मुस्लिमका लागि संक्षिप्त उपयोगी पुस्तिका (नेपाली)

  • earth भाषा
    (नेपाली)
  • earth लेखः:
    اللجنة العلمية برئاسة الشؤون الدينية بالمسجد الحرام والمسجد النبوي
PHPWord

 

 

المُخْتَصَرُ المُفِيدُ لِلْمُسْلِمِ

 

मुस्लिमका लागि संक्षिप्त उपयोगी पुस्तिका

 

 

 

اللَّجْنَةُ العِلْمِيَّةُ

بِرِئَاسَةِ الشُّؤُونِ الدِّينِيَّةِ بِالمَسْجِدِ الحَرَامِ وَالمَسْجِدِ النَّبَوِيِّ

 

वैज्ञानिक समिति मस्जिद हराम मस्जिद नबवीका धार्मिक मामिलाहरूको अध्यक्षतामा

 


بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ

मुस्लिमका लागि संक्षिप्त उपयोगी पुस्तिका

बिस्मिल्ला हिर्रहमा निर्रहीम

(अत्यन्त करूणामय, परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु)।

प्रस्तावना

समस्त प्रशंसा अल्लाहका लागि हुन्, जो सारा संसारका पालनकर्ता हुनुहुन्छ। दरुद र सलाम (शान्ति र कृपा) अवतरित होस् सर्वश्रेष्ठ नबी तथा अन्तिम सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका परिवार तथा समस्त सहाबीहरूमाथि।

तत्पश्चातः

अल्लाह तआलाको मानिसमाथि रहेको महान् अनुग्रह मध्ये यो हो कि उहाँले उसलाई इस्लाम प्रदान गर्नुहुन्छ, त्यसमा अडिग रहन सक्ने तौफीक दिनुहुन्छ र त्यसका आदेश तथा शरिअतअनुसार कार्य गर्ने शक्ति प्रदान गर्नुहुन्छ। यस पुस्तकमा मुस्लिमले आफ्नो धर्मका आधारभूत सिद्धान्तहरू संक्षिप्त शैलीमा सिक्छ, जसले उसलाई यस महान् धर्मका विशेषताहरू स्पष्ट पार्छ। यसरी उसले आफ्नो पालनकर्ता, आफ्नो धर्म इस्लाम र आफ्नो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्बन्धी ज्ञानमा अझ वृद्धि गर्छ, ताकि उसले ज्ञान र स्पष्ट समझका साथ अल्लाहको उपासना गर्न सकोस्।

मानवजातिको सृष्टिको उद्देश्य

अल्लाह तआलाले हामीलाई एउटा महान् उद्देश्यका लागि सृष्टि गर्नुभएको हो, त्यो हो—केवल उहाँको उपासना गर्नु र उहाँको उपासनामा अरू कसैलाई साझेदार नगर्नु। जसरी उहाँले भन्नुभएको छ:

﴿ وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنْسَ إِلَّا لِيَعْبُدُونِ 56

“मैले जिन्न र मानवलाई केवल मेरो उपासना गर्नका लागि मात्र सृष्टि गरेको हुँ।” [अज्जारियातः ५६] अर्थात्: केवल उहाँको उपासना गर्नु र उहाँको उपासनामा अरू कसैलाई साझेदार नगर्नु। यो महान् उद्देश्य नै यस संसारमा हाम्रा सबै कार्यहरू र उद्देश्यहरूको केन्द्रबिन्दु हो। जसरी उहाँले भन्नुभएको छ:

﴿أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ 115 فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ لَا إِلَهَ إِلا هُوَ رَبُّ الْعَرْشِ الْكَرِيمِ 116

“के तिमीहरूले यो ठानेका छौ कि हामीले तिमीहरूलाई व्यर्थमा सृष्टि गरेका हौं र तिमीहरू हामीतर्फ फर्काइने छैनौ?

अल्लाह अत्यन्त महान्, वास्तविक मालिक र साँचो पूज्य हुनुहुन्छ। उहाँ बाहेक कुनै साँचो उपास्य छैन; उहाँ महान् अर्शका स्वामी हुनुहुन्छ।” [अल् मूमिनूनः ११५-११६]

मेरो रब अल्लाह हो

अल्लाह तआलाले भन्नुभएको छ:

﴿يَا أَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ21

“हे मानवजाति! आफ्ना पालनकर्ताको उपासना गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिकाहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू धर्मी बन्न सक।" [अल्-बकरह: २१]

अल्लाह तआलाले भन्नुभएको छ:

﴿هُوَ اللَّهُ الَّذِي لَا إِلَهَ إِلَّا هُوَ...

“उहाँ अल्लाह हुनुहुन्छ, उहाँ बाहेक अरु कोही सत्य पूज्य छैन।" [अल्-हश्र: २२]

अल्लाह तआलाले भन्नुभएको छ:

﴿...لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ الْبَصِير﴾

“उहाँ जस्तो कोही छैन र उहाँ सर्वश्रोता र सर्वदृष्टि हुनुहुन्छ।" [अश्-शूरा: ११]

अल्लाह मेरो पालनकर्ता र सम्पूर्ण सृष्टिका पालनकर्ता (रब) हुनुहुन्छ; उहाँ नै हाम्रो मालिक, सृष्टिकर्ता, रोजीदाता र सबै कुराको व्यवस्थापक तथा प्रबन्धक हुनुहुन्छ।

हो, केवल उहाँ नै उपासना योग्य हुनुहुन्छ; उहाँबाहेक न कुनै रब छ, न कुनै पूज्य।

अल्लाहका अत्यन्त सुन्दर नामहरू र उत्कृष्ट विशेषताहरू छन्, जसलाई अल्लाहले स्वयम् आफ्नो लागि प्रमाणित गर्नुभएको छ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि प्रमाणित गर्नुभएको छ। ती नाम र विशेषताहरू पूर्णता र सुन्दरताको चरम सीमासम्म पुगेका छन्। वास्तवमा उहाँजस्तो कोही छैन, र उहाँ सर्वश्रोता तथा सर्वद्रष्टा हुनुहुन्छ।

उहाँका केही उत्कृष्ट नामहरू:

अर्-रज्जाक (अन्नदाता), अर्-रहमान (अत्यन्त दयालु), अल-कदीर (सर्वशक्तिमान), अल-मलिक (राजा/सर्वाधिपति), अस्-समिअ (सर्वश्रवणकर्ता), अस्-सलाम (शान्तिदाता), अल-बसीर (सर्वद्रष्टा), अल-वकील (संरक्षक/भरपर्दो), अल-खालिक (सृष्टिकर्ता), अल-लतीफ (सूक्ष्मदर्शी/दयालु), अल-काफी (पर्याप्त), अल-गफूर (अत्यन्त क्षमाशील)।

अर्रज्जाक (अन्नदाता): यस पृथ्वीका सम्पूर्ण प्राणीहरूको रोजीरोटी, भरणपोषण र जीविकोपार्जनको जिम्मेवारी उहाँले नै लिनुभएको छ।

अर्-रहमान (अत्यन्त दयालु): उहाँको असीमित दया र करुणाले सम्पूर्ण संसारलाई समेटेको छ।

अल-कदीर (सर्वशक्तिमान): उहाँ यस्तो पूर्ण र अत्यन्त शक्तिशाली हुनुहुन्छ, जसलाई न थकान हुन्छ न कुनै कमजोरी।

अल-मलिक (सम्राट): उहाँ महानता, अधिपत्य र व्यवस्थापन तथा प्रबन्धनका विशेषताले युक्त हुनुहुन्छ। त्यसैले उहाँ नै सबै कुराका स्वामी, व्यवस्थापक र संचालक हुनुहुन्छ।

अस-समीअ (सर्वश्रोता): जसले वाह्य तथा आन्तरिक सबै प्रकारका आवाजहरू राम्ररी सुन्नुहुन्छ, आफ्ना दासहरूको बिन्ती, उहाँप्रतिको विनय र पुकारालाई सुन्नुहुन्छ।

अस्-सलाम: उहाँ हरेक प्रकारका कमी–कमजोरी, विपत्ति र दोषहरूबाट पूर्ण रूपमा सुरक्षित र पवित्र हुनुहुन्छ।

अल-बसीर (सर्वद्रष्टा): उहाँ आफ्नो दृष्टिले सबै कुरालाई समेट्नु भएको छ, चाहे त्यो जति नै सानो वा सूक्ष्म किन नहोस्। उहाँलाई सबै वस्तुहरूको गहिराइ र गोप्यताको पूर्ण ज्ञान छ।

अल-वकील: उहाँ आफ्ना सृष्टिहरूको जीविकाको जिम्मा लिने, उनीहरूका सबै काम सहज बनाउने र आफ्ना औलिया (निकट भक्त) हरूलाई संरक्षण प्रदान गर्ने र सबै मामिलामा उनीहरूलाई पर्याप्त बनाइदिने हुनुहुन्छ।

अल-खालिक: उहाँ वस्तुहरूको सृष्टिकर्ता र आविष्कारक हुनुहुन्छ, जसले तिनलाई कुनै पूर्व नमुना बिना अस्तित्वमा ल्याउनुहुन्छ।

अल-लतीफ: उहाँ आफ्ना दासहरूलाई सम्मान गर्नुहुन्छ, उनीहरूमाथि दया गर्नुहुन्छ र उनीहरूले मागेका कुरा प्रदान गर्नुहुन्छ।

अल-काफी: उहाँ आफ्ना भक्तहरूका लागि उनीहरूलाई आवश्यक पर्ने सबै कुरामा पर्याप्त हुनुहुन्छ; उहाँकै सहायता पर्याप्त हुन्छ र त्यसद्वारा मानिस अरू सबैबाट निर्भरहीन हुन्छ।

अल-गफूर (क्षमाशील): उहाँ आफ्ना भक्तहरूलाई उनीहरूका पापको दुष्टता र परिणामबाट जोगाउनुहुन्छ र उनीहरूलाई त्यसको सजाय दिनुहुन्न।

मेरो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ

अल्लाह तआलाले भन्नुभएको छ:

﴿لَقَدْ جَاءَكُمْ رَسُولٌ مِنْ أَنْفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُمْ بِالْمُؤْمِنِينَ رَءُوفٌ رَحِيمٌ 128

“निस्सन्देह, तिमीहरूकहाँ तिमीहरूमध्येबाट एक रसूल आउनु भएको छ, जसलाई तिमीहरूको कष्टले अत्यन्त पीडा हुन्छ, जो तिमीहरूप्रति अत्यन्त चिन्तित रहनुहुन्छ र जो मुमिनहरूप्रति अत्यन्त करुणामय तथा दयालु हुनुहुन्छ।” [अत्-तौबा: १२८]

अल्लाह तआलाले भन्नुभएको छ:

﴿وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِلْعَالَمِينَ 107

“हामीले तिमीलाई सम्पूर्ण संसारका लागि केवल दया (रहमत) बनाएर मात्र पठाएका हौं।” [अल्-अम्बिया: १०७]

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) विश्वव्यापी संदेष्टा:

उहाँ मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुलमुत्तलिब बिन हाशिम हुनुहुन्छ। हाशिम कुरैश जातिका हुन् र कुरैश अरब जातिका हुन्।

उहाँकी आमा आमिना बिन्त वहब हुन्। उहाँकी धाइआमा: हलीमा सअदिया हुन्। उहाँले एघार जना पत्नीहरूसँग विवाह गर्नुभयो र उहाँको निधन हुँदा तीमध्ये नौ जना जीवित थिए।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) का सात जना सन्तान थिए, जसमा तीन जना छोरा र चार जना छोरी थिए। छोराहरू: कासिम, अब्दुल्लाह र इब्राहीम। छोरीहरू: जैनब, रुकैय्या, उम्म कुलथूम र फातिमा हुन्।

उहाँको आदेशको पालना गर्नु, उहाँले दिनुभएको सूचनामा विश्वास गर्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु र उहाँकै तरिका अनुसार अल्लाहको उपासना गर्नु अनिवार्य छ।

उहाँको सन्देश र उहाँअघि आएका सबै नबीहरूको सन्देश एउटै हो—केवल अल्लाहको उपासना गर्न र उहाँको उपासनामा कसैलाई पनि साझेदार नगर्न आह्वान गर्नु। अल्लाह तआलाले भन्नु भएको छ:

﴿وَمَا أَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَهَ إِلَّا أَنَا فَاعْبُدُونِ25

“हामीले तिमीभन्दा अघि पठाएका प्रत्येक रसूललाई यही वही (प्रकाशना) गर्यौं कि ‘म बाहेक कोही पनि सत्य पूज्य छैन, त्यसैले केवल मेरो नै उपासना गर।” [अल् अम्बियाः २५]

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण रसूलहरू र नबीहरूका समापक (अन्तिम) हुनुहुन्छ, जसरी महान् अल्लाहले भन्नुभएको छ:

﴿مَا كَانَ مُحَمَّدٌ أَبَا أَحَدٍ مِنْ رِجَالِكُمْ وَلَكِنْ رَسُولَ اللَّهِ وَخَاتَمَ النَّبِيِّينَ وَكَانَ اللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمًا40

