुस्तहब हो। मीकातको नजिक पुग्दा एहराम लगाउनु र समय छ भने उमरहको नियत गर्नुहोस्। यदि समय छैन भने केवल हजको नियत गर्नुहोस् र तल्बिया पढ्नुहोस्। यदि कसैले विमानमा चढ्नुअघि वा मीकात पुग्नुभन्दा पहिले एहराम लगाउँछ भने त्यसमा कुनै आपत्ति छैन। तर, जबसम्म मीकातको बराबरीमा पुग्दैन वा नजिक हुँदैन, तबसम्म नियत गर्नु र तल्बिया पढ्नु हुँदैन; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मीकातबाट एहराम बाँध्नुभएको थियो। मुस्लिम समुदायले अन्य धार्मिक मामिलाहरू जस्तै यस विषयमा पनि उहाँको अनुसरण गर्नु अनिवार्य हो; किनकि अल्लाहले भन्नुभएको छ:

﴿لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ...﴾

अर्थ: "निस्सन्देह, अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मा तिमीहरूका लागि उत्कृष्ट उदाहरण छ।" [अल-अह्जाब: २१] नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्तिम हज (हज्जतुल विदा) मा भन्नुभयो:

«خُذُوا عَنِّي مَنَاسِكَكُمْ».

अर्थ: “तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक।”33

जहाँसम्म हज वा उमरहको नियत नगरी मक्का जाने व्यक्तिको कुरा छ, जस्तैः व्यापारी, दाउरा बेच्ने, हुलाकी आदिले एहराम बाँध्नु अनिवार्य छैन, तर यदि उसले हज वा उमरह गर्न चाहन्छ भने एहराम बाँध्नु पर्छ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अघिल्लो हदीसमा मीकातहरूको सन्दर्भमा भन्नुभएको छ:

«هُنَّ لَهُنَّ، وَلِمَنْ أَتَى عَلَيْهِنَّ مِنْ غَيْرِ أَهْلِهِنَّ، مِمَّنْ أَرَادَ الحَجَّ وَالعُمْرَةَ».

अर्थ: “यी मीकातहरू त्यहाँका बासिन्दा र हज वा उमरहको नियतले त्यो बाटो भएर आउने प्रत्येक व्यक्तिको मीकात हो।”34 यसको अर्थ भनेको जसले हज वा उमरहको उद्देश्य नराखी मीकात भएर जान्छ भने, उसको लागि एहराम लगाउन अनिवार्य छैन।

यो अल्लाहले आफ्ना सेवकहरूमाथि गर्नुभएको दया र सहजताको एक रूप हो। त्यसैले सम्पूर्ण प्रशंसा र कृतज्ञता उहाँकै निम्ति हो। यस कुरालाई यस तथ्यले पनि पुष्टि गर्दछ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मक्का विजयको वर्ष मक्का आउनुभयो, तब उहाँले एहरामको अवस्थामा प्रवेश गर्नुभएन। उहाँको टाउकोमा फलामे टोप (मिगफर) थियो। किनकि त्यस बखत उहाँको उद्देश्य हज वा उमरह गर्नु थिएन, बरु मक्का विजय गर्नु र त्यहाँबाट 'शिर्क' (बहुदेववाद) लाई निर्मूल पार्नु थियो।

जहाँसम्म मीकातभित्र बसोबास गर्ने मानिसहरूको कुरा छ; जस्तै: जेद्दा, उम्मे सलम, बहरा, अश्शराइ, बद्र, मस्तूरा र यस्तै अन्य स्थानका बासिन्दाहरू, उनीहरूले माथि उल्लेखित पाँच मीकातहरूमध्ये कुनै एकमा जानु पर्दैन। बरु, उनीहरूले त्यहीँबाट हज वा उमरहको लागि एहराम बाँध्न सक्छन्। यदि कुनै व्यक्तिको मीकातभन्दा बाहिर पनि अर्को घर छ भने, उसको लागि दुवै जायज छ; ऊ मीकातबाट एहराम बाँध्न सक्छ र यदि उसले चाहन्छ भने, मीकात भित्र रहेको आफ्नो घरबाट एहराम बाँध्न सक्छ। यसको प्रमाण इब्न अब्बास (रजियल्लाहु अन्हु) बाट वर्णित हदीस हो, जसमा उहाँले मीकातहरूबारे उल्लेख गर्दै भन्नुभयो:

«فَمَنْ كَانَ دُونَهُنَّ، فَمُهَلُّهُ مِنْ أَهْلِهِ، وَكَذَلِكَ حَتَّى أَهْلُ مَكَّةَ يُهِلُّونَ مِنْ مَكَّةَ».

अर्थ: “जसको घर मीकातभित्र पर्छ, उसले आफ्नै घरबाट एहराम बाँध्नेछ र त्यसैगरी मक्काबासीहरूले मक्काबाटै एहराम बाँध्नेछन्।”3536 यसलाई इमाम बुखारी र मुस्लिमले वर्णन गरेका छन्।

तर हरम सीमा भित्र रहेको व्यक्तिले उमरह गर्न चाहन्छ भने उसले हरम सीमाभन्दा बाहिर (हिल) मा जानुपर्छ र त्यहाँबाट उमरहको एहराम बाँध्नुपर्छ; किनभने जब आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई उमरह गर्न आग्रह गरिन्, तब उहाँले उनको भाइ अब्दुल-रहमानलाई उनलाई साथमा लिई 'हिल' सम्म जान र त्यहाँबाट एहराम बाँध्न लगाउनुभयो। तसर्थ, उमरह गर्ने व्यक्तिले हरमबाट एहराम बाँध्नु हुँदैन, बरु हरम सीमा बाहिरबाट एहरामको अवस्थामा प्रवेश गर्छ।

यो हदीसले माथि उल्लिखित इब्न अब्बास (रजियल्लाहु अन्हु) को हदीसलाई विशिष्ट रूपमा प्रष्ट पार्दछ। यसले स्पष्ट पार्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ:

«حَتَّى أَهْلُ مَكَّةَ يُهِلُّونَ مِنْ مَكَّةَ».

अर्थ: "यहाँसम्म, मक्कावासीहरूले मक्काबाटै एहराम बाँध्नेछन्।”37 को अभिप्राय हजको एहराम हो, उमरहको होइन। यदि 'हरम' बाट उमरहका लागि एहराम बाँध्न जायज हुन्थ्यो भने, आइशा (रजियल्लाहु अन्हा) लाई त्यसो गर्न अनुमति दिइने थियो र उनलाई हरम बाहिर जान आवश्यक पर्ने थिएन। यो स्पष्ट कुरा हो र बहुसंख्यक विद्वानहरूको राय पनि यही हो तथा यो विश्वासीको लागि बढी सावधानी पनि हो, किनभने यसमा दुवै हदीसमाथि अमल गर्न सकिन्छ। अल्लाहले नै सफलता प्रदान गर्नुहुन्छ।

केही मानिसहरूले हजपछि तन्‍ईम, जिइर्राना वा अन्य स्थानबाट एहराम बाँधेर बारम्बार उमरह गर्छन्, यद्यपि उनीहरूले हज अघि नै उमरह गरिसकेका हुन्छन्, वास्तवमा, यसको वैधताको कुनै प्रमाण छैन। बरु, यसो नगर्नु नै उत्तम हो भनेर प्रमाणहरूले दर्शाउँछन्; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूले हजपछि पुनः उमरह गरेनन्। आइशा (रजियल्लाहु अन्हा) ले मात्र तन्ईमबाट उमरह गरिन्, किनकि मक्का प्रवेश गर्दा महिनावारीको कारणले गर्दा उनले अन्य मानिसहरूसँगै उमरह गर्न पाएकी थिएनन्। त्यसैले, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मीकातबाट बाँधेको उमरहको सट्टा अर्को उमरह गर्ने अनुमति मागिन् र उहाँले अनुमति दिनुभयो। यसरी उनले दुई उमरह गरिन्: उनको हजसँगै भएको उमरह र यो छुट्टै उमरह। अतः, जसको अवस्था आइशा (रजियल्लाहु अन्हा) जस्तो छ, उसले हजपछि उमरह गर्दा कुनै आपत्ति छैन; ताकि सबै प्रमाणहरूको पालना होस् र मुस्लिमहरूका लागि सहज पनि होस्।

मक्का प्रवेश गरेको उमरह बाहेक हजपछि पुनः उमरह गर्नु सबैका लागि कठिन हुन्छ भन्ने कुरामा कुनै शंका छैन। यसले धेरै भीडभाड र दुर्घटना निम्त्याउँछ, साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन र उहाँको ‘सुन्नत’ को उल्लङ्घन पनि गर्छ। अल्लाहले नै सफलता प्रदान गर्नुहुन्छ।

अध्याय

हज महिना बाहेक मीकातमा आउने व्यक्तिको नियम

ज्ञात रहोस्, मीकातमा पुग्ने व्यक्तिको दुई अवस्थाहरू हुन्छन्:

पहिलो: यदि कोही हज महिना बाहेक जस्तै: रमजान वा शाबानमा मीकातमा पुग्छ भने, उसको लागि सुन्नत भनेको उमरहको लागि 'एहराम' बाँध्नु हो । मनमा नियत गर्नु र जिब्रोले "लब्बैक उमरह" वा "अल्लाहुम्मा लब्बैक उमरह" भन्नु । त्यसपछि उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पढ्नुभएको तल्बिया पढ्नु, जुन यस प्रकार छ:

«لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ، لَبَّيْكَ لَا شَرِيكَ لَكَ لَبَّيْكَ، إِنَّ الحَمْدَ وَالنِّعْمَةَ لَكَ وَالمُلْكَ، لَا شَرِيكَ لَكَ».

"लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक ला शरीका लका लब्बैक, इन्नल् हम्दा वन्निअ्मता लका वल् मुल्क, ला शरीका लक।"

अर्थ : हे अल्लाह, म तिम्रै निम्ति हाजिर छु, तिम्रो कोही साझेदार छैन । सम्पूर्ण प्रकारको प्रशंसा, वरदान र राज्य सबै तिम्रै हो । वास्तवमा, तिम्रो कोही साझेदार छैन ।38 उसले यो तल्बिया बारम्बार पढ्नुपर्छ र अल्लाहलाई सम्झनु पर्छ जबसम्म ऊ काबामा पुग्दैन। जब ऊ काबामा पुग्छ, उसले तल्बिया पढ्न बन्द गर्नुपर्छ र काबाको सात पटक परिक्रमा गर्नुपर्छ। त्यसपछि 'मकामे इब्राहीम' को पछाडि दुई रकअत नमाज पढ्नुपर्छ। त्यसपछि 'सफा' पहाडतर्फ जानुपर्छ अनि 'सफा' र 'मर्वा' बीचमा सात चक्कर 'सई' (हिँड्नु) गर्नुपर्छ। त्यसपछि आफ्नो टाउको खौरनु पर्छ वा कपाल छोटो पार्नु पर्छ र यससँगै उसको उमरह पूरा हुन्छ अनि एहरामको समयमा निषेध गरिएका सबै कुरा उसको लागि जायज हुन्छ।

दोस्रो: यदि कोही हजका महिनाहरूमा मीकातमा पुग्छन्, ती हुन्: शव्वाल, जिल-कअ्दा र जुल-हिज्जाका पहिलो दश दिनहरू।

यस्तो अवस्थामा तीन विकल्पहरूमध्ये कुनै एक रोज्ने अनुमति छ: केवल हज गर्नु, केवल उमरह गर्नु वा दुवै एकसाथ गर्नु। किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'हज्जतुल-वदाअ' (विदाई हज) को क्रममा जिल्-कअदा महिनामा मीकात पुग्दा आफ्ना साथीहरूलाई यी तीन कुराहरूमध्ये एक छनौट गर्ने अधिकार दिनुभयो। तर, कुनै हाजीसँग 'हदी' (कुर्बानीको जनावर) छैन भने उसले हज-तमत्तु गर्नु (पहिला उमरह अनि त्यसपछि हज को एहराम बाँध्नु) सुन्नत हो; किनभने, जब सहाबीहरू मक्का नजिक पुगे, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई आफ्नो एहराम (हजको नियत) लाई उमरहमा परिणत गर्न आदेश दिनुभयो र मक्का पुगेपछि उहाँले यस कुरामा विशेष जोड दिनुभयो। त्यसैले तिनीहरूले तवाफ गरे, साई गरे, आफ्नो कपाल छोटो पारे र उहाँको आदेश अनुसार एहरामको अवस्थाबाट बाहिर निस्के। तर, आफूसँग 'हदी' ल्याउनेहरूलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हज-किरान गर्न र (पहिलो तवाफ गरिसकेपछि) कुर्बानीको दिनसम्म एहरामको अवस्थामा रहन आदेश दिनुभयो। कुर्बानीको जनावर (हदी) आफूसँग ल्याउने व्यक्तिको लागि हज-किरान (हज र उमरह दुवै एकसाथ) गर्नु सुन्नत हो, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूसँग हदी ल्याउनु भएकोले हज-किरान गर्नुभयो। उहाँले आफ्ना ती साथीहरूलाई जसले 'हदी' साथमा ल्याएका थिए तर सुरुमा उमरहको मात्र एहराम बाँधेका थिए उनीहरुलाई उमरहसँग हजको पनि नियत गर्न र कुर्बानीको दिनसम्म एहरामको अवस्थामा रहन आदेश दिनुभयो। यदि हदी ल्याउने व्यक्तिले केवल हजको एहराम बाँधेको छ भने उसले पनि ‘किरान’ गर्ने व्यक्ति जस्तै आफ्नो एहरामको अवस्थामा रहनुपर्छ।

यसबाट थाहा हुन्छ: जसले केवल 'हज' वा 'हज र उमरह' को नियतले एहराम बाँधेको छ, तर उसले 'हदी' (कुर्बानीको जनावर) ल्याएको छैन भने, उसले एहरामको अवस्थामा रहनु हुँदैन। बरु, उसले आफ्नो एहरामलाई 'उमरह' मा परिणत गर्नु सुन्नत हो। त्यसैले उसले तवाफ गर्छ, सई गर्छ, आफ्नो कपाल छोटो पार्छ र एहराम फुकाल्छ, जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'हदी' (कुर्बानीको जनावर) नल्याउनेहरूलाई त्यसो गर्न आदेश दिनुभएको थियो। तर, ढिलो आइपुगेको कारणले हज छुट्ने डर छ भने, एहरामको अवस्थामा रहनुमा कुनै आपत्ति छैन। वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

यदि हजयात्री रोग वा शत्रु आदिले आफ्नो अनुष्ठान (हज वा उमरह) गर्न नसक्ने डर छ भने, उसले एहरामको अवस्थामा प्रवेश गर्दा यो भन्नु मुस्तहब हो: 'फ इन हबसनी हाबिसुन फमहल्ली हैसु हबस्तनी' (यदि मलाई कुनै अवरोधले रोक्यो भने, म त्यहीँ एहरामबाट मुक्त हुनेछु जहाँ मलाई रोकिन्छ)। यसको प्रमाण जुबाआ बिन्त जुबैर (रजियल्लाहु अन्हा) को हदीस हो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भनिन्: "हे अल्लाहका रसूल! म हज गर्न चाहन्छु, तर म बिरामी छु।" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो:

«حُجِّي وَاشْتَرِطِي أَنَّ مَحِلِّي حَيْثُ حَبَسْتَنِي».

अर्थ: "हज गर र यो शर्त राख : हे अल्लाह! तपाईंले मलाई जहाँ रोक्नुहुनेछ, मेरो एहराम फुकाल्ने स्थान त्यही हुनेछ।"39 (बुखारी र मुस्लिम)

यो शर्तको फाइदा: यदि हजयात्रीले कुनै त्यस्तो कुराको सामना गर्छ जसले उसलाई धार्मिक विधि पूरा गर्नबाट रोक्छ, जस्तै बिरामी वा शत्रु, उसले एहराम खोल्न सक्छ र उसमाथि कुनै पनि प्रायश्चित्त छैन।

 

 

अध्याय

साना बालबालिकाको हजको हुकुम र के यो उसको अनिवार्य हजको लागि पर्याप्त हुन्छ?

साना बालबालिका (नाबालक) को हज मान्य र वैध हो; यसको प्रमाण 'सही मुस्लिम' मा इब्न अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित हदीस हो; एक महिलाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा बच्चा ल्याइन् र भनिन्: हे अल्लाहका रसूल, के यो बच्चाको हज हुन्छ?” उहाँले भन्नुभयो:

«نَعَمْ، وَلَكِ أَجْرٌ».

अर्थ: “हो र तिमीलाई पुरस्कृत गरिनेछ।”40

बुखारीमा साइब बिन यजीद (रजियल्लाहु अन्हु) बाट वर्णित छ, उनले भनेः अर्थ: "मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा हज गरें र (त्यस बेला) म सात वर्षको थिएँ।"41 तर यो हज फर्ज हजको लागि पर्याप्त हुँदैन।

त्यसैगरी, दास वा दासीले गरेको हजलाई वैध त मानिन्छ, तर यसबाट उनीहरूको 'फर्ज' (अनिवार्य) हजको दायित्व भने पूरा हुँदैन। किनभने इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«أَيُّمَا صَبِيٍّ حَجَّ، ثُمَّ بَلَغَ الحِنْثَ، فَعَلَيْهِ أَنْ يَحُجَّ حَجَّةً أُخْرَى، وَأَيُّمَا عَبْدٍ حَجَّ، ثُمَّ أُعْتِقَ، فَعَلَيْهِ حَجَّةٌ أُخْرَى».

अर्थ: "जुनसुकै बालकले हज गर्छ र त्यसपछि वयस्क हुन्छ भने, उसले फेरि हज गर्नुपर्छ। जुनसुकै दासले हज गर्छ र त्यसपछि मुक्त हुन्छ भने, उसले फेरि हज गर्नुपर्छ।"42 यसलाई इब्ने अबी शैबा र बैहकीले 'हसन सनद' का साथ वर्णन गरेका छन्।

यदि बच्चा विवेक (तमीज) को उमेरमा पुगेको छैन भने, उसको (वली) अभिभावकले उसको तर्फबाट एहरामको नियत गर्नुपर्ने हुन्छ। उसको अभिभावकले उसको सिलाएको लुगा फुकाल्छ र उसको तर्फबाट तल्बिया पढ्छ। यस प्रक्रिया पश्चात् त्यो बच्चा मुहरिम बन्छ र वयस्क तीर्थयात्रीको लागि निषेधित कुराहरू उसको लागि पनि वर्जित हुन्छन्। त्यसैगरी, यदि बालिका (तमीज) को उमेरमा पुगेको छैन भने, उसको (वली) अभिभावकले उसको तर्फबाट एहरामको नियत गर्नुपर्ने हुन्छ र उसको तर्फबाट तल्बिया पढ्छ। यसरी ऊ पनि मुहरिमा बन्छिन् र वयस्क मुहरिम महिलाको लागि निषेधित कुराहरू उसको लागि पनि वर्जित हुन्छन्। तवाफको समयमा बालबालिकाको लुगा र शरीर दुवै पवित्र हुनु अनिवार्य हो। किनकि तवाफ नमाज जस्तै हो र नमाजको लागि शारीर एवं लुगा दुवै शुद्ध हुनु शर्त हो।

यदि बालबालिका समझदार छन् भने, उनीहरूले आफ्ना अभिभावकको अनुमति लिएर एहरामको अवस्थामा प्रवेश गर्छन्। एहराम बाँध्नुअघि वयस्कहरूले जस्तै स्नान गर्ने र शरीरमा सुगन्ध लगाउने कार्य उनीहरूले पनि गर्नुपर्छ। अभिभावक भन्नाले उनीहरूको रेखदेख र हितको जिम्मेवारी लिने व्यक्ति (चाहे बुबा, आमा वा अन्य संरक्षक) लाई बुझिन्छ। बालबालिकाले आफैं गर्न नसक्ने कार्यहरू, जस्तै जमरातमा ढुङ्गा हान्ने काम अभिभावकले उनीहरूको तर्फबाट गर्छ। तर, अराफामा उपस्थित हुनु, मिना र मुजदलिफामा रात बिताउनु तथा तवाफ र सअई गर्नु जस्ता हजका अन्य कार्यहरू भने उनीहरू आफैंले गर्नु आवश्यक छ। यदि उनीहरू तवाफ र सई गर्न असक्षम छन् भने, तिनीहरूलाई बोकेर तवाफ र सई गर्नुपर्छ। बोक्ने व्यक्तिले तिनीहरूको तवाफ र सई र आफ्नो तवाफ र सईको नियत एकसाथ नगर्नु राम्रो हो; बरु तिनीहरूको लागि तवाफ र सईको नियत गरोस् र आफ्नो लागि छुट्टै तवाफ र सईको नियत गरोस्। यसरी उपासनामा सावधानी हुन्छ र हदीसमा अमल हुन्छ; रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः

«دَعْ مَا يَرِيبُكَ إِلَى مَا لَا يَرِيبُكَ».

अर्थ: "जुन कुरामा तिमीलाई शङ्का लाग्छ, त्यसलाई त्यागेर त्यो कुरा अपनाऊ जसमा शङ्का छैन।"43 यदि बोक्ने व्यक्तिले आफ्नो तर्फबाट र बोकेको बच्चाको तर्फबाट तवाफको नियत गर्छ भने, दुई मतहरू मध्ये सबैभन्दा सही मत अनुसार यो पर्याप्त हुनेछ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बच्चाको हजको बारेमा सोध्ने महिलालाई छुट्टै तवाफ गर्न आदेश दिनुभएन। यदि यो अनिवार्य भएको भए उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई स्पष्ट पार्नुहुन्थ्यो। अल्लाहले नै सफलता प्रदान गर्नुहुन्छ।

तवाफ सुरु गर्नुअघि, समझदार बाल बालिकालाई वयस्क जस्तै धार्मिक अशुद्धता र फोहोरबाट शुद्ध पार्न आदेश दिइनेछ। साना बालबालिकाको तर्फबाट एहराम बाँध्नु अभिभावकका लागि अनिवार्य होइन, बरु यो नफिल (स्वैच्छिक) हो। यदि उसले त्यसो गर्छ भने, उसलाई पुरस्कृत गरिनेछ र गरेन भने कुनै पाप लाग्ने छैन। वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

अध्याय

एहरामको अवस्थामा मुहरिमको लागि निषेधित र जायज कुराहरू

मोहरिम पुरुष वा महिलाले एहरामको नियत गरिसकेपछि आफ्नो कपाल वा नङ काट्नु वा अत्तर प्रयोग गर्नु अनुमति छैन।

विशेष गरी पुरुषले शरीरको आकारमा सिलाइएको लुगा लगाउन अनुमति छैन, जस्तै शर्ट, भेस्ट, सुरुवाल र मोजा इत्यादि। तर, यदि कसैसंग तल लगाउने एहराम छैन भने उसले सुरुवाल लगाउन सक्छ। त्यसैगरी जसले चप्पल फेला पारेन भने उसले नकाटेको मोजा लगाउन अनुमति छ। यसको प्रमाण; इब्न अब्बास (रजियल्लाहु अन्हुमा) को हदीस हो, जुन सहीहैन (बुखारी र मुस्लिम) मा छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«مَنْ لَمْ يَجِدْ نَعْلَيْنِ، فَلْيَلْبَسِ خُفَّيْنِ، وَمَنْ لَمْ يَجِدْ إِزَارًا، فَلْيَلْبَسْ سَرَاوِيلَ».

अर्थ: "जसले चप्पल फेला पारेन, उसले मोजा लगाओस् र

जोसँग तल लगाउने एहराम छैन, उसले सुरुवाल लगाओस्।”44

चप्पलको अभावमा मोजा लगाउनु परेमा मोजा काट्ने आदेश, जुन इब्न उमर (रजियल्लाहु अन्हुमा) को हदीसमा उल्लेख छ, त्यो मन्सूख (रद्द) हो। किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मदिनामा यो आदेश दिनुभएको थियो, जब उहाँलाई एहराममा रहेको हजयात्रीले कस्तो लुगा लगाउनु पर्छ भनेर सोधिएको थियो। त्यसपछि, जब उहाँले अराफातमा मानिसहरूलाई सम्बोधन गर्नुभयो, उहाँले जुत्ता उपलब्ध नभएको बेला मोजा लगाउन अनुमति दिनुभयो, तर काट्ने आदेश दिनुभएन। उक्त सम्बोधनमा ती मानिसहरू पनि उपस्थित थिए, जसले मदिनामा उहाँको जवाफ सुनेका थिएनन्। इस्लामिक न्यायशास्त्र (फिक्ह) र हदीसको सिद्धान्त (उसूल अल-हदीस) अनुसार, 'आवश्यकताको समयमा व्याख्या ढिलो गर्नु अनुमति छैन'। अतः खुफ काट्ने प्रारम्भिक आदेश रद्द भइसकेको कुरा यसबाट प्रमाणित हुन्छ। यदि यो अनिवार्य भएको भए नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसको व्याख्या गर्नुहुन्थ्यो। वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

एहराममा रहेका तीर्थयात्रीले गोलीगाँठो नढाक्ने जुत्ता लगाउन अनुमति छ, किनकि ती जुत्ताहरू चप्पलकै श्रेणीमा पर्छन्।

इजार (तल लगाउने एहराम) लाई बाँध्न र धागो वा यस्तै कुनै चीजले बाँध्न अनुमति छ; किनकि यस कार्यलाई निषेध गर्ने कुनै प्रमाण छैन।

एहराममा रहेको हजयात्रीले नुहाउन, आफ्नो टाउको धुन र आवश्यक परेमा बिस्तारै र सजिलैसँग टाउको कन्याउन अनुमति छ। यसो गर्दा केही कपाल खस्यो भने, केही फरक पर्दैन।

एहराममा रहेकी महिलाका लागि अनुहार ढाक्ने नकाब वा बुर्का र हातमा पञ्जा लगाउन निषेध गरिएको छ; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«وَلَا تَنْتَقِبِ المَرْأَةُ المُحْرِمَةُ، وَلَا تَلْبَسِ القُفَّازَيْنِ».

अर्थ: "एहराममा रहेकी महिलाले नकाब (नोज पिस) र हातमा पञ्जा लगाउनु हुँदैन।"45 यो हदीसलाई इमाम बुखारीले वर्णन गरेका छन्। पन्जा: ऊन, कपास वा अन्य सामग्रीबाट हातको आकारमा सिलाइएका वा बुनेका पन्जाहरू हुन्।

महिलालाई उक्त दुई कुरा बाहेक कमिज, सुरुवाल, चप्पल, मोजा ​​आदि जस्ता सिलाइएको अन्य लगाउन अनुमति छ।

त्यसैगरी, आवश्यक परेमा आफ्नो घुम्टोले अनुहार छोप्नु जायज छ। यदि घुम्टोले अनुहार छुन्छ भने त्यसमा कुनै गलती छैन; किनकि आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभएको छ: अर्थ: "हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा एहरामको अवस्थामा हुँदा सवारहरू हाम्रो छेउबाट जाने गर्दथे। जब तिनीहरू हाम्रो छेउमा आउँथे, हामीमध्ये प्रत्येकले आफ्नो घुम्टो टाउकोबाट अनुहारमाथि झुण्ड्याउने गर्थ्यौं र उनीहरू अगाडि बढेपछि हामी त्यसलाई हटाई दिन्थ्यौं।"46 यसलाई अबू दाऊद र इब्ने माजाले वर्णन गरेका छन्। दारकुतनीले यो हदीसलाई उम्मे सलमाबाट वर्णन गरेका छन्।

त्यसैगरी उनले लुगा वा अन्य कुनै चीजले आफ्नो हात छोप्न अनुमति छ, तर गैर-महरम (पर-पुरुष) हरूको उपस्थितिमा आफ्नो अनुहार र दुवै हात छोप्नु अनिवार्य हो; किनभने त्यो पर्दा (गोप्य अंग) हो, अल्लाहले भन्नुभएको छ:

﴿...وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ...﴾

अर्थ: "...उनीहरूले आफ्ना पतिहरू बाहेक अरूलाई आफ्नो शृङ्गार (सौन्दर्य) प्रदर्शन नगरून्...।" [अन्नूरः ३१] निस्सन्देह, अनुहार र हातहरू श्रृंगारका प्रमुख अंगहरूमध्ये हुन्।

अनुहार त झन् श्रृंगारको केन्द्र बिन्दु हो, अल्लाहले भन्नुभएकोछः

﴿...وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِنْ وَرَاءِ حِجَابٍ ذَلِكُمْ أَطْهَرُ لِقُلُوبِكُمْ وَقُلُوبِهِنَّ...﴾

अर्थ: "...जब तिमी उनीहरूसँग केही माग्छौ भने, पर्दा पछाडिबाट माग। यो तिम्रो र उनीहरूको हृदयको लागि धेरै पवित्र छ...।" [अल् अहजाबः ५३]

धेरै महिलाहरूले आफ्नो अनुहारबाट घुम्टोलाई टाढा राख्नको लागि त्यसको मुनि पट्टी राख्ने जुन चलन बसालेका छन्, हाम्रो जानकारी अनुसार शरीअतमा त्यसको कुनै आधार छैन। यदि यो जायज भएको भए, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई यो कुरा व्याख्या गर्नुहुन्थ्यो र उहाँलाई यसबारे मौन रहनु कदापि उचित थिएन।

एहराममा रहेका पुरुष र महिलाले आफ्नो एहरामको वस्त्र फोहोर भएमा धुन सक्छन् र आवश्यकता अनुसार त्यसलाई फेर्न पनि मिल्छ।

जाफरान (केसर) वा वर्स (एक प्रकारको सुगन्धित वनस्पति) ले छोएको कुनै पनि लुगा लगाउन अनुमति छैन; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इब्न उमर (रजियल्लाहु अन्हुमा) को हदीसमा त्यसो गर्न निषेध गरेका छन्।

मुहरिमले अश्लील कुराकानी, अनैतिकता र झगडाबाट टाढा रहनुपर्छ; अल्लाहले भन्नुभएको छ:

﴿الْحَجُّ أَشْهُرٌ مَّعْلُومَاتٌ فَمَنْ فَرَضَ فِيهِنَّ الْحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوقَ وَلَا جِدَالَ فِي الْحَجِّ...﴾

अर्थ: "हजका महिनाहरू निर्धारित छन्। त्यसैले जसले यी महिनाहरूमा हजको नियत गर्छ, उसले तीर्थयात्राको समयमा यौनसम्बन्ध, अवज्ञा र झगडा नगरोस्...।" [अल् बकरः १९७]

नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ, उहाँले भन्नुभएको छ:

«مَنْ حَجَّ، فَلَمْ يَرْفُثْ، وَلَمْ يَفْسُقْ، رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ».

अर्थ: "जसले तीर्थयात्रा गर्छ र अश्लील कुरा तथा पाप गर्दैन, ऊ आफ्नो आमाले जन्माएको दिन जस्तै पवित्र हुन्छ।"47 'रफस' : सम्भोग, अश्लील शब्द वा अनुचित कार्य।

'फिस्क' : भन्नाले पाप कार्यलाई बुझिन्छ।

'जिदाल' : झूटको बारेमा बहस गर्नु वा बेकारको वादविवाद गर्नु हो। तर, सत्यलाई उजागर गर्न र असत्यको खण्डन गर्नका लागि उत्तम ढङ्गले गरिने तर्क-वितर्कमा कुनै आपत्ति छैन, बरु यसको लागि त आदेश नै दिइएको छ; अल्लाहले भन्नुभएको छ:

﴿ادْعُ إِلَى سَبِيلِ رَبِّكَ بِالْحِكْمَةِ وَالْمَوْعِظَةِ الْحَسَنَةِ وَجَادِلْهُمْ بِالَّتِي هِيَ أَحْسَنُ...﴾

अर्थ: "(हे नबी !) आफ्नो पालनकर्ताको मार्गतिर बुद्धि र राम्रो उपदेशका साथ आह्वान गर्नुहोस् र तिनीहरूसँग उत्तम तरिकाले बहस गर्नुहोस्...।" [अन्-नहल : १२५]

एहराममा रहेका पुरुष हज यात्रीले आफ्नो टाउकोलाई छुने कुनै पनि चीजले ढाक्नु हुँदैन, जस्तै टोपी, रोमाल, पगडी आदि। त्यसैगरी पुरुषले आफ्नो अनुहार पनि

ढाक्नु हुँदैन, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अराफातको दिन आफ्नो सवारीबाट लडेर मृत्यु भएको व्यक्तिको बारेमा भन्नुभएको छ:

«اغْسِلُوهُ بِمَاءٍ وَسِدْرٍ، وَكَفِّنُوهُ فِي ثَوْبَيْهِ، وَلَا تُخَمِّرُوا رَأْسَهُ، وَلَا وَجْهَهُ، فَإِنَّهُ يُبْعَثُ يَوْمَ القِيَامَةِ مُلَبِّيًا».

अर्थ: “यसलाई पानी र सिद्र (बयरको पात) मिसाइएको पानीले नुहाइदेऊ, उसको एहरामका दुई वस्त्रमा बेरेर कफन देऊ तथा उसको टाउको र अनुहारलाई नढाक्नु; किनकि कियामतको दिन उसलाई तल्बिया पढ्दै उठाइनेछ।"48 बुखारी र मुस्लिम दुवैले वर्णन गरेका छन् र यो शब्द मुस्लिमको हो।

एहरामको अवस्थामा गाडीको छत, छाता वा यस्तै अरू वस्तु मुनि छाया लिने कुरामा केही गलत छैन, जस्तै पाल वा रूखमुनि छाया लिनु। किनभने 'जमरत अल-अकबा' मा रमी (ढुङ्गा हान्ने कार्य) गर्दा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि कपडाले छाया दिएको सही हदीसबाट प्रमाणित छ। त्यसैगरी अराफातको दिन उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को लागि 'नमिरा' मा पाल राखिएको थियो र उहाँले सूर्य नढलुन्जेलसम्म त्यसै मुनि बस्नुभएको कुरा प्रमाणित छ।

एहरामको अवस्थामा रहेका पुरुष तथा महिलाहरूका लागि जंगली जनावरको शिकार गर्नु, शिकारमा सहयोग पुऱ्याउनु र जनावरलाई त्यसको स्थानबाट धपाउनु निषेध छ। त्यसैगरी निकाह (विवाह) पढाउनु, यौनसम्पर्क राख्नु, महिलाहरूलाई विवाहको प्रस्ताव राख्नु वा कामवासनाका साथ स्त्रीलाई स्पर्श गर्नु निषेध गरिएको छ; उस्मान (रजियल्लाहु अन्हु) बाट वर्णित हदीसमा छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«لَا يَنْكِحُ المُحْرِمُ وَلَا يُنْكِحُ وَلَا يَخْطُبُ».

अर्थ: "मुहरिम (एहराममा रहेको व्यक्ति) ले विवाह गर्नु, अरूको निकाह गर्नु वा विवाहको प्रस्ताव राख्नु हुँदैन।"49 यसलाई इमाम मुस्लिमले वर्णन गरेका छन्।

यदि कुनै मुहरिमले बिर्सेर वा अज्ञानतामा सिलाइएको लुगा लगाउँछ वा टाउको ढाक्छ वा अत्तर लगाउँछ भने उसमाथि कुनै 'फिद्-या' (जरिवाना) छैन। तर, याद आउँदा वा थाहा हुँदा उसले त्यो हटाउनु पर्छ। त्यसैगरी, यदि कसैले बिर्सेर वा अज्ञानतामा आफ्नो कपाल खौर्यो वा कपालको केही भाग काट्यो वा नङ काट्यो भने सही दृष्टिकोण अनुसार उसमाथि कुनै प्रायश्चित्त छैन।

मुस्लिमले हरम सीमा भित्र शिकार गर्नु वा कुनै हतियार वा संकेत गरेर वा यस्तै कुनै चीजले त्यसलाई मार्न सहयोग गर्न निषेध गरिएको छ। चाहे ऊ एहरामको अवस्थामा होस् वा नहोस्, पुरुष होस् वा महिला होस्।

त्यसैगरी शिकारलाई उसको ठाउँबाट धपाउन निषेध गरिएको छ । हरमका रुखहरू र हरिया बोटबिरुवाहरू काट्न र यहाँ भेटिएका सर सामानहरू (लुक्ता) केवल पहिचान गराउने व्यक्ति बाहेक अरूले उठाउने छैन; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«فَإِنَّ هَذَا البَلَدَ - يَعْنِي مَكَّةَ - حَرَامٌ بِحُرْمَةِ اللَّهِ إِلَى يَوْمِ القِيَامَةِ، لَا يُعْضَدُ شَوْكُهُ، وَلَا يُنَفَّرُ صَيْدُهُ، وَلَا يُلْتَقَطُ لُقَطَتُهُ إِلَّا مَنْ عَرَفَهَا، وَلَا يُخْتَلَى خَلَاهَا».

अर्थ: "निश्चय नै यो शहर (मक्का) प्रलयको दिनसम्म अल्लाहले हराम (पवित्र) गर्नुभएकोले पवित्र छ। यसको काँडा काटिने छैन, यसको शिकारलाई भगाइने छैन र यहाँ भेटिएका सामानहरू पहिचान गराउने व्यक्ति बाहेक अरूले उठाउने छैन र यसको घाँस काटिने छैन।"50 (बुखारी र मुस्लिम)

'मुनशिद' : त्यो व्यक्ति हो जसले फेला परेको वस्तु फिर्ता गर्नको लागि त्यसको मालिक खोज्छ र आफैंले लिँदैन।

‘खला’ : यो हरियो घाँस हो, जसलाई पवित्रस्थानमा काट्न निषेध गरिएको छ।

भौगोलिक रूपमा मिना र मुजदलिफा ‘हरम’ (निषेधित/पवित्र क्षेत्र) सिमाना भित्र पर्छन्, जबकि अरफात ‘हिल’ (हरम भन्दा बाहिर) पर्छ।

अध्याय

हाजीले मक्का आइपुग्दा र मस्जिदे हराममा प्रवेश गरेपछि गर्ने तवाफ र यसको विवरण

मुहरिम (हजयात्री) ले मक्का आइपुगदा प्रवेश गर्नु अघि स्नान गर्नु मुस्तहब हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्नान गर्नुभएको थियो। मस्जिद अल-हराममा पुगेपछि, दाहिने खुट्टा अघि बढाएर प्रवेश गर्नु र निम्न दुआ पढ्नु सुन्नत हो: "बिस्मिल्लाह, वस्-सलातु वस्-सलामु अला रसूलिल्लाह, अऊजु बिल्लाहिल-अजीम, व बिवज्हिहिल-करीम, व सुल्तानिहिल-कदीम, मिनश-शैतानिर्रजीम, अल्लाहुम्मफ्तह ली अब्वाब रहमतिक।"

अर्थ: अल्लाहको नामबाट सुरु गर्दछु र अल्लाहका रसूलमाथि शान्ति र आशीर्वाद अवतरित होस्। म महान् अल्लाह, उहाँको दयालु अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतानबाट शरण चाहन्छु। हे अल्लाह! मेरो लागि आफ्नो दयाको ढोका खोल्नुहोस्।

अन्य मस्जिदहरूमा प्रवेश गर्दा पनि यही दुआ पढिन्छ र मेरो जानकारीअनुसार मस्जिद अल-हराममा प्रवेश गर्नका लागि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट अरू कुनै विशेष जिक्र प्रमाणित छैन।

जब मुहरिम काबा नजिक पुग्छ, यदि ऊ ‘हज्जे-तमत्तुअ’ वा ‘उमरह’ गरिरहेको छ भने, ‘तवाफ’ सुरु गर्नु अघि उसले तल्बिया पढ्न बन्द गर्नुपर्छ, त्यसपछि उसले ‘हज्रे-अस्वद’ कालो ढुङ्गा तिर जान्छ र आफ्नो दाहिने हातले त्यसलाई स्पर्श गर्नुपर्छ र सम्भव भए त्यसलाई चुम्बन गर्नुपर्छ। तर, यस क्रममा अनावश्यक भीडभाड गरेर अन्य मानिसहरूलाई दु:ख पुर्‍याउनु हुँदैन। हज्रे-अस्वदलाई स्पर्श गर्दा निम्न वाक्य उच्चारण गर्नुपर्छ: “बिस्मिल्लाहि वल्लाहु अक्बर” "بِسْمِ اللهِ وَاللهُ أَكْبَرُ" अथवा “अल्लाहु अक्बर” "اللهُ أَكْبَرُ"। यदि हजर अल-अस्वदलाई चुम्बन गर्न गाह्रो छ भने, उसले आफ्नो हात, लट्ठी वा यस्तै कुनै चीजले छुनु पर्छ र छोएको कुरालाई चुम्बन गर्नु पर्छ। यदि छुन पनि गाह्रो छ भने, उसले त्यसतर्फ हातले सङ्केत (इशारा) गरेर ‘अल्लाहु अकबर’ भन्नु पर्छ र सङ्केत गरेको कुरालाई चुम्बन गर्नु हुँदैन। तवाफ वैध हुने शर्त: तवाफ गर्ने व्यक्ति सानो र ठूलो दुवै अशुद्धताबाट शुद्ध हुनुपर्छ; किनकि तवाफ नमाज जस्तै हो, तर यसमा बोल्न अनुमति दिइएको छ। तवाफ गर्दा काबालाई आफ्नो बायाँतिर राख्नु पर्छ। तवाफको सुरुमा यो दुआ 'अल्लाहुम्म ईमानन् बिक, व तस्दीकन् बिकिताबिक, व वफाअन् बिअह्दिक, वत्तिबाअन लिसुन्नति नबिय्यिक मुहम्मदिन सल्लल्लाहु अलैहि व सल्लम।' पढ्नु राम्रो हो, किनकि यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ।

अर्थ: हे अल्लाह, तपाईंमाथिको विश्वास, तपाईंको पुस्तकमा विश्वास, तपाईंको वाचालाई पूरा गर्दै र तपाईंको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै यो तवाफ गर्दछु।

तवाफ ७ चोटी गर्नुपर्छ र तवाफको पहिलो तीन चक्करहरूमा 'रमल' (छिटो हिँड्नु) गर्नुपर्छ अनि बाँकी चार चक्करहरू सामान्य गतिमा हिँड्नुपर्छ।

तवाफे कुदूम अर्थात मक्का आगमनको पहिलो तवाफ मा 'रमल' गर्नुपर्छ। यो उमरह, हज तमत्तुअ, हज इफराद (केवल हज) वा हज किरान (हज र उमरहसँगै) गर्ने सबै प्रकारका एहराम बाँध्नेहरूका लागि लागू हुन्छ।

'हज्रे-अस्वद' बाट तवाफको सुरुवात हुन्छ र त्यहीँ गएर समाप्त हुन्छ।

‘रमल’ : छोटो पाइला चाल्दै छिटो हिँड्ने कार्यलाई बुझाउँछ।

केवल यस तवाफको सथौँ चक्कर मा ‘इज्तिबा’ गर्नु मुस्तहब हो। ‘‘इज्तिबा’ : एहरामको मध्य भागलाई दाहिने काँखीमुनि र दुवै किनाराहरूलाई देब्रे काँधमाथि राख्नु हो।

तवाफ वा सईका चक्करहरूको सङ्ख्यामा कुनै शङ्का उत्पन्न भयो भने उसले निश्चितता (यकीन) को आधारमा निर्णय गर्नुपर्छ, जुन कम संख्या हो। यदि तीन वा चार चक्करमा शङ्का लग्यो भने उसले त्यसलाई तीन मानी बाँकी पूरा गर्नुपर्छ अनि साईमा पनि यही नियम लागु हुन्छ।

तवाफ पूरा गरेपछि, तवाफको दुई रकअत नमाज पढ्नु अघि पहिला आफ्नो दुवै काँधलाई एहरामले ढाक्नुपर्छ र चादरका दुवै किनारालाई छातीमाथि राख्नुपर्छ।

महिलाहरूलाई सचेत गराउनुपर्ने र सुधार गर्नुपर्ने गम्भीर विषयहरूमध्ये एउटा तवाफको समयमा पूर्ण शृङ्गार र सुगन्धित भएर आउनु तथा पर्दा (हिजाब) नगर्नु हो। याद रहोस्, 'औरत' (महिला) पर्दा हुन्। त्यसैले महिलाले तवाफ गर्दा र पुरुषहरूसँग मिसिनु पर्ने अन्य अवस्थाहरूमा पर्दा गर्नुपर्छ अनि शृङ्गार त्याग्नुपर्छ, किनभने तिनीहरूलाई पर्दा र प्रलोभनको स्रोत मानिन्छ।महिलाको अनुहार उनको सौन्दर्यको मूल केन्द्र भएकोले आफ्ना 'महरम' बाहेक अरूलाई प्रकट गर्न अनुमति छैन; अल्लाहले भन्नुभएको छ:

﴿...وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ...﴾

अर्थ: "...उनीहरूले आफ्ना पतिहरू बाहेक अरूलाई आफ्नो शृङ्गार (सौन्दर्य) प्रदर्शन नगरून्...।" [अन्नूरः ३१] यदि कुनै पुरुषले उनीहरूलाई हेरिरहेको छ भने, ‘हज्रे अस्वद’ (कालो ढुङ्गा) लाई चुम्बन गर्दा आफ्नो अनुहार खोल्न अनुमति छैन। यदि उनीहरूलाई ‘हज्रे अस्वद’ (कालो ढुङ्गा) चुम्बन गर्न विशेष समय दिइएको छैन भने, उनीहरूले पुरुषहरूको वरिपरि भीड लाग्न अनुमति छैन, बरु उनीहरूले तिनीहरूको पछाडि परिक्रमा गर्नुपर्छ र यो उनीहरूको लागि काबाको नजिक गएर पुरुषहरूसँग भिडभाड गर्नुभन्दा राम्रो हो र यसमा बढी पुण्य हो। त्यसैले महिलाहरूले ‘रमल’ गर्नु हुँदैन। तवाफे कुदूम बाहेक अन्य 'तवाफ' र ‘सई’ मा रमल र इज्तिबा गर्नु हुँदैन। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तवाफे कुदूम बाहेक अन्य 'तवाफ' र ‘सई’ मा रमल र इज्तिबा गर्नुभएन। तवाफ गर्ने व्यक्ति वुजूको अवस्थामा हुनुपर्छ रआफ्नो पालनकर्ताप्रति समर्पित र उहाँको सामु विनम्र हुनुपर्छ।

तवाफ गर्दा बारम्बार अल्लाहको ‘जिक्र’ (स्मरण) र ‘दुआ’ गर्नु साथै पवित्र कुरआनको तिलावत गर्नु राम्रो हो । तवाफ र सई गर्दा कुनै विशेष दुआ वा जिक्र अनिवार्य छैन।

केही मानिसहरूले तवाफ वा सईको प्रत्येक चक्करका लागि विशेष दुआहरू आविष्कार गरेका छन्, यसको कुनै आधार छैन। बरु, आफूलाई सहज हुने जुनसुकै जिक्र र दुआ गर्नु पर्याप्त छ। 'रुक्ने यमानी' लाई ‘बिस्मिल्लाहि वल्लाहु अकबर’ भनेर दाहिने हातले छुनु; तर चुम्नु हुँदैन। यदि भिडभाड वा अन्य कारणले त्यसलाई छुन गाह्रो छ भने त्यसलाई छोडेर आफ्नो तवाफमा अगाडि बढ्नुपर्छ। यस्तो अवस्थामा त्यसतर्फ हातले सङ्केत (इसारा) गर्नु वा त्यसको सामुन्ने पुग्दा ‘तकबीर’ भन्नु पर्दैन; किनकि हाम्रो जानकारी अनुसार नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यस्तो केही प्रमाणित छैन।

'रुक्ने यमानी' र 'हजरे अस्वद' को बीचमा यो दुआ पढ्नु मुस्तहब हो:

﴿...رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْاخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾

अर्थ: "हे हाम्रा पालनकर्ता, हामीलाई यस संसारमा र परलोकमा भलाइ प्रदान गर्नुहोस् अनि हामीलाई आगोको यातनाबाट बचाउनुहोस्।" [अल्-बकरह: २०१] तवाफ गर्दा हरेक पटक 'हजर अल-अस्वद' लाई छुनु र चुम्नु र 'अल्लाहु अक्बर' भन्नु पर्छ। यदि भीडभाड वा अन्य कारणले छुन र चुम्न गार्हो भयो भने टाढैबाट त्यसतर्फ हातले सङ्केत (इशारा) गर्दै 'अल्लाहु अक्बर' भन्नु पर्याप्त हुन्छ।

'जमजम' र 'मकामे इब्राहीम' को पछाडिबाट तवाफ गर्नुमा कुनै आपत्ति छैन, विशेष गरी भीडभाडमा, किनभने सम्पूर्ण मस्जिद परिक्रमा गर्ने ठाउँ हो। यदि मस्जिदको किनारा वा माथिल्लो तल्लाहरूबाट तवाफ गर्छ भने त्यो मान्य हुन्छ। तर सम्भव छ भने काबाको नजिक परिक्रमा गर्नु राम्रो हुन्छ।

तवाफ पूरा गरिसकेपछि मकामे इब्राहीम पछाडि सम्भव भए दुई रकअत नमाज पढ्नु, तर भीडभाडमा मस्जिदमा जहाँ पढे पनि हुन्छ। फातिहा पछि

﴿قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ1﴾

"कुल या अय्युहल काफिरून" [काफिरून् :१] पहिलो रक‘अतमा र

﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ1﴾

"कुल हुवल्लाहु अहद" [अल् इख्लास्: १] दोस्रो रकातमा पढ्नु सुन्नत हो र यही उत्तम हो। यदि अन्य कुनै सूरह पढ्छ भने कुनै आपत्ति छैन। त्यसपछि सम्भव छ भने 'हजर अल-अस्वद' तर्फ जानु र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै दाहिने हातले त्यसलाई स्पर्श गर्नु।

त्यसपछि सफा पहाडतिर जानु र सम्भव छ भने सफा (पहाड) माथि चढ्नु उत्तम हो वा त्यसको नजिक उभिनु र पहिलो चक्करको आरम्भमा अल्लाहको यो पवित्र वाणी पढ्नु :

﴿إِنَّ الصَّفَا وَالْمَرْوَةَ مِنْ شَعَائِرِ اللَّهِ...﴾

अर्थ: “निःसन्देह, ‘सफा’ र ‘मर्वा’ (पहाडहरू) अल्लाहका निशानीहरूमध्ये हुन्...।” [अल्-बकरह : १५८]

सफा पहाडमा पुग्दा किब्लातर्फ फर्किएर उभिनु र दुवै हात उठाएर अल्लाहको प्रशंसा गर्दै यो दुआ पढ्नु मुस्तहब हो: "ला इलाहा इल्लल्लाहु, वल्लाहु अक्बर, ला इलाहा इल्लल्लाहु वह्दहू ला शरीक लहू, लहुल मुल्कु व लहुल हम्दु, युहयी व युमीतु, व हुव अला कुल्लि शय्यिन कदीर्, ला इलाहा इल्लल्लाहु वह्दहू, अन्जज वअदहू, व नसर अब्दहू, व हजमल् अह्जाब वह्दहू ।"

अर्थ: अल्लाहबाहेक कोही सत्य उपास्य छैन र अल्लाह सबैभन्दा महान् हुनुहुन्छ। अल्लाहबाहेक कोही सत्य उपास्य छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन। सम्पूर्ण स्वामित्व उहाँकै हो र सम्पूर्ण प्रशंसा उहाँकै निम्ति हो। उहाँले नै जीवन र मृत्यु दिनुहुन्छ र उहाँ हरेक कुरामा सर्वशक्तिमान् हुनुहुन्छ।अल्लाहबाहेक कोही सत्य उपास्य छैन र उहाँ एक्लो हुनुहुन्छ। उहाँले आफ्नो वाचा पूरा गर्नुभयो, आफ्ना भक्तको मद्दत गर्नुभयो र एक्लैले सम्पूर्ण शत्रुहरूलाई परास्त गर्नुभयो। त्यसपछि आफ्नो इच्छा अनुसार दुआ गर्नु र यो दुआ र जिक्र तीन पटक दोहोर्याउनु पर्छ। त्यसपछि मरवातर्फ लाग्नुपर्छ र पुरुषले पहिलो हरियो बत्तीदेखि दोस्रो हरियो बत्तीसम्म तीव्र गतिमा दौडनुपर्छ। महिलाले दौडनु हुँदैन; किनकि उनीहरूले पर्दाको पालना गर्नुपर्छ। उनीहरूका लागि सम्पूर्ण सईमा सामान्य रूपमा हिँड्नु नै पर्याप्त छ। त्यसपछि हिँडेर मरवामा चढ्नुपर्छ वा त्यहाँ उभिनुपर्छ। सम्भव छ भने मरवामाथि चढ्नु उत्तम हो वा त्यसको नजिक उभिनु र मरवामा पनि सफामा जस्तै दुआ र जिकिर गर्नुपर्छ, केवल त्यो आयत पढ्नु हुँदैन, जुन अल्लाहको पवित्र वाणी हो:

﴿إِنَّ الصَّفَا وَالْمَرْوَةَ مِنْ شَعَائِرِ اللَّهِ...﴾

अर्थ: “निःसन्देह, ‘सफा’ र ‘मर्वा’ (पहाडहरू) अल्लाहका निशानीहरूमध्ये हुन्...।” [अल्-बकरह : १५८] नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसरण गर्दै पहिलो चक्करमा सफा पहाडमा चढ्नु सुन्नत हो। त्यसपछि ओर्लेर सामान्य हिँड्नुपर्ने स्थानमा हिँड्दै र दौडनुपर्ने स्थानमा दौडदै 'सई' पूरा गर्नुपर्छ। यो क्रम सात पटक दोहोर्याइन्छ। सफादेखि मर्वासम्म जानु एक चक्कर हो र मर्वादेखि सफासम्म जानु दोस्रो चक्कर हो। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले माथि उल्लेखित विधिअनुरूप नै गर्नुभयो र भन्नुभयो :

«خُذُوا عَنِّي مَنَاسِكَكُمْ».

अर्थ: “तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक।”51 सईको समयमा अत्यधिक 'जिक्र' र 'दुआ' गर्नु तथा साना र ठूला अशुद्धताबाट पवित्र अवस्थामा रहनु मुस्तहब हो। यदि उसले पवित्रता बिना साई गर्छ भने, यो उसको लागि पर्याप्त छ। त्यस्तैगरी, यदि कुनै महिलालाई तवाफ गरेपछि महिनावारी हुन्छ वा सुत्केरीको रक्तस्राव अनुभव हुन्छ भने, उसले साई गर्छे र यो उसको लागि पर्याप्त हुन्छ, किनभने शुद्धता साईको लागि शर्त होइन, बरु यो मुस्तहब हो।

'सई' पुरा गरेपछि आफ्नो कपाल खौरनु पर्छ वा कपाल छोटो पार्नु पर्छ र पुरुषहरूको लागि खौरनु राम्रो हो। तर यदि कोही 'हज' नजिक भएकोले कपाल छोटो पार्छ र खौरनु हजको लागि छोड्छ भने, त्यो राम्रो हो। किनकि जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबीहरू 'जिल्हिज्जा' को चौथो दिन मक्का आइपुग्नुभयो, तब उहाँले ‘हदी’ (कुर्बानीको जनावर) साथमा नल्याउनेहरूलाई एहरामबाट बाहिर निस्कन र आफ्नो कपाल छोटो पार्न आदेश दिनुभयो, तर उहाँले तिनीहरूलाई आफ्नो टाउको खौरन आदेश दिनुभएन। कपाल छोटो पार्दा सम्पूर्ण टाउकोबाट काट्नु पर्छ; यसको केही भाग मात्र छोटो पार्नु पर्याप्त छैन, जसरी यसको केही भाग खौरनु पर्याप्त छैन। महिलाले केवल आफ्नो कपाल छोटो पार्न अनुमति छ र उनीहरूले प्रत्येक चुल्ठोबाट औंलाको टुप्पो वा सोभन्दा कम भाग काट्नु पर्ने हुन्छ। औंलाको टुप्पो भनेको औंलाको टुप्पो (पोर) बुझिन्छ र महिलाले त्यो भन्दा बढी काट्नु हुँदैन।

यदि मुहरिमले उल्लेखित कार्यहरू सम्पन्न गर्छ भने उसको उमरह पूरा हुन्छ र एहरामको कारणले निषेध गरिएका सबै कुरा उसको लागि वैध हुन्छ। तर, यदि उसले आफूसँग 'हदी' (कुर्बानीको जनावर) ल्याएको छ भने हज र उमरह दुवैबाट पुर्ण रूपमा हलाल नभएसम्म एहराममा रहन्छ।

‘हज इफ्राद’ वा ‘हज किरान’ गर्ने व्यक्तिले यदि आफूसँग ‘हदी’ (कुर्बानीको जनावर) ल्याएको छैन भने उसले आफ्नो एहरामलाई ‘उमरह’ मा परिणत गर्नु र ‘हज तमत्तुअ’ गर्नु मुस्तहब हो, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई त्यसो गर्न आदेश दिनुभएको थियो र भन्नुभएको थियो:

«لَوْلَا أَنِّي سُقْتُ الهَدْيَ لَأَحْلَلْتُ مَعَكُمْ».