“मुहम्मद तिमीहरूमध्ये कुनै पनि पुरुषका पिता होइनन्, तर उहाँ अल्लाहका रसूल र नबीहरूको अन्तिम (समापक) हुनुहुन्छ र अल्लाह सबै कुराको पूर्ण ज्ञान राख्नुहुन्छ।” [अल् अहजाबः ४०]

अल्लाह तआलाले उहाँलाई इस्लाम धर्मसहित सम्पूर्ण मानवजातितर्फ विश्वव्यापी रसूलको रूपमा पठाउनुभयो, जसरी उहाँले भन्नुभएको छ:

﴿وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِلنَّاسِ بَشِيرًا وَنَذِيرًا وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ28

“हामीले तपाईंलाई सम्पूर्ण मानवजातिका लागि शुभसूचक र चेतावनी दिने रसूल बनाएर पठाएका छौं, तर धेरैजसो मानिसहरू जान्दैनन्।" [सूरह सबाः २८]

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) का प्रत्येक मुस्लिममाथि धेरै महान अधिकारहरू छन्, तीमध्ये:

१- उहाँको नबूवत (पैगम्बरी) मा ईमान राख्नु, उहाँ सत्य हुनुहुन्छ भन्ने पूर्ण विश्वास गर्नु, उहाँले ल्याउनुभएको महान शरिअत सही र सुरक्षित छ भन्ने मान्नु र त्यसमा उहाँको आज्ञापालन गर्नु तथा उहाँको अनुसरण गर्नु। अल्लाह तआला भन्नुहुन्छ:

﴿ وَمَا يَنْطِقُ عَنِ الْهَوَى 3 إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَى 4

“उहाँ आफ्नै इच्छाले बोल्नुहुन्न। *

यो त केवल वही (प्रकाशना) हो, जुन उहाँतर्फ पठाइन्छ।”

[नज्मः ३-४]

२- उहाँलाई प्रेम गर्नु अनिवार्य हो। उहाँलाई आफ्नै जीवन, सन्तान तथा सम्पूर्ण सृष्टिभन्दा बढी माया गर्नुपर्छ। यस प्रेमको आवश्यक परिणाम भनेको उहाँको मार्गदर्शन (सुन्नत) को पालन गर्नु, उहाँले आदेश दिनुभएको कुरामा उहाँको आज्ञापालन गर्नु र उहाँले निषेध गरेका तथा रोक लगाएका कुराबाट टाढा रहनु हो।

३- उहाँको सम्मान गर्नु, उहाँलाई सहयोग गर्नु, उहाँलाई महान् मान्नु र उहाँको आदर गर्नु अनिवार्य छ।

४- उहाँमाथि दरूद पठाउनु, जसको अर्थ: उहाँको प्रशंसा गर्नु र उहाँको उच्च स्थान, सम्मान र प्रतिष्ठा अझ बढाइदिनुहोस् भनी अल्लाहसँग प्रार्थना गर्नु हो। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

(مَنْ صَلَّى عَلَيَّ صَلَاةً، صَلَّى اللَّهُ عَلَيْهِ بِهَا عَشْرًا).

(जसले ममाथि एकपटक दरूद पठाउँछ, अल्लाहले उसमाथि त्यसको बदलामा दसपटक रहमत पठाउनुहुन्छ।) (मुस्लिम)

५- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हकमा अतिशयोक्ति गर्न र अल्लाहले उहाँलाई प्रदान गर्नुभएको स्थानभन्दा माथि उठाउन निषेध गरिएको छ, किनकि यसबारे उहाँले अत्यन्त कडा रूपमा चेतावनी दिनुभएको छ, जहाँ उहाँले भन्नुभयो:

(لَا تُطْرُونِي كَمَا أَطْرَتِ النَّصَارَى ابْنَ مَرْيَمَ، فَإِنَّمَا أَنَا عَبْدُهُ، فَقُولُوا عَبْدُ اللَّهِ وَرَسُولُهُ) رواه البخاري.

“मेरो बारेमा अतिशयोक्ति नगर, जसरी इसाईहरूले मरियमका पुत्र (ईसा अलैहिस्सलाम) को बारेमा अतिशयोक्ति गरे। म त केवल अल्लाहको दास हुँ, त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल भन।” (बुखारी)

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) का केही गुणहरु:

सत्यता, दया, सहनशीलता, धैर्य, साहस, उदारता, असल आचरण, न्याय, नम्रता र क्षमा।

पवित्र कुरान मेरो पालनकर्ताको वचन हो

अल्लाह तआलाले भन्नुभएको छ:

﴿يَا أَيُّهَا النَّاسُ قَدْ جَاءَكُمْ بُرْهَانٌ مِنْ رَبِّكُمْ وَأَنْزَلْنَا إِلَيْكُمْ نُورًا مُبِينًا174

“हे मानिसहरू हो! तिमीहरूकहाँ तिम्रो पालनकर्ताबाट एउटा प्रमाण आएको छ र हामीले तिमीहरूमाथि एक स्पष्ट प्रकाश (कुरआन) अवतरण गरेका छौं।” [अन्-निसा: १७४]

पवित्र कुरआन अल्लाहको वाणी हो, जुन उहाँले वास्तविक रूपमा बोल्नुभएको हो। उहाँले यसलाई आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभएको हो, ताकि उहाँले मानिसहरूलाई अन्धकारबाट उज्यालोतर्फ निकालून् र उनीहरूलाई सीधा मार्ग (सिरातुल मुस्तकीम) तर्फ मार्गदर्शन गरून्। जसले यसलाई पढ्छ, उसले ठूलो पुण्य प्राप्त गर्छ र जसले यसको मार्गदर्शनअनुसार कार्य गर्छ, उसले सीधा मार्ग अपनाउँछ। अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(مَنْ قَرَأَ حَرْفًا مِنْ كِتَابِ اللَّهِ فَلَهُ بِهِ حَسَنَةٌ، وَالحَسَنَةُ بِعَشْرِ أَمْثَالِهَا، لَا أَقُولُ ﴿الم﴾ حَرْفٌ، وَلَكِنْ أَلِفٌ حَرْفٌ، وَلَامٌ حَرْفٌ، وَمِيمٌ حَرْفٌ).

“जसले अल्लाहको किताब (कुरआन) बाट एउटा अक्षर पढ्छ, उसलाई त्यसबापत एक नेकी (पुण्य) प्राप्त हुन्छ, र प्रत्येक नेकीको बदलामा दस गुणा सवाब हुन्छ। म यो भन्दिनँ कि ‘अलिफ-लाम-मीम’ एउटा अक्षर हो, बरु ‘अलिफ’ एउटा अक्षर हो, ‘लाम’ एउटा अक्षर हो, र ‘मीम’ एउटा अक्षर हो।” (तिर्मिजी)

अल्लाह तआलाले यसलाई परिवर्तन र विकृतिबाट सुरक्षित राख्नुभएको छ र यसलाई कयामतको दिनसम्म स्थायी चिन्ह (चमत्कार) बनाउनु भएको छ। उहाँ भन्नुहुन्छ:

﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ 9

“निश्चय नै, हामीले नै यो जिक्र (कुरआन) अवतरण गरेका हौं र निश्चय नै हामी नै यसको संरक्षण गर्नेछौं।” [अल्-हिज्र: ९] त्यसैले जसले कुरआन अपूर्ण छ वा विकृत गरिएको छ भनेर दाबी गर्छ, उसले अल्लाह तआला र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झुटा ठहराएको हुन्छ र ऊ इस्लामबाट बाहिरिन्छ।

पवित्र कुरआनमा ती सबै कुराहरू समावेश छन्, जुन अघिल्ला किताबहरूमा थिए, साथै यसमा ईश्वरीय मागहरू र नैतिक तथा आत्मिक शिक्षाहरू अझ थपिएका छन्। यसले ती किताबहरूमा आएका सत्य कुरालाई पुष्टि गर्दछ। आजको समयमा अल्लाह तआलाबाट आएको कुनै पनि किताब छैन जसको पालन गर्न, सम्मान गर्न, तिलावतद्वारा इबादत गर्न र त्यसअनुसार कार्य गर्न अनिवार्य होस्; केवल कुरआन बाहेक।

मेरो धर्म इस्लाम हो

धर्मका तीन तह (श्रेणी) हरू छन्: इस्लाम, ईमान र एह्सान।

पहिलो श्रेणीः इस्लाम

इस्लाम: तौहीद (एकेश्वरवाद) मार्फत अल्लाहप्रति समर्पित हुनु, आज्ञापालन मार्फत उहाँप्रति झुक्नु र शिर्क तथा शिर्क गर्नेहरूबाट अलग रहनु हो।

इस्लामका स्तम्भहरू

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(بُنِيَ الإِسْلَامُ عَلَى خَمْسٍ، شَهَادَةِ أَنْ لَا إِلَهَ إِلَّا اللَّهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، وَإِقَامِ الصَّلَاةِ، وَإِيتَاءِ الزَّكَاةِ، وَصَوْمِ رَمَضَانَ، وَحَجِّ البَيْتِ).

“इस्लाम पाँच स्तम्भहरूमा आधारित छ: अल्लाह बाहेक कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज (सलाह) कायम गर्नु, जकात (दान) दिनु, रमजान महिनाको रोजा बस्नु र पवित्र घर (काबा) को हज गर्नु।” (बुखारी र मुस्लिम)

प्रत्येक मुस्लिमले यी आधारहरूमा विश्वास राख्नु र तिनअनुसार अनिवार्य रूपमा कार्य गर्नु पर्छ, अन्यथा उसको इस्लाम मान्य हुँदैन। किनकि इस्लाम यिनै पाँच कुराहरूमा आधारित छ, त्यसैले यिनलाई इस्लामका स्तम्भहरू भनिन्छ।

यी आधारहरू निम्न हुन्:

पहिलो आधार: शहादत (गवाही), अर्थात् अल्लाह बाहेक कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने गवाही दिनु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿فَاعْلَمْ أَنَّهُ لَا إِلَهَ إِلَّا اللَّهُ...

“तिमीले जानिराख, अल्लाह बाहेक कोही सत्य उपास्य (ईश्वर) छैन।” [मुहम्मद: १९]

अल्लाह तआलाले भन्नुभएको छ:

﴿لَقَدْ جَاءكُمْ رَسُولٌ مِّنْ أَنفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُم بِالْمُؤْمِنِينَ رَؤُوفٌ رَّحِيمٌ 128

“निस्सन्देह, तिमीहरूकहाँ तिमीहरूमध्येबाट एक रसूल आउनु भएको छ, जसलाई तिमीहरूको कष्टले अत्यन्त पीडा हुन्छ, जो तिमीहरूप्रति अत्यन्त चिन्तित रहनुहुन्छ र जो मुमिनहरूप्रति अत्यन्त करुणामय तथा दयालु हुनुहुन्छ।” [अत्-तौबा: १२८]

'ला इलाहा इल्लल्लाह' को अर्थ: अल्लाह बाहेक कोही सत्य उपास्य (ईश्वर) छैन।

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने गवाही दिनुको अर्थ हो: उहाँका आदेशहरूको पालन गर्नु, उहाँले दिनुभएको सूचनामा विश्वास गर्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु र उहाँले निर्धारण गर्नुभएको तरिका अनुसार नै अल्लाहको उपासना गर्नु।

दोस्रो आधार: सलाह (नमाज) कायम गर्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿...وَأَقِيمُوا الصَّلَاةَ...

“नमाज कायम गर।” [अल्-बकरह: ११०]

सलाह कायम गर्नु भनेको अल्लाह तआलाले निर्धारित गर्नुभएको र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सिकाउनुभएको तरिकाअनुसार त्यसलाई अदा गर्नु हो।

तेस्रो आधार: जकात (दान) दिनु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿...وَآتُوا الزَّكَاةَ...