अर्थ: ‘‘यदि मैले कुर्बानीको जनावर (हदी) साथमा नल्याएको भए, म पनि तिमीहरूसँगै एहराम खोल्ने थिएँ।’’52

यदि कुनै महिलालाई उमरहको एहराम बाँधिसकेपछि महिनावारी हुन्छ वा सुत्केरी हुन्छ भने, उनले पवित्र नभएसम्म काबाको तवाफ र सफा-मरवाबीच सई गर्नु मिल्दैन। जब उनी शुद्ध हुन्छिन्, तवाफ र सई गर्छिन् अनि आफ्नो कपाल छोटो पार्छिन् र यसरी उनको उमरह पूरा हुन्छ।

तर, यदि उनी जुल-हिज्जाको आठौं दिन अघि शुद्ध भइनन् भने, उनले आफू बसेको स्थानबाट हजको एहराम बाँधेर अन्य हाजीहरूसँग 'मिना' प्रस्थान गर्नुपर्छ। यसो गर्नाले उनको हज 'किरान हज' मा परिणत हुन्छ र उनले अन्य हाजीहरूले गर्ने काम गर्छिन्, जस्तै: अरफातमा बस्नु, मश्अरे हराममा बस्नु, जमरातमा ढुङ्गा हान्नु, मुजदलिफा र मिनामा रात बिताउनु, कुर्बानी गर्नु र कपाल छोटो पार्नु।

जब उनी शुद्ध हुन्छिन् भने, उनले काबाको एक तवाफ र सफा-मरवाबीच एक सई गर्नुपर्छ। यो उनको हज र उमरह दुवैका लागि पर्याप्त हुन्छ; यसको प्रमाण आइशा (रजियल्लाहु अन्हा) को हदीस हो, जसमा उनलाई उमरहको एहराम बाँधिसकेपछि महिनावारी भएको थियो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो:

«افْعَلِي مَا يَفْعَلُ الحَاجُّ غَيْرَ أَنْ لَا تَطُوفِي بِالبَيْتِ حَتَّى تَطْهُرِي».

अर्थ: "हाजीले जे गर्छ, तिमीले पनि त्यही गर; तर शुद्ध नभएसम्म काबाको तवाफ नगर।"53 (बुखारी र मुस्लिम)

यदि महिनावारी भएकी वा सुत्केरी भएकी महिलाले कुर्बानीको दिन ढुङ्गा हान्छिन् र आफ्नो कपाल काट्छिन् भने, एहरामको कारण उनीमाथि निषेध गरिएका कुराहरू जस्तै अत्तर प्रयोग गर्नु आदि, उनको लागि वैध हुन्छ, तर श्रीमान बाहेक। जब उनले अन्य पवित्र महिलाहरू जस्तै आफ्नो हज पूरा गर्छिन् र पवित्रता पछि तवाफ र सई गर्छिन् भने, उनको पति उनको लागि वैध हुन्छ।

अध्याय

जुल-हिज्जाको आठौं दिन हजको एहराम लगाउने र मिनातर्फ प्रस्थान गर्ने

मक्कामा एहराम खोलेर बसेका र त्यहाँका बासिन्दाहरूमध्ये हज गर्न चाहनेहरूले आफ्नो घरबाट जुल-हिज्जाको आठौं दिनमा हजको एहराम बाँध्नु मुस्तहब हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरू 'अब्तह' नामक स्थानमा बसेका थिए र उहाँको आदेशअनुसार यौमुत्तर्विया (जुल-हिज्जाको आठौं दिन) त्यहाँबाट हजको लागि एहरामको अवस्थामा प्रवेश गरेका थिए। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई काबामा गएर वा मिजाब (पानी झर्ने नली) मुनि एहराम बाँध्न आदेश दिनुभएन। त्यसैगरी, मिनातर्फ प्रस्थान गर्दा उनीहरूलाई 'तवाफुल वदा' (विदाई तवाफ) गर्ने आदेश दिनुभएन। यदि यो निर्धारित भएको भए, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई अवश्य पनि सिकाउनुहुने थियो। वास्तवमा, सबै भलाइ नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरू (रजियल्लाहु अन्हुम) को अनुसरणमा निहित छ।

हजको लागि एहरामको अवस्थामा प्रवेश गर्दा नुहाउनु, सफा गर्नु र अत्तर लगाउनु मुस्तहब हो, जसरी उसले मीकातबाट एहराम गर्दा गर्छ। जुलहिज्जाको आठौं दिनमा हजको एहराम बाँधेपछि सूर्य ढल्नु (जवाल) भन्दा अघि वा पछि मिनातर्फ प्रस्थान गर्नु सुन्नत हो। एहरामदेखि ‘जमरतुल अकबा’ मा ढुङ्गा नहान्दासम्म बारम्बार तल्बिया पढ्नु मुस्तहब हो। मिनामा जुहर, असर, मगरिब, इशा र फजरको नमाज पढ्नु पर्छ। प्रत्येक नमाजलाई यसको तोकिएको समयमा ‘कस्र’ (४ रकातलाई दुई रकात) गरी पढ्नु सुन्नत हो। तर, मगरिब र फजरको नमाजलाई ‘कस्र’ गर्नु हुँदैन।

यस विषयमा मक्काका बासिन्दाहरू र अन्य मानिसहरूबीच कुनै भिन्नता छैन; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मिना, अरफात र मुज्दलिफामा मक्कावासी र अन्य मानिसहरूलाई कसर गरी नमाज पढाउनुभयो र उहाँले मक्काका बासिन्दाहरूलाई बाँकी नमाज पूरा गर्न आदेश दिनुभएन। यदि उनीहरूका लागि पूरा पढ्न अनिवार्य भएको भए उहाँले तिनीहरूलाई व्याख्या गर्नुहुन्थ्यो।

त्यसपछि, अरफातको दिन सूर्योदयपछि हाजीहरू मिनाबाट अरफाततिर लाग्छन् र सम्भव छ भने, जवाल (मध्यान्ह) सम्म ‘नमिरा’ मा बस्नु सुन्नत हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसो गर्नुभएको थियो।

सूर्य ढल्केपछि इमाम वा उनको प्रतिनिधिले मानिसहरूलाई खुत्बा (प्रवचन) दिनु सुन्नत हो। जसमा उनले आजको दिन र त्यसपछि तीर्थयात्रीको लागि के निर्धारित छ भनेर व्याख्या गर्छ, तिनीहरूलाई अल्लाहको डर मान्न, उहाँको तौहीद (एकता) मा विश्वास गर्न र सबै कार्यहरूमा उहाँप्रति इमान्दार हुन आदेश दिन्छ। उनीहरूलाई उहाँले निषेध गर्नुभएको कुराहरू विरुद्ध चेतावनी दिन्छ। उनीहरूलाई अल्लाहको पुस्तक र उहाँको नबीको सुन्नत पालना गर्न उपदेश दिन्छ, हरेक मामिलामा तिनैअनुसार न्याय र फैसला गर्न साथै सबै मामिलाहरूमा नबीको उदाहरण पछ्याउन आदेश दिन्छ।

त्यसपछि तिनीहरूले जुहर र अस्रको नमाज जमअ (एकैसाथ) र कस्र (४ रकातलाई दुई रकात) गरी एक अजान र दुई इकामतका साथ पढ्छन्, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसो गर्नुभएको थियो।मुस्लिमले जाबिर (रजियल्लाहु अन्हुम) को हदीसबाट वर्णन गरेका छन्।

त्यसपछि हाजीहरू ‘अरफात’ को मैदानमा उभिन्छन्। ‘उरना’ उपत्यका बाहेक अरफातको सम्पूर्ण मैदान उभिने ठाउँ हो। सम्भव भएसम्म ‘किब्ला’ र ‘जबले रहमत’ दुवैतर्फ फर्कनु ‘मुस्तहब’ हो। छैन भने ‘किब्ला’ तर्फ फर्कनुपर्छ।

यस पवित्र स्थानमा हाजीहरूले अल्लाहको अत्यधिक जिक्र गर्नु र विनम्रतापूर्वक दुवै हात उठाएर दुआ गर्नु मुस्तहब हो। यदि तल्बिया पढ्छ वा कुरानबाट केही पढ्छ भने, त्यो राम्रो हो।

अरफातमा "ला इला-ह इल्लल्लाहु वह्दहु ला शरीक लहू, लहुल्-मुल्कु व लहुल्-हम्दु, युहयी व युमीतु व हुव अला कुल्लि शइइन् कदीर।" प्रशस्त मात्रामा पढ्नु सुन्नत हो,

किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«خَيْرُ الدُّعَاءِ دُعَاءُ يَوْمِ عَرَفَةَ، وَأَفْضَلُ مَا قُلْتُ أَنَا وَالنَّبِيُّونَ مِنْ قَبْلِي: لَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ المُلْكُ وَلَهُ الحَمْدُ، يُحْيِي وَيُمِيتُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ».

अर्थ: "दुआहरूमध्ये सर्वोत्कृष्ट दुआ ‘अरफा’ को दिनको दुआ हो। मैले र मभन्दा पहिलेका नबीहरूले गरेको सर्वश्रेष्ठ दुआ हो: "ला इलाह इल्लल्लाहु वह्दहु ला शरीक लह, लहुल मुल्कु व लहुल हम्द, युह्यी व युमीतु, व हुव अला कुल्लि शैइन कदीर।"54 नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«أَحَبُّ الكَلَامِ إِلَى اللَّهِ أَرْبَعٌ: سُبْحَانَ اللَّهِ، وَالحَمْدُ لِلَّهِ، وَلَا إِلَهَ إِلَّا اللَّهُ، وَاللَّهُ أَكْبَرُ».

अर्थ: "अल्लाहलाई अत्यधिक मन पर्ने चार शब्दहरू हुन्: सुब्हानल्लाह, वल-हम्दु लिल्लाह, वला इलाहा इल्लल्लाह वल्लाहु अकबर।"55

त्यसकारण, यो जिक्र (स्मरण) बारम्बार पढ्नुपर्छ, यसलाई नम्रता र हृदयको उपस्थितिसहित दोहोर्याउनु पर्छ। त्यसैगरी कुरआन र हदीसबाट प्रमाणित जिक्र र दुआहरू पनि बारम्बार पढ्नुपर्छ, विशेष गरी यस महान दिन र यस ठाउँमा। केही महत्वपूर्ण जिक्र र दुआहरू यस प्रकार छन्:

* "सुब्हानल्लाहि व बिहमदिही, सुब्हानल्लाहिल अजीम।" अर्थ: अल्लाहको महिमा र उहाँको प्रशंसा होस्, महान अल्लाहको महिमा होस्।

﴿...لَا إِلَهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ﴾

अर्थ: ...तपाईँ बाहेक कोही सत्य उपास्य छैन, तपाईँ पवित्र हुनुहुन्छ, वास्तवमा म अत्याचारीहरूमध्ये थिएँ। [अल् अम्बियाः ८७]

* "ला इलाहा इल्लल्लाहु, वला नअ्बुदु इल्ला इय्याहु, लहुन्-निअमतु व लहुल्-फद्लु व लहुस्-सनाउल्-हसनु, ला इलाहा इल्लल्लाहु मुख्लिसीन लहुद्-दीन वलौ करिहल्-काफिरून।"

अर्थ : अल्लाह बाहेक कोही सत्य उपास्य छैन, हामी उहाँ बाहेक अरू कसैको उपासना गर्दैनौँ; सम्पूर्ण आशिष् (नियामत), अनुग्रह (फजल) उहाँबाटै प्राप्त हुन्छ र उत्तम प्रशंसा उहाँकै लागि हो। अल्लाह बाहेक कोही सत्य उपास्य छैन, हामी पूर्ण एकनिष्ठ भई, धर्मलाई उहाँकै लागि विशुद्ध पार्दै उहाँप्रति समर्पित हुन्छौं, चाहे काफिर (अविश्वासी) हरूलाई यो मन नपरोस्।

* "ला हौल वला कुव्वता इल्ला बिल्लाह।"

अर्थ : अल्लाह बाहेक न कुनै सामर्थ्य छ, न कुनै शक्ति छ।56

* ﴿...رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْاخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾

अर्थ : "...हे हाम्रा पालनकर्ता! हामीलाई यस लोकमा भलाइ प्रदान गर्नुहोस् र परलोकमा पनि भलाइ प्रदान गर्नुहोस् र हामीलाई नर्कको यातनाबाट बचाउनुहोस्।"

[अल्-बकरह: २०१]

* اللَّهُمَّ أَصْلِحْ لِي دِينِيَ الَّذِي هُوَ عِصْمَةُ أَمْرِي، وَأَصْلِحْ لِي دُنْيَايَ الَّتِي فِيهَا مَعَاشِي، وَأَصْلِحْ لِي آخِرَتِيَ الَّتِي فِيهَا مَعَادِي، وَاجْعَلِ الحَيَاةَ زِيَادَةً لِي فِي كُلِّ خَيْرٍ، وَالمَوْتَ رَاحَةً لِي مِنْ كُلِّ شَرٍّ.

* "अल्लाहुम्मा अस्लिह् ली दीनीयल्लजी हुवा इस्मातु अमरी, व अस्लिह् ली दुन्यायल्लती फीहा मआशी, व अस्लिह् ली आखिरतीयल्लती फीहा मआदी, व ज्जलिल हयाता जियादतल्ली फी कुल्ली खैरिन, वल मौता राहतल्ली मिन कुल्ली शर्रिन।"

अर्थ: हे अल्लाह, मेरो धर्मलाई सही बनाउनुहोस् जुन मेरो मामिलाको सुरक्षा हो, मेरो सांसारिक जीवनलाई सही बनाउनुहोस् जसमा मेरो जीविकोपार्जन छ, मेरो मृत्यु पछिको जीवनलाई सही बनाउनुहोस्, जहाँ मैले फर्कनु छ, जीवनलाई मेरो लागि हरेक राम्रो कुरामा वृद्धि बनाउनुहोस् र मृत्युलाई मेरो लागि हरेक खराबीबाट राहत बनाउनुहोस्।57

* أَعُوذُ بِاللَّهِ مِنْ جَهْدِ البَلَاءِ، وَدَرَكِ الشَّقَاءِ، وَسُوءِ القَضَاءِ، وَشَمَاتَةِ الأَعْدَاءِ.

* "अऊजुबिल्लाहि मिन् जह्दिल्-बलाइ, व दरकिश्-शकाइ, व सूइल्-कजाइ, व शमाततिल्-आअ्दाइ।"

अर्थ: म विपत्तिको कठिनाइ, दुःखद परिस्थिति, भाग्यको दुष्टता र शत्रुहरूको खुशीबाट अल्लाहको शरण चाहन्छु।58

* اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الهَمِّ وَالحَزَنِ، وَأَعُوذُ بِكَ مِنَ العَجْزِ وَالكَسَلِ، وَأَعُوذُ بِكَ مِنَ الجُبْنِ وَالبُخْلِ، وَمِنَ المَأْثَمِ وَالمَغْرَمِ، وَأَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ وَقَهْرِ الرِّجَالِ.

* “अल्लाहुम्म इन्नी अऊजु बिका मिनल्-हम्मि वल्-हजनि, वल-अज्जि वल्-कसलि, वल-जुब्नि वल्-बुख्लि, वमिनल्-मासमि वल्-मग्रमि, व अऊजु बिका मिन् गलबतिद्-दैनी व कह्रिर्-रिजाल।”

अर्थ: “हे अल्लाह! म चिन्ता र शोकबाट तपाईंसँग शरण माग्दछु। म असहायता र आलस्यबाट तपाईंको शरण चाहन्छु। म कायरता, कन्जुस्याइँ, पाप र ऋणको भारबाट बच्न तपाईंसँग सुरक्षा माग्दछु। म ऋणको बोझ र मानिसहरूको उत्पीडनबाट तपाईंमा शरण चाहन्छु।”59

* اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ البَرَصِ وَالجُنُونِ وَالجُذَامِ وَمِنْ سَيِّئِ الأَسْقَامِ.

* "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-बरसि, वल्जुनूनि, वल्जुजामि, व मिन् सय्यिइल्-अस्कामि।"

अर्थ: हे अल्लाह ! म सेतो दुभी, पागलपन, कुष्ठरोग र घातक रोगहरूबाट तपाईंको शरण चाहन्छु।60

* "अल्लाहुम्मा इन्नी असअलुकल अफ्व वल आफियात फिद्दुन्या वल आखिरति।"

अर्थ: हे अल्लाह, म तपाईंसँग यस संसार र परलोकमा क्षमा र कल्याण माग्छु।

* "अल्लाहुम्म इन्नी अस्-अलुकल अफ्व व अल आफियात फी दीनी व दुन्याय व अह्ली व माली।"

अर्थ : हे अल्लाह, म तपाईंसँग मेरो धर्म, मेरो सांसारिक जीवन, मेरो परिवार र मेरो धनमा क्षमा र कल्याण माग्छु।

* اللَّهُمَّ اسْتُرْ عَوْرَتِي وَآمِنْ رَوْعَاتِي، اللَّهُمَّ احْفَظْنِي مِنْ بَيْنِ يَدَيَّ وَمِنْ خَلْفِي، وَعَنْ يَمِينِي وَعَنْ شِمَالِي، وَمِنْ فَوْقِي، وَأَعُوذُ بِعَظَمَتِكَ أَنْ أُغْتَالَ مِنْ تَحْتِي.

* "अल्लाहुम्मस्तुर अवरती व आमिन रौआती, अल्लाहुम्म इहफज्नी मिन बैनि यदय्य व मिन खल्फी, व अन यमीनी व अन शिमाली, व मिन फौकी, व अऊजु बि-अजमतिका अन उगताल मिन तह्ती"।

अर्थ : हे अल्लाह, मेरा गल्तीहरू लुकाउनुहोस् र डरहरूबाट मलाई सुरक्षा प्रदान गर्नुहोस्। हे अल्लाह, मलाई अगाडि, पछाडि, दाहिने, देब्रे र माथिबाट मलाई बचाउनुहोस्। म अचानक धर्तीमा धसिएर नष्ट हुनबाट तपाईंको महानताको शरण चाहन्छु ।61

* اللَّهُمَّ اغْفِرْ لِي جِدِّي وَهَزْلِي، وَخَطَئِي وَعَمْدِي، وَكُلَّ ذَلِكَ عِنْدِي، اللَّهُمَّ اغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَمَا أَسْرَرْتُ وَمَا أَعْلَنْتُ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، أَنْتَ المُقَدِّمُ وَأَنْتَ المُؤَخِّرُ، وَأَنْتَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ.

* "अल्लाहुम्माग्फिर ली जिद्दी व हज्ली, व खतअी व अम्दी, व कुल्ल जालिका इन्दी। अल्लाहुम्माग्फिर ली मा कद्दम्तु व मा अख्खर्तु, व मा असरर्तु व मा आलन्तु, व मा अन्त आअ्लमु बिही मिन्नी, अन्तल मुकद्दिमु व अन्तल मुआख्खिरु, व अन्त अला कुल्लि शयिन कदीर।"

अर्थ : हे अल्लाह, मेरो गम्भीरता र मजाक, मेरा गल्तीहरू र मेरा जानाजानी पापहरू क्षमा गर्नुहोस् र ती सबै अवगुणहरू म भित्र छन्। हे अल्लाह, मैले पहिले गरेको र पछि गरेको, मैले लुकाएको र सार्वजनिक गरेको र म भन्दा तपाईंलाई राम्रोसँग थाहा भएको कुरा क्षमा गर्नुहोस्। तपाईं जसलाई चाहनुहुन्छ अगाडि बढाउनुहुन्छ र जसलाई चाहनुहुन्छ पछाडि गर्नुहुन्छ र तपाईं सबै कुरामा सक्षम हुनुहुन्छ।62

* اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الثَّبَاتَ فِي الأَمْرِ وَالعَزِيمَةَ عَلَى الرُّشْدِ، وَأَسْأَلُكَ شُكْرَ نِعْمَتِكَ وَحُسْنَ عِبَادَتِكَ، وَأَسْأَلُكَ قَلْبًا سَلِيمًا وَلِسَانًا صَادِقًا، وَأَسْأَلُكَ مِنْ خَيْرِ مَا تَعْلَمُ، وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا تَعْلَمُ، وَأَسْتَغْفِرُكَ لِمَا تَعْلَمُ، إِنَّكَ عَلَّامُ الغُيُوبِ.

* "अल्लाहुम्म इन्नी असअलुकस्सबात फिल अम्रि वल अजीमत अलरुश्दि, व असअलुका शुक्र निअमतिक व हुस्न इबादतिक, व असअलुका कल्बन सलीमन व लिसानन सादिकन, व असअलुका मिन खैरि मा तअलमु, व अऊजु बिक मिन शर्रि मा तअलमु, व असतग्फिरुक लिमा तअलमु, इन्नक अल्लामुल गुयूब।"

अर्थ : हे अल्लाह, म तपाईंसँग (सङ्कष्टको समयमा) दृढता र सही काम गर्ने दृढ संकल्पको लागि प्रार्थना गर्दछु। म तपाईंको अनुग्रह र राम्रोसँग तपाईंको उपासना गर्नको लागि प्रार्थना गर्दछु। म तपाईंसँग शुद्ध हृदय र सत्य बोलीको लागि प्रार्थना गर्दछु। म तपाईंले जान्नुहुने उत्तम कुराको लागि प्रार्थना गर्दछु, म तपाईंले जान्नुहुने खराबीबाट शरण चाहन्छु र म तपाईंले जान्नुहुने कुराको लागि क्षमा माग्दछु, किनकि तपाईं अदृश्य कुराहरूको जानकार हुनुहुन्छ।63

* اللَّهُمَّ رَبَّ النَّبِيِّ مُحَمَّدٍ عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ، اغْفِرْ لِي ذَنْبِي، وَأَذْهِبْ غَيْظَ قَلْبِي وَأَجِرْنِي مِنْ مُضِلَّاتِ الفِتَنِ مَا أَحْيَيْتَنَا.

*"अल्लाहुम्म रब्बन्-नबिय्यि मुहम्मदिन (अलैहिस्-सलातु वस्-सलाम), इग्-फिर्ली जन्बी, व अज्-हिब् गै-ज कल्बी, व अजिर्नी मिन् मुदिल्लातिल्-फितनि मा अह्-यै-तना ।"

अर्थ: हे नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को पालनकर्ता! मेरो पाप क्षमा गर्नुहोस्, मेरो हृदयबाट क्रोध हटाउनुहोस् र जबसम्म तपाईं हामीलाई जीवित राख्नुहुन्छ, मलाई भ्रामक परीक्षाहरूबाट सुरक्षित राख्नुहोस्।64

* اللَّهُمَّ رَبَّ السَّمَاوَاتِ وَرَبَّ الأَرْضِ وَرَبَّ العَرْشِ العَظِيمِ، رَبَّنَا وَرَبَّ كُلِّ شَيْءٍ، فَالِقَ الحَبِّ وَالنَّوَى، وَمُنْزِلَ التَّوْرَاةِ وَالإِنْجِيلِ وَالفُرْقَانِ، أَعُوذُ بِكَ مِنْ شَرِّ كُلِّ شَيْءٍ أَنْتَ آخِذٌ بِنَاصِيَتِهِ، اللَّهُمَّ أَنْتَ الأَوَّلُ فَلَيْسَ قَبْلَكَ شَيْءٌ، وَأَنْتَ الآخِرُ فَلَيْسَ بَعْدَكَ شَيْءٌ، وَأَنْتَ الظَّاهِرُ فَلَيْسَ فَوْقَكَ شَيْءٌ، وَأَنْتَ البَاطِنُ فَلَيْسَ دُونَكَ شَيْءٌ، اقْضِ عَنَّا الدَّيْنَ وَأَغْنِنَا مِنَ الفَقْرِ.

* "अल्लाहुम्म रब्बस्समावाति व रब्बल्-अर्जि व रब्बल्-अर्शिल्-अजीम, रब्बना व रब्ब कुल्लि शैइन्, फालिकल्-हब्बि वन्नवा, व मुन्जिलत्तौराति वल्-इन्जीलि वल्-फुर्कानि, अऊजुबिक मिन् शर्रि कुल्लि शैइन् अन्त आखिजुन् बिनासियतिही। अल्लाहुम्म अन्तल्-औव्वलु फलैस कब्लक शैउन्, व अन्तल्-आखिरू फलैस बाअ्दक शैउन्, व अन्तज्-जाहिरु फलैस फौकक शैउन्, व अन्तल्-बातिनु फलैस दूनक शैउन्, इक्दि अन्नद्दैन व अग्निना मिनल्-फक्र।"

अर्थ: हे अल्लाह, आकाशहरू र पृथ्वीका स्वामी र महान सिंहासनका स्वामी, हाम्रा स्वामी र सबै कुराका स्वामी, ढुङ्गा फुटाएर अन्न र खजूरलाई उमार्नेवाला, तोरात, इन्जील र फुर्कान (कुर्आन) का अवतरणकर्ता! म तपाईंको शरण चाहन्छु ती सबै चीजहरूको नराम्रोबाट जसलाई तपाईंले नियन्त्रण गर्नुभएको छ ।

हे अल्लाह, तपाईं पहिलो हुनुहुन्छ र तपाईंभन्दा अगाडि केही छैन। तपाईं अन्तिम हुनुहुन्छ र तपाईंपछि केही छैन। तपाईं दृश्य हुनुहुन्छ र तपाईंभन्दा माथि केही छैन। तपाईं अदृश्य हुनुहुन्छ र तपाईंभन्दा नजिक केही छैन। हाम्रो ऋण चुक्ता गर्नुहोस् र हामीलाई गरिबीबाट समृद्ध बनाउनुहोस्।65

* اللَّهُمَّ أَعْطِ نَفْسِي تَقْوَاهَا، وَزَكِّهَا أَنْتَ خَيْرُ مَنْ زَكَّاهَا، أَنْتَ وَلِيُّهَا وَمَوْلَاهَا، اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ العَجْزِ وَالكَسَلِ، وَأَعُوذُ بِكَ مِنَ الجُبْنِ وَالهَرَمِ وَالبُخْلِ، وَأَعُوذُ بِكَ مِنْ عَذَابِ القَبْرِ.

* 'अल्लाहुम्म अ'ति नफ्सी तक्-वाहा, व जक्किहा अन्त खैरु मन् जक्काहा, अन्त वलीय्योहा व मौलाहा, अल्लाहुम्म इन्नी अऊ-जुबिक मिनल्-अज्-जि वल्-कसलि, व अऊ-जुबिक मिनल्-जुब्नि वल्-हरमि वल्-बुख्-लि, व अऊ-जुबिक मिन् अजाबिल्-कब्रि'।

अर्थ : हे अल्लाह, मेरो आत्मालाई तक्वा (इशभय) प्रदान गर्नुहोस्, यसलाई शुद्ध पार्नुहोस्, किनकि तपाईं यसलाई शुद्ध पार्नेहरूमध्ये सबैभन्दा राम्रो हुनुहुन्छ। तपाईं यसको संरक्षक र मालिक हुनुहुन्छ। हे अल्लाह, म असहायता र आलस्यबाट तपाईंको शरण चाहन्छु, म कायरता, बुढ्यौली र कन्जुस्याइँबाट तपाईंको शरण चाहन्छु र म चिहानको यातनाबाट तपाईंको शरण चाहन्छु।66

* اللَّهُمَّ لَكَ أَسْلَمْتُ، وَبِكَ آمَنْتُ، وَعَلَيْكَ تَوَكَّلْتُ، وَإِلَيْكَ أَنَبْتُ، وَبِكَ خَاصَمْتُ، أَعُوذُ بِعِزَّتِكَ أَنْ تُضِلَّنِي، لَا إِلَهَ إِلَّا أَنْتَ، أَنْتَ الحَيُّ الَّذِي لَا يَمُوتُ، وَالجِنُّ وَالإِنْسُ يَمُوتُونَ.

* "अल्लाहुम्म लक अस्लम्तु, व बिक आमन्तु, व अलैक तवक्कल्तु, व इलैक अनब्तु, व बिक खासम्तु, अऊजु बि इज्जतिक अन् तु जिल्लनी, ला इलाह इल्ला अन्त, अन्तल-हैय्युल्लजी ला यमूतु, वल्-जिन्नो वल्-इन्सो यमुतून।"

अर्थ: हे अल्लाह! मैले तपाईंको लागि इस्लामलाई आत्मसात् गरेको छु, तपाईंमा विश्वास गरेको छु, तपाईंमाथि भरोसा गरेको छु,तपाईंतिरै फर्केको छु र तपाईंद्वारा तर्क गरेको छु। म पथभ्रष्ट हुनबाट तपाईंको शरण चाहन्छु। तपाईं बाहेक अरु कोही सत्य ईश्वर छैन। तपाईं जीवित हुनुहुन्छ, जसलाई मृत्यु आउदैन, जबकि जिन्न र मानवजाति मर्नेछन्।67

* اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ عِلْمٍ لَا يَنْفَعُ، وَمِنْ قَلْبٍ لَا يَخْشَعُ، وَمِنْ نَفْسٍ لَا تَشْبَعُ، وَمِنْ دَعْوَةٍ لَا يُسْتَجَابُ لَهَا.

* 'अल्लाहुम्म इन्नी अऊजु बिका मिन् इल्मिन् ला यन्फअ, व मिन् कल्बिन् ला यख्शअ, व मिन् नफ्सिन् ला तश्बअ, व मिन् दअ्वतिन् ला युस्तजाबु लहा।'

अर्थ: हे अल्लाह! म लाभ नदिने ज्ञान, तपाइको भय नमान्ने हृदय, सन्तुष्ट नहुने आत्मा र स्वीकार नहुने प्रार्थनाबाट तपाईंको शरण चाहन्छु।68

* اللَّهُمَّ جَنِّبْنِي مُنْكَرَاتِ الأَخْلَاقِ وَالأَعْمَالِ وَالأَهْوَاءِ وَالأَدْوَاءِ.

*'अल्लाहुम्मा जन्निब्नी मुन्करातिल्-अख्लाकि, वल्-अअमालि, वल्-अहवाइ, वल्-अदवाइ।'

अर्थ : हे अल्लाह ! मलाई अनैतिकता, गलत क्रियाकलाप, गलत इच्छा र रोगहरूबाट बचाउनुहोस्।69

* اللَّهُمَّ أَلْهِمْنِي رُشْدِي، وَأَعِذْنِي مِنْ شَرِّ نَفْسِي.

* 'अल्लाहुम्म अल्-हिम्नी रुश्दी व अइज्नी मिन् शर्रि नाफ्सी'।

अर्थ: हे अल्लाह, मलाई सही कुराको मार्गदर्शन गर्नुहोस् र मेरो आत्माको दुष्टताबाट मलाई बचाउनुहोस्।70

* اللَّهُمَّ اكْفِنِي بِحَلَالِكَ عَنْ حَرَامِكَ، وَأَغْنِنِي بِفَضْلِكَ عَمَّنْ سِوَاكَ.

* "अल्लाहुम्मक्फिनी बिहलालिका अन हरामिक व अग्निनी बिफज्लिका अम्मन सिवाक"।

अर्थ : हे अल्लाह! मलाई वैध (हलाल) जीविकाद्वारा अवैध (हराम) बाट बचाउनुहोस् र आफ्नो अनुग्रहले मलाई समृद्ध बनाउनुहोस् ताकि म तपाईं बाहेक अरू कसैको आवश्यकता नपरोस्।71

* اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الهُدَى وَالتُّقَى وَالعَفَافَ وَالغِنَى [72].

* 'अल्लाहुम्म इन्नी अस्अलुकल्-हुदा, वत्तुका, वल्-अफाफ, वल्-गिना' ।

अर्थ : हे अल्लाह! म तपाईंसँग मार्गदर्शन (हिदायत), धर्मपरायणता (तक्वा), पवित्रता र समृद्धिको प्रार्थना गर्दछु।72

* اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الهُدَى وَالسَّدَادَ.

* 'अल्लाहुम्म इन्नी अस्अलुकल्-हुदा वस्-सदाद ' ।

अर्थ: हे अल्लाह! म तपाईंसँग मार्गदर्शन र धार्मिकताको लागि प्रार्थना गर्दछु।73

* اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنَ الخَيْرِ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، وَأَعُوذُ بِكَ مِنَ الشَّرِّ كُلِّهِ، عَاجِلِهِ وَآجِلِهِ، مَا عَلِمْتُ مِنْهُ وَمَا لَمْ أَعْلَمْ، وَأَسْأَلُكَ مِنْ خَيْرِ مَا سَأَلَكَ مِنْهُ عَبْدُكَ وَنَبِيُّكَ مُحَمَّدٌ ﷺ، وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا اسْتَعَاذَ مِنْهُ عَبْدُكَ وَنَبِيُّكَ مُحَمَّدٌ ﷺ، اللَّهُمَّ إِنِّي أَسْأَلُكَ الجَنَّةَ وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَعُوذُ بِكَ مِنَ النَّارِ وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ أَوْ عَمَلٍ، وَأَسْأَلُكَ أَنْ تَجْعَلَ كُلَّ قَضَاءٍ قَضَيْتَهُ لِي خَيْرًا.

* "अल्लाहुम्मा इन्नी अस्अलुका मिनल खैर कुल्लिही, आजिलिही व आजिलिही, मा अलिम्तु मिन्हु व मा लम् आलम्। व अऊजु बिका मिनश शर्रि कुल्लिही, आजिलिही व आजिलिही, मा अलिम्तु मिन्हु व मा लम् आलम्। अल्लाहुम्मा इन्नी अस्अलुका मिन खैरि मा सअलका मिन्हु अब्दुक व नबिय्युक मुहम्मदुन (सल्लल्लाहु अलैहि वसल्लम), व अऊजु बिका मिन शर्रि मस्तआजा मिन्हु अब्दुक व नबिय्युक मुहम्मदुन (सल्लल्लाहु अलैहि वसल्लम)। अल्लाहुम्मा इन्नी अस्अलुकल जन्नत व मा कर्रब इलैहा मिन कौलिन अव अमल, व अऊजु बिका मिनन नारि व मा कर्रब इलैहा मिन कौलिन अव अमल, व अस्अलुका अन तज्अला कुल्ला कजाइन कजैतहु ली खैरा।"

अर्थ: हे अल्लाह! म तपाईंसँग सम्पूर्ण भलाइको लागि प्रार्थना गर्दछु, चाहे त्यो तत्काल प्राप्त होस् वा पछि, मलाई थाहा होस् वा नहोस्। म तपाईंसँग सम्पूर्ण खराबीबाट तपाईंको शरण लिन्छु, चाहे त्यो तत्काल प्राप्त होस् वा पछि, मलाई थाहा होस् वा नहोस्। तपाईंको सेवक र सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले माग्नुभएको सम्पूर्ण भलाइहरूको लागि म तपाईंसँग प्रार्थना गर्दछु र तपाईंको सेवक र नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले शरण लिनुभएको सम्पूर्ण नराम्रो कुराबाट तपाईंको शरण चाहन्छु।

हे अल्लाह, म तपाईंसँग स्वर्ग र त्यस नजिक पुर्‍याउने हरेक वचन र कर्मको लागि दुआ गर्दछु। म तपाईंसँग नरक र त्यसको निकट पुर्‍याउने हरेक वचन र कर्मबाट तपाईंको शरण चाहन्छु। तपाईंले मेरो हकमा गर्नुभएको हरेक फैसला मेरा निम्ति राम्रो बनाउनु होस्।74

* لَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ المُلْكُ وَلَهُ الحَمْدُ، يُحْيِي وَيُمِيتُ بِيَدِهِ الخَيْرُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ، سُبْحَانَ اللَّهِ، وَالحَمْدُ لِلَّهِ، وَلَا إِلَهَ إِلَّا اللَّهُ، وَاللَّهُ أَكْبَرُ، وَلَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللَّهِ العَلِيِّ العَظِيمِ.

* "ला इलाह इल्लल्लाहु वह्दहु ला शरीक लह, लहुल् मुल्कु व लहुल् हम्दु, युह्यी व युमीतु बियदिहिल् खैरु वहुव अला कुल्लि शैइन् कदीर। सुब्हानल्लाहि, वल्हम्दु लिल्लाहि, वला इलाह इल्लल्लाहु, वल्लाहु अक्बर, वला हौल वला कुव्वत इल्ला बिल्लाहिल् अलिय्यिल् अजीम।"

अर्थ: अल्लाह बाहेक कोही पूज्य छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कोही साझेदार छैन। सबै साम्राज्य र प्रभुत्व उहाँकै हो र सबै प्रशंसा उहाँकै लागि हो। उहाँले नै जीवन दिनुहुन्छ र उहाँले नै मृत्यु दिनुहुन्छ, सबै भलाई र कल्याण उहाँकै हातमा छ र उहाँ सम्पूर्ण कार्य गर्न सामर्थ्य राख्नुहुन्छ। अल्लाह पवित्र हुनुहुन्छ, सबै प्रशंसा अल्लाहकै लागि हो, अल्लाह बाहेक कोही पूज्य छैन, अल्लाह सबैभन्दा महान हुनुहुन्छ र सर्वोच्च एवं महान अल्लाहको मद्दत बिना न त (पापबाट बच्ने) कुनै शक्ति छ न त सत्कर्म गर्ने नै।75

* اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ، وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا صَلَّيْتَ عَلَى إِبْرَاهِيمَ، وَعَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ، وَبَارِكْ عَلَى مُحَمَّدٍ، وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا بَارَكْتَ عَلَى إِبْرَاهِيمَ، وَعَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ.

* “अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आलि मुहम्मद, कमा सल्लैत अला इब्राहीम, व अला आलि इब्राहीम, इन्नक हमीदुम् मजीद, व बारिक अला मुहम्मद, व अला आलि मुहम्मद, कमा बारक्त अला इब्राहीम, व अला आलि इब्राहीम, इन्नक हमीदुम् मजीद ।”

अर्थः हे अल्लाह ! मुहम्मद र उहाँको परिवारमाथि दरुद (आशीर्वाद) पठाउनुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँको परिवारमाथि दरुद पठाउनुभयो। साँच्चै, तपाईं प्रशंसनीय र गौरवशाली हुनुहुन्छ। मुहम्मद र उहाँको परिवारमाथि बर्कत पठाउनुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँको परिवारमाथि बर्कत पठाउनुभयो। साँच्चै, तपाईं प्रशंसनीय र गौरवशाली हुनुहुन्छ।76

* ﴿...رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْاخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾

अर्थ: "हे हाम्रा पालनकर्ता, हामीलाई यस संसारमा र परलोकमा भलाइ प्रदान गर्नुहोस् अनि हामीलाई आगोको यातनाबाट बचाउनुहोस्।"

[अल्-बकरह: २०१]

यस महान् स्थानमा हाजीले पूर्वउल्लेखित जिक्र र दुआहरूका साथै सोही भावार्थ बोकेका अन्य जिक्र, दुआ र नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि पठाइने दरूदलाई बारम्बार दोहोर्‍याउनु मुस्तहब हो । दुआ माग्दा पूर्ण एकाग्रता र लगनशीलता अपनाउनु पर्छ र आफ्नो पालनकर्ता सँग दुनियाँ र आखिरत दुवैको भलाइको लागि प्रार्थना गर्नु पर्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा दुआलाई तीन पटक दोहोर्‍याउनुहुन्थ्यो, हामीले यसमा उहाँको अनुसरण गर्नु पर्छ।

यस अवस्थामा, मुस्लिम आफ्नो पालनकर्ताको अगाडि विनम्र हुन्छ, उहाँप्रति समर्पित हुन्छ, उहाँको अगाडि टुक्रिन्छ, उहाँको दया र क्षमाको आशा राख्छ, उहाँको दण्ड र क्रोधबाट डराउँछ, आफूलाई जवाफदेही बनाउँछ र साँचो हृदयले पश्चात्ताप (तौबा) लाई नवीकरण गर्छ।किनभने यो एक महान दिन र विशाल जमघट हो, जसमा अल्लाह आफ्ना सेवकहरूप्रति उदार हुनुहुन्छ, उनीहरूप्रति आफ्ना स्वर्गदूतहरूसामु गर्व गर्नुहुन्छ र यस विशेष दिनमा असङ्ख्य मानिसहरूलाई नरकको आगोबाट मुक्ति प्रदान गर्नुहुन्छ। बद्रको दिन बाहेक, शैतान अराफाको दिनमा सबै भन्दा बढी अपमानित, लाचार, घृणित र तुच्छ देखिन्छ। किनभने उसले आफ्ना सेवकहरूप्रति अल्लाहको उदारता, दया र र ठूलो सङ्ख्यामा उहाँको मुक्ति र क्षमा देख्छ।

सही मुस्लिममा आइशा (रजियल्लाहु अन्हा) बाट वर्णन छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«مَا مِنْ يَوْمٍ أَكْثَرَ مِنْ أَنْ يُعْتِقَ اللَّهُ فِيهِ عَبْدًا مِنَ النَّارِ مِنْ يَوْمِ عَرَفَةَ، وَإِنَّهُ لَيَدْنُو ثُمَّ يُبَاهِي بِهِمُ المَلَائِكَةَ، فَيَقُولُ: مَا أَرَادَ هَؤُلَاءِ؟».

अर्थ: "अल्लाहले अरफाको दिनमा जति धेरै सङ्ख्यामा आफ्ना भक्तहरूलाई नर्कको आगोबाट मुक्ति दिनुहुन्छ, त्यति अरू कुनै पनि दिनमा दिनुहुन्न। उहाँ (आफ्ना भक्तहरूको) नजिक आउनुहुन्छ र त्यसपछि स्वर्गदूतहरू समक्ष तिनीहरूको बारेमा गर्व गर्नुहुन्छ र भन्नुहुन्छ: यी मानिसहरू के चाहन्छन्?"77

त्यसैले मुस्लिमहरूले अल्लाहसामु आफूलाई सबैभन्दा राम्रो प्रस्तुत गर्नुपर्छ। आफ्नो शत्रु शैतानलाई अपमानित गर्नुपर्छ। बारम्बार अल्लाहलाई सम्झेर, प्रार्थना गरेर, निरन्तर पश्चात्ताप गरेर र सबै पाप र अपराधहरूको लागि क्षमा माग्दै उसलाई अपमानित गर्नुपर्छ।

हाजीहरूले यस पवित्र स्थान (अराफाको मैदान) मा सूर्यास्त नहोउन्जेलसम्म अल्लाहको जिक्र, दुआ र अत्यन्त विनम्रतापूर्वक प्रार्थना गर्नमा तल्लीन रहनुपर्छ।

जब सूर्य अस्ताउँछ, तिनीहरूले शान्ति र सम्मानका साथ मुज्दलिफातिर प्रस्थान गर्नुपर्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उदाहरण पछ्याउँदै बारम्बार तल्बिया पढ्दै खुला ठाउँहरूमा छिटो हिंड्नु पर्छ। अराफाबाट सूर्यास्त हुनुभन्दा पहिले प्रस्थान गर्नु अनुमति छैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) सूर्यास्त नभएसम्म अराफामै उभिनुभयो र भन्नुभयो:

«خُذُوا عَنِّي مَنَاسِكَكُمْ».

अर्थ: “तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक।”78

तिनीहरूले मुज्दलिफा पुगेपछि मगरिब (तीन रक'अत) र इशा (दुई रक'अत) एक अजान र दुई इकामतका साथ पढ्छन्, चाहे तिनीहरू मगरिबको समयमा मुज्दलिफामा पुग्छन् वा इशाको समय मा, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसैगरी पढ्नुभएको थियो।

केही सामान्य मानिसहरूले मुज्दलिफा आइपुगेदेखि नमाज पढ्नुभन्दा पहिले ढुङ्गा सङ्कलन गर्न थाल्छन् र यही तरिका सहि हो भनेर ठान्छन्, जबकि यो निराधार कुरा हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुज्दलिफाबाट ‘मिना’ तर्फ प्रस्थान गर्ने क्रममा मात्र ढुङ्गा संकलन गर्न आदेश दिनुभएको थियो। जुनसुकै ठाउँबाट ढुङ्गा संकलन गर्नु पर्याप्त हुन्छ। मुजदलिफाबाट सङ्कलन गर्नु आवश्यक छैन; बरु मिनाबाट सङ्कलन गर्नु जायज छ। सुन्नत भनेको यस दिन जमरात अल-अकाबा मा रमी गर्नको लागि केवल सातवटा ढुङ्गा जम्मा गर्नु हो र बाँकी तीन दिनको लागि मिनाबाट हरेक दिन एक्काइसवटा ढुङ्गा लिएर तीनवटै जमरातलाई हान्नु हो, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसरी गर्नुभएको थियो।

ढुङ्गाहरू धुनु पर्दैन, बरु नधोईकन हान्नुपर्छ; किनकि यस्तो कार्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूबाट प्रमाणित छैन। एकपटक प्रयोग गरिएको ढुङ्गालाई पुनः प्रयोग गर्नु हुँदैन।

हजयात्रीले आजको रात मुजदलिफामा बिताउँछन् अनि महिला, बालबालिका र कमजोर व्यक्तिहरूका लागि मध्यरातपछि मिनातर्फ प्रस्थान गर्न अनुमति छ। यसको प्रमाण आइशा, उम्म सलामा र अन्य हदीसमा छ। अन्य तीर्थयात्रीहरूको हकमा, फज्रको नमाज नपढेसम्म त्यहाँ बस्नु, त्यसपछि अल-मश'अर अल-हरममा किब्लातिर फर्केर उभिनु र पूर्ण रूपमा उज्यालो नहुन्जेलसम्म अल्लाहको जिक्र, तकबीर र दुआमा व्यस्त रहनुपर्छ। यहाँ प्रार्थना गर्दा हात उठाउनु मुस्तहब हो। मुजदलिफाको जुनसुकै ठाउँमा उभिनु पर्याप्त हुन्छ। 'मश्अरि हराम' मा पुग्न वा त्यहाँ चढ्न अनिवार्य छैन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«وَقَفْتُ هَاهُنَا - يَعْنِي عَلَى المَشْعَرِ الحَرَامِ - وَجَمْعٌ كُلُّهَا مَوْقِفٌ».

अर्थ: "मैले यहाँ (मश्अरिल हराम) उभें, तर सम्पूर्ण ‘जमअ’ (मुजदलिफा) उभिने स्थान हो।"79 यसलाई मुस्लिमले आफ्नो 'सही' मा वर्णन गरेका छन्।

'जम्अ' भन्नाले 'मुज्दलिफा' लाई बुझाउँछ।

पूर्ण रूपमा उज्यालो भएपछि, सूर्योदय हुनुभन्दा पहिले मिनाको लागि प्रस्थान गर्नुपर्छ। बाटोघाटो अत्यधिक तल्बिया पढ्नुपर्छ। 'मुहस्सिर' वादीमा अलि छिटो हिँड्नु मुस्तहब हो।

मिना पुगेपछि जमरतुल-अकाबामा तल्बिया पढ्न बन्द गर्नुपर्छ। एकपछि अर्को गर्दै क्रमशः सातवटा साना ढुङ्गा हान्नुपर्छ। प्रत्येक ढुङ्गा फ्याँक्दा हात उठाएर 'अल्लाहु अकबर' (तकबीर) भन्नु सुन्नत हो। वादी (उपत्यका) को मध्यभागमा उभिएर, पवित्र काबालाई आफ्नो देब्रे र मिनालाई दाहिनेतर्फ पारेर ढुङ्गा हान्नु मुस्तहब हो; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसरी गर्नुभएको थियो। यदि कसैले अर्को तर्फबाट रमी गर्छ र ढुङ्गाहरू त्यही हौजमा खस्छ भने पर्याप्त हुन्छ। ढुङ्गाहरू हौजमा रहनु आवश्यक छैन, बरु त्यसैमा खस्नु पर्छ। त्यसैले यदि ढुङ्गा हौजमा खसेर बाहिर निस्कियो भने विद्वानहरूको स्पष्ट भनाइ अनुसार यो पर्याप्त हो। यस कुरालाई इमाम नववी (रहमतुल्लाह अलैहि) ले आफ्नो पुस्तक 'शरह अल-मुहज्जब' मा स्पष्ट रूपमा उल्लेख गरेका छन्। जमरातमा प्रहार गरिने ढुङ्गाको आकार चनाको दानाभन्दा अलिकति मात्र ठूलो हुनुपर्छ।

रमी (ढुङ्गा) पछि आफ्नो कुर्बानीलाई जबह गर्नुपर्छ। 'नहर' वा 'जबह' गर्दा जनावरलाई किब्लातर्फ फर्काएर यो दुआ पढ्नु मुस्तहब हो: "बिस्मिल्लाहि वल्लाहु अकबर, अल्लाहुम्मा हाजा मिन्क व लक।"

अर्थ: अल्लाहको नामबाट सुरु गर्दछु, अल्लाह सबैभन्दा महान् हुनुहुन्छ। हे अल्लाह! यो तपाईंकै तर्फबाट हो र तपाईंकै लागि हो।

ऊँटलाई उभिएको अवस्थामा उसको देब्रे खुट्टा बाँधेर 'नहर' गर्नु र गाई तथा भेडाबाख्रालाई देब्रेतर्फ ढल्काएर 'जबह' गर्नु सुन्नत हो। यदि कसैले किब्लाबाहेक अन्य दिशामा फर्काएर वध गर्यो भने कुर्बानी मान्य हुन्छ मात्र सुन्नत छुट्यो; किनकि जबह गर्दा जनावरलाई किब्लातर्फ फर्काउनु सुन्नत हो, वाजिब होइन। आफ्नो कुर्बानीको मासुबाट आफूले खानु, इष्टमित्रलाई उपहार दिनु र गरिबहरूलाई सदका गर्नु मुस्तहब हो; किनकि महान् अल्लाहको पवित्र वाणी छ:

﴿...فَكُلُوا مِنْهَا وَأَطْعِمُوا الْبَائِسَ الْفَقِيرَ﴾

अर्थ: "...अनि त्यसबाट खाऊ अनि दरिद्र र गरिबहरूलाई पनि खुवाऊ।" [अल् हजः २८] विद्वानहरूको सर्वाधिक प्रामाणिक मतअनुसार, कुर्बानी गर्ने समय 'तश्रीक' को तेस्रो दिनको सूर्यास्तसम्म रहन्छ। यसरी, कुर्बानीको कुल अवधि कुर्बानीको दिन र त्यसपछिका तीन दिनहरू हुन्।

कुर्बानीको जनावर नहर वा जबह गरिसकेपछि आफ्नो टाउको खौरनुपर्छ वा कपाल छोटो पार्नुपर्छ तर खौरनु मुस्तहब हो; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कपाल खौरनेहरूका लागि तीन पटक र कपाल छोटो पार्नेहरूको हकमा एक पटक दया र क्षमाको दुआ गर्नुभयो। कपाल छोटो पार्दा टाउकोको केही भाग काट्नु पर्याप्त छैन; बरु खौरिँदा जस्तै सम्पूर्ण टाउकोको कपाल छोटो पार्नु अनिवार्य हो। महिलाले प्रत्येक चुल्ठोबाट औंलाको टुप्पो वा त्यो भन्दा कम काट्नु पर्छ।

जमरात अल-अकाबामा ढुङ्गा हानेपछि र कपाल खौरेपछि वा छोटो पारेपछि, एहरामको समयमा हजयात्रीलाई निषेध गरिएका सबै कुराहरू पत्नीसँगको शारीरिक सम्पर्क बाहेक जायज हुन्छन्। यसलाई 'प्रथम तहल्लुल' भनिन्छ। यस तहल्लुलपछि सुगन्ध (अत्तर) लगाएर 'तवाफ-ए-इफाजा' का लागि मक्का प्रस्थान गर्नु सुन्नत हो; आइशा (रजियल्लाहु अन्हा) बाट वर्णित हदीसमा उहाँले भन्नुभएको छ:

«كُنْتُ أُطَيِّبُ رَسُولَ اللَّهِ ﷺ لِإِحْرَامِهِ قَبْلَ أَنْ يُحْرِمَ، وَلِحَلِّهِ قَبْلَ أَنْ يَطُوفَ بِالبَيْتِ».

अर्थ: "म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई एहराम बाँध्नुअघि र हजमा काबाको परिक्रमा (तवाफ-ए-जियारत) गर्नुअघि अत्तर लगाउँथें।”80 यसलाई इमाम बुखारी र मुस्लिमले वर्णन गरेका छन्।

यस तवाफलाई 'तवाफे इफाजा' र 'तवाफे जियारा' पनि भनिन्छ। यो हजको स्तम्भहरू (रुक्न) मध्ये एक स्तम्भ हो, जस बिना हज मान्य हुँदैन, महान् अल्लाहको यस भनाइमा यसैलाई उल्लेख गरिएको छः

﴿ثُمَّ لْيَقْضُوا تَفَثَهُمْ وَلْيُوفُوا نُذُورَهُمْ وَلْيَطَّوَّفُوا بِالْبَيْتِ الْعَتِيقِ 29﴾

अर्थ: "त्यसपछि तिनीहरूले आफ्नो फोहोर हटाउन्, आफ्ना भाकलहरू (मन्नतहरू) पूरा गरून् र प्राचीन घर (काबा) को तवाफ गरून्।" [अल् हजः २९]

तवाफ र मकामे इब्राहीमको पछाडि दुई रकात नमाज पढिसकेपछि, यदि उसले 'हज्जे तमत्तो' गरिरहेको छ भने सफा र मरवाको बीचमा सई गर्छ; यो सई उसको हजको लागि हो र उसले गरेको पहिलो सई उमरहको थियो।

विद्वानहरूको सबैभन्दा सही राय अनुसार यसमा केवल एक सई पर्याप्त हुँदैन। यसको प्रमाण आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, जसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

«وَمَنْ كَانَ مَعَهُ هَدْيٌ فَلْيُهِلَّ بِالحَجِّ مَعَ العُمْرَةِ ثُمَّ لَا يَحِلُّ حَتَّى يَحِلَّ مِنْهُمَا جَمِيعًا».

अर्थ: “जसले साथमा हदी (कुर्बानीको जनावर) ल्याएको छ, उसले हज किरानको नियत गरोस्, त्यसपछि उ हज र उमरह पुरा नगरेसम्म हलाल हुने छैन।” आइशा (रजियल्लाहु अन्हा) ले हदीसमा थप भन्नुहुन्छ:

«فَطَافَ الَّذِينَ أَهَلُّوا بِالعُمْرَةِ بِالبَيْتِ وَبِالصَّفَا وَالمَرْوَةِ ثُمَّ حَلُّوا ثُمَّ طَافُوا طَوَافًا آخَرَ بَعْدَ أَنْ رَجَعُوا مِنْ مِنًى لِحَجِّهِمْ».