“जकात (दान) दिनु।” [अल्-बकरह: ११०]

हाम्रो ईमानको सत्यताको परीक्षण गर्न, धनसम्पत्ति प्रदान गरिएकोमा अल्लाहप्रति कृतज्ञता व्यक्त गर्न र गरिब (फकिर) र दीन-दुःखी (मिस्कीन) हरूको सहयोग र समस्या समाधानका लागि अल्लाहले जकातलाई अनिवार्य गर्नुभएको हो।

जकात दिनु भनेको त्यसलाई हकदार व्यक्तिहरूलाई दिनु हो।

जब मानिसको धनसम्पत्ति इस्लामले तोकेको निश्चित परिमाण (निसाब) मा पुग्छ, तब त्यसबाट जकात दिनु अनिवार्य हुन्छ। अल्लाहले पवित्र कुरआनमा उल्लेख गर्नुभएको आठ प्रकारका हकदार व्यक्तिहरूलाई जकात दिनुपर्छ, जसमध्ये गरिब (फकिर) र दीन-दुःखी (मिस्कीन) पनि पर्छन्।

जकात अदा गर्दा मानिसमा दया र करुणाको गुण प्रकट हुन्छ, र यसले मुस्लिमको चरित्र तथा धनसम्पत्तिको शुद्धीकरण गर्छ। यसले गरिब र दीन–दुःखीहरूको मन सन्तुष्ट बनाउँछ र मुस्लिम समाजका सदस्यहरूबीच प्रेम र भाइचाराको सम्बन्धलाई सुदृढ बनाउँछ। त्यसैले सच्चा मुस्लिमले अरूको भलाइका लागि खुला मनले खुसीसाथ जकात अदा गर्छ।

सुन, चाँदी, कागजी मुद्रा तथा नाफाको उद्देश्यले किनबेचका लागि तयार पारिएका वस्तुहरू इस्लामले तोकेको निसाब (न्यूनतम सीमा) सम्म पुगेका छन् र चन्द्रमाको हिसाबले एक वर्ष पूरा भएको छ भने, त्यस्तो सम्पत्तिमा २.५% को दरले जकात निकाल्नुपर्छ।

त्यसैगरी, ऊँट, गाई र भेडाबाख्रा जस्ता पशुहरू निश्चित संख्यामा पुगेका छन् र तिनीहरूले वर्षको अधिकांश समय प्राकृतिक चरन (जमिनको घाँस) खाएर बिताउँछन् तथा मालिकले तिनको आहाराको व्यवस्था गर्नुपर्दैन भने, त्यसमाथि जकात अनिवार्य हुन्छ।

त्यसैगरी, जमिनबाट निस्कने वस्तुहरूमा पनि जकात अनिवार्य हुन्छ, जस्तै रिकाज (इस्लामपूर्व गाडिएको खजाना) तथा अन्न, फलफूल र खनिजहरू। यदि यी इस्लामले तोकेको निसाब (न्यूनतम सीमा) सम्म पुगेका छन् भने तिनमा जकात निकाल्नुपर्छ।

चौथो आधार: रमजान महिनाको व्रत (रोजा) बस्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ 110

“हे आस्थावानहरू! तिमीहरूमाथि व्रत (रोजा) अनिवार्य गरिएको छ, जसरी तिमीभन्दा पहिलेका मानिसहरूमाथि अनिवार्य गरिएको थियो, ताकि तिमीहरू संयमी बन्न सक।” [अल्-बकरह: ११०]

रमजान: हिजरी वर्षको नवौं महिना हो। यो मुस्लिमहरूका लागि अत्यन्त सम्मानित महिना हो र वर्षका अन्य महिनाहरूभन्दा यसको विशेष स्थान छ। रमजान महिनामा पूर्ण रूपमा रोजा (व्रत) बस्नु इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो।

रमजानको रोजा: पवित्र रमजान महिनाका सम्पूर्ण दिनहरूमा बिहान (फज्र) देखि सूर्यास्तसम्म खानपान, सम्भोग तथा रोजा तोड्ने अन्य सबै कुराहरूबाट टाढा रही अल्लाहको उपासना गर्नु हो।

 

पाँचौं आधार: अल्लाहको पवित्र घर (काबा) को हज गर्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿...وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا...

“अल्लाहका लागि मानिसहरूमाथि काबा (बैतुल्लाह) को हज गर्नु अनिवार्य छ, जसले त्यहाँसम्म जाने सामर्थ्य राख्छ।”

[आले इमरान: ९७]

आर्थिक र शारीरिक रूपमा सक्षम व्यक्तिले जीवनमा एक पटक अनिवार्य रूपमा हज गर्नुपर्छ। हज भनेको: मक्का मुकर्रमा स्थित पवित्र घर (कअ्बा) र पवित्र स्थलहरूमा निश्चित समयमा निश्चित इबादतहरू पूरा गर्ने उद्देश्यले जानु हो। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हज गर्नुभयो र उहाँभन्दा पहिलेका रसूलहरूले पनि हज गरेका थिए। इब्राहीम (अलैहिस्सलाम) ले अल्लाहको आदेश अनुसार काबा (कअ्बा) को हज गर्न मानिसहरूलाई आह्वान गरेका थिए। अल्लाहले कुरआनमा भन्नुभएको छ:

﴿وَأَذِّنْ فِي النَّاسِ بِالْحَجِّ يَأْتُوكَ رِجَالًا وَعَلَى كُلِّ ضَامِرٍ يَأْتِينَ مِنْ كُلِّ فَجٍّ عَمِيقٍ27

“मानिसहरूमा हजको घोषणा गर; तिनीहरू तिमीकहाँ विभिन्न बाटाहरू हुँदै पैदल पनि आउनेछन् र दुबला–पतला ऊँटहरूमा सवार भई आउनेछन्।” [अल् हज: २७]

दोस्रो श्रेणी: ईमान

ईमान: अल्लाह र उहाँका रसूलले ईमान ल्याउन आदेश दिनुभएका सबै कुराहरूलाई दृढ विश्वास र पूर्ण रूपमा स्वीकार गर्नु हो र बाह्य तथा आन्तरिक रूपमा आज्ञापालन गर्नु हो। यो हृदयको पुष्टि र विश्वास हो, जसमा हृदयका कर्महरू र शरीरका कर्महरू दुवै समावेश हुन्छन्। यसले धर्मका सम्पूर्ण पक्षहरूलाई समेट्छ। यो आज्ञाकारिताले बढ्छ र अवज्ञाले घट्छ।

ईमानका स्तम्भहरू

नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई ईमानबारे सोधिँदा उहाँले भन्नुभयो:

(أَنْ تُؤْمِنَ بِاللهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِهِ وَاليَومِ الآخِرِ وَتُؤْمِنَ بِالقَدَرِ خَيْرِهِ وَشَرِّهِ).

अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, अन्तिम दिन तथा राम्रो र नराम्रो भाग्यमाथि आस्था राख्नु।

ईमानका स्तम्भहरू ती हृदयसँग सम्बन्धित इबादतहरू हुन् जुन प्रत्येक मुस्लिममाथि अनिवार्य छन्। कुनै व्यक्तिको इस्लाम तबसम्म सही हुँदैन जबसम्म उसले त्यसमा विश्वास राख्दैन र तिनअनुसार कार्य गर्दैन। त्यसैले यिनलाई ईमानका स्तम्भहरू भनिएको हो। ईमान र इस्लामबीचको भिन्नता: इस्लाम भनेको बाह्य रूपमा गरिने सत्कर्महरू हुन्, जस्तै मुखले इस्लाम स्वीकार गर्नु, सलात (नमाज) पढ्नु, जकात दिनु आदि।

र ईमान भनेको आन्तरिक रूपमा गरिने सत्कर्महरू हुन्, जस्तै अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू र उहाँका रसूलहरूमाथि आस्था राख्नु।

पहिलो आधार: अल्लाहमाथि आस्था राख्नु

अल्लाह तआलाले भन्नुभएको छ:

﴿إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ آمَنُوا بِاللَّهِ...

“निस्सन्देह, मुमिनहरू तिनै हुन् जसले अल्लाहमाथि ईमान ल्याएका छन्।” [अन्-नूर: ६२]

हामी अल्लाहको अस्तित्वमा आस्था राख्दछौं र उहाँको रबूबियत (पालन–पोषण), उलूहियत (उपासना) तथा अस्मा व सिफात (नामहरू र गुणहरू) मा उहाँको एकत्वप्रति दृढ विश्वास राख्दछौं। त्यसैले अल्लाहमाथिको आस्थाले निम्न कुराहरू समावेश गरेको छ:

- महान अल्लाहको अस्तित्वमा आस्था राख्नु।

- उहाँको रबूबियतमा ईमान राख्नु र उहाँ नै सबै कुराका मालिक, सृष्टिकर्ता, रोजी दिने र सम्पूर्ण मामिलाको व्यवस्थापक हुनुहुन्छ भन्ने विश्वास गर्नु।

- उहाँको उलूहियतमा ईमान राख्नु र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ, उहाँको उपासनामा कुनै साझेदार छैन भन्ने विश्वास गर्नु; जस्तै नमाज, दुआ, मन्नत, कुरबानी, मद्दत माग्नु, शरण खोज्नु र अन्य सबै उपासनाहरू।

अल्लाहका अस्मा व सिफात (उहाँका सुन्दर नामहरू र उत्कृष्ट विशेषताहरू) मा आस्था राख्नु—जसलाई उहाँले स्वयं आफ्नो लागि वा उहाँका रसूलले उहाँका लागि प्रमाणित गर्नुभएको छ, त्यसलाई स्वीकार गर्नु र जसलाई उहाँले स्वयं वा उहाँका रसूलले अस्वीकार गर्नुभएको छ, त्यसलाई इन्कार गर्नु। उहाँका नाम र विशेषताहरू उत्कृष्टता र सुन्दरताको चरम सीमामा पुगेका छन्। उहाँजस्तो कोही छैन र उहाँ सर्वश्रोता तथा सर्वद्रष्टा हुनुहुन्छ।

दोस्रो आधार: फरिश्ताहरूमाथि आस्था राख्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿الْحَمْدُ لِلَّهِ فَاطِرِ السَّمَاوَاتِ وَالْأَرْضِ جَاعِلِ الْمَلَائِكَةِ رُسُلًا أُولِي أَجْنِحَةٍ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ يَزِيدُ فِي الْخَلْقِ مَا يَشَاءُ إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ 1

“सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जो आकाशहरू र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ, जसले फरिश्ताहरूलाई दुई–दुई, तीन–तीन र चार–चार पखेटा भएका सन्देशवाहक बनाउँछ। उहाँले आफ्नो सृष्टिमा जे चाहनुहुन्छ वृद्धि गर्नुहुन्छ। निश्चय नै अल्लाह सबै कुरामा पूर्ण रूपमा सामर्थ्यवान हुनुहुन्छ।” [सूरह फातिर: १]

हामी आस्था राख्छौं, फरिश्ताहरू अदृश्य प्राणी हुन्। उनीहरू अल्लाहका दास हुन्, जसलाई उहाँले नूर (प्रकाश) बाट सृष्टि गर्नुभएको हो। उहाँले उनीहरूलाई आफ्नो आज्ञाको पूर्ण पालना गर्ने र विनम्र बनाउनु भएको छ।

उनीहरू महान् सृष्टि हुन्, जसको शक्ति र संख्या अल्लाह तआला बाहेक कसैले पूर्ण रूपमा जान्न सक्दैन। प्रत्येक फरिश्ताका आफ्नै विशेषताहरू, नामहरू र जिम्मेवारीहरू छन्, जुन अल्लाहले तिनलाई तोक्नुभएको छ। तीमध्ये जिब्रिल (अलैहिस्सलाम) पनि हुन्, जो वह्य (प्रकाशना) का जिम्मेवार फरिश्ता हुन्, जसले अल्लाहबाट उहाँका रसूलहरूतर्फ वह्य ल्याउँछन्।

तेस्रो आधार: किताबहरूमाथि आस्था राख्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿قُولُوا آمَنَّا بِاللَّهِ وَمَا أُنْزِلَ إِلَيْنَا وَمَا أُنْزِلَ إِلَى إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ وَيَعْقُوبَ وَالْأَسْبَاطِ وَمَا أُوتِيَ مُوسَى وَعِيسَى وَمَا أُوتِيَ النَّبِيُّونَ مِنْ رَبِّهِمْ لَا نُفَرِّقُ بَيْنَ أَحَدٍ مِنْهُمْ وَنَحْنُ لَهُ مُسْلِمُونَ 136

“भनिदेऊ: ‘हामी अल्लाहमा ईमान ल्यायौं, र हामीमाथि अवतरित गरिएका कुराहरूमा, इब्राहीम, इस्माइल, इसहाक, याकूब र उनका सन्तानहरूमाथि अवतरित गरिएका कुराहरूमा, तथा मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारबाट दिइएका कुराहरूमा ईमान ल्यायौं। हामी उनीहरूमध्ये कसैबीच भेदभाव गर्दैनौं र हामी उहाँकै आज्ञाकारी (मुस्लिम) हौं।” [अल्-बकरह: १३६]

अल्लाह तआलाले आफ्ना रसूलहरूमाथि किताबहरू अवतरण गर्नुभएको छ, जुन सम्पूर्ण संसारका लागि प्रमाण हुन् र कर्म गर्नेहरूका लागि स्पष्ट मार्गदर्शन हुन् भन्ने हामी आस्था राख्छौं।

उनीहरू (रसूलहरू) ले तिनीहरूलाई ज्ञान र बुद्धि सिकाउँछन् र तिनीहरूको शुद्धीकरण गर्छन्।

अल्लाहले आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण मानवजातिका लागि विश्वव्यापी रसूल बनाएर पठाउनुभएको छ। उहाँको शरीअतले अघिल्ला सबै शरिअतहरूलाई रद्द गरेको छ। अल्लाहले कुरआनलाई विगतका सबै ग्रन्थहरूमाथि प्रभुत्व प्रदान गर्ने र तिनलाई रद्द गर्ने बनाउनु भएको छ। अल्लाहले स्वयम् कुरआनलाई कुनै पनि परिवर्तन वा विकृतिबाट सुरक्षित राख्ने जिम्मा लिनुभएको छ। अल्लाहले भन्नुभएको छ:

﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ 9

“निस्सन्देह, हामीले नै यो जिक्र (कुरआन) अवतरण गरेका हौं र निश्चय नै हामी नै यसको संरक्षण गर्नेछौं।” [अल्-हिज्र: ९] किनकि पवित्र कुरआन मानवजातिका लागि अल्लाह तआलाबाट अवतरित अन्तिम ग्रन्थ हो र नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अन्तिम रसूल हुनुहुन्छ। इस्लाम त्यही धर्म हो जसलाई अल्लाहले सम्पूर्ण मानवजातिका लागि कयामतसम्म स्वीकार गर्नुभएको छ। अल्लाह तआला भन्नुहुन्छ:

﴿إِنَّ الدِّينَ عِنْدَ اللَّهِ الْإِسْلَامُ...