अर्थ: "उमरहको लागि एहराम बाँधेकाहरूले काबाको तवाफ र सफा-मरवाको सई गरे, त्यसपछि आफ्नो एहराम खोले र मिनाबाट फर्केपछि फेरी हजको लागि अर्को तवाफ गरे।"81 यसलाई इमाम बुखारी र मुस्लिमले वर्णन गरेका छन्।

आमा आइशा (रजियल्लाहु अन्हा) को भनाइ :

"त्यसपछि उनीहरू मिनाबाट फर्केपछि हजको लागि अर्को तवाफ गरे" यसको अर्थ : सफा र मर्वाबीचको 'सई' हो; यस हदीसको व्याख्यामा यही नै सर्वाधिक सही भनाइ हो। जसले यसको अर्थ 'तवाफ-ए-इफादा' हो भनी भनेका छन्, उनीहरूको भनाइ सही छैन; किनभने तवाफ-ए-इफादा सबैका लागि अनिवार्य स्तम्भ (रुक्न ) हो र उनीहरूले त्यो सम्पन्न गरिसकेका थिए। बरु, यो हज किरान गर्ने सँग सम्बन्धित छ, जुन हज पूरा गर्न मिनाबाट फर्केपछि सफा र मर्वाको बीचमा दोस्रो पटक गरिने सई हो। अल्लाहको कृपाले यो विषय पूर्णतः स्पष्ट छ र अधिकांश विद्वानहरूको मत पनि यही हो।

यही अर्थ सही हो भन्ने कुरालाई इमाम बुखारीले 'सही' मा इब्न अब्बास (रजियल्लाहु अन्हुमा) बाट निश्चित रूपमा उल्लेख गरेको यो वर्णनले पनि प्रमाणित गर्दछ, जसमा उनीसँग हज्जे-तमत्तु को बारेमा सोधिएको थियो र उनले भन्नुभएको थियो: अर्थ: "हज्जतुल वदाअ (अन्तिम हज) को समयमा मुहाजिरहरू, अन्सारहरू र नबी (सल्लल्लाहु अलैहि वसल्लम) का पत्नीहरूले हजको एहराम बाँधे र हामीले पनि सोही एहराम बाँध्यौं। जब हामी मक्का पुग्यौं, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'जसले आफूसँगै कुरबानीको जनावर (हदी) ल्याएको छैन, उसले आफ्नो हजको एहरामलाई उमरहमा परिणत गरोस्।' त्यसपछि हामीले काबाको तवाफ र सफा-मर्वाको सई गर्‍यौं र उमरह सम्पन्न गरेर आफ्ना पत्नीहरूसँग शारीरिक सम्पर्क बनायौं र सामान्य वस्त्रहरू लगायौं। त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'जसले कुरबानीको जनावर ल्याएको छ, त्यो व्यक्ति तबसम्म एहरामबाट मुक्त हुने छैन जबसम्म कुरबानीको जनावर आफ्नो गन्तव्य (वध गरिने स्थान) मा पुग्दैन।' त्यसपछि उहाँले हामीलाई जिल्हिज्जाको आठौ दिन हजको एहराम बाँध्न आदेश दिनुभयो। अनि जब हामीले हजका सम्पूर्ण विधिहरू पूरा गर्‍यौं, तब हामीले आएर काबाको तवाफ र सफा-मर्वाको सई गर्‍यौं।"82 'मुतमत्ति' ले दुई पटक 'सई' गर्नुपर्छ भन्ने कुरालाई यसले स्पष्ट रूपमा प्रमाणित गर्दछ। वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

जहाँसम्म मुस्लिमले जाबिर (रजीअल्लाहु अन्हु) बाट उल्लेख गरेको हदीसको कुरा हो: अर्थ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका साथीहरूले सफा र मरवाको बीचमा केवल एक तवाफ गरे।"83 यो उहाँहरूको पहिलो तवाफको बारेमा हो। यसलाई ती सहाबा (साथीहरू) को सन्दर्भमा बुझ्नुपर्छ, जसले आफूसँगै 'हदी' (कुर्बानीको जनावर) ल्याएका थिए। किनकि, उनीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा त्यतिन्जेलसम्म एहरामकै अवस्थामा रहे, जबसम्म उनीहरू हज र उमरह दुवैका कार्यबाट हलाल भएनन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हज र उमरह दुवैको सँगै नियत (एहलाल) गर्नुभएको थियो। जसले आफूसँग कुर्बानीको जनावर ल्याएका थिए, उनीहरूलाई पनि उमरहसँगै हजको नियत गर्न र दुवै कार्य सम्पन्न नभएसम्म एहरामबाट मुक्त (तहल्लुल) नहुन आदेश दिनुभएको थियो। हज र उमरह सँगै गर्ने व्यक्ति (कारिन) ले केवल एक पटक सई गर्नु पर्छ भन्ने कुरा जाबिर (रजियल्लाहु अन्हु) को उल्लिखित हदीस तथा अन्य प्रामाणिक हदीसहरूबाट स्पष्ट रूपमा पुष्टि हुन्छ।

यसैगरी, 'इफराद' हज गर्ने र ईदको दिनसम्म एहराममै रहने व्यक्तिले पनि केवल एउटा सई मात्र गर्नुपर्छ। तसर्थ, 'कारिन' र 'मुफरिद' ले 'तवाफ कुदूम'पछि सई गरेमा, उक्त सई नै 'तवाफ इफाजा' पछिको सईका लागि पर्याप्त हुन्छ। यसैगरी आइशा र इब्न अब्बासका हदीसहरू तथा जाबिरको उल्लिखित हदीसबीच समन्वय स्थापित हुन्छ, जसले गर्दा सम्पूर्ण विरोधाभास हट्दछ र सबै हदीसहरूमाथि अभ्यास गर्न सम्भव हुन्छ।

यस समन्वयलाई यस तथ्यले पनि बल पुर्‍याउँछ, आइशा र इब्न अब्बास (रजियल्लाहु अन्हुम) दुवैका हदीसहरू प्रामाणिक (सही) छन्। ती दुवै हदीसहरूले 'तमत्तुअ' गर्ने व्यक्तिले दुइवटा 'सई' गर्नुपर्छ भन्ने कुरालाई प्रमाणित गरेका छन्। यसको विपरीत, जाबिर (रजियल्लाहु अन्हु) को हदीसको बाह्य (जाहेरी) अर्थले त्यसको इन्कार गरेको देखिन्छ। इस्लामी न्यायशास्त्र (उसूल) र हदीस विज्ञान (मुस्तलह अल-हदीस) मा स्थापित नियमअनुरूप, 'प्रमाणित गर्ने' हदीसलाई 'इन्कार गर्ने' हदीसमाथि प्राथमिकता दिइन्छ। अल्लाहले नै सही कुरामा सफलता प्रदान गर्नुहुन्छ र उहाँ बाहेक कुनै शक्ति वा बल छैन।

 

 

 

अध्याय

कुर्बानीको दिन हाजीले गर्ने श्रेष्ठ कार्यहरू

कुर्बानीको दिन हाजीले यी चार कार्यहरू क्रमशः गर्नु उत्तम हो: पहिले जमरा अल-अकबाहमा ढुङ्गा हान्ने, त्यसपछि जनावर वध गर्ने, त्यसपछि कपाल खौरने वा काट्ने र अन्तमा काबाको तवाफ र सफा-मर्वाको सई गर्ने। यो तमत्तो' हज गर्नेले गर्नुपर्छ र त्यसैगरी, 'इफ्राद' र 'किरान' हज गर्नेहरूले 'तवाफे कुदुम' को साथमा सई गरेका छैन भने आज सई गर्नुपर्छ। यदि यी कार्यहरूमा केही अगाडि-पछाडि भयो भने केही फरक पर्दैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई अनुमति दिनुभएको छ। यदि कसैले तवाफभन्दा पहिले सई गर्छ र कुर्बानीको दिन यस्तो हुन्छ भने यो सहाबीको यो भनाइमा समावेश छ: "उहाँलाई त्यस दिन पहिले वा पछि गरिएको कुनै पनि कुराको बारेमा जति प्रश्नहरू सोधिए, उहाँले एउटै उत्तर दिनुभयो:

«افْعَلْ وَلَا حَرَجَ».

अर्थ: "गर्नुहोस् र यसमा कुनै पाप छैन।"84 यो त्यस्तो चीज हो जसमा बिर्सने र अज्ञानताको सम्भावना हुन्छ, त्यसैले सहजता र सरलताको कारणले गर्दा यसलाई यो सामान्य श्रेणीमा समावेश गर्नुपर्छ।

त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो प्रमाणित छ, उहाँलाई तवाफभन्दा पहिले सई गर्ने व्यक्तिको बारेमा सोधियो, तब उहाँले भन्नुभयोः

«لَا حَرَجَ.

अर्थ: "केही आपत्ति छैन।"85 यस हदीसलाई अबू दाउदले उसामा बिन शरीकबाट प्रामाणिक (सही) शृङ्खलाका साथ वर्णन गरेका छन्। अतः उक्त नियम सामान्य आदेश अन्तर्गत समावेश छ भन्ने कुरा निश्चित रुपले स्पष्ट भएको छ र अल्लाह नै सफलता प्रदान गर्नुहुन्छ।

तीन कुराहरूद्वारा हाजीले पूर्ण मुक्ति (दोस्रो तहल्लुल) प्राप्त गर्दछन्: जमरात अल-अकाबामा ढुङ्गा हान्नु, कपाल खौरनु वा छोटो पार्नु र तवाफ अल-इफादा तथा सई गर्नु। जब हाजीले यी तीन काम गर्छ, तब एहरामको अवस्थामा वर्जित गरिएका सम्पूर्ण कुराहरू जस्तै: दाम्पत्य सम्बन्ध, अत्तरको प्रयोग र अन्य सबै प्रतिबन्धित वस्तुहरू उसका लागि हलाल हुन्छन्। तर, यदि कुनै हाजीले उल्लिखित तीनमध्ये दुईवटा कार्यहरू मात्र गर्दछ भने, उसका लागि महिलाहरू बाहेक अन्य सबै कुराहरू हलाल हुन्छन्। यस अवस्थालाई 'पहिलो तहल्लुल' भनिन्छ।

हाजीका लागि जमजमको पानी पेटभरि पिउनु र लाभदायक दुआ गर्नु मुस्तहब हो।

«مَاءُ زَمْزَمَ لِمَا شُرِبَ لَهُ».

अर्थ: "जमजमको पानी जुन उद्देश्य वा मनसायका साथ पिइन्छ, त्यो पूरा हुन्छ।"86 जसरी 'सही मुस्लिम' मा अबू जर (रजियल्लाहु अन्हु) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जमजमको पानीको विशेषता वर्णन गर्दै भन्नुभयो:

«إِنَّهُ طَعَامُ طُعْمٍ».

अर्थ: "यो एक स्वादिष्ट खाना पनि हो ।"87 अबू दाउद' ले थपेको छ:

«وَشِفَاءُ سُقْمٍ».

अर्थ: "यो रोगको उपचार (शिफा) पनि हो।"88

तवाफ-ए-इफादा र सई गर्नुपर्नेहरूले सई गरिसकेपछि हजयात्रीहरू मिना फर्कन्छन् र त्यहाँ तीन दिन र तीन रात बिताउँछन्। उनीहरूले यी तीनै दिन सूर्य ढल्केपछि (जवालपछि) तीनवटा जमरातहरूमा ढुंगा हन्छन् र यी ढुंगाहरू क्रमशः हान्नु अनिवार्य हो।

सर्वप्रथम 'पहिलो जमरात' बाट सुरु गरिन्छ, जुन खैफ मस्जिदको छेउमा छ। एकपछि अर्को गर्दै लगातार सातवटा ढुङ्गाहरू हानिन्छ र प्रत्येक ढुङ्गा हान्दा हात उठाइन्छ। तत्पश्चात्, अलिकति पछाडि हटेर उक्त जमरातलाई आफ्नो देब्रेतिर पारी, किब्लातर्फ फर्केर आफ्ना दुवै हात उठाएर धेरै दुआ गर्नु सुन्नत हो।

त्यसपछि 'दोस्रो जमरात' मा पहिले झैं ढुङ्गा हानिन्छ र ढुङ्गा हानिसकेपछि थोरै अगाडि बढेर त्यसलाई आफ्नो दाहिनेतर्फ पारी, किब्लातर्फ फर्केर आफ्ना दुवै हात उठाएर धेरै दुआ गर्नु सुन्नत हो।

त्यसपछि तेस्रो जमरातमा ढुङ्गा हानिन्छ र त्यहाँ उभिँदैन।

त्यसपछि 'अय्याम-उत-तश्रीक' को दोस्रो दिन सूर्य ढलेपछि पहिलो दिनमा गरे झैँ जमरातहरूमा ढुङ्गा हान्ने। नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नतको पालना गर्दै पहिलो र दोस्रो जमरामा अघिल्लो दिनकै विधि अनुसार दुआ गर्ने ।

तश्रीकका पहिलो दुई दिनमा रमी गर्नु हजका अनिवार्य कर्महरूमध्ये एक हो। यसैगरी, मिनामा पहिलो र दोस्रो रात बिताउनु पनि अनिवार्य मानिन्छ। तर पानी पिलाउने सेवामा खटिएका व्यक्तिहरू, गोठालाहरू तथा यस्तै अन्य आवश्यक कार्यमा संलग्न मानिसहरूलाई भने यस नियमबाट छुट दिइएको छ।

तोकिएका दुई दिनसम्म रमी सम्पन्न गरिसकेपछि, जो व्यक्ति मिनाबाट चाँडै प्रस्थान गर्न चाहन्छ, उसलाई सूर्यास्त हुनुअघि नै निस्कने अनुमति छ। तर, जो व्यक्ति ढिला गरी तेस्रो रात पनि त्यहीँ बस्छ र तेस्रो दिन जमरातमा रमी गर्दछ भने, त्यो उत्तम र बढी प्रतिफलदायी हो। जसरी अल्लाहले पवित्र कुरआनमा भन्नुभएको छ:

﴿وَاذْكُرُوا اللَّهَ فِي أَيَّامٍ مَعْدُودَاتٍ فَمَنْ تَعَجَّلَ فِي يَوْمَيْنِ فَلَا إِثْمَ عَلَيْهِ وَمَنْ تَأَخَّرَ فَلَا إِثْمَ عَلَيْهِ لِمَنِ اتَّقَى...﴾

अर्थ: "तोकिएका दिनहरूमा अल्लाहको स्मरण (जिक्र) गर। अनि जसले दुई दिनमा हतार गर्छ उसलाई कुनै पाप छैन र जसले ढिला गर्छ उसलाई कुनै पाप छैन; जसले अल्लाहसँग डराउँछ...।" [अल्-बकरह : २०३] किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई छिटो फर्कने (तअज्जुल गर्न) अनुमति दिनुभयो तर, उहाँ स्वयंले छिटो फर्कनु भएन। बरु, उहाँले १३औँ दिनको मध्याह्नपछि तिनै जमरातमा ढुङ्गा नहान्दासम्म मिनामै बस्नुभयो र त्यसपछि जुहरको नमाज पढ्नुअघि त्यहाँबाट प्रस्थान गर्नुभयो।

रमी (ढुङ्गा हान्न) गर्न नसक्ने बालकको अभिभावकले आफ्नो ढुङ्गा हानेपछि बालकको तर्फबाट 'जमरा अल-अकबा' लगायत सबै जमरातहरूमा रमी गर्नु जायज हो। त्यसैगरी, रमी गर्न नसक्ने बालिकाको तर्फबाट उसको अभिभावकले रमी गर्नु जायज हो। यसको प्रमाण जाबिर (रजियल्लाहु अन्हु) को हदीसमा छ, उहाँले भन्नुभएको छ:

«حَجَجْنَا مَعَ رَسُولِ اللَّهِ ﷺ، وَمَعَنَا النِّسَاءُ وَالصِّبْيَانُ، فَلَبَّيْنَا عَنِ الصِّبْيَانِ وَرَمَيْنَا عَنْهُمْ».

अर्थ: "हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग हज गर्यौं, हामीसँग महिला र बालबालिकाहरू पनि थिए। हामीले बालबालिकाको तर्फबाट तल्बिया पढ्यौं र उनीहरूको तर्फबाट ढुङ्गा हान्यौं।"89 यसलाई इब्ने माजाले वर्णन गरेका छन्।

रोग, बुढ्यौली वा गर्भावस्थाको कारणले रमी गर्न असमर्थ हाजीले आफ्नो तर्फबाट कसैलाई रमी गर्न प्रतिनिधि (वकिल) नियुक्त गर्न सक्छ। सर्वशक्तिमान ईश्वरले भन्नुभएको छ:

﴿فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ...﴾

अर्थ: "त्यसैले सकेसम्म अल्लाहसँग डराऊ...।" [अत्-तगाबुन : १६] यी मानिसहरू जमरात वरिपरि भिडभाडको सामना गर्न सक्दैनन् र रमी गर्ने निर्धारित समय बित्नेछ, जसलाई 'कजा' (पुरा) गर्न अनुमति छैन। त्यसकारण, हजका अन्य कार्यहरू विपरीत यसमा प्रतिनिधि नियुक्त गर्न वैध गरिएको छ। यी बाहेक, अरू कार्यहरू सम्पन्न गर्न प्रतिनिधि नियुक्त गर्नु हुँदैन, चाहे 'नफिल' (स्वैच्छिक) हज किन नहोस्। किनकि जसले हज वा उमरहको लागि एहराममा प्रवेश गर्छ, उसले तिनीहरूलाई पूरा गर्नुपर्छ, चाहे स्वैच्छिक नै किन नहोउन्; अल्लाहको पवित्र वाणी छ:

﴿وَأَتِمُّوا الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ...﴾

अर्थ: "अल्लाहको लागि हज र उमरह पूरा गर...।" [अल-बकरा: १९६] तवाफ र सईको समय सकिँदैन, जबकि 'रमी' को समय सकिनेछ।

जहाँसम्म अराफातमा उभिने र मुज्दलिफा तथा मिनामा रात बिताउने निर्धारित समय समाप्त हुने कुरा हो, त्यसमा कुनै शङ्का छैन, तर असक्षम व्यक्तिले यी स्थानहरूमा कठिनाइको बाबजुद उपस्थित हुन सम्भव छ, जुन रमी गर्न सम्भव छैन। त्यसैगरी रमीको लागि असमर्थ व्यक्तिको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने कुरा सलफ सालिहिन (धर्मी पूर्वज) हरूबाट प्रमाणित छ, जबकि अन्य कार्यहरूको हकमा छैन।

इबादत (उपासना) 'तौकीफी' (शरियाद्वारा निर्धारित) हुन्, त्यसैले प्रमाण बिना कसैलाई पनि यसमा केही थप्न वा नयाँ नियम बनाउन अधिकार छैन। प्रतिनिधि (नाइब) ले एउटै स्थानमा उभिएर पहिले आफ्नो तर्फबाट र त्यसपछि आफूले प्रतिनिधित्व गरेको व्यक्तिको तर्फबाट तीनवटै जमारतहरूमा रमी गर्न सक्छ। विद्वानहरूको दुई भनाइहरूमध्ये उत्तम भनाइ यही हो। त्यसैले पहिले आफ्नो तर्फबाट तीनवटै जमारतहरूको रमी गर्नु त्यसपछि अर्को व्यक्तिको तर्फबाट रमी गर्न फेरी जानू अनिवार्य छैन; किनभने यसको कुनै प्रमाण छैन र यसमा कठिनाइ पनि छ, अल्लाहले भन्नुहुन्छ:

﴿...وَمَا جَعَلَ عَلَيْكُمْ فِي الدِّينِ مِنْ حَرَجٍ...﴾

अर्थ: "...उहाँले धर्मको मामिलामा तिमीहरूमाथि कुनै कठिनाइ राख्नुभएको छैन...।" [अल् हज्जः ७८] नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

«يَسِّرُوا وَلَا تُعَسِّرُوا».

अर्थ: "सजिलो गर र कठिनाइ उत्पन्न नगर।"90 किनभने यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूबाट उल्लेख गरिएको छैन, जब उनीहरूले आफ्ना बच्चाहरू र अशक्तहरूको तर्फबाट ढुङ्गा हानेका थिए। यदि उनीहरूले त्यसो गरेका भए, यो प्रमाणित हुने थियो, किनभने यो त्यस्तो चीज हो जुन मानिसहरू उल्लेख गर्न उत्सुक हुन्छन्। वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

अध्याय

तमत्तु र किरान हज गर्नेले कुर्बानी गर्नु अनिवार्य हो

यदि कसैले हज तमत्तु र किरान गर्दै छ र ऊ हरम (मक्का) को बासिन्दा होइन भने उसले भेडा, वा ऊँटको सातौं भाग वा गाईको सातौं भागको कुर्बानी दिनुपर्छ। यो कुर्बानी वैध कमाईबाट हुनुपर्छ, किनकि अल्लाह पवित्र हुनुहुन्छ र पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ।

मुस्लिमले मानिसहरूसँग उपहार वा अरू केही माग्नबाट टाढा रहनु पर्छ; चाहे ती शासक हुन् वा सर्वसाधारण। विशेषगरी अल्लाहले पर्याप्त पैसा प्रदान गर्नुभएको छ र अरूको आश्रय लिनुपर्ने अवस्थाबाट मुक्त राख्नुभएको छ। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धेरैजसो हदीसहरूमा माग्ने प्रवृत्तिको कडा निन्दा र त्यसबाट टाढा बस्नेहरूको प्रशंसा गर्नुभएको छ।

यदि तमत्तु वा किरान गर्ने हजयात्रीले कुर्बानी गर्न असमर्थ छ भने, उसले हजको समयमा तीन दिन र आफ्नो परिवारमा फर्किएपछि सात दिन उपवास बस्नुपर्छ। यी तीन दिनको उपवास कुर्बानीको दिन अघि वा तशरिकको तीन दिनमा राख्न सक्छ। अल्लाहले भन्नुभएको छ:

﴿...فَمَنْ تَمَتَّعَ بِالْعُمْرَةِ إِلَى الْحَجِّ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْيِ فَمَنْ لَمْ يَجِدْ فَصِيَامُ ثَلَاثَةِ أَيَّامٍ فِي الْحَجِّ وَسَبْعَةٍ إِذَا رَجَعْتُمْ تِلْكَ عَشَرَةٌ كَامِلَةٌ ذَلِكَ لِمَنْ لَمْ يَكُنْ أَهْلُهُ حَاضِرِي الْمَسْجِدِ الْحَرَامِ...﴾

अर्थ: "...जसले उमरह गर्छ र त्यसपछि हज (तमत्तु) गर्छ, उसले क्षमता अनुसार कुरबानी गर्नुपर्छ। जसले कुरबानी गर्न सक्दैन, उसले हजको समयमा तीन दिन र [घर] फर्केपछि सात दिन उपवास बस्नुपर्छ। यसरी जम्मा दस दिन हुन्छन्। यो ती व्यक्तिहरूको लागि हो जसको परिवार पवित्र मस्जिद वरपर छैनन्..."। [अल-बकरा: १९६] आयत।

सही बुखारीमा आइशा र इब्ने उमर (रजियल्लाहु अन्हुम) बाट वर्णित छ, उनीहरूले भने :

«لَمْ يُرَخَّصْ فِي أَيَّامِ التَّشْرِيقِ أَنْ يُصَمْنَ إِلَّا لِمَنْ لَمْ يَجِدِ الهَدْيَ».

अर्थ: "तशरीक दिनहरूमा बलिदानको जनावर नभेट्टाउनेहरू बाहेक उपवास राख्न अनुमतिछैन।"91 यो भनाइलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित (मरफु) सरह मानिन्छ। यस विषयमा सबैभन्दा उत्तम कुरा के हो भने, अरफाको दिनभन्दा तीन दिन अगाडि उपवास राख्नु राम्रो हो, ताकि अराफाको दिनमा रोजा नबसेको अवस्थामा रहन सकियोस्। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) अराफाको मैदानमा रोजा नबसेकै अवस्थामा ठहर्नुभएको थियो र उहाँले अराफाको मैदानमा हजयात्रीहरूलाई सो दिन रोजा बस्न निषेध गर्नुभएको छ। यसका साथै, त्यस दिन रोजा नबस्दा मानिस अल्लाहको स्मरण (जिक्र) र प्रार्थना (दुआ) गर्नका लागि बढी ऊर्जावान् रहन सक्छ।

उल्लेखित तीन दिनको रोजा लगातार वा छुट्टाछुट्टै जसरी पनि बस्न सकिन्छ। त्यसैगरी, बाँकी सात दिनको रोजामा लगातार बस्न अनिवार्य छैन; बरु तिनलाई एकैसाथ वा अलग-अलग राख्ने अनुमति छ। किनकि, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसमा लगातार हुनुपर्ने कुनै सर्त राख्नुभएको छैन। बाँकी सात दिनको रोजा स्वदेश फर्किएपछि मात्र पूरा गर्नु उत्तम हुन्छ; किनकि अल्लाहले भन्नुभएको छ:

﴿...وَسَبْعَةٍ إِذَا رَجَعْتُمْ...﴾

अर्थ: "...सात दिनको रोजा आफ्नो घर फर्केपछि (बस्) ..."। [अल् बकरः १९६]

हजको कुर्बानी दिन नसक्ने व्यक्तिले राजाहरू वा अन्य कोहीसँग कुर्बानीको जनावर माग्नुभन्दा राम्रो पवास बस्नु हो। यदि कसैलाई नभनी वा नखोजी बलिदान वा अरू केही दिइयो भने, त्यसमा केही आपत्ति छैन, चाहे ऊ अरू कसैको तर्फबाट हज गरिरहेको होस्। यदि उसलाई रकम दिने पक्षले सोही रकमबाट कुर्बानीको जनावर किन्नुपर्ने सर्त राखेको छैन भने। कतिपय मानिसहरूले सरकार वा अन्य निकायहरूसँग झूटो विवरण दिएर अरूको नाममा कुर्बानीको जनावर माग्ने गर्छन्, यो सरासर हराम हो; किनकि यो झूटो बोलेर धन कमाउने कार्य हो। अल्लाहले हामीलाई र सबै मुस्लिमहरूलाई यस्तो कार्यबाट बचाउन्।

अध्याय

हाजी र अरू सबैले भलाइको आदेश दिनु अनिवार्य हो

हजयात्रीहरू र अन्य मानिसहरूले सत्कर्मको आदेश दिनु, दुष्कर्मबाट रोक्नु र जमातका साथ पाँचौं नमाज कायम गर्नु हो । यसको आदेश अल्लाहले आफ्नो पवित्र किताब (कुरआन) मा र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसमा दिनुभएको छ।

मक्का र अन्य स्थानहरूका धेरै मानिसहरूले घरमा प्रार्थना गर्ने र मस्जिदहरूलाई बेवास्ता गर्ने जुन कार्य गरिरहेका छन्, यो पूर्णतया गलत र शरिया विपरीत हो। यसबाट रोक्नुपर्छ अनि मानिसहरूलाई मस्जिदहरूमा प्रार्थना गर्न आदेश दिनुपर्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इब्न उम्म मकतुम (रजियल्लाहु अन्हु) लाई आफ्नो घरमा प्रार्थना गर्न अनुमति माग्दा भन्नुभएको थियो, यधपी उनी अन्धा थिए र उनको घर मस्जिदबाट टाढा थियो:

«هَلْ تَسْمَعُ النِّدَاءَ بِالصَّلَاةِ؟ قَالَ: نَعَمْ، قَالَ: فَأَجِبْ».

अर्थ: “के तिमी नमाजको लागि दिइने अजान सुन्छौ?" उनले भने: हो, उहाँले भन्नुभयो: "त्यसो भए त्यसको जवाफ देऊ (मस्जिदमा उपस्थित भएर सलाह पढ)।"92 अर्को हदीसमा छः

«لَا أَجِدُ لَكَ رُخْصَةً».

अर्थ: "म तिम्रो लागि कुनै छुट पाउँदिनँ"93 नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«لَقَدْ هَمَمْتُ أَنْ آمُرَ بِالصَّلَاةِ فَتُقَامَ، ثُمَّ آمُرَ رَجُلًا فَيُؤُمَّ النَّاسَ، ثُمَّ أَنْطَلِقَ إِلَى رِجَالٍ لَا يَشْهَدُونَ الصَّلَاةَ فَأُحَرِّقَ عَلَيْهِمْ بُيُوتَهُمْ بِالنَّارِ».

अर्थ: "मैले प्रार्थना गर्न आदेश दिन लागेको थिएँ, त्यसपछि एक जना व्यक्तिलाई मानिसहरूलाई इमामत गर्न आदेश दिने थिएँ, त्यसपछि म प्रार्थनामा उपस्थित नहुने मानिसहरूकहाँ जाने र तिनीहरूको घर आगोले जलाउने थिएँ।"94 सुनन इब्न माजह तथा अन्य हदीस ग्रन्थहरूमा राम्रो (हसन) इस्नादसहित इब्न अब्बास (रजियल्लाहु अन्हुमा) द्वारा वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः

«مَنْ سَمِعَ النِّدَاءَ فَلَمْ يَأْتِ فَلَا صَلَاةَ لَهُ إِلَّا مِنْ عُذْرٍ».

अर्थ: "जसले अजान सुनेर पनि (जमाअतमा) उपस्थित भएन र उसँग कुनै वैध कारण थिएन भने, उसको नमाज स्वीकार हुँदैन।"95 सही मुस्लिममा, अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्ह) को वर्णन छ: अर्थ: “जसले भोलि (कियामतको दिन) अल्लाहलाई सच्चा मुस्लिमको अवस्थामा भेट्न चाहन्छ, उसले यी नमाजहरूलाई (मस्जिदहरू) जमातका साथ कायम गरोस्। किनभने, अल्लाहले तिमीहरूका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि मार्गदर्शनका विधिहरू निर्धारित गर्नुभएको छ र यो मार्गदर्शनका विधिहरूमध्ये पर्छन्। यदि तिमीहरूले जमातबाट पछि पर्ने व्यक्तिले जस्तै आफ्नै घरमा नमाज पढ्न थाल्यौ भने, तिमीहरूले आफ्ना नबीको सुन्नतलाई त्याग गर्नेछौ र यदि तिमीहरूले आफ्ना नबीको सुन्नतलाई त्याग्यौ भने, तिमीहरू भ्रष्ट हुनेछौ। जसले राम्रोसँग वोजु गर्छ, त्यसपछि यी मस्जिदहरू मध्ये एकमा जान्छ भने उसले चाल्ने प्रत्येक पाइलाको लागि अल्लाहले एक पुण्य लेख्नुहुन्छ र एक पाप हटाइदिनुहुन्छ। हामीले तिनीहरूलाई देखेका छौं र कपटी बाहेक कोही पनि यसबाट टाढा रहँदैन जसको कपट थाहा छ। वास्तवमा, एक मानिसलाई दुई जना मानिसको सहारा लिएर भए पनि मस्जिदमा ल्याएर नमाजको पङ्क्तिमा उभ्याइन्थ्यो।”96

हाजीहरू लगायत अन्य सम्पूर्ण व्यक्तिहरूले अल्लाहले निषेध गर्नुभएको कुराहरूबाट बच्नुपर्छ र त्यसबाट सतर्क रहनुपर्छ; जस्तै, व्यभिचार र समलैङ्गिकतामा लिप्त हुनु, चोरी गर्नु र ब्याज खानु, अनाथको सम्पत्ति हडप्नु, व्यापार-व्यवसायमा धोका दिनु र अमानत (नासो) मा बेइमानी गर्नु, मादक पदार्थ सेवन गर्नु र धुम्रपान गर्नु, अहङ्कारवश गोलीगाँठोभन्दा तल लुगा लगाउनु, घमण्ड, ईर्ष्या, देखावटी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, मुस्लिमहरूको खिल्ली उडाउनु, सङ्गीतका साधन र उपकरणहरू प्रयोग गर्नु, गीत-सङ्गीत र रेडियो आदिबाट बज्ने बाजागाजाहरू सुन्नु, पासा र चेस खेल्नु, जुवा खेल्नु, मानिस वा अन्य प्राणीहरूको चित्र/तस्बिर बनाउनु र त्यसमा सन्तुष्ट हुनु ।

वास्तवमा, यी सम्पूर्ण त्यस्ता दुष्कर्महरू हुन् जसलाई अल्लाहले हरेक समय र स्थानमा मानिसहरूका निम्ति हराम (निषेध) गर्नुभएको छ। तसर्थ, हाजीहरू र अल्लाहको पवित्र घरका बासिन्दाहरूले अन्य व्यक्तिहरूभन्दा अझ बढी सतर्कता अपनाउँदै यस्ता कुराहरूबाट जोगिनुपर्छ। किनभने, यस पवित्र र सुरक्षित सहर (मक्का) मा पाप गर्दा त्यसको दोष अत्यन्तै ठूलो हुन्छ र त्यसको सजाय पनि अझ कठोर हुनेछ।

अल्लाहले भन्नुभएको छ:

﴿...وَمَنْ يُرِدْ فِيهِ بِإِلْحَادٍ بِظُلْمٍ نُّذِقْهُ مِنْ عَذَابٍ أَلِيمٍ﴾

अर्थ: "जसले त्यसमा कुनै पनि विचलन वा पाप गर्ने दुस्साहस गर्छ, हामी उसलाई पीडादायी सजायको स्वाद चखाउनेछौं।" [अल् हज्जः २५] जब अल्लाहले हरम (पवित्र क्षेत्र) भित्र अन्याय गर्न चाहनेहरूलाई यस्तो धम्की दिनुभएको छ भने, वास्तवमा त्यसो गर्नेहरूलाई के सजाय हुनेछ?! निस्सन्देह, यो ठूलो र गम्भीर हुनेछ, त्यसैले त्यो र अन्य सबै पापहरूबाट सावधान रहनु पर्छ।

यी पापहरू तथा अल्लाहद्वारा निषेधित अन्य कार्यहरूबाट नबचेसम्म हाजीहरूलाई हजको पुण्य र पापहरूको क्षमा प्राप्त हुँदैन, जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ حَجَّ فَلَمْ يَرْفُثْ وَلَمْ يَفْسُقْ رَجَعَ كَيَوْمِ وَلَدَتْهُ أُمُّهُ».

अर्थ: "जसले हज्ज गर्दा अश्लील र अनैतिक कार्य गरेन भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ।"97

यी दुष्टताहरूभन्दा पनि नराम्रो र गम्भीर कुराहरू हुन्: मृतकहरूलाई पुकार्नु, उनीहरूको मद्दत खोज्नु, उनीहरूको लागि भाकल गर्नु र उनीहरूलाई बलिदान दिनु, यो आशामा कि उनीहरूले अल्लाहको अगाडि पुकार्नेको लागि मध्यस्थता गर्नेछन् वा बिरामीलाई निको पार्नेछन् वा वा हराएको व्यक्तिलाई फर्काउनेछन्, इत्यादि।

यो 'शिर्क अकबर' हो जसलाई अल्लाहले निषेध (हराम) गर्नुभएको छ। यो इस्लामपूर्व युगका बहुदेववादीहरूको धर्म हो, अल्लाहले यसलाई खण्डन गर्न र यसबाट रोक्नका लागि रसूलहरू (सन्देशवाहकहरू) पठाउनुभयो र किताबहरू अवतरण गर्नुभयो।

त्यसकारण, प्रत्येक तीर्थयात्री र अरूले यसबाट सतर्क रहनुपर्छ, विगतमा भएका पापहरूको लागि अल्लाहसँग पश्चात्ताप गर्नुपर्छ र पश्चात्ताप गरेपछि नयाँ तीर्थयात्रा गर्नुपर्छ, किनकि 'शिर्क अकबर' ले सबै कर्महरूलाई बर्बाद गर्छ, अल्लाहले भन्नुभएको छ:

﴿...وَلَوْ أَشْرَكُوا لَحَبِطَ عَنْهُمْ مَا كَانُوا يَعْمَلُونَ﴾

अर्थ: "...यदि तिनीहरूले अल्लाहसँग अरूलाई साझेदार बनाएको भए, उनीहरूका सबै कर्महरू बर्बाद हुने थियो।" [अल् अनआमः ८८]

शिर्क असगर (सानो शिर्क) का प्रकारहरूमध्ये : अल्लाहबाहेक अरूको कसम खानु; जस्तै नबी (सल्लल्लाहु अलैहि वसल्लम), कअबा, र अमानात (नासो) इत्यादिको कसम खानु।

त्यसैगरी: पाखण्ड र प्रशंसा खोज्ने र यसो भन्नु: "अल्लाहले जे चाहनुहुन्छ र तपाईं जे चाहनुहुन्छ," "यदि अल्लाह र तपाईँ नभएको भए", "यो अल्लाह र तपाईँबाट हो" र यस्तै अन्य कुराहरू।

त्यसैले यी बहुदेववादी दुष्टताहरूबाट सावधान रहनु पर्छ र यसलाई त्याग्न एक-अर्कालाई सल्लाह दिनु दिनुपर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ حَلَفَ بِغَيْرِ اللهِ فَقَدْ كَفَرَ أَوْ أَشْرَكَ».

अर्थ: "जसले अल्लाहबाहेक अरूको कसम खायो, निःसन्देह उसले कुफ्र वा शिर्क गर्‍यो ।"98 यस हदीसलाई अहमद, अबू दाऊद र तिर्मिजीले सही सनदको साथ वर्णन गरेका छन्।

सहीमा हजरत उमर (रजियल्लाहु अन्हु) द्वारा वर्णित छ, रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयोः

«مَنْ كَانَ حَالِفًا فَلْيَحْلِفْ بِاللهِ أَوْ لِيَصْمُتْ».

अर्थ: "जसले कसम खान चाहन्छ, उसले अल्लाहको नाममा शपथ खानुपर्छ या चुप लागेर बस्नुपर्छ।"99 नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

«مَنْ حَلَفَ بِالأَمَانَةِ فَلَيْسَ مِنَّا».

अर्थ: "जसले अमानतको कसम खान्छ, ऊ हामीमध्येको होइन।"100 यस हदीसलाई अबू दाऊदले वर्णन गरेका छन्।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«أَخْوَفُ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكَ الأَصْغَرَ، فَسُئِلَ عَنْهُ فَقَالَ: الرِّيَاءُ».

अर्थ: "मलाई तिमीहरूको हकमा सबैभन्दा बढी डर लाग्ने कुरा 'सानो शिर्क' हो।" उहाँलाई यसको बारेमा सोधियो र उहाँले भन्नुभयो: "त्यो रिया (देखावटी) हो।"101 त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«لَا تَقُولُوا: مَا شَاءَ اللهُ وَشَاءَ فُلَانٌ، وَلَكِنْ قُولُوا مَا شَاءَ اللهُ ثُمَّ شَاءَ فُلَانٌ».

अर्थ: “तिमीहरूले यसरी नभन्नू: ‘अल्लाहले जे चाहनुहुन्छ र फलानो व्यक्तिले जे चाहन्छ’, बरु यसरी भन्नू: ‘अल्लाहले जे चाहनुहुन्छ, त्यसपछि फलानोले जे चाहन्छ’।”102 इमाम नसईले इब्न अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्वणन गरेका छन्, एक व्यक्तिले भन्योः अल्लाहले जे चाहन्छ र तपाईं जे चाहनुहुन्छ", यो सुनेर उहाँले भन्नुभयोः

«أَجَعَلْتَنِي لِلَّهِ نِدًّا، بَلْ مَا شَاءَ اللهُ وَحْدَهُ».

अर्थ: "के तिमीले मलाई अल्लाहको प्रतिद्वन्द्वी बनायौ? बरु भन, केवल अल्लाहले जे चाहनुहुन्छ।"103

यी हदीसहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) को गरिमाको रक्षा गर्नुभएको, आफ्नो उम्मत (समुदाय) लाई ठूलो र सानो शिर्क (बहुदेववाद) बाट सचेत गराउनुभएको तथा उनीहरूको आस्थाको सुरक्षा गर्दै उनीहरूलाई अल्लाहको दण्ड र क्रोधका कारणहरूबाट जोगाउन गहिरो चासोलाई प्रमाणित गर्दछन्। अतः यस महान् कार्यका लागि अल्लाहले उहाँलाई उत्कृष्ट प्रतिफल प्रदान गरून्। निश्चय नै उहाँले सन्देश पुर्‍याउनुभयो, सचेत गराउनुभयो तथा अल्लाह र उहाँको भक्त; मानवजातिको भलाइ चाहनुभयो। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) माथि प्रलयको दिनसम्म निरन्तर शान्ति र आशीर्वाद अवतरित होस्।

हजयात्रीहरू तथा अल्लाहको पवित्र सहर (मक्का) र उहाँको प्रिय रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सहर (मदीना) मा बसोबास गर्ने विद्वानहरूले मानिसहरूलाई अल्लाहद्वारा निर्धारित नियम तथा विधानहरू सिकाउनु र अल्लाहले निषेध गर्नुभएका शिर्क तथा पापका प्रकारहरूबाट सावधान गराउनु ठूलो कर्तव्य हो। साथै, त्यसलाई प्रमाणसहित विस्तृत रूपमा व्याख्या गर्दै स्पष्ट पारून्; ताकि यस माध्यमबाट उनीहरूले मानिसहरूलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउन सकून् र यसरी उनीहरूले अल्लाहद्वारा अनिवार्य गरिएको सन्देश प्रचार गर्ने र सत्यलाई स्पष्ट पार्ने आफ्नो गहन दायित्व निर्वाह गर्न सक्नेछन्। अल्लाहले भन्नुभएको छ:

﴿وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ لَتُبَيِّنُنَّهُ لِلنَّاسِ وَلَا تَكْتُمُونَهُ...﴾

अर्थ: "जब अल्लाहले ती मानिसहरूबाट वाचा लिनुभयो जसलाई किताब (धर्मग्रन्थ) दिइएको थियो, (भन्नुभयो) तिमीहरूले यसलाई मानिसहरूलाई स्पष्ट रूपमा बताउनेछौ र लुकाउने छैनौ...।" [आले इमरान: १८७]

यसको उद्देश्य : यस उम्मत (समुदाय) का विद्वानहरूलाई सचेत गराउनु हो, ताकि उनीहरूले आखिरत भन्दा दुनियाँलाई प्राथमिकता दिएर 'अहले किताब' (ग्रन्थवालाहरू) का अत्याचारीहरूको मार्ग अनुसरण नगरून्। यसै सन्दर्भमा अल्लाहले भन्नुभएको छ:

﴿إِنَّ الَّذِينَ يَكْتُمُونَ مَا أَنْزَلْنَا مِنَ الْبَيِّنَاتِ وَالْهُدَى مِنْ بَعْدِ مَا بَيَّنَّاهُ لِلنَّاسِ فِي الْكِتَابِ أُولَئِكَ يَلْعَنُهُمُ اللَّهُ وَيَلْعَنُهُمُ اللَّاعِنُونَ 159 إِلَّا الَّذِينَ تَابُوا وَأَصْلَحُوا وَبَيَّنُوا فَأُولَئِكَ أَتُوبُ عَلَيْهِمْ وَأَنَا التَّوَّابُ الرَّحِيمُ 160﴾

अर्थ: "निश्चय नै जसले हामीले अवतरण गरेका र मानिसहरूका लागि किताबमा स्पष्ट पारिसकेका प्रमाणहरू र मार्गदर्शनलाई लुकाउँछन्, तिनीहरूमाथि अल्लाहको श्राप छ र श्राप दिनेहरूको श्राप छ ।

ती व्यक्तिहरू बाहेक जसले पश्चात्ताप गर्छन्, आफ्नो मार्ग सुधार गर्छन् र कुरा स्पष्ट पार्छन्। तिनीहरूको क्षमायाचना म स्वीकार गर्दछु; म अत्यन्त तौबा स्वीकार गर्नेवाला र परम दयालु हुँ।" [अल्-बकरह : १५९-१६०] पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसले प्रमाणित गरेका छन्, महान् अल्लाहतर्फ आह्वान गर्नु र मानिसहरूलाई सृष्टि गरिएको मूल उद्देश्यतर्फ फर्कन मार्गदर्शन गर्नु, सर्वोत्तम उपासना र सबैभन्दा महत्त्वपूर्ण कर्तव्यहरू मध्ये एक हो। निःसन्देह, यो सम्पूर्ण सन्देशवाहकहरू र कियामत (प्रलय) को दिनसम्म उहाँहरूको अनुसरण गर्ने अनुयायीहरूको मार्ग हो। अल्लाहले भन्नुभएको छ:

﴿وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ وَعَمِلَ صَالِحًا وَقَالَ إِنَّنِي مِنَ الْمُسْلِمِينَ33﴾

अर्थ: "त्यस व्यक्तिभन्दा उत्तम बोली कसको हुन सक्छ, जसले अल्लाहतर्फ आह्वान गर्छ, सत्कर्म गर्छ र भन्छ, निःसन्देह म मुस्लिम हुँ ।" [फुस्सिलतः ३३] अल्लाहले भन्नुभएको छ:

﴿قُلْ هَذِهِ سَبِيلِي أَدْعُو إِلَى اللَّهِ عَلَى بَصِيرَةٍ أَنَا وَمَنِ اتَّبَعَنِي وَسُبْحَانَ اللَّهِ وَمَا أَنَا مِنَ الْمُشْرِكِينَ 108﴾

अर्थ: "भनिदेऊ, यो मेरो बाटो हो; म र मेरो अनुसरण गर्नेहरूले पूर्ण ज्ञान र प्रमाणको आधारमा अल्लाहतर्फ बोलाउँछौँ। अल्लाह पवित्र हुनुहुन्छ र म उहाँसँग अरूलाई साझेदार गर्नेहरूमध्ये होइन।"

[यूसुफः १०८]

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ دَلَّ عَلَى خَيْرٍ فَلَهُ مِثْلُ أَجْرِ فَاعِلِهِ».

अर्थ: "जसले कसैलाई राम्रो कामको लागि डोऱ्याउछ, उसलाई त्यो गर्ने व्यक्ति जस्तै प्रतिफल मिल्नेछ।"104

«لَأَنْ يَهْدِيَ اللهُ بِكَ رَجُلًا وَاحِدًا خَيْرٌ لَكَ مِنْ حُمْرِ النَّعَمِ».

अर्थ: "अल्लाहले तिम्रो माध्यमबाट कुनै एक जना मानिसलाई मार्गदर्शन गर्नु तिम्रो लागि रातो ऊँट भन्दा राम्रो छ।"105 यस अर्थसँग सम्बन्धित धेरै आयतहरू र हदीसहरू छन्।

तसर्थ, धर्व विद र आस्थावानहरूले अल्लाहतर्फ आह्वान गर्न, मानिसहरूलाई मुक्तितर्फ डोऱ्याउन र विनाशका कारणहरू विरुद्ध चेतावनी दिन अहोरात्र प्रयास गरुन्। विशेष गरी यस युगमा जहाँ इच्छाहरू प्रबल भएका छन्, विनाशकारी सिद्धान्तहरू र भ्रामक नाराहरू जताततै फैलिएका छन् र मार्गदर्शनको लागि आह्वान गर्नेहरू थोरै भएका छन् जबकि नास्तिकता, अश्लीलता र अनैतिकतातर्फ आह्वान गर्नेहरू ह्वात्तै बढेका छन्। अल्लाहले मद्दत गरुन्, (ला हौला वला कुव्वता इल्ला बिल्लाह)।

अध्याय

उपासना र सत्कर्महरू बढाउने विषयमा

हाजीहरूले मक्का बसाइको अवधिमा निरन्तर अल्लाहको स्मरण (जिक्र) गर्नु, उहाँको आज्ञा पालन गर्नु र असल गर्नु मुस्तहब हो। उनीहरूले अत्यधिक नमाज र काबाको तवाफ गर्नुपर्छ; किनभने हरम (पवित्र क्षेत्र) भित्रका असल कर्महरू बढ्छन् र त्यहाँ पापहरू गम्भीर हुन्छन्। त्यसैगरी, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि प्रशस्त मात्रामा दुरूद र सलाम पठाउनु मुस्तहब हो।

हाजीहरूले मक्काबाट प्रस्थान गर्नेबेला काबाको तवाफ अल-विदा (विदाई तवाफ) गर्नुपर्छ; ताकि उनीहरूको अन्तिम कार्य काबासँग सम्बन्धित होस्। महिनावारी र सुत्केरी महिलाहरू बाहेक, किनभने उनीहरुको लागि विदाई तवाफ छैन, इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उनले भने:

«أُمِرَ النَّاسُ أَنْ يَكُونَ آخِرُ عَهْدِهِمْ بِالبَيْتِ، إِلَّا أَنَّهُ خُفِّفَ عَنِ المَرْأَةِ الحَائِضِ».

अर्थ: "मानिसहरूलाई उनीहरूको अन्तिम कार्य काबाको परिक्रमा होस् भनेर आदेश दिइएको थियो, तर महिनावारी भएकी महिलालाई यसबाट छुट दिइएको छ।"106

काबाको विदाई तवाफ गरिससकेपछि मस्जिदबाट बाहिर निस्कने बेला सामान्य अवस्थामा सिधा अगाडि बढ्नुपर्छ। पछाडि फर्केर हिँड्नु हुँदैन; किनकि यो कार्य न त नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ, न त उहाँका सहाबाहरूबाट नै साबित छ। बरु, यो एउटा बिदअत हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«مَنْ عَمِلَ عَمَلًا لَيْسَ عَلَيْهِ أَمْرُنَا فَهُوَ رَدٌّ».

अर्थ: "जसले हाम्रो आदेश अनुसार नभएको कार्य गर्छ, त्यो अस्वीकृत (रद्द) हो।"107 उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

إِيَّاكُمْ وَمُحْدَثَاتِ الأُمُورِ، فَإِنَّ كُلَّ مُحْدَثَةٍ بِدْعَةٌ، وَكُلَّ بِدْعَةٍ ضَلَالَةٌ».

अर्थ: "धर्ममा आविष्कार गरिएका नयाँ कुराहरूबाट सावधान रहनुहोस्, किनकि प्रत्येक नयाँ कुरा 'बिदअत' हो र प्रत्येक बिदअत पथभ्रष्टता हो।"108

हामी अल्लाहसँग धर्ममा दृढता र यसको विपरीत कुराहरूबाट सुरक्षाको लागि प्रार्थना गर्छौं। उहाँ उदार र दयालु हुनुहुन्छ।

अध्याय

जियारत (दर्शन) गर्ने नियम र शिष्टाचारहरू

हज गर्नु अघि वा पछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदको जियारत गर्नु सुन्नत हो; किनकि सही बुखारी र मुस्लिममा अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«صَلَاةٌ فِي مَسْجِدِي هَذَا خَيْرٌ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ إِلَّا المَسْجِدَ الحَرَامَ».

अर्थ: "मेरो यस मस्जिदमा पढिएको एक नमाज, मस्जिदुल हराम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाजभन्दा उत्तम छ।"109 अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«صَلَاةٌ فِي مَسْجِدِي هَذَا أَفْضَلُ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ إِلَّا المَسْجِدَ الحَرَامَ».

अर्थ: "मेरो यस मस्जिदमा पढिएको एक नमाज, मस्जिद अल-हरम (मक्का) बाहेक अन्य कुनै पनि मस्जिदमा पढिएका एक हजार नमाजभन्दा श्रेष्ठ छ।"110 यसलाई मुस्लिमले वर्णन गरेका छन्। अब्दुल्लाह बिन जुबैर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«صَلَاةٌ فِي مَسْجِدِي هَذَا أَفْضَلُ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ إِلَّا المَسْجِدَ الحَرَامَ، وَصَلَاةٌ فِي المَسْجِدِ الحَرَامِ أَفْضَلُ مِنْ مِائَةِ صَلَاةٍ فِي مَسْجِدِي هَذَا».

अर्थ: "मेरो यस मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरमबाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाजभन्दा राम्रो छ र मस्जिद हरममा पढिएको एक नमाज मेरो यस मस्जिदमा पढिएको एक सय नमाजभन्दा राम्रो छ।"111 यसलाई अहमद, इब्ने खुजैमा र इब्ने हिब्बानले वर्णन गरेका छन्।

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«صَلَاةٌ فِي مَسْجِدِي هَذَا أَفْضَلُ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ، إِلَّا المَسْجِدَ الحَرَامَ، وَصَلَاةٌ فِي المَسْجِدِ الحَرَامِ أَفْضَلُ مِنْ مِائَةِ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ».

अर्थ: "मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा श्रेष्ठ छ र मस्जिद हरममा पढिएको एक नमाज अन्यत्र पढिएका एक लाख नमाजहरू भन्दा श्रेष्ठ छ।"112 यसलाई इमाम अहमद र इब्ने माजाले वर्णन गरेका छन्। यसै अर्थका अन्य धेरै हदीसहरू पनि छन्।

मस्जिदमा पुगेपछि, दाहिने खुट्टा अघि बढाएर प्रवेश गर्नु र निम्न दुआ पढ्नु सुन्नत हो: "बिस्मिल्लाह, वस्-सलातु वस्-सलामु अला रसूलिल्लाह, अऊजु बिल्लाहिल-अजीम, व बिवज्हिहिल-करीम, व सुल्तानिहिल-कदीम, मिनश-शैतानिर्रजीम, अल्लाहुम्मफ्तह ली अब्वाब रहमतिक।"

अर्थ: अल्लाहको नामबाट सुरु गर्दछु र अल्लाहका रसूलमाथि शान्ति र आशीर्वाद अवतरित होस्। म महान् अल्लाह, उहाँको दयालु अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतानबाट शरण चाहन्छु। हे अल्लाह! मेरो लागि आफ्नो दयाको ढोका खोल्नुहोस्।

अन्य मस्जिदहरूमा प्रवेश गर्दा पनि यही दुआ पढिन्छ र मस्जिद नब्वीमा प्रवेश गर्नको लागि कुनै विशेष जिक्र प्रमाणित छैन।

त्यसपछि दुई रकात नमाज पढ्नु पर्छ र त्यसमा अल्लाहसँग संसार र परलोकको भलाइको लागि प्रार्थना गर्नुपर्छ। यदि उसले ती नमाजहरू 'रियाजुल-ज्न्नाह' मा पढ्छ भने, त्यो राम्रो हो, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَا بَيْنَ بَيْتِي وَمِنْبَرِي رَوْضَةٌ مِنْ رِيَاضِ الجَنَّةِ».

अर्थ: "मेरो घर र मेरो मिम्बरको बीचमा स्वर्ग का बगैँचाहरूमध्ये एउटा बगैँचा छ।"113 नमाजपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कबर र उहाँका दुई महान् साथीहरू: अबु बकर र उमर (रजियल्लाहु अन्हुमा) को चिहानको जियारत गर्छ। ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानतर्फ फर्केर विनम्रतापूर्वक होहल्ला नगरी उभिनेछ र सलाम गर्दै भन्नेछ: "अस्सलामु अलैका या रसूलल्लाह व रहमतुल्लाही व बरकातुहु"; किनकि 'सुनन अबु दाउद' मा हसन सनदका साथ अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट वर्णित छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«مَا مِنْ أَحَدٍ يُسَلِّمُ عَلَيَّ إِلَّا رَدَّ اللهُ عَلَيَّ رُوحِي حَتَّى أَرُدَّ عَلَيْهِ السَّلَامَ».