“निस्सन्देह, अल्लाहको नजिक धर्म भनेको इस्लाम नै हो।” [आले इम्रान :१९]

अल्लाह तआलाले आफ्नो किताबमा उल्लेख गर्नुभएको केही आकाशीय किताबहरू यस प्रकार छन्:

पवित्र कुरआन: अल्लाहले यसलाई आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभएको हो।

तौरात: अल्लाहले यसलाई आफ्ना रसूल मूसा (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको हो।

इन्जील: अल्लाहले यसलाई आफ्ना रसूल ईसा (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको हो।

जबूर: अल्लाहले यसलाई आफ्ना रसूल दाऊद (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको हो।

सुहुफे इब्राहीम: अल्लाहले यसलाई आफ्ना नबी इब्राहीम (अलैहिस्सलाम) माथि अवतरण गर्नुभएको हो।

चौथो आधार: रसूल (सन्देष्टा) हरूमाथि ईमान राख्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَّسُولاً أَنِ اعْبُدُواْ اللّهَ وَاجْتَنِبُواْ الطَّاغُوتَ...

“निश्चय नै हामीले प्रत्येक उम्मतमा एक रसूल पठाएका छौं कि तिमीहरू अल्लाहको उपासना गर र तागूत (झूटा उपास्यहरू) बाट टाढा रह।” [अन्-नहल: ३६]

हामी विश्वास गर्छौं कि महान अल्लाहले आफ्ना सृष्टिहरूतर्फ सन्देष्टाहरू पठाउनुभएको छ, जसले उनीहरूलाई केवल एक अल्लाहको उपासना गर्न, उहाँको उपासनामा कसैलाई साझेदार नबनाउन र उहाँबाहेक सबै मिथ्या उपास्यहरूको उपासनाबाट टाढा रहन आह्वान गर्छन्।

सम्पूर्ण नबी तथा रसूलहरू मानव पुरुषहरू हुन्, जो अल्लाहका दास हुन्। उनीहरू सत्यवादी, सत्य मानिएका, धर्मपरायण, विश्वसनीय, सही मार्गदर्शन प्राप्त र अरूलाई मार्गदर्शन गर्ने थिए। अल्लाहले उनीहरूको सत्यताको प्रमाण दिने विभिन्न निशानीहरूद्वारा उनीहरूलाई सहायता गर्नुभएको थियो। उनीहरूले अल्लाहले उनीहरूलाई सुम्पनुभएको सम्पूर्ण सन्देशहरू पूर्ण रूपमा पुर्‍याए र उनीहरू सबै सत्य र स्पष्ट मार्गदर्शनमा थिए।

पहिलो रसूलदेखि अन्तिम रसूलसम्म सबैको आह्वान धर्मको मूल आधारमा एउटै थियो; अर्थात् एक अल्लाहको उपासना गर्नु र उहाँको उपासनामा कसैलाई पनि साझेदार नठहर्याउनु।

पाँचौं आधार: अन्तिम दिन (प्रलयको दिन) मा ईमान राख्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ لَيَجْمَعَنَّكُمْ إِلَى يَوْمِ الْقِيَامَةِ لَا رَيْبَ فِيهِ وَمَنْ أَصْدَقُ مِنَ اللَّهِ حَدِيثًا 87

“अल्लाह बाहेक कोही सत्य उपास्य छैन, उहाँले निश्चय नै तिमीहरूलाई कयामतको दिनमा एकत्रित गर्नुहुनेछ, जसमा कुनै शंका छैन। अल्लाहभन्दा बढी सत्यवादी को हुन सक्छ?” [अन्-निसा: ८७]

हामी अन्तिम दिन (प्रलयको दिन) मा ईमान राख्छौं, जुनपछि कुनै दिन हुँदैन। हामी त्यससँग सम्बन्धित सबै कुरामा पनि ईमान राख्छौं, जसको बारेमा हाम्रा रब (अल्लाह) ले आफ्नो पवित्र किताबमा सूचना दिनुभएको छ वा हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई बताउनुभएको छ। जस्तै: मानवको मृत्यु, पुनर्जीवन, उठाइने, सिफारिस, तराजु (मीजान), हिसाब–किताब, स्वर्ग र नरक, साथै अन्तिम दिनसँग सम्बन्धित अन्य सबै घटनाहरू।

छैटौं आधार: तकदीर (भाग्य) को राम्रो र नराम्रो दुवैमा ईमान राख्नु।

अल्लाह तआलाले भन्नुभएको छ:

﴿إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ 49

“निस्सन्देह, हामीले हरेक कुरालाई एक निश्चित मापदण्ड अनुसार नै सृष्टि गरेका छौं।” [अल-कमर: ४९]

हामी तकदीर (भाग्य) को राम्रो र नराम्रो दुवैमा ईमान राख्छौं। यो अल्लाह तआलाले सृष्टिहरूका लागि आफ्नो पूर्वज्ञान र हिक्मतअनुसार निर्धारण गर्नुभएको हो। यस संसारमा सृष्टिहरूमाथि घट्ने सबै घटनाहरू अल्लाहको ज्ञान, पूर्वनिर्धारण र उहाँकै एक्लो व्यवस्थापनअनुसार हुन्छन्, जसमा उहाँको कुनै साझेदार छैन। यी सबै कुराहरू मानव सृष्टि हुनुभन्दा पहिले नै लेखिएका थिए। साथै, मानिससँग आफ्नो इच्छा र छनोट हुन्छ, र ऊ आफ्ना कर्महरूको वास्तविक कर्ता हो; तर उसका सबै क्रियाकलाप अल्लाहको ज्ञान, इच्छा र चाहनाबाहिर जान सक्दैनन्।

अतः तकदीर (भाग्य) मा ईमान चार चरणहरूमा आधारित हुन्छ, ती हुन्:

पहिलो: अल्लाहको अपार र सबै चीजहरूलाई समेट्ने सर्वव्यापी ज्ञानमा आस्था राख्नु।

दोस्रो: कियामतसम्म हुने सम्पूर्ण कुराहरू अल्लाहले लेखिसक्नुभएको छ भन्ने कुरामा आस्था राख्नु।

तेस्रो: अल्लाहको प्रभावकारी इच्छा र पूर्ण शक्तिमा ईमान राख्नु। उहाँले जे चाहनुहुन्छ, त्यो हुन्छ; र उहाँले जे चाहनुहुन्न, त्यो हुँदैन।

चौथो: अल्लाह नै सबै कुराका सृष्टिकर्ता हुनुहुन्छ र उहाँको सृष्टिमा कुनै साझेदार छैन भन्ने कुरामा आस्था राख्नु।

तेस्रो श्रेणी: इहसान

इहसान (उत्कृष्ट उपासना): तिमीले अल्लाहको उपासना यसरी गर, मानौँ तिमी उहाँलाई देखिरहेका छौ; यदि तिमी उहाँलाई देख्दैनौ भने पनि उहाँले तिमीलाई अवश्य देखिरहनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ:

﴿إِنَّ اللَّهَ مَعَ الَّذِينَ اتَّقَوْا وَالَّذِينَ هُمْ مُحْسِنُونَ 128

“निश्चय नै अल्लाह तिनहरूसँग हुनुहुन्छ जसले उहाँसँग डर (तक्वा) राख्छन् र असल काम गर्छन्।” [अन्-नहल: १२८]

तहारत (पवित्रता)

अल्लाह तआलाले भन्नुभएको छ:

﴿...إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ﴾

“निश्चय नै अल्लाह तौबा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ र तहारत (पवित्रता) अपनाउनेहरूलाई पनि प्रेम गर्नुहुन्छ।” [अल् बकरह: २२]

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(مَن تَوَضَّأَ نَحْوَ وُضُوئِي هَذَا، ثُمَّ صَلَّى رَكْعَتَيْنِ لَا يُحَدِّثُ فِيهِما نَفْسَهُ، غَفَرَ اللَّهُ لَهُ مَا تَقَدَّمَ مِن ذَنْبِه).

(जसले मेरो यो वजू जस्तै वजू गर्छ, त्यसपछि दुई रकअत नमाज पढ्छ र ती दुई रकअतमा आफ्नो मनलाई अन्य कुरामा व्यस्त हुन दिँदैन, अल्लाहले उसका अघिल्ला सबै पापहरू क्षमा गरिदिनुहुन्छ।” (बुखारी)

सलाह (नमाज) अत्यन्त महत्वपूर्ण उपासना भएकोले अल्लाहले सलाह पढ्नुअघि सबै प्रकारका अपवित्रताबाट पवित्र हुनु अनिवार्य गर्नुभएको छ र यसलाई नमाज शुद्ध र सही हुने शर्त बनाइदिनुभएको छ। यसलाई नमाजको चाबी भनिएको छ। यसको महत्वको अनुभूति हुँदा हृदय नमाज पढ्न उत्साहित हुन्छ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(الطُّهُورُ شَطْرُ الإيمَانِ، وَالْحَمْدُ لِلَّهِ تَمْلأُ المِيزَانَ، وَسُبْحانَ اللهِ وَالْحَمْدُ لِلَّهِ تَمْلَآنِ -أَوْ تَمْلأُ- مَا بيْنَ السَّمَواتِ وَالأَرْضِ، وَالصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالْقُرْآنُ حُجَّةٌ لَكَ، أَوْ عَلَيْكَ، كُلُّ النَّاسِ يَغْدُو فَبايِعٌ نَفْسَهُ فَمُعْتِقُها، أوْ مُوبِقُها).

“तहारत (शुद्धता) आधा ईमान हो। ‘अल-हम्दुलिल्लाह’ भन्नुले तराजु भरिन्छ। ‘सुब्हानल्लाह’ र ‘अल-हम्दुलिल्लाह’ भन्नुले—वा ती दुवैले आकाश र पृथ्वी बीचको स्थान भरिदिन्छन्। नमाज प्रकाश (नूर) हो। सदकाह (दान) प्रमाण हो। धैर्य (सब्र) उज्यालो हो। कुरआन तिम्रो पक्षमा प्रमाण बन्न सक्छ वा तिम्रो विरुद्धमा पनि। सबै मानिसहरू बिहान निस्कन्छन्; कोहीले आफ्नो आत्मालाई बेचेर त्यसलाई (नर्कबाट) मुक्त गर्छ, वा विनाश गर्छ।” (मुस्लिम)

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(مَن تَوَضَّأَ نَحْوَ وُضُوئِي هَذَا، ثُمَّ صَلَّى رَكْعَتَيْنِ لَا يُحَدِّثُ فِيهِمَا نَفْسَهُ، غَفَرَ اللَّهُ لَهُ مَا تَقَدَّمَ مِن ذَنْبِهِ).

“जसले राम्रोसँग वुजू गर्छ, उसका शरीरबाट उसका पापहरू निस्किन्छन्, यहाँसम्म कि उसका नङमुनिसम्मबाट पनि बाहिर निस्कन्छन्।” (मुस्लिम)

अतः भक्तले शारीरिक र आत्मिक (बाह्य तथा आन्तरिक) रूपमा शुद्ध भएर पूर्ण निष्ठाका साथ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शनलाई अनुसरण गर्दै अल्लाहको उपासना गर्न अघि बढोस्।

जसका लागि वुजू अनिवार्य हुन्छ:

१) सलाहका लागि, चाहे त्यो फर्ज होस् वा सुन्नत।

२) कअ्बाको तवाफको लागि।

३) कुरआन (मुसहफ) लाई छुनु।

म शुद्ध पानीले वुजू गर्छु र नुहाउँछु:

पवित्र पानी: त्यो पानी हो जुन आकाशबाट झर्छ वा पृथ्वीबाट निस्कन्छ र आफ्नो मूल अवस्थामै रहन्छ र जसका तीन विशेषताहरू—रङ, स्वाद र गन्ध—मध्ये कुनै पनि विशेषता कुनै अपवित्र वस्तु मिसिएर परिवर्तन भएका हुँदैनन्।

वुजू

चरण १: नियत गर्ने र यसको स्थान हृदय हो। नियतको अर्थ: अल्लाह तआलाको निकटता प्राप्त गर्नका लागि कुनै इबादत गर्ने कुरामा हृदयमा दृढ संकल्प गर्नु।

चरण २: बिस्मिल्लाह भन्ने।

चरण ३: दुवै हात तीन पटक धुने।

चरण ४: मुख कुल्ला गर्ने, तीन पटक।

मुख कुल्ला गर्ने: मुखमा पानी हालेर त्यसलाई मुखभित्र राम्रोसँग घुमाउने र त्यसपछि पानी बाहिर फाल्ने।

चरण ५: नाकमा पानी तान्ने र त्यसपछि नाकबाट पानी फाल्ने, तीन पटक।

 

इस्तिन्शाक: भनेको सासको माध्यमबाट पानीलाई नाकको भित्री भागसम्म तान्नु हो।

इस्तिन्सार: भनेको नाकभित्र भएको सिँगान आदिलाई सासको माध्यमबाट बाहिर बाहिर फाल्ने हो।

चरण ६: अनुहार तीन पटक धुने।

अनुहारको सीमा:

अनुहार: भन्नाले मानिसको अगाडिको त्यो भाग हो, जुन सामान्य रूपमा देखिन्छ र जसबाट मानिसहरू आमने–सामने भेट्दा देखिने भाग बुझिन्छ।

चौडाइमा: एक कानदेखि अर्को कानसम्म।

लम्बाइको सीमा: टाउकोको सामान्य कपाल उम्रने स्थानदेखि चिउँडोको अन्तिम भागसम्म।

अनुहार धुँदा त्यसमा भएका सबै हल्का रौंहरू, कानको अगाडिको सेतो भाग र गालाको छेउको रौं भएको भाग अनुहारमा समावेश छन्।

सेतोको अभिप्राय: कपाल नभएको र कानको अगाडिको खाली भाग हो।

अजार: त्यो रौं हो जुन उभिएको हड्डीमा हुन्छ, कानको प्वालसँग समानान्तर भएर टाउकोको भित्री भागतर्फ जाने ठाउँसम्म हुन्छ र त्यसभन्दा तल झरेर कानको लोती सम्म पुग्छ।

त्यस्तै, अनुहार धुँदा दाह्रीका सबै बाहिर देखिने बाक्ला रौंहरू पनि समावेश हुन्छन्, साथै तलतिर झरेका रौंहरू पनि धुनुपर्छ।

चरण ७: दुवै हातलाई औँलाका टुप्पोदेखि कुहिनासम्म तीन पटक धुने।

दुवै कुहिनाहरू पनि धुने भागमा समावेश छन्।

चरण ८: दुवै हातले पूरै टाउको र कानलाई एक पटक मसह गर्ने।

दुवै हातले निधारबाट मसह सुरु गरी टाउकोको पछाडितर्फ लैजाने, त्यसपछि पुनः अगाडितर्फ फर्काउने।

चोर औंलाहरू दुवै कानभित्र राख्ने र दुवै अङ्गूठाले कानको बाहिरी भागमा मसह गर्ने; यसरी कानको बाहिरी र भित्री दुवै भाग मसह गरिन्छ।

चरण ९: दुवै खुट्टालाई औँलाका टुप्पोदेखि गोलीगाँठोसम्म तीन पटक धुने। गोलीगाँठो अनिवार्य रूपमा खुट्टा धुने भागमा समावेश हुन्छन्।

गोलीगाँठो: खुट्टाको तल्लो भागमा देखिने दुई उभिएका हड्डीहरू हुन्।

चरण १०: मुस्लिमका लागि वुजूपछि यो भन्नु सुन्नत हो: "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहू, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु, अल्लाहुम्मज्अल्नी मिनत् तव्वाबीन वज्अल्नी मिनल् मुततह्हिरीन", किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"जसले राम्रोसँग वुजू गर्छ र त्यसपछि भन्छ: 'अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहू, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु, अल्लाहुम्मज्अल्नी मिनत् तव्वाबीन वज्अल्नी मिनल् मुततह्हिरीन', उसका लागि स्वर्गका आठवटै ढोकाहरू खोलिनेछन् र उसले आफूले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।" (तिर्मिजी)

निम्नलिखित कुराहरूले वुजू भङ्ग हुन्छ:

१. दुई मार्ग (मूत्र र मल निस्कने स्थान) बाट निस्कने चीजहरू, जस्तै पिसाब, दिसा, ग्यास, वीर्य र मजी।

२. बुद्धि हराउने अवस्था, जस्तै गहिरो निद्रा, बेहोस हुनु, मदिरा सेवन (नशा) वा पागलपन।

३. स्नान अनिवार्य गर्ने कुराहरु, जस्तै जनाबत (वीर्यस्खलन वा सहवास), महिनावारी र सुत्केरीपछिको रगत (निफास)।

दिसा–पिसाब गरेपछि मलमुत्रलाई पानीले सफा गर्नुपर्छ र यो उत्तम तरिका हो। वा पानीबाहेक ढुङ्गा, रूखका पात, माटो, टिस्यु पेपर, कपडा वा अन्य कुनै पवित्र वस्तु प्रयोग गरेर पनि सफा गर्न सकिन्छ। तर यस्तो सफाइ कम्तीमा तीन पटक वा सोभन्दा बढी गरी पूर्ण रूपमा शुद्ध हुने गरी गर्नुपर्छ र प्रयोग गरिने वस्तु शुद्ध तथा वैध (हलाल) हुनुपर्छ।

मोजा र खुफ्फमाथि मसह गर्नु

मोजा र खुफ्फ (छालाका मोजा/जूता) माथि मसह गर्न सकिन्छ, तर त्यसका केही शर्तहरू छन्:

१. सानो र ठूलो दुवै प्रकारको अपवित्रताबाट पूर्ण रूपमा शुद्ध भइसकेपछि मात्र मोजा लगाइएको हुनुपर्छ।

२. दुवै पवित्र हुनुपर्छ, अपवित्र हुनुहुँदैन।

३. मसह तोकिएको समयावधिभित्र हुनुपर्छ।

४. दुवै वैध (हलाल) हुनुपर्छन्; चोरी गरिएका वा जबर्जस्ती लिएका हुनु हुँदैन।

खुफ्फ: भन्नाले खुट्टामा लगाइने पातलो छालाबाट बनेको मोजा हो, र यसजस्ता खुट्टा ढाक्ने जुत्ताहरू पनि यसमा समावेश हुन्छन्।

 

जौरब: भन्नाले कपडा आदिबाट बनेका खुट्टामा लगाइने मोजालाई जनाउँछ।

मोजामाथि मसहको हिक्मत: भनेको मानिसहरूलाई सहजता र सुविधा प्रदान गर्नु हो। किनकि बारम्बार मोजा फुकालेर खुट्टा धुनु कठिन हुन्छ, विशेष गरी जाडो, अत्यधिक चिसोको समय र यात्राको अवस्थामा।

मसहको अवधि: स्थायी बसोबास गर्ने व्यक्ति (मुकिम): एक दिन र एक रात (२४ घण्टा)। यात्री (मुसाफिर): तीन दिन र तीन रात (७२ घण्टा)।

मसहको अवधि अपवित्रता (हदथ) पछि पहिलो पटक खुफ्फ वा मोजामाथि गरिएको मसहबाट समय सुरु हुन्छ।

खुफ्फ वा मोजामाथि मसह गर्ने तरिका:

१. दुवै हातलाई भिजाइने।

२. हातलाई खुट्टाको माथिल्लो भागमा (औँलाका टुप्पोदेखि गोडाको सुरुवातसम्म) मसह गर्ने।

३. दाहिने खुट्टामा दाहिने हातले र बायाँ खुट्टामा बायाँ हातले मसह गर्ने।

मसहलाई अमान्य बनाउने अवस्थाहरू:

 

१. जसले गुस्ल (पूर्ण स्नान) अनिवार्य बनाउँछ।

२. मसहको तोकिएको अवधि समाप्त हुनु।

स्नान (गुस्ल)

पुरुष वा महिलाले संभोग गरेपछि, चाहे वीर्य स्खलन नभए पनि, वा ब्यूँझिएको अवस्थामा कामवासनाका साथ वीर्य स्खलन भएमा, वा निदाएको अवस्थामा वीर्य स्खलन भएमा, उनीहरू दुवैले गुस्ल (पूर्ण स्नान) गर्नु अनिवार्य हुन्छ, ताकि उनीहरू नमाज वा पवित्रता आवश्यक पर्ने अन्य कार्यहरू गर्न सक्षम हुन सकून्। त्यस्तै, महिलाले महिनावारी वा सुत्केरीपछिको रगतबाट शुद्ध भएपछि, नमाज पढ्न वा पवित्रता आवश्यक पर्ने कुनै पनि कार्य गर्नुअघि गुस्ल (पूर्ण स्नान) गर्नु अनिवार्य हुन्छ।

गुस्ल (पूर्ण स्नान) गर्ने तरिका यस प्रकार छ:

मुस्लिमले पवित्रताको नियतले पूरै शरीरलाई पानीले राम्रोसँग भिजाउनु पर्छ। साथै मुख कुल्ला गर्नु र नाकमा पानी हालेर सफा गर्नु पनि आवश्यक हुन्छ। जब व्यक्तिले सम्पूर्ण शरीरलाई पानीले भिजाउँछ, तब ऊ ठूलो अपवित्रताबाट पवित्र हुन्छ र उसले पूर्ण शुद्धता प्राप्त गर्छ।

अर्को अझ पूर्ण तरिका पनि छ, जुन नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले गर्नुहुन्थ्यो र त्यो निम्न अनुसार छ:

१. अपवित्रता हटाउने नियत गर्नु।

२. बिस्मिल्लाह भन्नु, दुवै हात तीन पटक धुनु र त्यसपछि गुप्तांग धुनु।

३. नमाजका लागि मुस्लिमले जसरी पूर्ण वुजू गर्छ, त्यसरी नै वुजू गर्नु।

४. टाउकोमा तीन पटक पानी हाल्नु र कपालको जरासम्म पानी पुर्‍याउनु।

५. सम्पूर्ण शरीरमा पानी पुर्‍याउनु, पहिले शरीरको दायाँ भाग धुनु, त्यसपछि बायाँ भाग धुनु र हातले हल्का रगड्दै पानी शरीरका सबै भागमा पुग्ने बनाउनु।

ठूलो अपवित्रतापछि स्नान (गुस्ल) नगरेसम्म निम्न कार्यहरू गर्नु निषेध हुन्छ:

१- नमाज पढ्नु।

२- काबाको तवाफ (परिक्रमा) गर्नु।

३- मस्जिदमा बस्नु। तर मस्जिदको बाटो भएर बाहिर जानु जायज छ।

४- कुरआन (मुसहफ) छुनु।

५- कुरआन पढ्नु।

तयम्मुम

यदि मुस्लिमले शुद्धता प्राप्त गर्न प्रयोग गर्ने पानी पाउन सकेन वा रोग आदि कारणले पानी प्रयोग गर्न असमर्थ भयो र नमाजको समय छुट्ने डर भयो भने उसले माटोले तयम्मुम गर्छ।

तयम्मुमको तरिका: दुवै हातले एक पटक माटोमा प्रहार गर्ने, त्यसपछि ती दुवै हातले आफ्नो अनुहार र दुवै हातका पंजाहरू मात्र मसह (घस्ने) गर्ने, तर माटो पवित्र हुनुपर्छ।

तयम्मुम निम्न कुराहरूले भङ्ग हुन्छ:

१- वुजू भङ्ग हुने कुराहरूले तयम्मुम पनि भङ्ग हुन्छ।

२- तयम्मुमपछि इबादत सुरु गर्नु अघि पानी उपलब्ध भयो भने।

नमाज (सलात)

अल्लाहले प्रत्येक मुस्लिममाथि दिन र रातमा पाँच समयको नमाज अनिवार्य गर्नुभएको छ, ती हुन्: फज्र, जुहर, असर, मग्रिब र इशा।

सलाहको तयारी

जब नमाजको समय सुरु हुन्छ, मुस्लिमले सानो अपवित्रता भए वुजू गर्छ र ठूलो अपवित्रता भए गुस्ल (पूर्ण स्नान) गरेर पवित्रता प्राप्त गर्छ।

ठूलो अपवित्रता (हदस अल-अक्बर): त्यस्तो अवस्था हो जसले मुस्लिममाथि गुस्ल (पूर्ण स्नान) अनिवार्य गर्छ।

सानो अपवित्रता (हदस असगर): त्यस्तो अवस्था हो जसले मुस्लिममाथि वुजू अनिवार्य गर्छ।

मुस्लिमले आफ्नो लज्जास्थान पूर्ण रूपमा ढाक्ने पवित्र र सफा कपडा लगाएर, पवित्र स्थानमा नमाज पढ्छ।

मुस्लिमले नमाजको समयमा उचित र सुहाउँदो कपडा लगाएर आफूलाई सजाउँछ र त्यसले आफ्नो शरीर ढाक्छ। नमाजमा पुरुषले नाभि र घुँडाबीचको भाग देखाउनु जायज हुँदैन।

महिलाले नमाजमा अनुहार र हातका पञ्जाबाहेक आफ्नो सम्पूर्ण शरीर ढाक्नु अनिवार्य हुन्छ।

मुस्लिमले नमाजमा त्यससँग सम्बन्धित दुआ र शब्दहरू बाहेक अन्य कुरा गर्नु हुँदैन र इमामलाई ध्यानपूर्वक सुन्नुपर्छ। नमाजमा यताउता फर्किनु र हेर्नु हुँदैन। यदि उसले नमाजका विशेष शब्दहरू कण्ठ गर्न सकेन भने, नमाज समाप्त नभएसम्म अल्लाहको जिक्र र तस्बीह “सुब्हानल्लाह” र “अल्हम्दुलिल्लाह” भन्नु पर्याप्त हुन्छ। तर सकेसम्म नमाज र त्यसका शब्दहरू छिट्टै सिक्न र कण्ठ गर्न आवश्यक हुन्छ।

सही तरिकाले नमाज पढ्नका लागि हामी यी चरणहरू अनुसरण गर्छौं र तिनलाई पालन गर्छौं (इन्-शा अल्लाह):

चरण १: पढ्न लागेको फर्ज नमाजको नियत गर्नु र नियतको स्थान हृदय हो।

वुजू गरिसकेपछि म किब्लातर्फ फर्किन्छु र यदि म सक्षम छु भने उभिएर नमाज पढ्छु।

चरण २: म नमाज सुरु गर्ने नियतले “अल्लाहु अकबर” भनी दुवै हातलाई काँधको बराबरीसम्म उठाउँछु।

चरण ३: म नमाजको प्रारम्भिक दुआ (सना) पढ्छु:

(سُبْحَانَكَ اللَّهُمَّ وَبِحَمْدِكَ، وَتَبَارَكَ اسْمُكَ، وَتَعَالَى جَدُّكَ، وَلَا إِلَهَ غَيْرَكَ).