अर्थ: “जुनसुकै व्यक्तिले ममाथि सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा ममा फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।”114 यदि सलाम गर्ने व्यक्तिले आफ्नो सलाममा यसरी भन्छ: "अस्सलामु अलैक या नबियल्लाह, अस्सलामु अलैक या खैरतल्लाह मिन् खल्किह, अस्सलामु अलैक या सय्यिदल् मुरसलीन व इमामल् मुत्तकीन, अशहदु अन्नक कद् बल्लग्तर् रिसालह व अद्दैतल् अमानह व नसहतल् उम्मह व जाहद्त फिल्लाहि हक्क जिहादिह।"

अर्थ: "हे अल्लाहका नबी! तपाईंमाथि शान्ति होस्। हे अल्लाहका सम्पूर्ण सृष्टिहरूमध्ये सर्वोत्कृष्ट! तपाईंमाथि शान्ति होस्। हे सम्पूर्ण रसूलहरूका अगुवा तथा मुत्तकीन (संयमी) हरूका प्रमुख! तपाईंमाथि शान्ति होस्। म गवाही दिन्छु, तपाईंले सन्देश पुर्‍याउनुभयो, अमानत पूरा गर्नुभयो, उम्मतलाई उपदेश दिनुभयो र अल्लाहको मार्गमा उहाँको हक अनुसार संघर्ष गर्नुभयो।"

यसमा कुनै आपत्ति छैन; किनकि यी सम्पूर्ण कुराहरू उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) का वास्तविक विशेषताहरू हुन्। त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पढ्नेछ र उहाँको लागि दुआ (प्रार्थना) गर्नेछ; किनकि अल्लाहको पवित्र वाणीअनुसार इस्लामी शरीअतमा उहाँमाथि दरूद र सलाम दुवै एकसाथ पढ्नु प्रमाणित छ:

﴿إِنَّ اللَّهَ وَمَلَائِكَتَهُ يُصَلُّونَ عَلَى النَّبِيِّ يَا أَيُّهَا الَّذِينَ آمَنُوا صَلُّوا عَلَيْهِ وَسَلِّمُوا تَسْلِيمًا 56﴾

अर्थ: "निश्चय नै, अल्लाह र उहाँका फरिश्ताहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद (कृपा र आशीर्वाद) पठाउँछन्। हे आस्थावानहरू ! उहाँमाथि दरूद र सलाम पठाउने गर।" [अल्-अहजाब : ५६] त्यसपछि अबु बकर र उमर (रजियल्लाहु अन्हुमा) लाई सलाम गर्नेछ, उहाँहरू दुवैको लागि दुआ गर्नेछ र उनीहरूका लागि अल्लाहको प्रसन्नता माग्नेछ।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) जब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका दुई साथीहरूलाई सलाम गर्थे, तब उनी सामान्यतया यो भन्दा बढी केही भन्दैनथे: “अस्सलामु अलैक या रसूलल्लाह, अस्सलामु अलैक या अबा बक्र, अस्सलामु अलैक या अबताह ।”

अर्थः हे अल्लाहका सन्देश वाहक ! तपाईंमाथि शान्ति होस्। हे अबू बक्र ! तपाईंमाथि शान्ति होस्। हे मेरा पिता ! तपाईंमाथि शान्ति होस्। त्यसपछि ऊ जानेछ।

यो जियारत केवल पुरुषहरूको लागि मात्र अनुमति छ; महिलाहरूलाई कुनै पनि चिहानमा जान अनुमति छैन, जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ:

«لَعَنَ زُوَّارَاتِ القُبُورِ مِنَ النِّسَاءِ وَالمُتَّخِذِينَ عَلَيْهَا المَسَاجِدَ وَالسُّرُجَ».

अर्थ: "उहाँले चिहानहरूमा जाने महिलाहरू र त्यसमाथि मस्जिद र बत्ती बाल्नेहरूलाई श्राप दिनुभएको छ।"115

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदमा नमाज पढ्न, दुआ गर्न र अन्य यस्ता कार्यहरू गर्नका लागि मदिना जानु, जुन अन्य मस्जिदहरूमा पनि अनुमति छ, यो सबैको लागि अनुमति छ, किनकि यस सम्बन्धी हदीसहरू प्रमाणित छन् र पहिले नै उल्लेख भइसकेका छन्।

जियारत गर्ने व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदमा पाँच पटक नमाज पढ्नु र त्यहाँ अधिक मात्रामा जिक्र, दुआ एवं नफिल (स्वैच्छिक) नमाज पढ्नु सुन्नत हो; किनकि यसमा ठूलो पुण्य रहेको छ।

'रौजा शरीफ' मा सकेसम्म बढी नफिल नमाज पढ्नु मुस्उतहब हो । यसको श्रेष्ठताका बारेमा वर्णित एक सहिह हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَا بَيْنَ بَيْتِي وَمِنْبَرِي رَوْضَةٌ مِنْ رِيَاضِ الجَنَّةِ».

अर्थ: "मेरो घर र मेरो मिम्बरको बीचको भाग स्वर्गका बगैंचाहरूमध्ये एक बगैंचा हो।"116

फर्ज नमाजको लागि जियारत गर्ने र अन्य व्यक्तिले भ्याएसम्म पहिलो पङ्क्ति (सफ) मा सामेल हुने प्रयत्न गर्नुपर्छ, चाहे त्यो (मस्जिदको) विस्तारित भागमै किन नहोस्। किनभने नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले पहिलो पङ्क्तिमा सलाह पढ्न प्रोत्साहन र प्रेरणा दिएको प्रमाणित छ; जस्तै नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएकोछ:

«لَوْ يَعْلَمُ النَّاسُ مَا فِي النِّدَاءِ وَالصَّفِّ الأَوَّلِ ثُمَّ لَمْ يَجِدُوا إِلَّا أَنْ يَسْتَهِمُوا عَلَيْهِ لَاسْتَهَمُوا».

अर्थ: "यदि मानिसहरूलाई अजान र पहिलो पङ्क्तिको (महत्त्व र पुण्य) थाहा हुन्थ्यो र गोलाप्रथा (चिठ्ठा) बाहेक अरू केही उपाय नभएको भए तिनीहरूले पक्कै पनि गोलाप्रथा गर्ने थिए।"117 [बुखारी र मुस्लिम] जस्तै उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूलाई भन्नुभएको छः

«تَقَدَّمُوا فَأْتَمُّوا بِي وَلْيَأْتَمَّ بِكُمْ مَنْ بَعْدَكُمْ، وَلَا يَزَالُ الرَّجُلُ يَتَأَخَّرُ عَنِ الصَّلَاةِ حَتَّى يُؤَخِّرَهُ اللهُ».

अर्थ: “अगाडि बढ र मेरो अनुसरण गर, अनि तिम्रो पछाडि हुनेहरूले तिम्रो अनुसरण गरून्। मानिस नमाजमा ढिलाइ गरिरहन्छ, अन्ततः अल्लाहले उसलाई पछाडि पारदिनुहुन्छ।”118 यसलाई मुस्लिमले वर्णन गरेका छन्।

अबू दाऊदले आइशा (रजियल्लाहु अन्हा) बाट हसन सनदका साथ उल्लेख गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«لَا يَزَالُ الرَّجُلُ يَتَأَخَّرُ عَنِ الصَّفِّ المُقَدَّمِ حَتَّى يُؤَخِّرَهُ اللهُ فِي النَّارِ».

अर्थ: "एक व्यक्ति पहिलो पंक्ति (सफ) बाट पछाडि हटिरहन्छ, यहाँसम्म अल्लाहले उसलाई नर्कमा पारदिनुहुन्छ।"119 त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरूलाई भन्नुभएको प्रमाणित छ:

«أَلَا تَصُفُّونَ كَمَا تَصُفُّ المَلَائِكَةُ عِنْدَ رَبِّهَا؟ قَالُوا: يَا رَسُولَ اللهِ، وَكَيْفَ تَصُفُّ المَلَائِكَةُ عِنْدَ رَبِّهَا؟ قَالَ: يُتِمُّونَ الصُّفُوفَ الأُوَلَ، وَيَتَرَاصُّونَ فِي الصَّفِّ».

अर्थ: "के तिमीहरू त्यसरी पंक्तिमा बस्दैनौ, जसरी फरिश्ताहरू आफ्ना पालनकर्ताको अगाडि पंक्तिमा बस्छन्? उनीहरूले सोधे: हे अल्लाहका रसूल, फरिश्ताहरू आफ्ना पालनकर्ताको अगाडि पंक्तिमा कसरी बस्छन् ? उहाँले भन्नुभयो: उनीहरू पहिले अगाडिका पंक्तिहरू पुरा गर्छन् र एक-अर्कासँग मिलेर उभिन्छन्।"120 यसलाई इमाम मुस्लिमले वर्णन गरेका छन्।

यस विषयमा अनेकौं हदीसहरू छन्, जुन नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिद विस्तार हुनुभन्दा अघि र पछि र अन्य सबै मस्जिदहरूमा समान रूपमा लागू हुन्छन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो प्रमाणित छ, उहाँले आफ्ना अनुयायीहरू (साहाबाहरू) लाई पङ्क्तिको दाहिने भागमा उभिन प्रेरित गर्नुहुन्थ्यो। यो तथ्य सर्वविदितै छ, उहाँको पहिलो मस्जिदमा पङ्क्तिको दायाँ भाग रौजा' बाहिर छ।

यसबाट यो स्पष्ट हुन्छ, नमाजका लागि अघिल्ला पङ्क्तिहरू र पङ्क्तिको दाहिने भागलाई प्राथमिकता दिनु, पवित्र रौजाभित्र नमाज पढ्नुभन्दा उत्तम र श्रेष्ठ हो। यी दुई सुन्नतहरूको पालना गर्नु रौजामा नमाज पढ्नुभन्दा बढी श्रेष्ठ हो। यस विषयमा वर्णित हदीसहरूमाथि चिन्तन-मनन गर्ने व्यक्तिका लागि यो कुरा पूर्णतः स्पष्ट हुन्छ। अल्लाहले नै सफलता प्रदान गर्नुहुन्छ।

कसैलाई पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको ग्रील वा पर्खाल छुने, त्यसलाई चुम्बन गर्ने वा त्यसको वरिपरि तवाफ गर्ने नुमति छैन; किनभने यो सलफ सालिहीन (धर्मी पूर्वज) हरूबाट प्रमाणित छैन, बरु यो एउटा निन्दनीय बिद्अत (नयाँ कुप्रथा) हो।

कसैलाई पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग आवश्यकता पूरा गर्न, पीडा कम गर्न, बिरामीलाई निको पार्न वा यस्तै अरू केही माग्न अनुमति छैन; किनभने यी सम्पूर्ण कुराहरू केवल अल्लाहसँग माग्नुपर्छ। मृतकबाट यस्तो कुरा माग्नु अल्लाहसँग 'शिर्क' गर्नु र उहाँ बाहेक अरूको उपासना गर्नु हो। इस्लाम धर्म दुईवटा आधारभूत स्तम्भहरूमा आधारित छ:

१. अल्लाह बाहेक अरू कसैको उपासना गर्नु हुँदैन।

२. केवल रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तोकेको तरिका अनुसार उहाँको उपासना गर्नु।

'ला इलाह इल्लल्लाह र मुहम्मदुर रसूलुल्लाह' (अल्लाह बाहेक कोही सत्य उपास्य छैन र मुहम्मद अल्लाहका सन्देशवाहक हुनुहुन्छ) गवाहीको वास्तविक अर्थ र मर्म यही हो।

तसर्थ, कसैलाई पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग 'शफाअत' (मध्यस्थता) माग्ने अनुमति छैन; किनकि यो सर्वशक्तिमान अल्लाहको अधिकार हो र यो केवल अल्लाहसँग नै माग्नुपर्छ, जसरी उहाँले कुरआनमा भन्नुभएको छ:

﴿قُلْ لِلَّهِ الشَّفَاعَةُ جَمِيعًا...﴾

अर्थ: "भनिदिनुस्! सबै 'शफाअत' (मध्यस्थता) हरू अल्लाहका लागि हुन्।" [अल-जुमर : ४४] बरु मध्यस्थता प्राप्त गर्न अल्लाहसँगै यसरी दुआ गर्नुपर्छ: "हे अल्लाह! मेरो हकमा तपाईँका नबीको सिफारिस स्वीकार गर्नुहोस्; हे अल्लाह! मेरो पक्षमा तपाईँका फरिश्ताहरू र मोमिन भक्तहरूको सिफारिस मञ्जुर गर्नुहोस्; हे अल्लाह! मेरो हकमा मेरा बाल्यकालमै बितेका मेरा सन्तानहरूको मध्यस्थता स्वीकार गर्नुहोस्", र यस्तै अन्य दुआहरू।

तर मृतकहरूसित केही पनि माग्नु हुँदैन, न त शफाअत (मध्यस्थता) न त अन्य केही, चाहे तिनीहरू नबीहरू हुन् वा अरू कोही; किनभने यो वर्जित छ र मृत्युपश्चात् मानिसको कर्मको शृङ्खला समाप्त भइसकेको हुन्छ, शरियाले छुट दिएको कुराहरू बाहेक।

सही मुस्लिममा अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«إِذَا مَاتَ ابْنُ آدَمَ انْقَطَعَ عَمَلُهُ إِلَّا مِنْ ثَلَاثٍ: صَدَقَةٍ جَارِيَةٍ، أَوْ عِلْمٍ يُنْتَفَعُ بِهِ، أَوْ وَلَدٍ صَالِحٍ يَدْعُو لَهُ».

अर्थ: "जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तीन बाहेक उसका कर्महरू बन्द हुन्छन्: 'सदका-ए-जारिया' (निरन्तर दान), मानिसले लाभ उठाउने ज्ञान र धर्मी सन्तान जसले उसको लागि प्रार्थना गर्दछ।"121

नबी (सल्लल्लाहो अलैहे वसल्लम) सँग उहाँको जीवनकालमा र प्रलयको दिनमा 'शिफाअत' (मध्यस्थता) माग्नु वैध हुनुको कारण के हो भने उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ। उहाँ बिन्ती गर्ने व्यक्तिको लागि आफ्ना पालनकर्तासँग प्रार्थना गर्न सक्नुहुन्छ। जहाँसम्म यस संसारको कुरा हो भने यो उहाँमा मात्र सीमित छैन; यो उहाँ र अरूको लागि सामान्य छ भनेर सर्वविदितै हो। त्यसैले, एक मुस्लिमले आफ्नो (जीवित) भाइलाई यसो भन्नु जायज छ: 'मेरो फलानो कामका लागि पालनकर्तासँग मेरो निम्ति शिफाअत गर्नुहोस्,' जसको अर्थ हो: 'मेरा लागि अल्लाहसँग प्रार्थना गर्नुहोस्। यदि त्यो कुरा जायज हो भने उसले आफ्नो भाइको लागि अल्लाहसँग प्रार्थना र शिफाअत गर्न सक्छ।

तर प्रलयको दिन, अल्लाहको अनुमति बिना कसैलाई पनि सिफारिश गर्ने अधिकार हुनेछैन, अल्लाहले भन्नुभएको छ:

﴿...مَنْ ذَا الَّذِي يَشْفَعُ عِنْدَهُ إِلَّا بِإِذْنِهِ...﴾

अर्थ: "...को छ, जसले उहाँको अनुमति बिना उहाँसँग सिफारिश गर्न सक्छ?....।" [अल् बकरः २५५]

मृत्युको अवस्थाको सन्दर्भमा, यो एक विशेष अवस्था हो जसलाई न त मृत्युभन्दा अघिको मानिसको अवस्थासँग तुलना गर्न मिल्छ, न त पुनःजीवित भइसकेपछिको अवस्थासँग। किनभने मृत व्यक्तिको कर्म समाप्त भइसकेको हुन्छ र ऊ आफ्नो कर्मले बाँधिएको हुन्छ, केवल ती कुराहरू बाहेक जसप्रति शरीअतले छुट दिएको छ। मृतकसित शफाअत (मध्यस्थता) माँग्नु ती छुट दिइएका कुराहरूमा पर्दैन, त्यसैले यसलाई त्यसमा सामेल गर्नु जायज छैन।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई मृत्युपछि 'बरजख' को जीवन प्राप्त छ, जुन शहिदहरूको जीवनभन्दा पनि पूर्ण छ भन्ने कुरामा कुनै शंका छैन। तर यो जीवन न त मृत्युभन्दा अघिको जस्तो हो, न त परलोक (आखिरत) को जीवन जस्तो। बरु यो यस्तो जीवन हो जसको वास्तविकता अल्लाह बाहेक कसैलाई थाहा छैन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ अघि उल्लेख उल्लेख गरिएको थियो :

«مَا مِنْ أَحَدٍ يُسَلِّمُ عَلَيَّ إِلَّا رَدَّ اللهُ عَلَيَّ رُوحِي حَتَّى أَرُدَّ عَلَيْهِ السَّلَامَ».

अर्थ: "जुनसुकै व्यक्तिले ममाथि सलाम पठाउँछ, अल्लाहले मेरो आत्मा ममा फर्काइदिनुहुन्छ, ताकि म उसको सलामको जवाफ दिन सकूँ।”122

यसले हाँको मृत्यु भइसकेको र उहाँको आत्माले शरीर छोडेको कुरालाई प्रमाणित गर्दछ, तर सलामको समयमा प्राण उहाँतर्फ फर्काइन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्युलाई प्रमाणित गर्ने कुरआन र सुन्नतका प्रमाणहरू स्पष्ट छन् र यो विद्वानहरूका बीचमा एक सर्वसम्मत विषय हो। तर, मृत्युपश्चात् उहाँको 'बरजख' को जीवन समाप्त हुँदैन, जसरी 'बरजख' मा सहिदहरूको जीवन समाप्त हुँदैन, जसको चर्चा अल्लाहले यस श्लोकमा गर्नुभएको छ:

﴿وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا بَلْ أَحْيَاءٌ عِنْدَ رَبِّهِمْ يُرْزَقُونَ 169﴾

अर्थ: "अल्लाहको मार्गमा मारिएकाहरूलाई कहिल्यै मृत नसम्झ। बरु तिनीहरू आफ्ना पालनकर्ताकहाँ जीवित छन् र जीविका पाउँदैछन्।" [आले इमरान: १६९]

हामीले यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै विस्तृत रूपमा व्याख्या गरेका छौं; किनकि धेरैजसो मानिसहरू यस सन्दर्भमा भ्रम फैलाउँछन् र 'शिर्क' (बहुदेववाद) तथा अल्लाह बाहेक मृतहरूको उपासना तर्फ आह्वान गर्छन्।

अल्लाहले हामी र सम्पूर्ण मुस्लिमहरूलाई उहाँको कानून विपरीत सबै कुराहरूबाट सुरक्षित राखुन्, वल्लाहु आअलम् (अल्लाहलाई नै राम्ररी थाहा छ)।

कतिपय आगन्तुकहरूले उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानमा होहल्ला गर्छन्, त्यहाँ लामो समयसम्म उभिएर ठूलो स्वरमा बोल्ने गर्छन्, यो सरासर उहाँको शरीअत विपरीत हो। किनभने अल्लाहले यस उम्मतलाई आफ्नो आवाज नबीको आवाजभन्दा उच्च बनाउन र उहाँसँग आपसमा कुरा गरेझैं ठूलो स्वरमा बोल्न निषेध गर्नुभएको छ। उहाँको सामु आफ्नो आवाजलाई विनम्र र मधुरो राख्न निर्देशन दिँदै अल्लाहले कुरआनमा भन्नुभएको छ:

﴿يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَرْفَعُوا أَصْوَاتَكُمْ فَوْقَ صَوْتِ النَّبِيِّ وَلَا تَجْهَرُوا لَهُ بِالْقَوْلِ كَجَهْرِ بَعْضِكُمْ لِبَعْضٍ أَنْ تَحْبَطَ أَعْمَالُكُمْ وَأَنْتُمْ لَا تَشْعُرُونَ 2 إِنَّ الَّذِينَ يَغُضُّونَ أَصْوَاتَهُمْ عِنْدَ رَسُولِ اللَّهِ أُولَئِكَ الَّذِينَ امْتَحَنَ اللَّهُ قُلُوبَهُمْ لِلتَّقْوَى لَهُمْ مَّغْفِرَةٌ وَأَجْرٌ عَظِيمٌ 3﴾

अर्थ: "हे आस्थावानहरू हो, आफ्नो आवाज नबीको आवाजभन्दा उच्च नपार, न त उहाँसँग ठूलो स्वरले बोल जसरी तिमीहरू एकअर्कासँग ठूलो स्वरले बोल्छौ, नत्र तिमीहरूका कर्महरू बेकार हुनेछन् र तिमीहरूलाई थाहा पनि हुँदैन।

वास्तवमा, जो अल्लाहका रसूलको अगाडि आफ्नो आवाजलाई कम गर्छन्, अल्लाहले तिनीहरूको हृदयलाई तक्वाको लागि जाँच गर्नुभएको छ। तिनीहरूका लागि क्षमा र ठूलो प्रतिफल छ।" [अल् हुजुरात: २-३]

दोस्रो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहान नजिक लामो समयसम्म उभिरहनु तथा बारम्बार सलाम दोहोर्‍याइरहनुले भीडभाड बढ्ने, अनावश्यक होहल्ला उत्पन्न हुने र उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र नजिक आवाजहरू उच्च हुने अवस्था सिर्जना गर्छ। यो ती स्पष्ट आयतहरूमा उल्लिखित निर्देशनको विपरीत कुरा हो, जहाँ अल्लाहले मुस्लिमहरूलाई रसूलप्रति आदर र शिष्टाचारको पालन गर्न आदेश दिनुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) जीवित अवस्थामा जस्तै मृत्युपश्चात् पनि सम्मानित र आदरणीय हुनुहुन्छ। अतः कुनै पनि मुमिनका लागि उहाँको कब्र नजिक इस्लामिक शिष्टाचार विपरीत कुनै पनि काम गर्नु हुँदैन ।

त्यसैगरी, केही आगन्तुकहरू र अन्य मानिसहरूले उहाँको चिहान नजिकै चिहानतिर फर्केर अनि हात उठाएर जुन दुआ गर्छन्, त्यो सबै अल्लाहका रसूलका साथीहरू र (सलफ सालेह) धर्मी पूर्ववर्तीहरूले गरेको कामको विपरीत हो। बरु, यो नयाँ कुरा (बिदअत) हो र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«فَعَلَيْكُمْ بِسُنَّتِي وَسُنَّةِ الخُلَفَاءِ الرَّاشِدِينَ المَهْدِيِّينَ مِنْ بَعْدِي، تَمَسَّكُوا بِهَا وَعَضُّوا عَلَيْهَا بِالنَّوَاجِذِ، وَإِيَّاكُمْ وَمُحْدَثَاتِ الأُمُورِ، فَإِنَّ كُلَّ مُحْدَثَةٍ بِدْعَةٌ وَكُلَّ بِدْعَةٍ ضَلَالَةٌ».

अर्थ: "त्यसैले तिमीहरूले मेरो सुन्नत र म पछि सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतलाई पालना गर्नुपर्छ। यसलाई बलियोसँग समातेर राख्नुहोस् र आफ्नो बङ्गाराले समात्नुहोस्। नयाँ आविष्कार गरिएका कुराहरूबाट सावधान रहनुहोस्, किनकि प्रत्येक नयाँ कुरा बिदअत हो र प्रत्येक बिदअत पथभ्रष्टता हो।"123

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ أَحْدَثَ فِي أَمْرِنَا هَذَا مَا لَيْسَ مِنْهُ فَهُوَ رَدٌّ».

अर्थ: "जसले हाम्रो यस धर्ममा त्यस्तो कुरा समावेश गर्छ जुन यसको भाग होइन, त्यो अस्वीकृत हो।"124

«مَنْ عَمِلَ عَمَلًا لَيْسَ عَلَيْهِ أَمْرُنَا فَهُوَ رَدٌّ».

अर्थ: "जसले हाम्रो आदेश अनुसार नभएको कार्य गर्छ, त्यो अस्वीकृत हो।"125

अली बिन हुसैन जैनुल आबेदीन (रजियल्लाहु अन्हुमा) ले एक व्यक्तिलाई रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को चिहान (कब्र) नजिक दुआ गरिरहेको देख्नुभयो। तब उहाँले उसलाई रोक्दै भन्नुभयो: "के म तिमीलाई एउटा यस्तो हदीस नसुनाऊँ, जुन मैले मेरा पिताबाट, उहाँले मेरा हजुरबुबाबाट र उहाँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुन्नुभएको थियो?, उहाँले भन्नुभयो :

«لَا تَتَّخِذُوا قَبْرِي عِيدًا، وَلَا بُيُوتَكُمْ قُبُورًا، وَصَلُّوا عَلَيَّ، فَإِنَّ تَسْلِيمَكُمْ يَبْلُغُنِي أَيْنَمَا كُنْتُمْ».

अर्थ: "मेरो चिहानलाई उत्सवको ठाउँ नबनाऊ, न त आफ्नो घरलाई चिहान बनाऊ। तर ममाथि दरूद र सलाम पठाउने गर, किनकि तिमीहरू जहाँ भए पनि तिमीहरूको सलाम मलाई पुग्छ।"126

त्यसैगरी, कतिपय मानिसहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम गर्दा आफ्नो दायाँ हात बायाँ हातमाथि यसरी राख्छन्, मानौँ उनीहरू नमाजमा उभिएका छन्। सलाम पठाउँदा छातीमा वा त्यसको मुनि यसरी हात बाँधेर उभिनु हुँदैन। यो नियम राजाहरू, नेताहरू वा अन्य कसैलाई अभिवादन गर्दा पनि लागू हुन्छ; किनकि यसरी हात बाँध्नु पूर्ण समर्पण, विनम्रता र उपासनाको प्रतीक हो, जुन केवल अल्लाहका लागि मात्र गरिनुपर्छ।

हाफिज इब्ने हजरले 'फतहुल बारी' मा विद्वानहरूका भनाइ उद्धृत गर्दै यस कुरालाई स्पष्ट पार्नुभएको छ। यो तथ्य ती व्यक्तिहरूका लागि पूर्णतः छर्लङ्ग छ, जसले यस कुरालाई गम्भीरतापूर्वक बुझ्न चाहन्छ र जसको एक मात्र उद्देश्य 'सलफ सालेहीन' (धर्मी पूर्वज) हरूको मार्गदर्शनको अनुशरण गर्नु हो।

सलफ सालिहीन (धर्मी पूर्वज) हरूको मार्गदर्शनतर्फ आह्वान गर्नेहरूप्रति पक्षपात, कट्टरता, अन्धो अनुकरण र शंकाले प्रभावित व्यक्तिहरूको मामला अल्लाहको जिम्मामा छ। हामी अल्लाहसँग आफ्नो र तिनीहरुको मार्गदर्शन र सफलताको लागि प्रार्थना गर्छौं। निश्चय नै अल्लाह सर्वोत्तम याचना सुन्नुहुन्छ।

त्यसैगरी, केही मानिसहरूले टाढाबाट पवित्र चिहान (कब्र शरीफ) तर्फ फर्केर सलाम वा दुआका लागि ओठ चलाउने जुन कार्य गर्छन्, यी सबै धर्ममा थपिएका अप्रमाणित नयाँ कुराहरू (बिदअत) हुन्। कुनै पनि मुस्लिमले धर्ममा अल्लाहले अनुमति नदिएको कुरा परिचय गराउनु हुँदैन। यसो गरेर, ऊ भक्ति र पवित्रता भन्दा टाढापनको नजिक हुन्छ। इमाम मालिकले यस कार्य र यस्तै अन्य विकृतिहरूको खण्डन गर्दै भन्नुभएको छ: अर्थ: "यस उम्मत (समुदाय) को पछिल्लो पुस्ताको सुधार त्यसैबाट सम्भव छ, जसबाट यसको पहिलो पुस्ताको सुधार भएको थियो।"127

यस उम्मत (राष्ट्र) का पहिलो पुस्ताले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, उहाँका सही निर्देशित उत्तराधिकारीहरू, उहाँका धर्मी साथीहरू र उनीहरूका असल अनुयायीहरूको मार्ग अनुसरण गरेर सुध्रिएको कुरा सर्वविदितै छ। यस राष्ट्रको पछिल्लो पुस्ताको सुधार पनि त्यही मार्गको पालना र अनुसरण गरेर मात्र सम्भव छ।

अल्लाहले मुस्लिमहरूलाई यस संसार र परलोकमा मुक्ति, खुशी र गौरव ल्याउने कुरामा सफलता प्रदान गरून्। निश्चय नै उहाँ उदार र दयालु हुनुहुन्छ।

नोटः

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत गर्ने नियम

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत (दर्शन) गर्नु हजको अनिवार्य वा शर्त होइन, जस्तो केही सर्वसाधारण र अन्य मानिसहरूले सोच्छन्। बरु, यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिद (मस्जिदे नबवी) को जियारत गर्ने व्यक्ति वा यसको नजिक हुनेहरूको लागि मुस्तहब हो।

मदीनाभन्दा टाढा बसोबास गर्ने व्यक्तिले केवल कब्रको दर्शनको लागि विशेष रूपमा यात्रा गर्न अनुमति छैन, तर मस्जिदे नबवीको दर्शन गर्ने उद्देश्यले यात्रा गर्न अनुमति छ। जब त्यहाँ पुग्छ, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथीहरूको कब्रको जियारत गर्छ। यस प्रकार, उनीहरूको कब्रहरूको जियारत मस्जिदको जियारत अन्तर्गत रहन्छ। 'सहीहैन' (बुखारी र मुस्लिम) मा प्रमाणित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

«لَا تُشَدُّ الرِّحَالُ إِلَّا إِلَى ثَلَاثَةِ مَسَاجِدَ: المَسْجِدِ الحَرَامِ، وَمَسْجِدِي هَذَا، وَالمَسْجِدِ الأَقْصَى».