“सुब्हानकल्लाहुम्मा व बिहम्दिक, व तबारकस्मुक, व तआला जद्दुक, व ला इलाहा गैरुक।”

 

अर्थ: हे अल्लाह! तपाईं सबै प्रकारका कमी-कमजोरीबाट पवित्र हुनुहुन्छ, म तपाईंको प्रशंसा गर्दछु। तपाईंको नाम बरकतपूर्ण छ, तपाईंको महानता उच्च छ, र तपाईं बाहेक कोही पनि सत्य पूज्य छैन।

चरण ४: म श्रापित शैतानबाट अल्लाहको शरण माग्छु र भन्छु:

(أَعُوذُ بِاللهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ).

‘अऊजु बिल्लाहि मिनश्शैतानिर्रजीम’।

चरण ५: म प्रत्येक रकअतमा सूरह अल-फातिहा पढ्छु, जुन यस प्रकार छः

﴿الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ 2 الرَّحْمَنِ الرَّحِيمِ 3 مَالِكِ يَوْمِ الدِّينِ 4 إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ 5 اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ 6 صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ 7

बिस्मिल्ला हिर् रहमा निर्रहीम। अल्हम्दु लिल्लाहि रब्बिल् आलमीन।*

अर्-रहमानिर्-रहीम।*

मालिकी यौमिद्-दीन।*

इय्याक नअबुदु व इय्याक नस्तईन।*

इह्दिनस्सिरातल्-मुस्तकीम।*

सिरातल्लजीन अनअमत अलैहिम, गैरिल्-मग्दूबि अलैहिम वलद्दाल्लीन।*

त्यसपछि म (आमीन) भन्छु, र यसको अर्थ हुन्छ: "हे अल्लाह, मेरो दुआ कबूल गर्नुहोस्।"

म फातिहा पढिसकेपछि प्रत्येक नमाजको पहिलो र दोस्रो रकअतमा कुनै अन्य सूरह पढ्छु। यो अनिवार्य होइन, तर यसमा ठूलो पुण्य छ।

म त्यसपछि “अल्लाहु अकबर” भन्छु र रुकू गर्छु, आफ्नो ढाडलाई समतल राख्छु। म हातहरू घुँडामा राख्छु र औँलाहरू फैलिएका हुन्छन्। त्यसपछि रुकूमा तीन पटक भन्छु: “सुब्हाना रब्बियल अज़ीम”।

चरण ७: म रुकूबाट उठ्दै “समिअल्लाहु लिमन हमिदह” भन्छु र दुवै हातलाई काँधको बराबरीसम्म उठाउँछु। जब म सीधा उभिन्छु, म भन्छु: “रब्बना व लकल हम्द।”

चरण ८: म “अल्लाहु अकबर” भन्छु र सज्दा गर्छु, दुवै हात, दुवै घुँडा, दुवै खुट्टा तथा निधार र नाकलाई भुइँमा राख्छु। सज्दामा म तीन पटक भन्छु: “सुब्हाना रब्बियल अअला”।

चरण ९: त्यसपछि म “अल्लाहु अकबर” भन्छु र सज्दाबाट उठ्छु, ढाड सीधा राख्दै बायाँ खुट्टामाथि बस्छु र दायाँ खुट्टालाई ठाडो राख्छु। त्यसपछि म तीन पटक भन्छु: “रब्बिघ्फिर ली”।

चरण १०: म “अल्लाहु अकबर” भन्छु र पहिलो सज्दा जस्तै फेरि दोस्रो सज्दा गर्छु।

चरण ११: म “अल्लाहु अकबर” भन्दे सज्दाबाट उठ्छु र सीधा उभिन्छु। त्यसपछि बाँकी रकअतहरूमा पनि पहिलो रकअतमा गरे जस्तै गर्छु।

जुहर, अस्र, मगरिब र इशाको नमाजको दोस्रो रकअतपछि म पहिलो तशह्हुद पढ्न बस्छु, जुन यसप्रकार छः

(التَّحِيَّاتُ لِلَّهِ، وَالصَّلَوَاتُ وَالطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَىٰ عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلٰهَ إِلَّا اللَّهُ، وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ).

"अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु वत्तय्यिबातु, अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला-हिस्सालिहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु।"

अर्थः मेरा सम्पूर्ण मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन्। हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस्। म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ। त्यसपछि म तेस्रो रकअतका लागि उठ्छु र बाँकी सलाह पुरा गर्छु।

प्रत्येक नमाजको अन्तिम रकअतपछि म अन्तिम तशह्हुद पढ्न बस्छु, जुन यसप्रकार छः

(التَّحِيَّاتُ لِلَّهِ وَالصَّلَوَاتُ وَالطَّيِّبَاتُ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَىٰ عِبَادِ اللَّهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلٰهَ إِلَّا اللَّهُ، وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، اللَّهُمَّ صَلِّ عَلَىٰ مُحَمَّدٍ وَعَلَىٰ آلِ مُحَمَّدٍ، كَمَا صَلَّيْتَ عَلَىٰ إِبْرَاهِيمَ وَعَلَىٰ آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَّجِيدٌ. اللَّهُمَّ بَارِكْ عَلَىٰ مُحَمَّدٍ وَعَلَىٰ آلِ مُحَمَّدٍ، كَمَا بَارَكْتَ عَلَىٰ إِبْرَاهِيمَ وَعَلَىٰ آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَّجِيدٌ).

"अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु वत्तय्यिबातु, अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला-हिस्सालिहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु। अल्लाहुम्म सल्लि अला मुहम्मदिन व अला आली मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आली इब्राहीम, इन्नक हमीदुम् मजीद। अल्लाहुम्म बारिक अला मुहम्मदिन व अला आली मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आली इब्राहीम, इन्नक हमीदुन मजीद।”

अर्थः मेरा सम्पूर्ण मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन्। हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस्। म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ। हे अल्लाह! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरण गर्नुभएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि। निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ। बरकत अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नुभएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि। निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ।

चरण १२: त्यसपछि म पहिला दायाँतर्फ घाँटी घुमाउँदै सलाम फेर्छु र भन्छु: (अस्सलामु अलैकुम व रहमतुल्लाह), अनि बायाँतर्फ पनि घाँटी घुमाउँदै सलाम फेर्छु र भन्छु: (अस्सलामु अलैकुम व रहमतुल्लाह)। यसो गर्दा नमाजबाट बाहिर निस्कने नियत गर्छु र यसरी मेरो नमाज पूरा हुन्छ।

मुस्लिम महिलाको पर्दा

अल्लाह तआलाले भन्नुभएको छ:

﴿يَا أَيُّهَا النَّبِيُّ قُلْ لِأَزْوَاجِكَ وَبَنَاتِكَ وَنِسَاءِ الْمُؤْمِنِينَ يُدْنِينَ عَلَيْهِنَّ مِنْ جَلَابِيبِهِنَّ ذَلِكَ أَدْنَى أَنْ يُعْرَفْنَ فَلَا يُؤْذَيْنَ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا 59

“हे नबी! तपाईं आफ्ना पत्नीहरू, आफ्ना छोरीहरू र मोमिन महिलाहरूलाई भन्नुहोस्, उनीहरूले आफ्नो चादर (जिलबाब) आफूमाथि तानेर ढाकून्। यो धेरै उपयुक्त उपाय हो, ताकि उनीहरू चिनिन सकून् र उनीहरूलाई कष्ट नदिइयोस्। अल्लाह अत्यन्त क्षमाशील र दयावान हुनुहुन्छ।” [अल्-अहजाब: ५९]

अल्लाहले मुस्लिम महिलालाई गैर-महरम (पर-पुरुष) बाट पर्दा (हिजाब) गर्न र आफ्नो सम्पूर्ण शरीरलाई ढाक्न आदेश दिनुभएको छ। महिलाले आफ्नो श्रीमान वा महरम बाहेक अरू कसैको अगाडि पर्दा (घुम्टो/हिजाब) खोल्नु जायज छैन।

महरम भन्नाले ती व्यक्तिहरू हुन् जससँग विवाह गर्नु सदैव निषेध हुन्छ, ती यस प्रकार छन्: बुबा र माथिल्लो पुस्ता, छोरा र तल्लो पुस्ता, काका/ठूला बुबा, मामा, दाजुभाइ, भतिजा, भान्जा, आमाको पति (सौतेनी बुबा), श्रीमानका बुबा (ससुरा) र माथिल्लो पुस्ता, श्रीमानका छोरा (सौतेनी छोरा) र तल्लो पुस्ता, दूध-दाजुभाइ तथा दूध-आमाका पति।

यसबाहेक, जुन नाताका कारण विवाह सदैव हराम हुन्छ, ती नै सम्बन्ध दूधपान (रजाअत) को कारणले पनि हराम मानिन्छन्।

मुस्लिम महिलाले आफ्नो पोशाकमा केही नियमहरू पालन गर्नुपर्छ:

पहिलो: सम्पूर्ण शरीरलाई ढाक्ने खालको कपडा हुनुपर्छ।

दोस्रो: महिलाले पर-पुरुष (गैर-महरम) को उपस्थितिमा आफूलाई सजाउन प्रयोग गरिने (शृङ्गारयुक्त) पोशाक नलगाओस्।

तेस्रो: पातलो र शरीरका अङ्गहरू देखिने पारदर्शी कपडा नहोस्।

चौथो: अङ्गको आकार प्रस्ट देखिने गरी कसिलो वा छोटो लुगा नहोस्। त्यसैले पोशाक फराकिलो र खुकुलो हुनुपर्दछ।

पाँचौं: यदि उनी पर-पुरुषहरूको नजिकबाट गुज्रिने सम्भावना छ र उनीहरूले त्यसको गन्ध महसुस गर्न सक्छन् भने कपडा सुगन्धित (अत्तर लगाइएको) नहोस्।

छैठौं: कपडा पुरुषले लगाउने पोशाकसँग मिल्दोजुल्दो नहोस्।

सातौं: गैर-मुस्लिम महिलाहरूले आफ्नो पूजा–पाठ वा चाडपर्वहरूमा लगाउने पोशाकसँग मिल्दोजुल्दो नहोस्।

आठौं: प्रसिद्धि वा देखावटीका लागि लगाइने पोशाक नहोस्।

मुमिनका केही विशेषताहरू

अल्लाह तआलाले भन्नुभएको छ:

﴿إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ 2

“निश्चय नै ईमानदार (मुमिन) हरू ती हुन्, जसको हृदय अल्लाहको नाम लिइँदा काँप्छ, र जब उनीहरूलाई उहाँका आयतहरू पढेर सुनाइन्छ, तिनीहरूको ईमान अझ बढ्छ र उनीहरू आफ्नो पालनहारमाथि मात्र भरोसा गर्छन्।” [अल्-अन्फाल: २]

- उसले सत्य बोल्छ र झुठो बोल्दैन।

- उसले वाचा र करार पूरा गर्छ।

- झगडाको अवस्थामा गालीगलौज गर्दैन।

- उसले अमानत (नासो) सुरक्षित रूपमा राख्छ।

- उसले जुन कुरा आफ्नो लागि मन पराउँछ, त्यही कुरा आफ्नो मुस्लिम दाजुभाइका लागि पनि मन पराउँछ।

- ऊ उदार र मनको धनी हुन्छ।

- उसले मानिसहरूसँग राम्रो व्यवहार गर्छ।

- उसले नातेदारहरूसँग राम्रो सम्बन्ध कायम राख्छ।

- ऊ अल्लाहको फैसलामा राजी र सन्तुष्ट हुन्छ, सुखमा उहाँप्रति कृतज्ञता व्यक्त गर्छ र दुःखमा धैर्य गर्छ।

- ऊ लजालु र सभ्य हुन्छ।

- ऊ सृष्टिप्रति दयालु हुन्छ।

- उसको हृदय इर्ष्या र डाह जस्ता रोगबाट शुद्ध हुन्छ र उसले कसैमाथि अन्याय वा आक्रमण गर्दैन।

- उसले मानिसहरूलाई क्षमा गर्छ।

- ऊ ब्याज खाँदैन र त्यसको कारोबार पनि गर्दैन।

- उसले व्यभिचार गर्दैन।

- उसले रक्सी पिउँदैन।

- उसले आफ्ना छिमेकीहरूसँग राम्रो व्यवहार गर्छ।

- उसले अन्याय गर्दैन र धोका दिँदैन।

- उसले न त चोरी गर्छ न त ठगी गर्छ।

- ऊ आफ्ना आमा–बुवाप्रति वफादार र निष्ठावान हुन्छ, चाहे उनीहरू गैर-मुस्लिम नै किन नहोउन्। ऊ जायज कुरामा उनीहरूको आज्ञापालन गर्छ र उनीहरूसँग असल व्यवहार गर्छ।

- उसले आफ्ना सन्तानलाई सद्गुणमा हुर्काउँछ, उनीहरूलाई धार्मिक कर्तव्यहरूको पालन गर्न आदेश दिन्छ र दुष्कर्म तथा निषेधित (हराम) कुराहरूबाट मनाही गर्छ।

- उसले गैर-मुस्लिमहरूको धार्मिक कार्यहरू गर्दैन, न त तिनीहरूको विशेष धार्मिक अर्थ बोकेका चिन्हहरू प्रयोग वा अनुकरण गर्छ।

- उसले अल्लाहसमक्ष तौबा गर्छ र आफ्ना कमजोरी तथा पापहरूका लागि उहाँसँग क्षमा माग्छ।

इस्लामी आस्थाका महत्वपूर्ण सिद्धान्तहरू

१- अल्लाह हाम्रो पालनकर्ता हुनुहुन्छ। उहाँ बाहेक कोही सत्य उपास्य छैन। उहाँजस्तो कोही छैन। उहाँको शक्तिभन्दा बाहिर केही छैन। उहाँ सर्वश्रोता र सर्वदृष्टि हुनुहुन्छ।

२- अल्लाह आकाशमाथि हुनुहुन्छ। उहाँ आफ्ना सबै सृष्टिहरूभन्दा उच्च र तिनीहरूबाट अलग हुनुहुन्छ। उहाँको उच्चता पूर्ण र सबै पक्षबाट निरपेक्ष छ—अस्तित्वको उच्चता, दर्जाको उच्चता र प्रभुत्वको उच्चता। उहाँले सबै कुरालाई आफ्नो ज्ञान र नियन्त्रणमा राख्नुहुन्छ।

३- हामी अल्लाहले आफ्ना लागि प्रमाणित गर्नुभएको वा उहाँका नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँका लागि प्रमाणित गर्नुभएको नामहरू र गुणहरूलाई प्रमाणित गर्छौं, र हामी ती कुराहरूलाई अस्वीकार गर्छौं जसलाई अल्लाहले आफ्ना लागि अस्वीकार गर्नुभएको छ वा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँका लागि अस्वीकार गर्नुभएको छ।

४- अल्लाह दुआ (प्रार्थना) स्वीकार गर्नुहुन्छ, आवश्यकताहरू पूरा गर्नुहुन्छ र उहाँ नै प्रत्येक कुराका मालिक हुनुहुन्छ। उहाँ बाहेक अरू कसैले न त हानि पुर्‍याउन सक्छ, न त लाभ दिन सक्छ। मानिस एक क्षण (आँखा झिम्काउने समय) पनि उहाँ बिना रहन सक्दैन। कुनै पनि मुस्लिमका लागि इबादतका कुनै पनि प्रकार—जस्तै दुआ, नमाज, नजर (भाकल), कुर्बानी, डर, आशा, भरोसा (तवक्कुल) आदि, चाहे बाहिरी हुन् वा भित्री—अल्लाह बाहेक अरूतर्फ समर्पित गर्नु जायज छैन। जसले कुनै पनि इबादत अल्लाह बाहेक अरूका लागि गर्छ, ऊ अल्लाहसँग शिर्क गर्ने (मुशरिक) हुन्छ।

५- सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर पापहरूमध्ये अल्लाहसँग शिर्क (साझेदारी गर्नु) हो। जसले शिर्कको अवस्थामा मृत्यु वरण गर्छ, अल्लाहले उसमाथि जन्नत (स्वर्ग) हराम (निषेध) गर्नुभएको छ र उसको बासस्थान नर्क हुनेछ। यो यस्तो पाप हो, जसलाई अल्लाहले क्षमा गर्नुहुन्न, यदि कुनै दास त्यसै अवस्थामा मर्छ र त्यसबाट पश्चात्ताप (तौबा) गर्दैन भने।

६- मानिसबाट जे कुरा टरेर गयो, त्यो उसलाई प्राप्त हुने थिएन, र उसलाई प्राप्त भएको कुरा उसबाट टरेर जान सक्दैनथ्यो। मुस्लिमले अल्लाहको आदेश र भाग्य (कज़ा र कद्र) मा विश्वास गर्नुपर्छ, अल्लाहको फैसलामा सन्तुष्ट रहनुपर्छ र सबै परिस्थितिमा आफ्नो पालनहारको प्रशंसा र कृतज्ञता व्यक्त गर्नुपर्छ।

७- हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा श्रेष्ठ मानव हुनुहुन्छ र सम्पूर्ण नबी तथा रसूलहरूको समापक (अन्तिम नबी) हुनुहुन्छ। कयामतको दिन उहाँ नै सिफारिस गर्नुहुनेछ र उहाँको सिफारिस स्वीकार गरिनेछ। अल्लाहले उहाँलाई आफ्नो घनिष्ठ मित्र (खलील) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम अलैहिस्सलामलाई पनि आफ्नो घनिष्ठ मित्र बनाउनुभएको थियो।

१०- हाम्रो किताब पवित्र कुरआन हो, जुन चमत्कारपूर्ण छ, जसको सत्यता पूर्ण रूपमा प्रमाणित छ र जसको पाठ (तिलावत) गरेर उपासना गरिन्छ। यसलाई अल्लाह तआलाले हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि सर्वोत्तम फरिश्ता जिब्रील (अलैहिस्सलाम) मार्फत अवतरण गर्नुभएको हो। अल्लाह तआलाले यसलाई विकृति र परिवर्तनबाट सुरक्षित राख्नुभएको छ, जस्तो कि उहाँले भन्नुभएको छ।

﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ 9

“निःसन्देह हामीले नै कुरआनलाई अवतरण गरेका हौं र हामी नै यसको संरक्षण गर्ने हौं।” [अल् हिज्रः ९]

११- अल्लाहसँग सबैभन्दा नजिक व्यक्ति त्यो हो, जो उहाँको सबैभन्दा बढी आज्ञाकारी हुन्छ र उहाँको शरिअतको सबैभन्दा राम्रो पालन गर्छ। कुनै अरबलाई गैर-अरबमाथि कुनै श्रेष्ठता छैन, न त गैर-अरबलाई अरबमाथि; न गोरोलाई कालोमाथि, न कालोलाई गोरोमाथि—तर श्रेष्ठता केवल तक्वा (ईश्वरभय/धर्मनिष्ठा) को आधारमा मात्र हुन्छ। सबै मानिसहरू आदमबाट हुन्, र आदमलाई माटोबाट सृष्टि गरिएको हो। अल्लाह तआलाले भन्नुभएको छ:

﴿...إِنَّ أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ...

"वास्तवमा, अल्लाहको नजरमा तिमीहरूमध्ये सबैभन्दा प्रतिष्ठित त्यो हो जो तिमीहरूमध्ये सबैभन्दा धर्मी हो।" [अल् हुजुरात: १३]

१२- मुस्लिमले सम्मानित लेख्ने फरिश्ताहरू (किरामन कातिबीन) मा आस्था राख्छ र उनीहरूको अस्तित्वमा विश्वास गर्छ। फरिश्ताहरू अल्लाहका सृष्टि गरिएका दासहरू हुन्। अल्लाह तआलाले उनीहरूलाई नूर (प्रकाश) बाट सृष्टि गर्नुभएको हो। उनीहरू अल्लाहका सृष्टिहरूमध्ये एक सृष्टि हुन्।

उनीहरूमध्ये जिब्रील (अलैहिस्सलाम) हुन्, जसलाई वह्य (ईश्वरीय प्रकाशना) को जिम्मेवारी दिइएको छ; मिकाइल (अलैहिस्सलाम) हुन्, जसलाई वर्षाको जिम्मेवारी दिइएको छ; इस्राफिल (अलैहिस्सलाम) हुन्, जसलाई “सूर” फुक्ने जिम्मेवारी दिइएको छ; र मलकुल मौत हुन्, जसलाई सेवकहरूको आत्मा निकाल्ने जिम्मेवारी दिइएको छ।

१३- मुस्लिमले कियामत (प्रलय) का संकेतहरू, दज्जाल (झूटो मसीह) को उदय, अन्तिम समयमा आकाशबाट ईसा इब्न मरियम (अलैहिस्सलाम) को अवतरण, र सूर्यको पश्चिमबाट उदय हुने घटनामा विश्वास गर्छन्।

१४- मुस्लिमले कबर (कब्र) को यातनामा विश्वास गर्छ, जो त्यसका योग्य हुन्छ। साथै कबरको सुख (नेमत) मा पनि विश्वास गर्छ, जो त्यसका योग्य हुन्छ। कब्रमा मुनकर र नकीर (दुई फरिश्ता) द्वारा आफ्नो रब, आफ्नो धर्म र आफ्नो नबीबारे सोधिने प्रश्नहरूमा विश्वास गर्छ। साथै कब्र या त जन्नतका बगैंचाहरूमध्ये एक बगैंचा हुन्छ वा नर्कका खाडलहरूमध्ये एक खाडल हुन्छ भन्नेमा पनि आस्था राख्छ।

१५- मुस्लिमले पुनर्जीवित हुने (पुनरुत्थान) र कियामतको दिन कर्मअनुसार प्रतिफल दिइने कुरामा विश्वास गर्छ। साथै जन्नत (स्वर्ग) र नर्क (जहन्नम) सृष्टि गरिएका हुन् र ती कहिल्यै नाश हुने छैनन् भन्नेमा पनि आस्था राख्छ।

१६- जादु गर्नु अल्लाहप्रति कुफ्र (अविश्वास) हो। यसलाई सिक्नु वा जादुगर तथा ढोंगीहरूकहाँ जानु पनि जायज छैन। मुस्लिमले कुनै काहिन (ज्योतिषी) वा आर्राफ (भविष्य बताउने) लाई विश्वास गर्नु हुँदैन। किनकि जसले उनीहरूलाई विश्वास गर्छ, उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित गरिएको कुरालाई अस्वीकार (कुफ्र) गरेको हुन्छ।

१७- मुस्लिमले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूलाई माया गर्छ। जसले उनीहरूलाई माया गर्छ, उसलाई पनि माया गर्छ, र जसले उनीहरूसँग घृणा गर्छ, उससँग घृणा गर्छ। किनकि उनीहरूप्रतिको प्रेम दीन र ईमानको अंश हो, र उनीहरूप्रतिको घृणा कुफ्र र निफाक (कपट) हो। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरा सहाबाहरूलाई गाली नगर।” (मुस्लिम) जसले सहाबाहरू (रजियल्लाहु अन्हुम) मध्ये कसैको निन्दा, दोषारोपण वा अपमान गर्छ, ऊ पथभ्रष्ट (गुमराह) र बिदअती हुन्छ।

१६- मुस्लिमले रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) पछि खलीफाहरूको स्थापना स्वीकार गर्छ। खलीफाहरू श्रेष्ठता र प्राथमिकताको आधारमा यस प्रकार छन्: पहिलो अबू बकर सिद्दीक (रजियल्लाहु अन्हु), जो नबी पछि यस उम्मतका सबैभन्दा श्रेष्ठ व्यक्ति हुन्; त्यसपछि उमर बिन खत्ताब (रजियल्लाहु अन्हु); त्यसपछि उस्मान (रजियल्लाहु अन्हु); र त्यसपछि अली बिन अबी तालिब (रजियल्लाहु अन्हु)। यी नै खुलफाए राशिदीन (सही मार्गदर्शित खलीफाहरू) तथा सत्यमार्गमा रहेका इमामहरू हुन्।

१७- इबादतहरू तोकिएका (तौकिफी) हुन्। त्यसैले अल्लाह तआलाको उपासना केवल त्यही इबादतद्वारा गर्न पाइन्छ, जुन अल्लाहको किताब वा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतमा प्रमाणित छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वफातपछि मानिसहरूले सुरु गरेका, तर उहाँको मार्गदर्शनअनुसार नभएका सबै इबादतहरू बिदअत हुन् र अस्वीकार्य छन्।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “जसले हाम्रो यस धर्ममा यस्तो कुरा आविष्कार गर्छ जुन त्यसमा छैन, त्यो अस्वीकृत छ।” (बुखारी)

१८- इबादत स्वीकार हुनका लागि दुई प्रमुख आधारहरू छन्। पहिलो, इबादत केवल अल्लाह तआलाका लागि निष्कपट (इख्लास) हुनुपर्छ। दोस्रो, त्यस इबादतमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण (सुन्ततअनुसार पालन) हुनुपर्छ। त्यसैले यदि इबादत पूर्ण रूपमा अल्लाहका लागि मात्र छैन भने त्यो स्वीकार हुँदैन, र यदि त्यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शनअनुसार छैन भने पनि त्यो स्वीकार्य हुँदैन।