अर्थ: "यी तीन मस्जिद बाहेक (उपासनाको नियतले) अन्य कुनै स्थानको यात्रा नगरियोस्: मस्जिदे हराम, मेरो यो मस्जिद (मस्जिदे नबवी), र मस्जिदे अक्सा।"128

यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र वा अरू कसैको कब्रको जियारतको लागि यात्रा गर्न अनुमति हुन्थ्यो भने, उहाँले आफ्नो उम्मत (राष्ट्र) लाई त्यसको बारेमा अवश्य बताउनुहुन्थ्यो र त्यसको पुण्यको बारेमा मार्गदर्शन गर्नुहुन्थ्यो; किनकि उहाँ मानिसहरूमध्ये सबैभन्दा इमान्दार, अल्लाहबारे सबैभन्दा जानकार र सबैभन्दा डराउने व्यक्ति हुनुहुन्थ्यो। उहाँले सन्देश स्पष्ट रूपमा पुर्‍याउनुभयो, आफ्नो उम्मतलाई सबै राम्रो कुराहरूतर्फ डोऱ्याउनुभयो र सबै खराब कुराहरूबाट चेतावनी दिनुभयो। त्यसो गर्न कसरी (अनुमत) हुन सक्छ, जबकि उहाँले तीन मस्जिदहरू बाहेक अन्य ठाउँहरूमा यात्रा गर्न चेतावनी दिनुभएको छ:

«لَا تَتَّخِذُوا قَبْرِي عِيدًا، وَلَا بُيُوتَكُمْ قُبُورًا، وَصَلُّوا عَلَيَّ، فَإِنَّ صَلَاتَكُمْ تَبْلُغُنِي حَيْثُ كُنتُمْ».

अर्थ: "मेरो चिहानलाई उत्सवको ठाउँ नबनाऊ, न त आफ्नो घरलाई चिहान बनाऊ। तर ममाथि दरूद र सलाम पठाउने गर, किनकि तिमीहरू जहाँ भए पनि तिमीहरूको सलाम मलाई पुग्छ।"129

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारतको लागि यात्रा गर्नु वैध हो भन्ने धारणाले उहाँको पवित्र कब्रलाई एक मेलामा परिणत गर्छ र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चेतावनी दिनुभएको अतिशयोक्ति र अतिवाद जस्ता वर्जित कुराहरूमा पुर्‍याउँछ। किनकि धेरै मानिसहरू उहाँको चिहान हेर्न यात्रा गर्न अनुमति छ भन्ने विश्वासको कारणले यसमा फसेका छन्।

यस अध्यायमा वर्णन गरिएका हदीसहरू; जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानको दर्शन (जियारत) का लागि विशेष यात्रा गर्नु वैध छ भन्नेहरूले प्रमाणको रूपमा प्रयोग गर्छन्, ती सबै हदीसका 'सनद' हरू अत्यन्त कमजोर (जईफ) वा मनगढन्ते छन्। किनकि दारकुतनी, बैहकी र हाफिज इब्न हजर जस्ता हदीसका विद्वानहरूले तिनको विश्वसनीयतामा रहेका त्रुटिहरूबारे सचेत गराएका छन्। तसर्थ, तीन मस्जिदहरू बाहेक अन्य ठाउँहरूमा यात्रा गर्न निषेध गर्ने प्रामाणिक हदीसहरूको विरोध गर्न तिनीहरूलाई प्रयोग गर्न अनुमति छैन।

प्रिय पाठक! यस विषयसँग सम्बन्धित केही मनगढन्ते हदीसहरू प्रस्तुत गरिएका छन्, ताकि तपाईं यसबाट सचेत हुनुहोस् र यसले तपाईंलाई भ्रमित नगरोस् :

पहिलो: "जसले हज गर्छ र मेरो दर्शन (जियारत) गर्दैन, उसले मप्रति अन्याय गरेको छ।"

दोस्रो: "मेरो मृत्यु पछि जसले मलाई भेट्यो, उसले मेरो जीवनमा मलाई भेटे जस्तो हो।"

तेस्रो: "जसले मेरो र मेरा पिता इब्राहीमलाई एकै वर्षमा जियारत गर्छ, म उसलाई अल्लाहबाट स्वर्गको ग्यारेन्टी दिन्छु।"

चौथो: "जसले मेरो चिहानको जियारत गर्छ, उसको लागि मेरो सिफारिश अनिवार्य हुन्छ।"

यी र यस्तै कुनै पनि हदीस नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैन।

हाफिज इब्न हजरले आफ्नो पुस्तक अल-तल्खीस' मा अधिकांश कथनहरू उल्लेख गरेपछि भनेका छन्: "यी हदीसका सबै ‘सनद’ (श्रृंखलाहरू) ‘जईफ’ कमजोर र अप्रमाणित छन्।"

हाफिज ओकैलीले भनेका छन्: "यस विषयमा कुनै पनि हदीस प्रमाणित छैन।"

शैखुल इस्लाम इब्ने तैमिया (रहेमहुल्लाह) ले यी सबै हदीसहरू मिथ्या र मनगढन्ते हुन् भनी निश्चित गरेका छन्। उहाँको ज्ञान, स्मरणशक्ति र व्यापक अध्ययन नै यसका लागि पर्याप्त प्रमाण हो।

यदि यस विषयमा केही कुरा प्रमाणित भएको भए, सहाबाहरू (रजियल्लाहु अन्हुम) त्यसको पालना गर्न, त्यसलाई उम्मतसमक्ष पुर्याउन र त्यसतर्फ आह्वान गर्नमा अग्रसर हुने थिए। किनकि उनीहरू नबीहरू पश्चात् सर्वश्रेष्ठ मानव र अल्लाहका नियमबारे सबैभन्दा जानकार र अल्लाह तथा उहाँको सृष्टिप्रति सबैभन्दा बढी इमान्दार थिए। तसर्थ, तिनीहरूबाट त्यो केही पनि प्रसारित नभएकोले, यसले यो निर्धारित नभएको संकेत गर्छ।

यदि तीमध्ये कुनै पनि सत्य हो भने, यसलाई हदीसहरूबीच समन्वय गर्नको लागि केवल चिहानको भ्रमण गर्न यात्रा गर्नु समावेश नभएको वैध भ्रमणको रूपमा व्याख्या गरिनु पर्ने थियो। सर्वशक्तिमान अल्लाहलाई नै राम्ररी थाहा छ।

अध्याय

मस्जिद कुबा र बकी कब्रिस्तानको जियारत गर्नु मुस्तहब हो

मदीना जाने व्यक्तिले मस्जिद कुबाको जियारत (दर्शन) गर्नु र त्यसमा नमाज पढ्नु मुस्तहब हो; किनभने सही बुखारी र मुस्लिममा इब्न उमर (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयो:

«كَانَ النَّبِيُّ ﷺ يَزُورُ مَسْجِدَ قُبَاءٍ رَاكِبًا وَمَاشِيًا وَيُصَلِّي فِيهِ رَكْعَتَيْنِ».

अर्थ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) सवार भएर र हिँडेर मस्जिद कुबाको जियारत गर्नुहुन्थ्यो र त्यहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो।"130

सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

«مَنْ تَطَهَّرَ فِي بَيْتِهِ ثُمَّ أَتَى مَسْجِدَ قُبَاءٍ فَصَلَّى فِيهِ صَلَاةً كَانَ لَهُ كَأَجْرِ عُمْرَةٍ».

अर्थ: "जसले आफ्नो घरमा वजू गर्छ र त्यसपछि कुबा मस्जिद जान्छ र त्यहाँ नमाज पढ्छ, उसलाई उमरह बराबरको पुण्य प्राप्त हुनेछ।"131

त्यसैगरी 'बकीअ'को चिहान, शहीदहरूको चिहान र हमजा (रजियल्लाहु अन्हु) को चिहानको जियारत गर्नु सुन्नत हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिनीहरूको जियारत गर्नुहुन्थ्यो र उनीहरूका लागि दुआ गर्नुहुन्थ्यो। उहाँले भन्नुभएको छ:

«زُورُوا القُبُورَ فَإِنَّهَا تُذَكِّرُكُمْ بِالآخِرَةِ».

अर्थ: "कब्रको जियारत गर्नुहोस्, किनकि यसले तिमीहरूलाई परलोकको सम्झना गराउँछ।"132 यसलाई मुस्लिमले वर्णन गरेका छन्।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूलाई कब्रिस्तानको जियारत गर्दा निम्न दुआ पढ्न सिकाउनुहुन्थ्यो:

«السَّلَامُ عَلَيْكُمْ أَهْلَ الدِّيَارِ مِنَ المُؤْمِنِينَ وَالمُسْلِمِينَ، وَإِنَّا إِنْ شَاءَ اللهُ بِكُمْ لَاحِقُونَ، نَسْأَلُ اللهَ لَنَا وَلَكُمُ العَافِيَةَ».

"अस्सलामु अलैकुम अहलद्दियार मिन अल्मुमिनीन वलमुस्लिमीन, व इन्ना इन्शा अल्लाहु बिकुम लाहिकून, नसअलुल्लाह लना व लकुम अलआफिया।"

अर्थ: हे यस बस्ती (चिहान) का मोमिन र मुस्लिमहरू! तपाईंहरूमाथि शान्ति होस्। अल्लाहले चाहनुभयो भने हामी पनि तपाईंहरूसँग भेट्ने छौं। हामी अल्लाहसँग आफ्नो र तपाईंहरूको कल्याणको लागि प्रार्थना गर्छौं।133 मुस्लिमले सुलेमान बिन बुरैदा मार्फत आफ्नो पिताबाट वर्णन गरेका छन्।

इमाम तिरमिजीले इब्न अब्बास (रजियल्लाहु अन्हुमा) बाट उल्लेख गरेका छन्, उहाँले भन्नुभयो: 'नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदिनाका चिहानहरू भएर जानुभयो र उहाँले तिनीहरूतर्फ आफ्नो अनुहार फर्काएर भन्नुभयो:

«السَّلَامُ عَلَيْكُمْ يَا أَهْلَ القُبُورِ، يَغْفِرُ اللهُ لَنَا وَلَكُمْ، أَنْتُمْ سَلَفُنَا وَنَحْنُ بِالأَثَرِ».

"अस्सलामु अलैकुम या अहलल्-कुबूर, यग्फिरुल्लाहु लना व लकुम, अन्तुम सलफुना व नह्नु बिल-असर।"

अर्थ: हे चिहानवासीहरू! तपाईंहरूमाथि शान्ति होस्, अल्लाहले हामीलाई र तपाईंहरूलाई क्षमा गरून्। तपाईंहरू हाम्रा अग्रज हुनुहुन्छ र हामी पनि तपाईंहरूकै पछि आउनेछौं।134

चिहानको धार्मिक जियारतको उद्देश्य मृत्युपछिको जीवनलाई सम्झनु, मृतकहरूप्रति दयालु हुनु, तिनीहरूको लागि प्रार्थना गर्नु र तिनीहरूमाथि दया गर्नु हो भनेर यस हदीसहरूबाट प्रमाणित हुन्छ।

यदि चिहानको जियारत (दर्शन) को उद्देश्य त्यहाँ पुगेर प्रार्थना गर्ने, त्यहाँ बस्ने, आफ्ना आवश्यकताहरू पूरा गर्न वा रोगी निको पार्नका लागि मृतकसंग याचना गर्ने, अथवा उनीहरूको माध्यम द्वारा अल्लाहसँग माग्ने जस्ता कार्यहरू हुन् भने, ती पूर्णतया निषेधित र घृणित हुन्। यस्ता कार्यहरूको अनुमति न त अल्लाहले दिनुभएको छ, न त उहाँका रसूलले; न त सलफ-सालिह (धर्मी पूर्वजहरू) ले नै यसो गरेका थिए। बरु, यो त ती वर्जित कार्यहरू हुन् जसबाट रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कडाइका साथ रोक्नुभएको छ, उहाँले भन्नुभएको छ:

«زُورُوا القُبُورَ، وَلَا تَقُولُوا هُجْرًا».

अर्थ: "चिहानहरूमा जानुहोस् र झूटो कुरा नभन्नुहोस्।"135

उल्लेख गरिएका यी कुराहरू बिदअत हुन्, तर तिनीहरू फरक-फरक स्तरका छन्। तीमध्ये केही बिदअत हुन् र बहुदेववाद होइनन्, जस्तै चिहानमा सर्वशक्तिमान अल्लाहलाई प्रार्थना गर्नु, मृतकको अधिकार र हैसियतले उहाँसँग सोध्नु आदि। तीमध्ये केही ठूलो शिर्क हुन्, जस्तै मृतकहरूसित प्रार्थना गर्नु र तिनीहरूबाट मद्दत खोज्नु आदि।

यी कुराहरूको विस्तृत विवरण माथि नै उल्लेख भइसकेको छ, त्यसैले ध्यान दिनुहोस् र सचेत रहनुहोस्, अनि आफ्ना पालनकर्तासँग सफलता र मार्गदर्शनको लागि प्रार्थना गर्नुहोस्, किनकि उहाँले नै सफलता र मार्गदर्शन प्रदान गर्नुहुन्छ, उहाँ बाहेक कोही ईश्वर छैन र उहाँ बाहेक कोही पालनकर्ता छैन।

हामीले प्रवाह गर्न चाहेको अन्तिम सन्देश यही हो। सुरु र अन्तिममा अल्लाहको प्रशंसा होस्। उहाँको भक्त, सन्देशवाहक र उहाँको सृष्टिको सर्वश्रेष्ठ व्यक्ति मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि तथा उहाँका आले-बैत, साथीहरू र प्रलयको दिनसम्म निष्ठापूर्वक उनीहरूको अनुसरण गर्नेहरूमाथि अल्लाहको कृपा र शान्ति रहोस्।

 

***

विषयसूची

 

लेखककाे भूमिका 2

अध्याय 7

हज र उमरह अनिवार्य हो र यसलाई तुरुन्तै गर्नुपर्ने प्रमाणहरू 7

अध्याय 16

पापहरूबाट तौबा (पश्चात्ताप) गर्नु र अन्यायलाई त्याग्नु अनिवार्य हो 16

अध्याय 32

मीकात पुगेपछि हाजीले गर्ने कार्यहरू 32

अध्याय 48

मीकातहरू 48

अध्याय 61

हज महिना बाहेक मीकातमा आउने व्यक्तिको नियम 61

अध्याय 70

साना बालबालिकाको हजको हुकुम र के यो उसको अनिवार्य हजको लागि पर्याप्त हुन्छ? 70

अध्याय 78

एहरामको अवस्थामा मुहरिमको लागि निषेधित र जायज कुराहरू 78

अध्याय 96

हाजीले मक्का आइपुग्दा र मस्जिदे हराममा प्रवेश गरेपछि गर्ने तवाफ र यसको विवरण 96

अध्याय 121

जुल-हिज्जाको आठौं दिन हजको एहराम लगाउने र मिनातर्फ प्रस्थान गर्ने 121

अध्याय 183

कुर्बानीको दिन हाजीले गर्ने श्रेष्ठ कार्यहरू 183

अध्याय 199

तमत्तु र किरान हज गर्नेले कुर्बानी गर्नु अनिवार्य हो 199

अध्याय 206

हाजी र अरू सबैले भलाइको आदेश दिनु अनिवार्य हो 206

अध्याय 230

उपासना र सत्कर्महरू बढाउने विषयमा 230

अध्याय 234

जियारत (दर्शन) गर्ने नियम र शिष्टाचारहरू 234

नोटः 274

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत गर्ने नियम 274

अध्याय 283

मस्जिद कुबा र बकी कब्रिस्तानको जियारत गर्नु मुस्तहब हो 283

 

***

ne396v3.1 - 23/06/2026


यसलाई तब्रानीले ‘अल-औसत’ मा हदीस सङ्ख्या (७४६९) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (८) नम्बर र इमाम मुस्लिमले (१६) नम्बरमा वर्णन गरेका छन्।

‘जामिउल अहादीस’ (३१२२१) मा यसलाई सईद बिन मनसूरको ‘सुनन’ मा हो भनेर उल्लेख गरिएको छ, तर मैले उपलब्ध प्रतिलिपिमा त्यो भेटाउन सकिनँ।

प्रशस्त धनसम्पत्ति।

यसलाई इमाम तिर्मिजीले हदीस नम्बर (८१२) मा वर्णन गरेका छन्।

यसलाई अबू दाऊदले हदीस नम्बर (१७३२) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१३३७) मा वर्णन गरेका छन्।

यसलाई इमाम इब्न खुजैमाले हदीस नम्बर (१) मा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले हदीस नम्बर (१५२०) मा उल्लेख गरेका छन्।

यसलाई इमाम नसयीले हदीस नम्बर (२६२०) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१७७३) नम्बर र इमाम मुस्लिमले (१३४९) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले हदीस नम्बर (२४४९) मा उल्लेख गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१०१५) मा वर्णन गरेका छन्।

यसलाई इमाम तब्रानीले अल-कबिरको हदीस नम्बर (२९८९) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१४२७) नम्बर र इमाम मुस्लिमले (१०३५) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१४७४) नम्बर र इमाम मुस्लिमले (४०४०) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (२९८५) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१३४२) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५३९) नम्बर र इमाम मुस्लिमले (११८९) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१२१८) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (५८९१) नम्बर र इमाम मुस्लिमले (२५७) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (२५८) मा वर्णन गरेका छन्।

यसलाई इमाम नसयीले हदीस नम्बर (१४) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (२८९२) नम्बर र इमाम मुस्लिमले (२५९) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (२६०) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (११७७) मा वर्णन गरेका छन्।

यो हदीसलाई बुखारीले नम्बर (१) र मुस्लिमले नम्बर (१९०७) मा उल्लेख गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (८६७) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (२६९७) नम्बर र इमाम मुस्लिमले (१७१८) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (२५५०) नम्बर र इमाम मुस्लिमले (१७१८) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५२४) नम्बर र इमाम मुस्लिमले (११८१) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१२९७) मा वर्णन गरेका छन्।

यसको श्रोत उल्लेख भइसकेको छ।

अघिल्लो हदीसको अंश ।

अर्थात् उनले आफ्नो एहरामको स्थानबाट तल्बिया पढ्नेछ।

यसको श्रोत उल्लेख भइसकेको छ।

यो हदीसलाई इमाम बुखारीले (१५४९) नम्बर र इमाम मुस्लिमले (११८४) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (५०८९) नम्बर र इमाम मुस्लिमले (१२०७) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१३३६) मा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले (१८५८) नम्बरमा उल्लेख गरेका छन्।

यसलाई इमाम इब्ने अबी शैबाले (भाग ४, पृष्ठ: ४४४) मा वर्णन गरेका छन्।

यसलाई इमाम तिर्मिजीले हदीस नम्बर (२५१८) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१८४१) नम्बर र इमाम मुस्लिमले (११७९) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले (१८३८) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (१८३३) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट (१५२१) मा र इमाम मुस्लिमले (१३५०) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५२१) नम्बर र इमाम मुस्लिमले (१३५०) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१४०९) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१८३४) नम्बर र इमाम मुस्लिमले (१३५३) नम्बरमा वर्णन गरेका छन्।

यसको श्रोत उल्लेख भइसकेको छ।

यसलाई इमाम बुखारीले (१५६८) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (३०५) नम्बर र इमाम मुस्लिमले (१२११) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम तिर्मिजीले हदीस नम्बर (३५८५) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (२१३७) मा वर्णन गरेका छन्।

मुस्लिमले इब्न अल-जुबैर (रजियल्लाहु अन्हु) बाट नम्बर (५९४) मा उल्लेख गरेका छन्।

यसलाई इमाम मुस्लिमले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (२७२०) मा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (६३४७) मा वर्णन गरेका छन्।

यसलाई यही शब्दमा इमाम अबू दाऊदले अबू उमामा अन्सारीबाट, उहाँको भनाई (ومن المأثم والمغرم) बाहेक, (१५५४) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (१५५४) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले इब्न उमर (रजियल्लाहु अन्हुमा) बाट हदीस नम्बर (५०७४) मा वर्णन गरेका छन्।

यो इमाम मुस्लिमले अबू मूसा अशअरी (रजियल्लाहु अन्हु) बाट वर्णन गर्नुभएको हदीस नम्बर (२७१९) को अंश हो।

यसलाई इमाम तिर्मिजीले शद्दाद बिन औसबाट हदीस नम्बर (३४०७) मा वर्णन गरेका छन्।

यसलाई इमाम अहमदले आफ्नो मुस्नदमा उम्म सलमा (रजियल्लाहु अन्हा) बाट वर्णन गरेका छन् (६/३०१)।

यसलाई इमाम मुस्लिमले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (२७१३) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले जैद बिन अरकम (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (२७२२) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले इब्ने अब्बास रजियल्लाहु अन्हुमाबाट हदीस नम्बर (२७१७) मा वर्णन गरेका छन्।

यो जैद बिन अरकम (रजियल्लाहु अन्हु) को हदीसको एउटा अंश हो, जो अघि (२७२२) नम्बरमा वर्णन भइसकेको छ।

इमाम तिर्मिजीले यसलाई जियाद बिन अलाकाको माध्यमबाट उहाँका काकाद्वारा हदीस नम्बर (३५९१) मा वर्णन गरेका छन्।

यसलाई इमाम तिरमिजीले इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) बाट वर्णित हदीस अन्तर्गत नम्बर (३४८३) मा उल्लेख गरेका छन्।

यसलाई इमाम तिर्मिजीले अली (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (३५६३) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले अब्दुल्लाह बिन मसऊद ((रजियल्लाहु अन्हु)) बाट हदीस नम्बर (२७२१) मा वर्णन गरेका छन्।

इमाम मुस्लिमले यसलाई अली (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (२७२५) मा वर्णन गरेका छन्।

यसलाई इमाम इब्ने माजहले आइशा (रजियल्लाहु अन्हा) बाट हदीस नम्बर (३८४६) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले उबादा बिन सामित (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (११५४) मा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले कअ्ब बिन उज्रह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (३३७०) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम मुस्लिमले आइशा (रजियल्लाहु अन्हा) बाट हदीस नम्बर (१३४८) मा वर्णन गरेका छन्।

यसको श्रोत उल्लेख भइसकेको छ।

यसलाई इमाम मुस्लिमले जाबिर (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (१२१८) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५३९) नम्बर र इमाम मुस्लिमले (११८९) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५५६) नम्बर र इमाम मुस्लिमले (१२११) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम बुखारीले (१५७२) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१२१५) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (८३) नम्बर र इमाम मुस्लिमले (१३०६) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (२०१५) मा वर्णन गरेका छन्।

यसलाई इमाम इब्न माजहले जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (३०६२) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (२४७३) मा वर्णन गरेका छन्।

अर्थात् : अबू दाऊद तयालिसी । उनले यसलाई अबू जर (रजियल्लाहु अन्हु) को इस्लाम स्वीकार गर्ने घटना भएको हदीसमा वर्णन गरेका छन्। (मुस्नद अबू दाऊद तयालिसी : ४५९)

यसलाई इमाम तिर्मिजीले हदीस नम्बर (९२७) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले अनस (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (६९) मा वर्णन गर्नु भएको छ।

यसलाई इमाम बुखारीले हदीस नम्बर (१९९८) मा वर्णन गर्नु भएको छ।

यो हदीसलाई इमाम बुखारीले (२४२०) नम्बर र इमाम मुस्लिमले (६५१) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम मुस्लिमले अबू हुरैरह (रजियल्लाहु अन्हु) मार्फत हदीस नम्बर (६५३) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले अब्दुल्लाह बिन उम्मे मक्तूमबाट हदीस नम्बर (५५२) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (६५४) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले इब्न अब्बास (रज़िअल्लाहु अन्हुमा) बाट हदीस नम्बर (५५१) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (१५२१) नम्बर र इमाम मुस्लिमले (१३५०) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (३२५१) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (३२५३) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले अब्दुल्लाहबाट (२६७९) नम्बर र इमाम मुस्लिमले (१६४६) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम अहमदले आफ्नो मुस्नदमा (५/४२८) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (४९८०) मा वर्णन गरेका छन्।

यसलाई इब्ने माजहले (२११७) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१८९३) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (३००९) नम्बर र इमाम मुस्लिमले (२४०६) नम्बरमा वर्णन गर्नु भएको छ।

यो हदीसलाई इमाम बुखारीले (१७५५) नम्बर र इमाम मुस्लिमले (१३२८) नम्बरमा वर्णन गर्नु भएको छ।

यसको श्रोत उल्लेख भइसकेको छ।

यसलाई इमाम मुस्लिमले जाबिर बिन अब्दुल्लाह रजियल्लाहु अन्हुबाट हदीस नम्बर (८६७) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (११९०) नम्बर र इमाम मुस्लिमले (१३९४) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (१३९५) मा वर्णन गरेका छन्।

यसलाई इमाम अहमदले आफ्नो मुस्नदमा (४/५) मा वर्णन गरेका छन्।

यसलाई इब्ने माजहले (१४०६) नम्बरमा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले अब्दुल्लाह बिन जैद अल-माजिनीबाट (११९५) नम्बर र इमाम मुस्लिमले (१३९०) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (२०४१) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (३२३६) मा वर्णन गरेका छन्।

यसको श्रोत उल्लेख भइसकेको छ।

यसलाई इमाम मुस्लिमले अबु सईद खुदरी (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (४३८) मा वर्णन गरेका छन्।

यो हदीसलाई इमाम बुखारीले (६१५) नम्बर र इमाम मुस्लिमले (४३७) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इमाम मुस्लिमले जाबिर बिन समुराबाट हदीस नम्बर (४३०) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (६७९) मा वर्णन गरेका छन् र त्यसका शब्दहरू हुन्ः "केही मानिसहरू पहिलो पङ्क्तिबाट पछाडि हटिरहन्छन्, यहाँसम्म अल्लाहले तिनीहरूलाई नर्कमा पारदिनुहुनेछ।"

यसलाई इमाम मुस्लिमले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट हदीस नम्बर (१६३१) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (२०४१) मा वर्णन गरेका छन्।

यसलाई इमाम अबू दाऊदले अल-इर्बाद बिन सारियाबाट हदीस नम्बर (४६०७) मा वर्णन गरेका छन्।

यसको श्रोत उल्लेख भइसकेको छ।

यसको श्रोत उल्लेख भइसकेको छ।

जैनुल आबेदीनको वर्णनलाई शेखले हाफिज अल-मकदिसी सित सम्बन्धित गर्नु भएको छ र उहाँले यो हदीसलाई कथा बिना नै उद्धृत गर्नुभएको छ; साथै अहमदले मुसनद (२/३६७) मा यसलाई उल्लेख गर्नुभएको छ।

इगासत अल्लहफान फी मसायिद अश्शैतान (१/३६३)।

यो हदीसलाई इमाम बुखारीले अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट (११८९) नम्बर र इमाम मुस्लिमले (१३९७) नम्बरमा वर्णन गर्नु भएको छ।

यसको श्रोत उल्लेख भइसकेको छ।

यो हदीसलाई इमाम बुखारीले (११९३) नम्बर र इमाम मुस्लिमले (१३९९) नम्बरमा वर्णन गर्नु भएको छ।

यसलाई इब्ने माजहले (१४१२) नम्बरमा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (९७६) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले हदीस नम्बर (९७५) मा वर्णन गरेका छन्।

यसलाई इमाम तिर्मिजीले हदीस नम्बर (१०३५) मा वर्णन गरेका छन्।

यसलाई इमाम मुस्लिमले इब्न बुरैदाबाट, उहाँका पिताबाट हदीस नम्बर (९७७) मा वर्णन गरेका छन्।

(मुस्लिम : ५५)