मेरो खुशी मेरो इस्लाम धर्ममा छ

अल्लाह तआलाले भन्नुभएको छ:

﴿مَنْ عَمِلَ صَالِحًا مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ 97

“जसले असल कर्म गर्छ—पुरुष होस् वा महिला—र ऊ ईमानवाला हो, हामी उसलाई निश्चय नै राम्रो जीवन प्रदान गर्नेछौं, र उनीहरूले गरेका उत्तम कर्महरूको आधारमा हामी उनीहरूलाई अवश्य उत्कृष्ट प्रतिफल दिनेछौं।” [अन्-नहल: ९७]

मुस्लिमको हृदयमा आनन्द, प्रसन्नता र खुशी ल्याउने सबैभन्दा ठूलो कुरामध्ये एक हो—कुनै जीवित वा मृत व्यक्ति वा मूर्तिको मध्यस्थता बिना सिधै आफ्नो रब (अल्लाह) सँग सम्बन्ध जोड्नु र प्रत्यक्ष प्रार्थना गर्नु। किनकि अल्लाह तआलाले आफ्नो पवित्र किताबमा उल्लेख गर्नुभएको छ कि उहाँ सधैं आफ्ना बन्दाहरूसँग नजिक हुनुहुन्छ, उनीहरूलाई सुन्नुहुन्छ र उनीहरूको दुआ स्वीकार गर्नुहुन्छ। अल्लाहले भन्नुभएको छ:

﴿ وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ 186

“जब मेरा सेवकहरूले तिमीलाई मेरो बारेमा सोध्छन् (हे नबी!), तिमी भनिदेऊ: म निश्चय नै धेरै नजिक छु। म पुकार्नेको पुकार स्वीकार गर्छु जब उसले मलाई पुकार्छ। त्यसैले उनीहरूले मेरो आदेश स्वीकार गरून् र ममाथि विश्वास गरून्, ताकि उनीहरू सही मार्ग पाऊन्।” [अल्-बकरह: १८६] अल्लाहले हामीलाई उहाँलाई नै पुकार्न आदेश दिनुभएको छ। मुस्लिमका लागि आफ्नो पालनहारसँग नजिक हुने सबैभन्दा महान इबादतहरूमध्ये एक दुआ हो। अल्लाहले भन्नुभएको छ:

﴿وَقال رَبُّكُمُ ادْعُونِي أَسْتَجِبْ لَكُمْ إِنَّ الَّذِينَ يَسْتَكْبِرُونَ عَنْ عِبادَتِي سَيَدْخُلُونَ جَهَنَّمَ داخِرِينَ 60

“तिम्रो पालनहारले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु। निश्चय नै जसले मेरो इबादत (आराधना) बाट घमण्ड गर्छन्, उनीहरू अपमानित अवस्थामा जहन्नममा प्रवेश गर्नेछन्।” [गाफिर: ६०] त्यसैले असल मुस्लिम सधैं आफ्नो पालनहारको आवश्यकता महसुस गर्छ, सधैं उहाँको सामु दुआ गर्छ र असल इबादतहरूद्वारा उहाँसँग नजिक हुन्छ।

अल्लाह तआलाले हामीलाई यस ब्रह्माण्डमा एक महान उद्देश्यका लागि सृष्टि गर्नुभएको हो। उहाँले हामीलाई व्यर्थमा सृष्टि गर्नुभएको होइन। त्यो उद्देश्य केवल उहाँको इबादत गर्नु र उहाँको उपासनामा अरू कसैलाई साझेदार नबनाउनु हो।

 

उहाँले हाम्रो लागि एक व्यापक धर्म (शरिअत) र पूर्ण जीवनव्यवस्था प्रदान गर्नुभएको छ, जसले हाम्रो व्यक्तिगत र सार्वजनिक जीवनका सबै पक्षहरूलाई व्यवस्थित गर्छ। यस न्यायपूर्ण शरिअतद्वारा अल्लाहले जीवनका आवश्यक आधारभूत कुराहरूको संरक्षण गर्नुभएको छ, ती हुन्: हाम्रो धर्म, हाम्रो प्राण, हाम्रो इज्जत, हाम्रो बुद्धि र हाम्रो सम्पत्ति।

जसले शरई आदेशहरूको पालन गर्छ र निषेधित कुराहरूबाट टाढा रहन्छ, उसले निश्चय नै यी आधारभूत आवश्यकताहरूको संरक्षण गर्छ र शान्ति तथा सुखमय जीवन व्यतीत गर्छ।

मुस्लिमको आफ्नो पालनहारसँगको सम्बन्ध गहिरो हुन्छ, जसले आत्मशान्ति र मानसिक सन्तोष प्रदान गर्छ। यसले शान्ति, सुरक्षा र आनन्दको अनुभूति गराउँछ, साथै महान् अल्लाहको साथ, हेरचाह र आफ्नो ईमानदार दासप्रतिको संरक्षणको अनुभूति दिलाउँछ। अल्लाह तआलाले भन्नुभएको छ:

﴿اللَّهُ وَلِيُّ الَّذِينَ آمَنُوا يُخْرِجُهُمْ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ...

“अल्लाह ईमान ल्याउनेहरूका संरक्षक हुनुहुन्छ। उहाँले उनीहरूलाई अन्धकारहरूबाट उज्यालोतर्फ निकाल्नुहुन्छ।” [अल्-बकरह: २५७]

यो महान सम्बन्ध एक भावनात्मक अवस्था हो, जसले व्यक्तिलाई परोपकारी (अल्लाह) को इबादतमा आनन्द लिन प्रेरित गर्छ, उहाँसँग भेट हुने चाहना जगाउँछ र ईमानको मिठासको अनुभूतिद्वारा उसको हृदयलाई सुखको आकाशमा उडान गराउँछ।

त्यो मिठास यस्तो हो जसको स्वाद केवल त्यही व्यक्तिले वर्णन गर्न सक्छ जसले आज्ञापालन (इबादत) गरेर र पापबाट टाढा बसेर त्यसलाई अनुभव गरेको हुन्छ। त्यसैले नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(ذَاقَ طَعْمَ الإِيمَانِ مَنْ رَضِيَ بِاللَّهِ رَبًّا وَبِالْإِسْلَامِ دِينًا وَبِمُحَمَّدٍ رَسُولًا).

“जसले अल्लाहलाई आफ्नो पालनहारका रूपमा, इस्लामलाई आफ्नो धर्मका रूपमा, र मुहम्मदलाई आफ्नो रसूलका रूपमा स्वीकार गरी सन्तुष्ट भयो, उसले ईमानको स्वाद चाखेको हुन्छ।” (मुस्लिम)

हो, जब मानिसले आफ्नो सृष्टिकर्ताको अगाडि सधैं उपस्थित भएको अनुभूति गर्छ, उहाँलाई उहाँका सुन्दर नामहरू र उत्कृष्ट गुणहरूसहित चिन्छ, उहाँलाई यस्तो रूपमा उपासना गर्छ मानौँ उसले उहाँलाई देखिरहेको छ, र आफ्नो इबादत केवल अल्लाहकै लागि निस्कपट रूपमा गर्छ र गैरुल्लाहको चाहना राख्दैन भने उसले यस संसारमा असल र सुखमय जीवन बिताउँछ र परलोकमा पनि राम्रो अन्त्य पाउनेछ।

यस संसारमा आस्तिकमाथि आइपर्ने विपत्तिहरू पनि निश्चितता, अल्लाह तआलाको निर्णयमा सन्तुष्टि र उहाँका सबै भाग्य—चाहे राम्रो होस् वा नराम्रो—मा उहाँको प्रशंसा र पूर्ण सन्तोषका कारण शान्त हुन्छन्।

मुस्लिमले आफ्नो सुख र आत्मशान्ति बढाउनका लागि ध्यान दिनुपर्ने कुराहरूमध्ये अल्लाह तआलाको धेरै जिकर (स्मरण) गर्नु र पवित्र कुरआनको तिलावत गर्नु हो। जसरी अल्लाह तआलाले भन्नुभएको छ:

﴿الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُمْ بِذِكْرِ اللَّهِ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ28

“जसले ईमान ल्याए र जसका हृदयहरू अल्लाहको स्मरणद्वारा शान्त हुन्छन्। जानिराख, अल्लाहको स्मरणद्वारा नै हृदयहरू शान्त हुन्छन्।” [अर्राद: २८] मुस्लिमले जति धेरै अल्लाहको स्मरण गर्छ र कुरआनको तिलावत गर्छ, त्यति नै उसको अल्लाहसँगको सम्बन्ध अझ बलियो हुन्छ, उसको आत्मा शुद्ध हुन्छ र उसको ईमान अझ मजबुत हुन्छ।

त्यसैगरी मुस्लिमले आफ्नो धर्मका कुराहरू सही र भरपर्दो स्रोतहरूबाट सिक्नमा ध्यान दिनुपर्छ, ताकि उसले अल्लाह तआलाको इबादत ज्ञान र स्पष्टताका साथ गर्न सकोस्। किनकि नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

(طَلَبُ الْعِلْمِ فَرِيضَةٌ عَلَىٰ كُلِّ مُسْلِمٍ).

“प्रत्येक मुस्लिमले अनिवार्य रूपमा ज्ञान प्राप्त गर्नुपर्छ।” (इब्ने माजा) उसले आफूलाई आफ्नो सृष्टिकर्ता अल्लाह तआलाका आदेशहरूप्रति पूर्ण रूपमा समर्पित र आज्ञाकारी बनाउनुपर्छ, चाहे उसले ती आदेशहरूको हिक्मत (बुद्धि/कारण) बुझोस् वा नबुझोस्। किनकि अल्लाह तआलाले आफ्नो पवित्र किताबमा भन्नुभएको छ:

﴿وَمَا كَانَ لِمُؤْمِنٍ وَلَا مُؤْمِنَةٍ إِذَا قَضَى اللَّهُ وَرَسُولُهُ أَمْرًا أَنْ يَكُونَ لَهُمُ الْخِيَرَةُ مِنْ أَمْرِهِمْ وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ فَقَدْ ضَلَّ ضَلَالًا مُبِينًا 36

“अल्लाह र उहाँका रसूलले कुनै कुराको निर्णय गरिसकेपछि कुनै पनि आस्थावान पुरुष वा आस्थावान महिलालाई आफ्नो मामिलामा कुनै विकल्प रहँदैन। जसले अल्लाह र उहाँका रसूलको अवज्ञा गर्छ, ऊ स्पष्ट रूपमा ठूलो भ्रममा परेको हुन्छ।” [अल्-अहजाब: ३६]

अल्लाहले हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका परिवार र सम्पूर्ण साथीहरू (सहाबा) माथि शान्ति र दया अवतरित गरून्।

 

***

विषयसूची

 

प्रस्तावना 2

मानवजातिको सृष्टिको उद्देश्य 3

मेरो रब अल्लाह हो 3

उहाँका केही उत्कृष्ट नामहरू: 5

मेरो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ 7

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) विश्वव्यापी संदेष्टा: 7

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) का केही गुणहरु: 11

पवित्र कुरान मेरो पालनकर्ताको वचन हो 11

मेरो धर्म इस्लाम हो 13

पहिलो श्रेणीः इस्लाम 13

इस्लामका स्तम्भहरू 13

पहिलो आधार: शहादत (गवाही), अर्थात् अल्लाह बाहेक कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने गवाही दिनु। 14

दोस्रो आधार: सलाह (नमाज) कायम गर्नु। 15

तेस्रो आधार: जकात (दान) दिनु। 15

चौथो आधार: रमजान महिनाको व्रत (रोजा) बस्नु। 17

पाँचौं आधार: अल्लाहको पवित्र घर (काबा) को हज गर्नु। 18

दोस्रो श्रेणी: ईमान 18

ईमानका स्तम्भहरू 19

पहिलो आधार: अल्लाहमाथि आस्था राख्नु 20

दोस्रो आधार: फरिश्ताहरूमाथि आस्था राख्नु। 21

तेस्रो आधार: किताबहरूमाथि आस्था राख्नु। 22

चौथो आधार: रसूल (सन्देष्टा) हरूमाथि ईमान राख्नु। 24

पाँचौं आधार: अन्तिम दिन (प्रलयको दिन) मा ईमान राख्नु। 25

छैटौं आधार: तकदीर (भाग्य) को राम्रो र नराम्रो दुवैमा ईमान राख्नु। 26

तेस्रो श्रेणी: इहसान 27

तहारत (पवित्रता) 27

वुजू 30

मोजा र खुफ्फमाथि मसह गर्नु 33

स्नान (गुस्ल) 35

तयम्मुम 36

नमाज (सलात) 37

सलाहको तयारी 37

मुस्लिम महिलाको पर्दा 43

मुमिनका केही विशेषताहरू 45

इस्लामी आस्थाका महत्वपूर्ण सिद्धान्तहरू 47

मेरो खुशी मेरो इस्लाम धर्ममा छ 53

 

 

***

 

ne272v1.0 - 23/06/2026